मन्त्रीमण्डल
azadi ka amrit mahotsav g20-india-2023

मिडिया अनि मनोरञ्जन क्षेत्र महत्त्वपूर्ण वृद्धिको निम्ति तयार


क्याबिनेटद्वारा एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स एण्ड एक्सटेण्डेड रियालिटीका (एभीजीसी-एक्सआर) लागि राष्ट्रिय उत्कृष्टता केन्द्र (एनसीओई) स्थापना गर्न स्वीकृति

आर्थिक विकास अनि रोजगार अवसर सुनिश्चित गर्न सरकारको क्रिएटर्स ईकोनमीलाई अघि बढाउने दिशामा प्रयास

एनसीओईले भारतलाई अत्याधुनिक कन्टेन्ट प्रदान गर्ने कन्टेन्ट हबको रूपमा स्थापित गरी भारतको सफ्टपावरलाई वैश्विक स्तरमा बढाउनका साथै विदेशी निवेश आकर्षित गर्नेछ

Posted On: 18 SEP 2024 3:25PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्रीमण्डलले कम्पनी अधिनियम, 2013  अन्तर्गत धारा 8 को रूपमा एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स एण्ड एक्सटेण्डेड रियालिटीका (एभीजीसी-एक्सआर) लागि राष्ट्रिय उत्कृष्टता केन्द्र (एनसीओआइ) स्थापना गर्न स्वीकृति प्रदान गरेको छ, जसमा फेडरेशन अव् इण्डियन च्याम्बर्स अव् कमर्स एण्ड इण्डस्ट्री र भारतीय उद्योग परिसङ्घले भारत सरकारसँग भागीदारका रूपमा उद्योग निकायहरूको प्रतिनिधितित्व गर्नेछन्। एनसीओईको स्थापना, मुम्बई, महाराष्ट्रमा गरिनेछ भने यो देशमा एउटा एभीजीसी कार्यबल स्थापना गर्नका लागि केन्द्रिय वित्त एवं करपोरेट कार्यमन्त्रीको वर्ष 2022-23 को बजेट घोषणाको अनुरूप छ।

एभीजीसी-एक्सआर क्षेत्रले आज मिडिया अनि मनोरञ्जनको सम्पूर्ण क्षेत्रमा अपरिहार्य भूमिका खेल्दछ, जसमा फिल्म निर्माण, ओभर दी टप (ओटीटी) प्लेटफर्म, गेमिङ, विज्ञापन तथा स्वास्थ्य, शिक्षा अनि अन्य सामाजिक क्षेत्रसहित कैयौं अन्य क्षेत्र सामेल छन्, जसेल यस प्रकार देशको विकास गाथाको समग्र संरचनालाई  समेटेको छ। तेजीका साथ विकसित भइरहेको तकनिकी अनि सम्पूर्ण देशमा इन्टरनेटको बढ्दो पहुँचका साथसाथै सबैभन्दा सस्तो डाटा दरसहित वैश्विक स्तरमा एभीजीसी-एक्सआरको उपयोग पनि तेजीका साथ बढ्न तयार छ।

एभीजीसी-एक्सआर क्षेत्रको विकासलाई बढावा दिनु

यस तेज गतिलाई कायम राख्नका लागि देशमा एभीजीसी-एक्सआर ईकोसिस्टमलाई अघि बढाउने शीर्ष संस्थानका रूपमा काम गर्न एउटा राष्ट्रिय उत्कृष्टता केन्द्र स्थापना गरिनेछ। एनसीओईले शौखिन तथा पेशेवर दुवालाई अत्याधुनिक एभीजीसी-एक्सआर तकनिकीको नवीनतम कौशलले युक्त गर्नका लागि विशेष प्रशिक्षण-सह-शिक्षण कार्यक्रम प्रदान गर्नका साथसाथै अनुसन्धान एवं विकासलाई पनि बढावा दिनेछ भने कम्प्युटर विज्ञान, ईञ्जिनियरिङ, डिजाइन एवं कला जस्ता विभिन्न क्षेत्रका विशेषज्ञलाई एकसाथ ल्याउनेछ जसले एभीजीसी-एक्सआर क्षेत्रमा ठूलो सफलताको मार्ग प्रशस्त गर्नसक्नेछन्। 

यस राष्ट्रिय उत्कृष्टता केन्द्रले घरेलु उपयोग अनि वैश्विक सम्पर्क दुवैका लागि भारतको आइपी निर्माणाथि पनि व्यापक रूपमा ध्यान केन्द्रित गर्नेछ, जसबाट कूल मिलाएर भारतको समृद्ध ऐतिहासिक अनि सांस्कृतिक विरासतमा आधारित कन्टेन्ट सिर्जना हुनेछ। यसका अतिरिक्त, एनसीओईले एभीजीसी-एक्सआर क्षेत्रमा स्टार्टअप र शुरुवाती अवस्थामा  रहेका कम्पनीहरूलाई प्रोत्साहन दिनका लागि संसाधन प्रदान गर्दै एउटा उद्भवन केन्द्रको रूपमा पनि काम गर्नेछ।ल यसै गरी एनसीओईले अकादमिक उत्प्रेरकको रूपमा मात्र नभएर उत्पादन/ उद्योग उत्प्रेरकको रूपमा पनि काम गर्नेछ।

एनसीओईलाई एभीजीसी-एक्सआर उद्योगको विकासका लागि प्रेरक शक्तिका रूपमा स्थापित गर्नुले देशको सबै भागका युवाहरूको निम्ति रोजगारको ठूलो स्रोतको रूपमा काम गर्नेछ। यसबाट रचनात्मक कला अनि डिजाइन क्षेत्रले बढावा पाउनका साथै आत्मनिर्भर भारत पहलको लक्ष्यलाई अघि बढाउँदै भारतलाई एभीजीसी-एक्सआर गतिविधिको केन्द्र बनाउन सकिनेछ।

एभीजीसी-एक्सआरको निम्ति एनसीओईले भारतलाई अत्याधुनिक कन्टेन्ट उपलब्ध गराउने कन्टेन्ट हबको रूपमा स्थापित गर्नेछ, जसबाट वैश्विक स्तरमा भारतको सफ्टपावर बढ्नेछ र मिडिया अनि मनोरञ्जन क्षएत्रप्रति विदेशी निवेश आकर्षित हुनेछ।

************



(Release ID: 2056205) Visitor Counter : 26