प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीद्वारा अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई सम्बोधन


प्रविष्टि तिथि: 23 JUN 2023 7:33AM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकाको हाउस अव् रिप्रेजेन्टेटिभ्सका अध्यक्ष महामहिम केभिन म्याकार्थी, सीनेटमा बहुमतका नेता महामहिम चार्ल्स शूमर, सीनेटमा रिपब्लिकन पार्टीका नेता महामहिम मिच म्याककोनेल तथा सदनमा डेमोक्रेटिक पार्टीका नेता महामहिम हकीम जेफ्रीसको निमन्त्रणमा 22 जून, 2023 को दिन संयुक्त राज्य अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई सम्बोधित गरे।

यस अवसरमा संयुक्त राज्य अमेरिकाकी उपराष्ट्रपति महामहिम सुश्री कमला ह्यारिस पनि उपस्थित थिइन्।

क्यापिटल हिल पुगेपछि कङ्ग्रेसका नेताहरूद्वारा प्रधानमन्त्रीलाई औपचारिक रूपमा स्वागत गरियो। यसपछि प्रधानमन्त्रीले सदनका अध्यक्ष केभिन म्याकार्थी अनि कङ्ग्रेसका विभिन्न नेताका साथ अलग-अलग बैठक गरे।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले भारत अनि संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई सुदृढ बनाउनका लागि संयुक्त राज्य अमेरिकाको कङ्ग्रेसमा लामो समयदेखि चलिरहेको अझ सुदृढ द्विदलीय समर्थनको सराहना गरे।

प्रधानमन्त्रीले भारत अनि संयुक्त राज्य अमेरिकीबीच द्विपक्षीय सम्बन्धमा भएको तेज प्रगतिबारे चर्चा गरे साथै द्विपक्षीय सम्बन्धनलाई अझ माथि पुऱ्याउनेसित सम्बन्धित आफ्नो दृष्टिकोण साझा गरे। उनले भारतको व्यापक प्रगति अनि विश्वका लागि पेश गरिने अवसरहरू पनि रेखाङ्कित गरे।

अध्यक्ष म्याकार्थीले प्रधानमन्त्रीको सम्मानमा स्वागत समारोह आयोजन गरे। संयुक्त राज्य अमेरिकाको कङ्ग्रेसको संयुक्त बैठकमा प्रधानमन्त्रीको यो दोस्रो सम्बोधन थियो। यसअघि उनले सेप्टेम्बर, 2016 मा संयुक्त राज्य अमेरिकाको आफ्नो आधिकारिक यात्राको समय अमेरिकी कङ्ग्रेसलाई सम्बोधित गरेका थिए।

****


(रिलीज़ आईडी: 1934870) आगंतुक पटल : 145
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Punjabi , English , Urdu , Marathi , Marathi , हिन्दी , Assamese , Bengali , Manipuri , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam