प्रधानमन्त्रीको कार्यालय

संसदको मनसून सत्र 2023अघि प्रधानमन्त्रीको वक्तव्य


Posted On: 20 JUL 2023 11:55AM by PIB Gangtok

नमस्कार साथीहरू,  

मनसून सत्रमा तपाईंहरू सबैलाई स्वागत छ। सावनको पवित्र महिना चलिरहेको छ र यसपटक त डबल सावन छ र यसैले सावनको अवधि पनि केही धेरै छ। र सावन महिना पवित्र सङ्कल्पका लागि, पवित्र कार्यका लागि लागि अति उत्तम मानिन्छ र आज जब लोकतन्त्रमा मन्दिरमा यस सावनको पवित्र महिनाबाट पाइरहेको हुँदा लोकतन्त्रको मन्दिर यस्ता अनेकौं पवित्र कार्य गर्नका लागि योभन्दा ठूलो उत्तम अवसर हुनसक्दैन। मलाई विश्वास छ, सबै माननीय सांसद मिलेर यस सत्रलाई जनहितमा सर्वाधिक उपयोग गर्नेछन्।

संसदको जुन जिम्मेवारी र संसदमा हरेक सांसदको जुन जिम्मेवारी छ, यस्ता अनेकौं कानून बनाउनु, जसको विस्तारका साथ चर्चा गर्न अति नै आवश्यक छ। र चर्चा जति धेरै हुन्छ, चर्चा जति धेरै रौंचिरा हुन्छ, त्यति नै जनहितमा दूरगामी परिणाम दिने राम्रो निर्णय हुने गर्दछ। सदनमा जो माननीय सांसद आउँछन्, उनी धरतीसँग जोडिएका हुन्छन्, जनताको दुःख, पीडा बुझ्ने हुने गर्दछन्। र यसैले जब चर्चा हुन्छ, तब उनको तर्फबाट जुन विचार आउँदछ, ज्यो जरासँग जोडिएको विचार आउने गर्दछ र यसैले चर्चा समृद्ध त हुन्छ नै, निर्णय पनि सशक्त हुने गर्दछ, परिणामकारी हुने गर्दछ। र यसैले म सबै राजनीतिक दललाई, सबै माननीय सांसदलाई यस सत्रको सक्दो उपयोग गरी जनहितका कामलाई अघि बढाउन अपील गर्न चाहन्छु।

यो सत्र अनेक रूपले महत्त्वको पनि छ किनभने यस सत्रमा जुन बिल ल्याइँदैछ, त्यो सीधै जनताको हितसँग जोडिएका छन्। हाम्रा युवा पिँढी, जो पूर्णरूपले डिजिटल वर्ल्डका साथ एक प्रकारले नेतृत्त्व गरिरहेको छ, र विश्वमा भारतको प्रतिष्ठा बढाउने बिल छ। यसै गरी नेशनल रिसर्च फाउण्डेशन, नयाँ शिक्षा नीतिको सन्दर्भमा एउटा अति महत्त्वपूर्ण कदम हो र यसको उपयोग अनुसन्धानलाई बल दिनु, नवाचारलाई बल दिनु, शोधलाई बल दिनु र हाम्रा युवा पिँढी, जो विश्वभित्र नयाँ उपक्रमहरूद्वारा विश्वको नेतृत्त्व गर्ने सामर्थ्य राख्दछन्, उनीहरूका लागि ठूलो अवसर लिएर आइरहेको छ।

जनविश्वास पनि सामान्य मानवीप्रति भरोसा गर्ने अनेकौं कानूनलाई गैर-अपराधीकरण गर्नु यस पहललाई अघि बढाउने प्रकारको यो बिल हो। यसै गरी जो पुराना कानूनहरू छन्, त्यसलाई समाप्त गर्नका लागि पनि एउटा बिलमा प्रावधान गरिँदैछ। हाम्रो यहाँ युगौंदेखि एउटा परम्परा रहिआएको छ, त्यो के भने जब विवाद हुन्छ, तब संवादद्वारा सल्टाइन्छ। मध्यस्थताको परम्परा हाम्रो देशमा युगौंदेखि चलिआइरहेको छ र अब त्यसलाई कानूनी आधार दिँदै मध्यस्थता विधेयक ल्याउने दिशामा यस सत्रको धेरै ठूलो उपयोग छ र अनेकौं विवाददेखि सामान्य मानवी लगायत असामान्य संयोगहरूलाई पनि मिलेर बसी सल्टाउने एउटा बलिया जग बसाल्नेछ। यसै गरी डेन्टल मिशनलाई लिएर यो बिलले हाम्रो डेन्टल कलेजहरूलाई लिएर मेडिकल छात्राहरूको निम्ति नयाँ व्यवस्थालाई आकार दिनेछ।

यस्ता अनेकौं महत्त्वपूर्ण विधेयक यसपटक यस सत्रमा संसदमा आइरहेको छ, तब यी जनहितका छन्, युवा हितका छन्, यी भारतको उज्ज्वल भविष्यका लागि छन्। मलाई विश्वास छ, यस सदनमा गम्भीरतापूर्वक यी विधेयकहरूमाथि चर्चा गरी हामी धेरै तेज गतिले राष्ट्रहितकरा महत्त्वपूर्णकदमलाई अघि बढाउनेछौं।

साथीहरू,

आज जब म तपाईंहरूबीच आएको छु, यस लोकतन्त्रको मन्दिरमा खडा छु, तब मेरो हृदय पीडाले भरिएको छ, क्रोधले भरिएको छ, मणिपुरको जुन घटना अघि आएको छ, कुनै पनि सभ्य समाजको निम्ति यो शरमसार गर्ने घटना हो। पाप गर्ने, अपराध गर्ने कति छन्, को हुन्, तिनीहरू आफ्नो ठाउँमा छन्, तर बेइज्जती पूरा देशको भइरहेको छ, 140 करोड देशवासीले शरमसार हुनुपरिरहेको छ। म सबै मुख्यमन्त्रीलाई आग्रह गर्न चाहन्छु, आफ्नो राज्यमा कानून व्यवस्थालाई अझ बलियो बलाऊन्, विशेष गरी हाम्रा माता, बहिनीहरूको रक्षाका लागि कठोरभन्दा कठोर कदन उठाऊन्। घटना चाहे राजस्थानको होस्, घटना चाहे छत्तीसगढको होस्, घटना चाहे मणिपुरको होस्, यस देशमा हिन्दुस्तानको कुनै पनि कुनामा, कुनै पनि राज्य सरकारमा राजनीतिक वाद-विवाददेखि माथि उठेर कानून व्यवस्थाको महात्मय, नारीको सम्मान र म देशवासीहरूलाई विश्वास दिलाउन चाहन्छु, कुनै पनि अपराधीलाई छोडिनेछैन। कानूनले आफ्नो पूर्ण शक्तिका साथ, पूरा कडाईका साथ एकपछि अर्को कदम उठाउनेछ। मणिपुरका छोरीहरूका साथ जे भयो, त्यसलाई कहिले पनि माफ गर्नसकिनेछैन।

धेरै धेरै धन्यवाद साथीहरू।

****



(Release ID: 1941164) Visitor Counter : 107