स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय

विकसित भारत सङ्कल्प यात्रा


203 ग्राम पञ्चायतमा 1232 स्वास्थ्य शिविर आयोजित गरियो, जसमा कुल 1,66,000 भन्दा अधिक मानिसहरूको उपस्थिति दर्ता गरिएको छ।

शिविरहरूमा 33,000 भन्दा अधिक आयुष्मान कार्ड बनाइयो र 21,000 भन्दा अधिक भौतिक कार्ड वितरण गरियो।

41,000 भन्दा अधिक मानिसहरूको क्षयरोगको जाँच गरियो र 4,000 भन्दा अधिक मानिसहरूलाई उच्च जनस्वास्थ्य सुविधामा पठाइयो

एससीडीका लागि 24,000 भन्दा अधिक मानिसहरूको जाँच गरियो र 1100 लाई उच्च सार्वजनिक स्वास्थ्य सुविधाहरूका लागि रेफर गरियो।

उच्च रक्तचाप र मधुमेहको लागि करिब 1,35,000 व्यक्तिको जाँच गरियो र 10,000 भन्दा अधिक मानिसहरूलाई उच्च सार्वजनिक स्वास्थ्य सुविधाका लागि रेफर गरियो।

Posted On: 22 NOV 2023 1:51PM by PIB Gangtok

सम्पूर्ण देशमा केन्द्र सरकारका योजनाहरूको लाभ पुर्याउने उद्देश्यले एक अभूतपूर्व पहलमा प्रधानमन्त्री नरेन्द्र मोदीले 15 नोभेम्बरमा झारखण्डको खुन्टीबाट विकसित भारत सङ्कल्प यात्राको शुभारम्भ गरे। तत्काल सेवाको सहजताका लागि डाक विभाग, स्वास्थ्य विभाग र अन्य विभागहरूद्वारा विभिन्न शिविर स्थापना भइरहेका छन्। सरकारका प्रमुख योजनाहरूको बारेमा नागरिकहरूलाई जानकारी गराउन र सशक्त बनाउना लागि बनाइएको यो यात्राको उद्देश्य जनचेतना जगाउने र कल्याणकारी कार्यक्रमहरूको फाइदा प्रत्यक्ष रूपमा जनतामा पुर्याउनु रहेको छ।

 

जनजाति गौरव दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी योजनाको सन्देश बोकेको विशेष रूपमा डिजाइन गरिएको आईईसी भ्यानलाई हरियो झण्डा देखाएर उद्घाटन गरेका छन्। विकसित भारत सङ्कल्प यात्रा अन्तर्गत अन-स्पट सेवाहरूको एक भागको रूपमा ग्राम पञ्चायतहरूमा आईईसी भ्यान रोकिने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिँदैछ।

पहिलो हप्तामा 21 नोभेम्बर 2023 सम्म 203 ग्राम पञ्चायतहरूमा 1232 स्वास्थ्य शिविर आयोजन गरिएको छ, जसमा कुल 1,66,000 भन्दा अधिक मानिसहरूको उपस्थिति दर्ता गरिएको छ।

लोअर सुबानसिरी, अरुणाचल प्रदेश

 

दाङ, गुजरात

 

राजौरी, जम्मू-कश्मीर

 

उत्तर र मध्य अण्डमान

 

कोरापुट, ओडिशा

 

वन्थाडापल्ली एएसआर, आन्ध्र प्रदेश

 

स्वास्थ्य शिविरमा निम्नलिखित गतिविधिहरू सञ्चालन भइरहेका छन्ः

  1. आयुष्मान भारत - प्रधानमन्त्री जन आरोग्य योजना (एबी-पीएमजेएवाई): विकसित भारत सङ्कल्प यात्राको लागि स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको प्रमुख योजना अन्तर्गत, आयुष्मान एपको प्रयोग गरेर आयुष्मान कार्ड बनाइँदैछ र लाभार्थीहरूलाई भौतिक कार्ड वितरण गरिँदैछ। पहिलो साताको अन्त्यसम्म शिविरहरूमा 33,000 भन्दा अधिक आयुष्मान कार्ड बनाइयो भने 21,000 भन्दा अधिक भौतिक कार्ड वितरण गरिएको छ।
  2. क्षयरोग (टीबी): लक्षण, थुक परीक्षण र उपलब्ध ठाउँमा एनएएटी मशिनको प्रयोग गरी क्षयरोगीहरूको जाँच गरिँदैछ। जुन मामिलामा क्षयरोग भएको शङ्का लागेको छ भने बिरामीलाई उच्च सुविधाका लागि रेफर गरिँदैछ। पहिलो साताको अन्त्यसम्ममा 41,000 भन्दा अधिक व्यक्तिको जाँच गरिएको छ जसमध्ये 4,000 भन्दा अधिकलाई उच्च जनस्वास्थ्य सुविधाका लागि रेफर गरिएको छ।

प्रधानमन्त्री क्षयरोग मुक्त भारत अभियान (पीएमटीबीएमए) अन्तर्गत, निक्षय मित्रहरूबाट सहयोग प्राप्त गर्न क्षयरोगबाट पीडित बिरामीहरूको लागि सहमति लिइएको छ। निक्षय मित्र बन्न इच्छुक सहभागीहरूलाई पनि स्थलगत पञ्जीकरणको पनि व्यवस्था गरिएको छ। पहिलो हप्ताको अन्त्यसम्ममा 2,500 भन्दा अधिक बिरामीहरूले पीएमटीबीएमबीए अन्तर्गत सहमति दिए र 1400 भन्दा अधिक नयाँ निक्षय मित्र पञ्जीकृत भएका छन्।

