प्रधानमन्त्रीको कार्यालय
                
                
                
                
                
                    
                    
                        सन्त शिरोमणि आचार्य श्री 108 विद्यासागरजी महाराजजीप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जलि
                    
                    
                        
                    
                
                
                    Posted On:
                21 FEB 2024 12:47PM by PIB Gangtok
                
                
                
                
                
                
                जीवनमा हामी धेरै कम यस्ता मानिससँग भेटघाट गर्दछौं, जसको नजिक जानसाथ मन-मस्तिष्क सकारात्मक ऊर्जाले भरिने गर्दछ। यस्ता व्यक्तिको स्नेह, उनको आशीर्वाद हाम्रो निम्ति ठूलो पूँजी हुने गर्दछ। सन्त शिरोमणि आचार्यश्री 108 विद्यासागरजी महाराज मेरो निम्ति यस्तै नै थियो। उनको समीप अलौकिक आध्यात्मिक ऊर्जा सञ्चार हुने गर्थ्यो। आचार्य विद्यासागरजी जस्ता सन्तलाई देखेर के अनुभव हुँदछ भने भारतमा अध्यात्म कुनै अमर अनि अजस्र जलधाराको समान अविरल प्रवाहित भई समाजको मङ्गल गरिरहँदछ।
आज मलाई उनीसँगको भेटघाट, उनीसँगको संवाद बारम्बार याद आइरहेको छ। गत वर्ष नोभेम्बरमा छत्तीसगढमा डोङ्गरगढको चन्द्रगिरी जैन मन्दिरमा उनको दर्शन गर्न जानु मेरो निम्ति परम सौभाग्यको कुरा थियो। तब मलाई आचार्यजीसँग त्यो मेरो अन्तिम भेटघाट हुनेछ भन्ने अन्दाज थिएन। त्यो पल मेरो निम्ति अविस्मर्णीय बन्यो। यसै समय उनले धेरै बेरसम्म मसँग कुरा गरे। उनले पितातुल्य भावका साथ मेरो खयाल राखे अनि देश सेवामा गरिएका प्रयासहरूका लागि मलाई आशीर्वाद पनि दिए। देशको विकास अनि विश्व मञ्चमा भारतले पाइरहेको सम्मानमाथि उनले प्रसन्नता पनि व्यक्त गरे। आफ्नो कार्यको चर्चा गर्दै उनी धेरै उत्साहित थिए। त्यस समय उनको सौम्य दृष्टि अनि दिव्य मुस्कान प्रेरित गर्ने प्रकारको थियो। उनको आशीर्वाद आनन्दले भरिदिनेवाला थियो, जसले हाम्रो अन्तरमनका साथसाथै पूरा वातावरणमा उनको दिव्य उपस्थितिको अनुभूति दिलाइरहेको थियो। उनी जानु त्यस अद्भूत मार्गदर्शक गुमाउनु समान हो, जसले मेरो अनि अनगन्ती मानिसहरूको मार्ग निरन्तर प्रशस्त गरे।
भारतवर्षको के विशेषता रहेको छ भने यहाँको पावन धरतीले निरन्तर यस्ता महान विभूतिलाई जन्म दिएको छ, जसले मानिसहरूलाई दिशा देखाउनका साथसाथै समाजलाई पनि उत्तम बनाउन आफ्नो महत्त्वपूर्ण योगदान दिएका छन्। सन्त अनि समाज सुधारको यसै महान परम्परामा सन्त शिरोमणि आचार्यश्री विद्यासागरजी महाराजको प्रमुख स्थान रहेको छ। उनले वर्तमानका साथै भविष्यका लागि पनि नयाँ बाटो देखाए। उनको सम्पूर्ण जीवन आध्यात्मिक प्रेरणाले भरिएको छ। उनको जीवनको हरेक अध्याय, अद्भूत ज्ञान, असीम करुणा अनि मानवताको उत्थानका लागि अटूट प्रतिबद्धताले सुशोभित छ।
सन्त शिरोमणि आचार्य विद्यासागरजी महाराजजी सम्यक् ज्ञान, सम्यक् दर्शन अनि सम्यक् चरित्रका त्रिवेणी थिए. उनको व्यक्तित्त्वको सबैभन्दा विशेष कुरा, उनको सम्यक् दर्शन जति आत्मबोधका लागि थियो, त्यति नै सशक्त उनको लोकबोध पनि थियो। उनको सम्यक् ज्ञान जति धर्मलाई लिएर थियो, त्यति नै उनको चिन्तन लोक विज्ञानको निम्ति पनि रहने गर्थ्यो।
करुणा, सेवा अनि तपस्याले परिपूर्ण आचार्यजीको जीवन भगवान महावीरका आदर्शहरूको प्रतीक रह्यो, उनको जीवन, जैन धर्मको मूल भावनाको सबैभन्दा ठूलो उदाहरण रह्यो। उनले जीवनभरी आफ्नो काम अनि आफ्नो दीक्षाले यी सिद्धान्तहरूको संरक्षण गरे। हरेक व्यक्तिका लागि उनको प्रेमले, जैन धर्ममा जीवनको महत्त्व के छ भन्ने बताउँदछ। उनले सत्यनिष्ठाका साथ आफ्नो पूरा आयुसम्म विचार, शब्द अनि कर्मको पवित्रता कति ठूलो हुन्छ भन्ने सिकाए। उनले सधैं जीवनमा सरल हुनमाथि जोड दिए। आचार्यजी जस्ता व्यक्तित्त्वका कारण आज सम्पूर्ण विश्वलाई जैन धर्म अनि भगवान महावीरको जीवनसँग जोडिने प्रेरणा प्राप्त हुँदछ।
