प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीले 7-8 जुलाईको दिन 4 वटा राज्यको भ्रमण गर्दै ₹ 50 हजार करोड बराबरका परियोजनाहरूको शिलान्यास तथा समर्पण गर्ने


प्रधानमन्त्रीले 7 जुलाईको दिन छत्तीसगढ र उत्तर प्रदेश अनि 8 जुलाईको दिन तेलङ्गाना र राजस्थानको दौडाहा गर्ने

प्रधानमन्त्रीले रायपुरमा ₹ 7500 करोड बराबरका परियोजनाहरूको शिलान्यास तथा समर्पण गर्ने

पूर्वाधार विकासलाई व्यापक बढावा दिन प्रधानमन्त्रीले छत्तीसगढमा पाँचवटा राष्ट्रिय राजमार्गको शिलान्यास तथा समर्पण गर्ने

प्रधानमन्त्रीले गीता प्रेस, गोरखपुरको शतवार्षिकीको समापन समारोहमा सहभागिता जनाउने

प्रधानमन्त्रीले गोरखपुर-लखनऊ र जोधपुर-अहमदाबाद (साबरमती) जोड्ने दुईवटा वन्दे भारत रेललाई झण्डा देखाउने

प्रधानमन्त्रीले गोरखपुर रेलवे स्टेशन पुनर्विकासको शिलान्यास गर्ने

प्रधानमन्त्रीले बनारसमा ₹ 12,100 करोडभन्दा धेरै लागतका विविध विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने

प्रधानमन्त्रीले पण्डित दीनदयाल उपाध्याय जङ्कसन-सोन नगर रेलवे लाइनको समर्पित माल गलियारा उद्घाटन गर्ने

प्रधानमन्त्रीले बनारसदेखि लखनऊसम्मको यात्रा सुगम बनाउने एनएच-56 को बनारस-जौनपुर खण्डको चौमार्गी चौडीकरण समर्पित गर्ने

मनिकर्णिका अनि हरिशचन्द्र घाटको पुनर्विकासका लागि प्रधानमन्त्रीले शिलान्यास गर्ने

Posted On: 05 JUL 2023 11:48AM by PIB Gangtok

प्रधानमन्त्रीले 7-8 जुलाईको दिन चारवटा राज्य समेट्दै दौडाहा गर्नेछन्। उनले 7 जुलाईको दिन छत्तीसगढ र उत्तर प्रदेशको दौडाहा गर्नेछन्। यसै गरी 8 जुलाईको दिन तेलङ्गाना र राजस्थानको दौडाहा गर्नेछन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले 7 जुलाईको दिन करिब 10.45 बजे रायपुरमा आयोजित कार्यक्रमबीच विभिन्न विकास परियोजनाको शिलान्यास तथा राष्ट्रलाई समर्पण गर्नेछन्। दिउँसो 2.30 बजे उनी उत्तर प्रदेशको गोरखपुर पुगी गीताप्रेस, गोरखपुरको शतवार्षिकी कार्यक्रमको समापन समारोहमा सहभागिता जनाउनेछन्, जसपछि गोरखपुर रेलवे स्टेशनमा वन्दे भारत रेललाई झण्डा देखाएर प्रस्थान गराउनेछन्। यसपछि, साँझ 5 बजा प्रधानमन्त्री बनारस पुग्नेछन्, जहाँ एउटा सार्वजनिक कार्यक्रममा भाग लिँदै विविध विकास परियोजनाको शिलान्यास, उद्धाटन तथा राष्ट्रलाई समर्पण गर्नेछ्।

प्रधानमन्त्री 8 जुलाईको दिन बिहान 10.45 बजे तेलङ्गानाको वारङ्गल पुगी सार्वजनिक कार्यक्रममा भाग लिँदै विभिन्न परियोजनाको शिलान्यास गर्नेछन्।

साँझ करिब 4.15 बजे प्रधानमन्त्री बिकानेर पुगी राजस्थानमा विविध विकास परियोजनाको शिलान्यास तथा राष्ट्रलाई समर्पण गर्नेछन्।

