शिक्षा मन्त्रालय

परीक्षा पे चर्चाका लागि रेकर्ड 1 करोड पञ्जिकरण


29 जनवरी, 2024 को दिन नयाँ दिल्लीको भारत मण्डपममा परीक्षा पे चर्चा आयोजित गरिनेछ

पञ्जिकरणका लागि अनलाइन बहुविकल्प प्रश्नोत्तर (एमसीक्यु) प्रतियोगिता 12 जनवरी, 2024 सम्म माइगभमा लाइभ रहनेछ

देशभरीका विद्यार्थी कार्यक्रममा भाग लिन र प्रधानमन्त्रीसँग संवाद गर्नका लागि उत्सुक

Posted On: 05 JAN 2024 2:18PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको स्कूले विद्यार्थी, शिक्षक अनि अभिभावकसँग संवाद कार्यक्रम परीक्षा पे चर्चा” 2024 को सातौं संस्करणक लागि अहिलेसम्म माइगभ पोर्टलमा 1 करोडभन्दा धेरै पञ्जिकरण दर्ता गरिएको छ। यसले देशभरी विद्यार्थीहरूबीच व्यापक उत्साह दर्शाउँदछ। यस विशिष्ट कार्यक्रममा भाग लिन र प्रधानमन्त्रीसँग संवाद गर्नका लागि विद्यार्थीहरूमा बढो उत्साह रहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस अनौठो कार्यक्रम - परीक्षा पे चर्चाको परिकल्पना गरेका हुन्, जसमा देशभरीका साथसाथै विदेशबाट पनि विद्यार्थी, अभिभावक अनि शिक्षकसे परीक्षा अनि स्कूलपछिको जीवनसित सम्बन्धित चिन्तामाथि चर्चा गर्नका लागि उनीसँग संवाद गर्दछन्। यो कार्यक्रम शिक्षा मन्त्रालयको स्कूले शिक्षा एवं साक्षरता विभागले गत 6 वर्षदेखि सफलतापूर्वक आयोजित गर्दैआएको छ।

यस वर्ष कार्यक्रम 29 जनवरी, 2024 को बिहान 11 बजे नयाँ दिल्लीको आइटीपीओ, प्रगति मैदानको भारत मण्डपममा नगर भवन प्रारूपमा आयोजित गरिनेछ। कार्यक्रममा करिब 4000 प्रतिभागीले प्रधानमन्त्रीसँग संवाद गर्नेछन्। प्रत्येक राज्य अनि केन्द्र शासित प्रदेशबाट दुईजना विद्यार्थी अनि एक शिक्षक तथा कला उत्सव एवं वीर गाथा प्रतियोगिताका विजेयाहरूलाई मुख्य कार्यक्रममा विशेष अतिथिका रूपमा आमन्त्रित गरिनेछ।

प्रतियोगितामा भाग लिनका लागि 6 देखि बाह्रौं श्रेणीका विद्यार्थी, शिक्षक अनि अभिभावकका लागि अनलाइन बहुविकल्प प्रश्नोत्तर प्रतियोगिता 11 दिसम्बर, 2023 देखि 12 जनवरी, 2024 बीच माइगभ पोर्टलमा लाइभ छ। 5 जनवरी, 2024 सम्म 90 लाखभन्दा धेरै विद्यार्थी, 8 लाखभन्दा धेरै शिक्षक अनि करिब 2 लाख अभिभावकले पञ्जिकरण गराइसकेका छन्।

परीक्षा पे चर्चा युवाहरूका लागि तनाउमुक्त वातावरण बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा ठूलो आन्दोलन एक्जाम वारियर्सको अंश हो। यो एउटा यस्तो आन्दोलन हो, जुन प्रधानमन्त्री नरेन्द्र मोदीको विद्यार्थी, अभिभावक, शिक्षक अनि समाजलाई एक साथ ल्याउने प्रयासबाट प्रेरित छ, ताकि यस्तो परिवेशलाई बढावा दिनसकियोस्, जहाँ प्रत्येक बालकको अद्वितीय व्यक्तित्त्वको उत्सव मनाइयोस्, प्रोत्साहित गरियोस् अनि आत्मा-अभिव्यक्तिको अनुमति प्राप्त होस्। प्रधानमन्त्री नरेन्द्र मोदीको सर्वाधिक बिक्ने पुस्तक एक्जाम वारियर्सले यस पहललाई प्रोत्साहित गरिरहेको छ।

12 जनवरी (विवेकानन्दको जन्म दिवस), 2024 अर्थात् युवा दिवसदेखि शुरु भएर 23 जनवरी (सुभाषचन्द्र बोसको जन्म दिवस), 2024 सम्म मुख्य कार्यक्रमको अग्रदूतका रूपमा, स्कूल स्तरमा विभिन्न गतिविधि आयोजन गरिनेछ, जसमा म्याराथन दौड, सङ्गीत प्रतियोगिता जस्ता आनन्ददायक सिक्ने गतिविधि सामेल रहनेछ। यसमा मीम प्रतियोगिता, सडक नाटक, छात्र-एङ्कर-छात्र-अतिथि चर्चा आदि सामेल रहनेछ। अन्तिम दिन, 23 जनवरी, 2024 को दिन अर्थात नेताजी सुभाषचन्द्र बोसको जयन्तीमा देशभरीको 500 जिल्लामा चित्रकला प्रतियोगिता आयोजित गरिनेछ। यसका लागि चन्द्रयान, भारतको खेल सफलता आदि विषय सामेल रहनेछ, जसले परीक्षा कसरी जीवनको उत्सव हुनसक्दछ भन्ने दर्शाउँदछ।

करिब 2050 प्रतिभागीको चयन माइगभ पोर्टलमा प्रश्नहरूको आधारमा गरिनेछ। उनीहरूलाई विशेष परीक्षा पे चर्चा किट प्रदान गरिनेछ, जसमा हिन्दी अनि अङ्ग्रेजीमा प्रधानमन्त्रीद्वारा लिखित पुस्तक एक्जाम वारियर्स अनि प्रमाण पत्र सामेल रहनेछ।

********



(Release ID: 2000870) Visitor Counter : 73