उनी जैन धर्मका साथसाथै अन्य विभिन्न समुदायका पनि ठूलो प्रेरणास्रोत रहे। विभिन्न पन्थ, पर्म्परा अनि क्षेत्रका मानिसहरूले उनको सानिध्य पाए, विशेष रूपमा युवाहरूमा आध्यात्मिक जागृतिका लागि उनले अथक प्रयास गरे।
शिक्षाको क्षेत्र उनको हृदयको अति नजिक थियो। बाल्यकालमा सामान्य विद्याधरदेखि लिएर आचार्य विद्यासागरजी बनिनुसम्मको उनको यात्रा ज्ञान प्राप्ति अनि त्यस ज्ञानले सम्पूर्ण समाजलाई प्रकाशित गर्ने उनको गहिरो प्रतिबद्धता देखिन्छ। उनको दृढ विश्वास थियो, शिक्षा नै एउटा न्यायपूर्ण अनि प्रबुद्ध समाजको आधार हो। मानिसहरूलाई सशक्त बनाउन र जीवनका लक्ष्यहरू प्राप्त गर्नका लागि ज्ञानलाई उनले सर्वोपरि बताए। साँचो ज्ञानको मार्गका रूपमा स्वाध्याय अनि आत्म जागरूकताको महत्त्वमाथि उनको विशेष जोड थियो। यसका साथै उनले आफ्ना अनुयायीहरूलाई निरन्तर सिक्ने र आध्यात्मिक विकासको निम्ति निरन्तर प्रयास गर्ने पनि आग्रह गरेका थिए।
सन्त शिरोमणि आचार्य विद्यासागरजी महाराजको इच्छा थियो, हाम्रा युवाहरूले यस्तो शिक्षा पाऊन्, जुन हाम्रो सांस्कृतिक मूल्यमा आधारित होस्। उनी प्राय भन्ने गर्थे, हामी अतीतको ज्ञानदेखि टाढा भएका छौं, यसैले वर्तमानमा हामी अनेकौं ठूला चुनौतीसँग जुझिरहेका छौं। अतीतका ज्ञानमा आजको अनेकौं चुनौतीको समाधान देखिन्छ। जस्तै जल सङ्कटलाई लिएर त्यो भारतको प्राचीन ज्ञानबाट अनेकौं समाधानको सुझाउ दिन्थे। शिक्षा त्यही हो, कौशल विकास र नवाचारमाथि आफ्नो ध्यान केन्द्रित गर्न आवश्यक रहेको कुरामाथि उनको विश्वास थियो।
आचार्यजीले कैदीहरूको हितका लागि पनि विभिन्न जेलमा धेरै काम गरे। कैयौं कैदीले आचार्यजीको सहयोगमा हतकर्घाको प्रशिक्षण लिए। कैदीहरूमा उनीप्रति कतिसम्म सम्मान थियो भने कैयौं कैदी छुटेपछि आफ्नो परिवारभन्दा पहिले आचार्य विद्यासागरजीलाई भेट्न जाने गर्थे।
सन्त शिरोमणि आचार्यजीलाई भारत देशको भाषिक विविधताप्रति गर्व थियो। यसैले उनी सधैं युवाहरूलाई स्थानीय भाषा सिक्नका लागि प्रोत्साहित गर्थे। उनले स्वयं पनि संस्कृत, प्राकृत अनि हिन्दीमा कैयौं रचना गरेका छन्। एक सन्तका रूपमा उनी शिखरसम्म पुगेपछि जुन प्रकार जमीनसँग जोडिएर रहे, त्यो उनको महान रचना “मूक माटी”मा स्पष्ट देखिन्छ। यति मात्र होइन, उनी आफ्नो कार्यद्वारा वञ्चितहरूको पनि आवाज बने।
सन्त शिरोमणि आचार्य विद्यासागरजी महाराजजीको योगदानले स्वास्थ्य सेवा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ। उनले ती क्षेत्रहरूमा विशेष प्रयास गरे, जहाँ बढी कमी देखिन्थ्यो। स्वास्थ्यलाई लिएर उनको दृष्टिकोण धेरै व्यापक थियो। उनले शारीरिक स्वास्थ्यलाई आध्यात्मिक चेतनासँग जोड्न कुरामाथि बल दिए, ताकि शारीरिक अनि मानसिक रूप, दुवैमा स्वस्थ रहनसकून्।
म विशेष गरी आउने पिँढीलाई के आग्रह गर्न चाहन्छु भने राष्ट्र निर्माणप्रति सन्त शिरोमणि आचार्यजी विद्यासागरजी महाराजको प्रतिबद्धताबारे व्यापक अध्ययन गर्नुपर्नेछ। उनी सधैं मानिसहरूलाई कुनै पनि पक्षपातपूर्ण विचारदेखि माथि उठेर राष्ट्रिय हितमाथि ध्यान केन्द्रित ग्रन आग्रह गर्थे। उनी मतदानका प्रबल समर्थकमध्ये एक थिए र यो लोकतान्त्रिक प्रक्रियामा भागीदारीको सबैभन्दा सशक्त अभिव्यक्ति रहेको मान्थे। उनले सधैं स्वस्थ अनि स्वच्छ राजनीतिको पक्ष लिए। उनको भनाइ थियो, “लोकनीति लोभसङ्ग्रह होइन, तर लोकसङ्ग्रह हो।” यसैले नीतिहरूको निर्मा निजी स्वार्थका लागि नभएर मानिसहरूको कल्याणका लागि हुनुपर्दछ।
आचार्यजीलाई एउटा सशक्त राष्ट्र निर्माण उसका नागरिकहरूको कर्तव्यभावका साथै आफ्नो परिवार, समाज अनि देशप्रति गहिरो प्रतिबद्धताको जगमा बस्ने उनी विश्वास गर्थे। उनले मानिसहरूलाई सधैं नै इमान्दारी, सत्यनिष्ठा अनि आत्मनिर्भरता जस्ता गुण विकसित गर्नका लागि प्रोत्साहित गेर। यो गुण एक न्यायपूर्ण, करुणामयी अनि समृद्ध समाजको निम्ति आवश्यक छ। आज जब हामी विकसित भारत निर्माणको दिशामा लगातार काम गरिरहेका छौं, कर्तव्यको भावना अझ बढी महत्त्वपूर्ण बन्न जाँदछ।