रायपुरमा पीएम

पूर्वाधार विकासलाई बढावा दिने क्रममा प्रधानमन्त्रीले ₹ 6,400 करोड लागत बराबरको पाँचवटा राष्ट्रिय राजमार्ग परियोजनाको शिलान्यास तथा समर्पण गर्नेछन्। राष्ट्रलाई समर्पित गरिने परियोजनामा जबलपुर-जगदलपुर राष्ट्रिय मार्गको रायपुर-कोडेबोडको 33 किलोमिटर लामो खण्डको चौमार्गी सडक सामेल छ। यसले पर्यटनलाई टेवा दिनका साथै जगदलपुर नजिकको इस्पात कारखानासम्म काँचो माल अनि उत्पादहरूको ढुवानी सुगम बनाउनका साथै लौह अयस्क समृद्ध इलाकासम्म कनेक्टिभिटी प्रदान गर्नेछ। प्रधानमन्त्रीले राष्ट्रिय राजमार्ग 130 को बिलासपुरदेखि अम्किपुर खण्ड अन्तर्गत बिलासपुर-पथरापली खण्डको 53 किलोमिटर चौमार्गी सडक पनि राष्ट्रलाई समर्पित गर्नेछन्। यसले छत्तीसगढ र उत्तर प्रदेशबीच कनेक्टिभिटीमा सुधार ल्याउनका साथै वरिपरीका कोइला खानीबीच कनेक्टिभिटी प्रदान गरी कोइलाको ढुवानी सुगम बनाउनेछ।

प्रधानमन्त्रीले 6 मार्गी नयाँ रायपुर-भिसाखापटनम गलियाराको तीनवटा राष्ट्रिय राजमार्ग परियोजना अन्तर्गत छत्तीसगढ खण्डको पनि शिलान्यास गर्नेछन्। यसमा एनएच 130-सीडीमा 6 मार्गी झाँकी-सार्गी खण्डको 43 कोलिमिटर; एनएच-130 सीडीमा 6 मार्गी सार्गी-बसनवाही खण्डको 57 किलोमिटर; र एनएच-130 सीडीमा 6 मार्गी बसनवाही-मराङ्गपुरी खण्डको 25 किलोमिटर सामेल छन्। यसको प्रमुख घटकमा 6 मार्गी 2.8 किलोमिटरको सुरूङका साथमा उडन्ती वन्यप्राणी निकुञ्जका वन्यप्राणीका निर्बाध आवागमनको निम्ति लागि 27 वटा पुल अनि बाँदरहरूका लागि 17 वटा चँदुवा सामेल छन्। यी परियोजनाहरूले धामतरीको धान मिलहरूका साथै काँकेरको बक्साइट क्षेत्रलाई उचित कनेक्टिभिटी प्रदान गर्नका अतिरिक्त कोण्डागाउँको हस्तशिल्प उद्योगलाई पनि लाभ पुऱ्याउनेछ। समग्रममा यी परियोजनाहरूले क्षेत्रको आर्थिक-सामाजिक विकासलाई पृष्ठपोषण गर्नेछ।

प्रधानमन्त्रीले रायपुर-खरियर सडक-रेल लाइनको 103 किलोमिटर दूरी दुइमार्गीकरण पनि राष्ट्रलाई समर्पित गर्नेछन्, जुन ₹ 750 करोडको लागतमा पूरा गरिएको छ। यसले छत्तीसगढका उद्योग-कारखानाहरूसम्म समुद्री पोतबाट कोइला, इस्पात, मल अनि अन्य सामग्रीको ढुवानी सुगम बनाउनेछ। प्रधानमन्त्रीले कोइटी-अन्तागढलाई जोड्ने 17 तिलोमिटर लामो नयाँ रेलवे लाइन पनि राष्ट्रलाई समर्पित गर्नेछन्। अनुमानित ₹ 290 करोडको लागतमा निर्मित यस नयाँ रेलवे लाइनले भिलाई इस्पात कारखाना तथा डाली-राजहारा अनि रौघाट इलाकाको लौह अयस्क खानीहरूमा कनेक्टिभिटी प्रदान गर्नका साथै घना जङ्गलबाट गुज्रिने दक्षिणी छत्तीसगढलाई पनि जोड्नेछ।

प्रधानमन्त्रीले अनुमनानित ₹ 130 करोडको लागतमा वार्षित 60 हजार मेट्रिक टन क्षमताको कोरबामा निर्मित भारतीय तेल निगमको बटलिङ प्लान्ट पनि राष्ट्रलाई समर्पित गर्नेछन्। यसका साथै आयुष्मान भारत अन्तर्गत 75 लाख कार्ड लाभार्थीहरूलाई वितरण गर्ने कार्य पनि प्रधानमन्त्रीले शुभारम्भ गर्नेछन्।

गोरखपुरमा पीएम

प्रधानमन्त्रीले गोरखपुरस्थित गीता प्रेसको भ्रमण गरी त्यहाँ यस ऐतिहासिक छापाखानाको शतवार्षिकी कार्यक्रमको समापन समारोहमा सहभागिता जनाउनेछन्। यस अवसरमा उनले चित्रमय शिवपुराण ग्रन्थको लोकार्पण गर्नेछन्। प्रधानमन्त्रीले गीता प्रेसको लीला चित्र मन्दिरको पनि भ्रमण गर्नेछन्।