निक्षय पोषण योजना (एनपीवाई) अन्तर्गत क्षयरोगीहरूलाई प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमद्वारा मौद्रिक सहायता प्रदान गरिन्छ। यस उद्देश्यले लम्बित लाभार्थीहरूको ब्याङ्क खाताको विवरण एकत्रित गरिँदैछ र खातालाई आधारसित जोड़िने काम चलिरहेको छ। पहिलो साताको अन्त्यसम्ममा यस्ता 966 जना लाभार्थीको विवरण सङ्कलन गरिएको छ।

3. सिकल सेल रोग: प्रमुख आदिवासी जनसङ्ख्या भएका क्षेत्रमा योग्य आबादी (40 वर्ष उमेरसम्म) को जाँचको लागि पोइन्ट अफ् केयर (पीओसी) परीक्षणको माध्यमद्वारा वा घुलनशीलता परीक्षणको माध्यमद्वारा सिकल सेल रोग (एससीडी) पत्ता लगाउने गरिन्छ। परीक्षण सकारात्मक देखिएका मामिलाहरूलाई व्यवस्थापनका लागि उच्च केन्द्रहरूमा पठाइएको छ। पहिलो साताको अन्त्यसम्ममा 24,000 भन्दा अधिक व्यक्तिको परीक्षण गरिएको थियो, जसमध्ये 1100 जनामा सकारात्मक देखिएपछि उनीहरूलाई उच्च जनस्वास्थ्य सुविधा केन्द्रमा रिफर गरिएको छ।

4. गैर सञ्चारी रोग (एनसीडी): उच्च रक्तचाप र मधुमेहका लागि पात्र आबादी (30 वर्ष वा सोभन्दा अधिक) को जाँच गरिँदैछ र सकारात्मक रहेको सन्देह लागेका मामिलाहरूलाई उच्च केन्द्रहरूमा पठाइँदैछ। पहिलो हप्ताको अन्त्यसम्ममा लगभग 1,35,000 व्यक्तिको उच्च रक्तचाप र मधुमेहको जाँच गरिएको थियो। 7000 भन्दा अधिक मानिसहरूलाई उच्च रक्तचापका लागि सकारात्मक रहेको सन्देह थियो र 7,000 भन्दा अधिक मानिसहरूलाई मधुमेहको लागि सकारात्मक रहेको सन्देह थियो अनि 10,000 भन्दा अधिक मानिसहरूलाई उच्च जनस्वास्थ्य केन्द्रमा रिफर गरिएको थियो।

यात्राको एक साता पूरा भएपछि राज्यहरूबाट आएका केही सकारात्मक रिपोर्टहरू यस प्रकार छन्:

झारखण्ड - भीबीएसपी शिविरहरूसँग पीभीटीजी क्षेत्रहरूमा एससीडी स्क्रिनिङ गरियो। भीबीएसवाईको समयमा झारखण्डका सबै जिल्लामा पहिलो पटक सिकल सेल स्क्रिनिङ शुरु भयो। डीडी र डीएनएचले यात्रा भ्यानको साथमा अतिरिक्त भ्यान - श्रमयोगी स्वास्थ्य सेवा मोबाइल भ्यान पनि थपेका छन्। यो भ्यान यात्राका सबै मार्गमा साथमा रहनेछ।

जम्मू तथा कश्मीर - भीषण जाडो र जीपी डावर जस्ता दुर्गम क्षेत्रहरूमा प्रतिबन्धित आवत - जावत जस्ता चुनौतीहरूको बावजुद लगभग 35,000 को आबादीसम्म आवश्यक सेवा सुनिश्चित गर्नका लागि सेना र स्थानीय स्वयंसेवकहरूसँग उत्कृष्ट समन्वय गरिएको छ।

अरुणाचल प्रदेश - तवाङ जिल्लाको समुदायले चेतना जगाउन नुक्कड र नाटक जस्ता शैक्षिक नाटक आयोजन गर्न पहल गरे।

कतिपय राज्यले आफूले भोग्नु परेको समस्याबारे पनि जानकारी गराएका छन्। महाराष्ट्रमा सामुदायिक स्वास्थ्य अधिकारी (सीएचओ) हरूको हड़तालले स्वास्थ्य शिविरहरूको आयोजना गर्न चुनौती खडा गर्यो, तर एएनएम र आशाद्वारा सबै गतिविधिहरू सञ्चालन गर्दै शिविर सफलतापूर्वक सम्पन्न भयो। महाराष्ट्रमा यी आवश्यक सेवाहरू सबैका लागि पहुँचयोग्य छन् भनी सुनिश्चित गर्दै दुर्गम क्षेत्र र बस्तीहरूमा भ्यान पुगेका थिए।

यो यात्राले आयुष्मान गोल्डन कार्ड योजनालाई गति दिन र प्रचारित गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। आन्ध्र प्रदेश र महाराष्ट्रका धेरै ब्लकहरूले यात्रा अवधिमा सामुदायिक सहभागितालाई बढ़ावा दिनमा उल्लेखनीय सफलता प्रदर्शन गरे। गुजरातले आधार कार्ड र राशिन कार्डहरूको कुशल वितरणको लागि यात्रा मञ्च प्रयोग गर्यो। त्रिपुराले भीबीएसपीको समयमा आय प्रमाण पत्र र विकलाङ्गता प्रमाण पत्र प्रभावकारी रूपमा जारी गर्नका लागि यो मञ्चको लाभ उठायो।

अधिकांश राज्यहरूले रिपोर्ट गरे अनुसार स्वास्थ्य शिविरहरूले सिकल सेल, क्षयरोग, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरूले ग्रस्त सन्दिग्ध व्यक्तिहरूको सहज पहिचान र परिचालनको सुविधा प्रदान गरेका छन्।

*****



(Release ID: 1978826) Visitor Counter : 85