यस्तो कालखण्डमा जब विश्वभरी पर्यावरणमाथि कैयौं प्रकारको सङ्कट मडारिरहेको छ, तब सन्त शिरोमणि आचार्यजीको मार्गदर्शन हाम्रो निम्ति धेरै कामलाग्दो छ। उनले यस्तो जीवनशैली अपनाउनका आह्वान गरे, जुन प्रकृतिका साथ हुने नोक्सानीलाई घटाउन सहायक होस्। यही त “मिशन लाइफ” हो, जसको आह्वान आज भारतले वैश्विक मञ्चमा गरिरहेको छ। यसै गरी उनले हाम्रो अर्थव्यवस्थामा कृषिलाई सर्वोच्च महत्त्व दिएका छन्। उनले कृषिमा आधुनिक प्रविधि अपनाउन बल दिएका छन्। मलाई विश्वास छ, नमो ड्रोन दिदी अभियानको सफलताबाट उनी धेरै खुशी हुने थिए।
सन्त शिरोमणि आचार्यश्री 108 विद्यासागरजी महाराजजी देशवासीको हृदय अनि मन मस्तिष्कमा सदैव जीवन्त रहनेछन्। आचार्यजीको सन्देङले सदैव प्रेरित अनि आलोकित गरिरहनेछ। उनको अविस्मरणीय स्मृतिको सम्मान गर्दै हामी उनका मूल्यहरूलाई मूर्त रूप दिनका लागि प्रतिबद्ध छौं। यो उनीप्रति विनम्र श्रद्धाञ्जलि मात्र नभएर उनले बताएका मार्गमा अघि बढी राष्ट्र निर्माण अनि राष्ट्र कल्याणको मार्ग पनि प्रशस्त हुनेछ। 
*****
                
                
                
                
                
                (Release ID: 2007735)
                Visitor Counter : 108
                
                
                
                    
                
                
                    
                
                Read this release in: 
                
                        
                        
                            English 
                    
                        ,
                    
                        
                        
                            Urdu 
                    
                        ,
                    
                        
                        
                            हिन्दी 
                    
                        ,
                    
                        
                        
                            Marathi 
                    
                        ,
                    
                        
                        
                            Assamese 
                    
                        ,
                    
                        
                        
                            Bengali 
                    
                        ,
                    
                        
                        
                            Manipuri 
                    
                        ,
                    
                        
                        
                            Punjabi 
                    
                        ,
                    
                        
                        
                            Gujarati 
                    
                        ,
                    
                        
                        
                            Odia 
                    
                        ,
                    
                        
                        
                            Tamil 
                    
                        ,
                    
                        
                        
                            Telugu 
                    
                        ,
                    
                        
                        
                            Kannada 
                    
                        ,
                    
                        
                        
                            Malayalam