प्रधानमन्त्रीले गोरखपुर रेलवे स्टेशनबाट दुईवटा वन्दे भारत रेललाई पनि झण्डा देखाउनेछन्। यी दुई रेल हुन् – गोरखपुर-लखनऊ वन्दे भारत एक्सप्रेस र जोधपुर-अहमदाबाद (साबरमती) वन्दे भारत एक्सप्रेस।  गोरखपुर-लखनऊ वन्दे भारत एक्सप्रेस अयोध्या हुँदै गुड्नेछ र राज्यको महत्त्वपूर्ण शहरहरूलाई जोड्दै पर्यटनलाई टेवा प्रदान गर्नेछ। जोधपुर-साबरमती वन्दे भारत एक्सप्रेसले जोधपुर, अबु मार्ग, अहमदाबाद जस्ता लोकप्रिय स्थलहरू जोड्दै क्षेत्रको आर्थिक-सामाजिक विकासलाई पृष्ठपोषण गर्नेछ।

प्रधानमन्त्रीले गोरखपुर रेलवे स्टेशन पुनर्विकासको पनि शिलान्यास गर्नेछन्। यो स्टेशन ₹ 498 करोड बराबरको लागतमा पुनर्विकास गरी विश्व स्तरीय यात्री सुविधा प्रदान गरिनेछ।

बनारसमा पीएम

बनारसमा प्रधानमन्त्रीले ₹ 12,100 करोडभन्दा धेरैका विविध विकास परियोजनाको शिलान्यास तथा उद्धाटन गर्नेछन्। प्रधानमन्त्रीले पण्डित दीनदयाल उपाध्याय जङ्कसन-सोननगर रेलवे लाइनको समर्पित माल ढुवानी गलियारा समर्पित गर्नेछन्। ₹ 6,760 करोडभन्दा धेरैको लागतमा निर्मित नयाँ लाइनले सामानहरूको द्रूत अनि कुशल ढुवानी सुगम बनाउनेछ। प्रधानमन्त्रीले ₹ 990 करोडको लागतमा विद्युतिकरण वा पटरी दोहोरीकरणको काम पूरा गरिएका तीनवटा रेलवे लाइन पनि राष्ट्रलाई समर्पित गर्नेछन्। यसमा गाजीपुर नगर-औनरिहर रेल लाइन, औनरिहर-जौनपुर रोल लाइन तथा भटनी-औनरिहर रेल लाइन सामेल छन्। यी परियोजनाहरूले उत्तर प्रदेशमा 100 प्रतिशत रेलवे लाइनको विद्युतिकरण हासिल गर्न सहयोग गरेका छन्।

प्रधानमन्त्रीले एनएच-56 को बनारस-जौनपुर चौमार्गीकरण पनि राष्ट्रलाई समर्पित गर्नेछन्, जुन ₹ 2,750 करोडभन्दा धेरै लागतमा निर्माण गरिएको हो भने यसले बनारस र लखनऊबीचको यात्रालाई तेज अनि सुगम बनाउँदछ।

बनारसमा प्रधानमन्त्रीद्वारा उद्धाटन गरिने विविध परियोजनामध्ये 18 वटा पीडब्लुडी सडकको निर्माण एवं पुनरूद्धार, बीएचयु क्यमापसमा निर्मित अन्तरराष्ट्रिय कन्या छात्रावास भवन, कसारा गाउँमा केन्द्रिय पेट्रोकेमिकल अभियान्त्रिकी एवं प्रविधि संस्थान (सीआइपीईटी) – पेशागत प्रशिक्षण केन्द्र, पीएसी भुल्लनपुरको सिन्धौरा पुलिस चौकीमा आवासीय भवन तथा अन्य सुविधा, पिण्ड्रामा अग्निशमन केन्द्र तथा तारसदामा सरकारी आवासीय स्कूल, आर्थिक अपराध अनुसन्धान सङ्गठन भवन, मोगन कटरादेखि कोनी घाटसम्म मल-मूत्र निस्तारण लाइन तथा रमना गाउँमा सेप्टेज प्रबन्धन प्रणाली, 30 वटा डबल साइडेड ब्याकलिड एलईडी युनिपोल, रामनगरको एनडीडीबी दूध प्रशोधन संयन्त्रमा गोबर आधारित बायोग्यास संयन्त्र, दशस्वमेध घाटमा विशेष तैरिने किसिमको कपडा फेर्ने जेट्टी जसले गङ्गा नदीमा स्नान गर्ने भक्तजनलाई सुविधा प्रदान गर्नेछ।

