मन्त्रीमण्डल

मन्त्रीपरिषद्ले आईटी हार्डवेयरको लागि उत्पादन लिङ्क गरिएको प्रोत्साहन योजना - 2.0 लाई अनुमोदन गर्यो


Posted On: 17 MAY 2023 3:58PM by PIB Gangtok

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा सम्पन्न भएको केन्द्रीय मन्त्रीपरिषद्ले आज रु. 17,000 करोड़को बजेटीय परिव्ययका साथ आईटी हार्डवेयरको लागि उत्पादन लिङ्कसित जोड़िएको प्रोत्साहन योजना 2.0 लाई अनुमोदन गरेको छ।

सन्दर्भ:

- भारतमा इलेक्ट्रोनिक्स उत्पादनले विगत 8 वर्षहरूमा 17% सीएजीआरसँग निरन्तर वृद्धि देखाएको छ। यो वर्ष यसले उत्पादनमा प्रमुख बेन्चमार्क पार गर्यो - 105 बिलियन यूएसडी (लगभग रु. 9 लाख करोड़)।

- भारत मोबाइल फोनको विश्वको दोस्रो ठूलो उत्पादक बनेको छ। मोबाइल फोनको निर्यातले यस वर्ष 11 बिलियन यूएसडी (लगभग रु. 90 हजार करोड) को प्रमुख माइलखुट्टी पार गरेको छ।

- विश्वव्यापी इलेक्ट्रोनिक्स उत्पादन इकोसिस्टम भारतमा आउँदैछ, र भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन देशको रूपमा उदाइरहेको छ।

- मोबाइल फोनहरूको लागि उत्पादन लिङ्क प्रोत्साहन योजना (पीएलआई) को सफलताको आधारमा केन्द्रीय मन्त्रीपरिषद्ले आज आईटी हार्डवेयरको लागि पीएलआई योजना 2.0 लाई अनुमोदन गर्यो।

मुख्य विशेषताहरू:

- आईटी हार्डवेयरको लागि पीएलआई योजना 2.0 ले ल्यापटप, ट्याब्लेट, अल-इन वान पीसी, सर्वर र अल्ट्रा स्मल फारम कारक उपकरणहरू कवर गर्दछ।

- योजनाको बजेटीय विनियोजन रु. 17,000 करोड

- यो योजनाको अवधि 6 वर्षको छ

- अपेक्षित वृद्धि उत्पादन रु. 3.35 लाख करोड

- अपेक्षित वृद्धिशील लगानी रु. 2,430 करोड

- अपेक्षित वृद्धिशील प्रत्यक्ष रोजगारी 75,000 छ

महत्त्व:

- भारत सबै विश्वव्यापी प्रमुखहरूको लागि एक विश्वसनीय आपूर्ति शृङ्खला साझेदारको रूपमा उदाइरहेको छ। बृहत् आईटी हार्डवेयर कम्पनीहरूले भारतमा उत्पादन सुविधाहरू स्थापना गर्न गहिरो चासो देखाएका छन्। यो देशभित्र राम्रो माग भएको बलियो आईटी सेवा उद्योगद्वारा समर्थित छ।

अधिकांश बृहत् कम्पनीहरू भारतमा रहेको सुविधाबाट भारतभित्रै घरेलु बजार आपूर्ति गर्न चाहन्छन् र भारतलाई निर्यात केन्द्र बनाउन चाहन्छन्।

****



(Release ID: 1924894) Visitor Counter : 113