आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)

केन्द्रिय क्याबिनेटद्वारा विपणन मौसम 2023-24 का लागि खरिफ फसलको न्यूनतम समर्थन मूल्य (एमएसपी) अनुमोदित


Posted On: 07 JUN 2023 2:56PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलाको क्याबिनेट कमिटीले (सीसीईए) विपणन वर्ष 2023-24 का लागि सबै सूचीबद्ध खरिफ फसलका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) बढाउने निर्णयलाई अनुमोदन गरेको छ।

सरकारले कृषकहरूलाई मुनासिब मूल्य सुनिश्चित गर्नका साथै फसल विविधिकरण प्रोत्साहित गर्न विपणन मौसम 2023-24  का लागि खरिफ फसलको एमएसपी बढाएको छ, जुन तलको तालिकामा दर्शाइएका छन् :

खरिफ विपणन मौसम (केएमएस) 2023-24 का लागि न्यूनतम समर्थन मूल्य

(₹ प्रति क्विन्टल)

फसल

एमएसपी

20-14-15

एमएसपी 20-22-23

एमएसपी 20-23-24

लागत* किमि. 2023-24

2022-23 को कुलनामा एमएसपीमा वृद्धि

लागतमा  नाफाको प्रतिशत

धान- सामान्य

1360

2040

2183

1455

143

50

धान – श्रेणी ए^

1400

2060

2203

-

143

-

जवार – वर्णसङ्कर

1530

2970

3180

2120

210

50

जवार – मालडण्डी^

1360

2040

2183

1455

143

50

बाजरा

1250

2350

2500

1371

150

82

रागी (कोदो)

1550

3578

3846

2564

268

50

मकै

1310

1962

2090

1394

128

50

तूर/ अरहर

4350

6600

7000

4444

400

58

मूङ

4600

7755

8558

5705

803

50

उरद

4350

6600

6950

4592

350

51

बदाम

4000

5850

6377

4251

527

50

सूर्यमुखी दाना

3750

6400

6760

4505

360

50

भटमास (पहेंलो

2560

4300

4600

3029

300

52

तिल

4600

7830

8635

5755

805

50

राम तिल

3600

7287

7734

5156

447

50

कपास (मध्यम रेशा)

3750

6080

6620

4411

540

50

कपास (लामो रेशा)

4050

6380

7020

-

640

-

*यसले भुक्तान गरिएका लागत जस्तै खेताला, गोरुगाडी/ मशिन, पट्टामा लिइएको जमीनको किराया, बिउ-बिजन, मल, सिञ्चाई आदिमाथि गरिएको खर्च, औजार तथा कृषि भवनको अवमूल्यन, कार्यकारी पूँजीमाथि ब्याज, पम्प  आदि चलाउन डिजल/ बिजुलीमाथि गरिएको खर्च आदिलगायत अन्यान्य खर्च तथा परिवारले लगाएको श्रमको अनुमानित लागत बुझाउँदछ।

^ धान (श्रेणी-ए), जवार (मालडण्डी) र कपासका (लामो रेशा) लागित लागतको तथ्याङ्क अलग रूपमा सङ्कलन गरिएको छैन।

विपणन मौसम 2023-24 का लागि खरिफ फसलको एमएसपीमा वृद्धि केन्द्रिय बजेट 2018-19 को घोषणा अनुरूप छ, जहाँ कृषकहरूलाई मुनासिब मूल्य प्रदान गर्न लक्ष्यका साथ अखिल भारतीय भारित औसत उत्पादन लागतको 1.5 गुणा स्तरमा एमएसपी तय गर्ने निधो गरिएको थियो। कृषकहरूलाई उत्पादन लागतभन्दा अपेक्षित उच्च लाभ बाजरा (82%) र यसपछि तूर (58%), भटमास (52%) र उरदमा (51%) हुने अनुमान लगाइएको छ। रहल फसलका लागि कृषकहरूलाई उत्पादन लागतभन्दा लाभ 50% जति हुने अनुमान छ।

हालका वर्षहरूमा, सरकारले उच्च एमएसपी प्रदान गरी अन्न बाहेकका फसलहरू जस्तै दाल, तेलजन्य फसल, पोषक अन्न/ श्रीअन्नको फसल खेतालाई प्रोत्साहित गर्दै आएको छ। यसका अतिरिक्त, कृषकहरूलाई फसलको विविधिकरण प्रोत्साहित गर्न सरकारले विभिन्न योजना अनि पहल जस्तै राष्ट्रिय कृषि विकास योजना (आरकेभीवाई), राष्ट्रिय खाद्य सुरक्षा अभियान एनएमएसएम) पनि शुरु गरेको छ।

वर्ष 2022-23 का लागि तेस्रो अग्रिम अनुमान अनुसार, देशको कूल खाद्यान्न उत्पादन रेकर्ड 330.5 मिलियन टन हुने अनुमान लगाइएको छ, जुन 2021-22 को तुलनमा 14.9 मिलियन टन धेरै हो। यो विगत पाँच वर्षको सबैभन्दा सर्वाधिक वृद्धि हो।

****



(Release ID: 1930550) Visitor Counter : 117