प्रधानमन्त्रीद्वारा शिलान्यास गरिने परियोजनाहरूमा चौखण्डी, कादीपुर र हर्दट्टापुर रेलवे स्टेशनमा तीनवटा दुईमार्गी रेल उपरगामी पुल, व्यासनगर-पण्डित दीनदयाल उपायध्याय जङ्कसन रेल फ्लाइओभर र 15 वटा पीडब्लुडी सडकहरूको निर्माण एवं पुनरूद्धार सामेल छन्। यी परियोजनाहरू अनुमानित ₹ 780 करोडको लागतमा विकास गरिनेछन्।

प्रधानमन्त्रीले 192 वटा ग्रामीण पेय जल योजनाको निम्ति पनि शिलान्यास गर्नेछन्, जुन जल जीवन मिशन अन्तर्गत ₹ 550 करोडको लागतमा निर्माण गरिनेछ। यसले 192 गाउँका 7 लाख मानिसलाई स्वच्छ पिउने पानी उपलब्ध गराउनेछ।

प्रधानमन्त्रीले मणिकर्णिका र हरिशचन्द्र घाटको पुनर्रचना तथा पुनर्विकासको पनि शिलान्यास गर्नेछन्। पुनर्विकास गरिएका घाटमा जनसुविधा, प्रतीक्षालय, दाउरा गोदाम, फोहोर निस्तारण तथा पर्यावरणमैत्री चिताको प्रावधान रहनेछ।

शिलान्यास गरिने अन्य परियोजनामा बनारसको गङ्गा नदीको धार्मिक रूपले महत्त्वपूर्ण स्नान घाटमा दशाश्वमेध घाटमा जस्तै तैरिने कपडा फेर्ने जेट्टी तथा करसराको सीआइपीईटी क्याम्पसमा छात्रावासको निर्माण सामेल छन्।

यस अवसरमा प्रधानमन्त्रीले उत्तर प्रदेशका लाभार्थीहरूलाई पीएमस्वनिधिको ऋण, पीएमएवाई ग्रामीण आवासका चाबीका साथमा आयुष्मान भारत कार्ड पनि वितरण गर्नेछन्। यसले 5 लाख पीएमएवाई लाभार्थीहरूको गृह प्रवेश, पात्र लाभार्थीहरूलाई 1.25 लाख पीएमस्वनिधि ऋण तथा 2.88 करोड आयुष्मान कार्ड वितरणको क्रम शुरु हुनेछ।

वारङ्गलमा पीएम

पीएम नरेन्द्र मोदीले तेलङ्गानामा ₹ 6,100 करोड बराबरका कैयौं महत्त्वपूर्ण पूर्वाधार विकास परियोजनाको शिलान्यास गर्नेछन्।

प्रधानमन्त्रीले ₹ 5,550 करोडभन्दा घेरै लागतको 176 किलोमिटर लामो राष्ट्रिय राजमार्ग परियोजनाको शिलान्यास गर्नेछन्। परियोजनमा नागपुर-विजयवाडा गलियाराको 108 किमि. लामो मन्छेरियल-वारङ्गल खण्ड सामेल छ। यस खण्डले वारङ्गल र मन्छेरियलबीचको दूरी 34 किमि. घटाउँदै यात्राकौ समय कम्ति गर्नका अतिरिक्त, एनएच-44 र एनएच-65 मा भीड पनि घटाउनेछ। यसका साथै एनएच563 को वर्तमान दुईमार्गी सडकलाई चौमार्गी बनाउने करिमनगर-वारङ्गल खण्डको 68 किमि. सडकको स्तरोन्नतिको निम्ति शिलान्यास पनि उनले गर्नेछन्। यसले हैदराबाद-वारङ्गल औद्योगिक गलियारा, काकटिया बृहत् वस्त्र उद्यान तथा वारङ्गलको विशेष आर्थिक क्षेत्रमा कनेक्टिभिटीमा सुधार ल्याउनेछ।

प्रधानमन्त्रीले काजीपेटमा रेलवे विनिर्माण एकाइको पनि शिलान्यास गर्नेछन्। ₹ 500 करोडभन्दा धेरैको लागतमा विकास गरिने यस आधुनिक विनिर्माण एकाइमा उन्नत रोलिङ स्टक विनिर्माणको क्षमता हुनेछ। यसमा अत्याधुनिक प्रविधि जडान गरिनेछ भने डब्बाहरूको रोबोटिक पेन्टिङ, अत्याधुनिक मशिन एवं संयन्त्रका साथमा आधुनिक भण्डारण एवं प्रबन्धनको सुविधा रहनेछ। यसले स्थानीय रोजगार अवसर सिर्जना गर्नका साथै वरिपरी सहायक एकाइहरूको विकासमा मद्दत गर्नेछ।

बिकानेरमा पीएम

प्रधानमन्त्रीले बिकानेरमा क्षेत्रको पूर्वाधार एवं कल्याणलाई सुदृढ बनाउने लक्ष्य रहेका ₹ 24,300 करोड बराबरका विविध विकास परियोजनाको शिलान्यास तथा समर्पण गर्नेछन्। प्रधानमन्त्रीले अमृतसर-जामनगर आर्थिक गलियाराको 6 मार्गी द्रूतमार्ग खण्ड राष्ट्रलाई समर्पित गर्नेछन्। राजस्थानमा 500 किलोमिटरभन्दा लामो दूरी रहेको यो खण्ड हनुमानगढ जिल्लाको जखडावलीदेखि जालोर जिल्लाको खेतलावास गाउँसम्म गुज्रिन्छ भने ₹ 11,125 करोडको अनुमानित लागतमा यो निर्माण गरिएको हो। यस द्रूत मार्गले यात्राको समय घटाउनका साथै प्रमुख शहर अनि औद्योगिक गलियाराहरूबीच कनेक्टिभिटीमा सुधार ल्याउनेछ। यस द्रूतमार्गले सामानहरूको निर्बाध ढुवानी मात्र सुगम नबनाएर यस मार्गमा पर्यटन अनि आर्थिक विकासलाई पनि प्रोत्साहित गर्नेछ।

यस भेकमा ऊर्जा क्षेत्रलाई बढावा दिन प्रधानमन्त्रीले ₹ 10,950 करोड बराबरको लागतमा तयार हरित ऊर्जा गलियाराका लागि अन्तर राज्य प्रसारण लाइनको चरण-1 राष्ट्रलाई समर्पित गर्नेछन्। हरित ऊर्जा गलियाराले करिब 6 गिगावाट नविकरणीय ऊर्जा ग्रिडमा एकिकृत गर्दै पश्चिमी क्षेत्रमा ताप ऊर्जा उत्पादन अनि उत्तरी क्षेत्रमा जलविद्युत उत्पादनसँग नविकरणीय ऊर्जाको ग्रिड सन्तुलन कायम गर्न सहयोग गर्नका साथै उत्तरी अनि पश्चिमी क्षेत्रमा प्रसारण क्षमता सुदृढ बनाउनेछ।

प्रधानमन्त्रीले बिकानेरदेखि भिवाडीसम्मको प्रसारण लाइन पनि समर्पित गर्नेछन्। पावर ग्रिडद्वारा ₹ 1,340 करोडको लागतमा विकास गरिने बिकानेरदेखिको भिवाडी प्रसारण लाइनले राजस्थानमा 8.1 गिगावाट सौर ऊर्जा निकास गर्न सहयोग गर्नेछ।

प्रधानमन्त्रीले बिकानेरमा 30 पलङ क्षमताको राज्य कर्मचारी बीमा निगम (ईएसआइसी) अस्पताल पनि समर्पित गर्नेछन्। अस्पतालमा 100 पलङको क्षमता हुनेछ। यस अस्पताललले स्थानीय समुदायको चिकित्सा आवश्यकतालाई सम्बोधित गर्दै गुणस्तरीय अनि सुपथ स्वास्थ्य सेवासम्म पहुँच सुनिश्चित गर्नेछ। यसका अतिरिक्त प्रधानमन्त्रीले बिकानेर रेलवे स्टेशनको पुनर्विकासको पनि शिलान्यास गर्नेछन्। करिब ₹ 450 करोडको लागतमा गरिने पुनर्विकास कार्यमा प्टेलफर्महरूको नविकरणका साथमा वर्तमान रेलवे स्टेशनको धरोहरको दर्जा संरक्षण गर्दै भूइँ अनि सिलिङको पुनर्विकास गरिनेछ।

प्रधानमन्त्रीले चुरू-रतनगढ खण्डको 43 किलोमिटर मार्गको दोहोरीकरणको पनि शिलान्यास गर्नेछन्। यस रेल लाइनको दोहोरीकरणले कनेक्टिभिटी सुगम बनाउँदै बिकानेरबाट जिप्सम, चुनापत्थर अनि रासायनिक मल देशको अन्य भागसम्म ढुवानी गर्न सहज अनि सुगम बनाउनेछ।

****



(Release ID: 1937577) Visitor Counter : 99