57th International Film Festival of India 2026
20 – 28 Nov 2026

आर्यनको दृष्टिकोणबाट: श्रीहरि हरिदासले मोक्युमेन्ट्री शैलीमा कथा भन्ने तरिका, व्यक्तिगत प्रभाव र आफ्नो पहिलो फिचर चलचित्र ‘अजयन्ते मरणम्: ओरु केस स्टडी’ को निर्माणबारे गर्नुभयो चर्चा

निर्देशकले आफ्नो पहिलो फिचर चलचित्रमार्फत ‘उत्तरम्’ लाई गर्नुभयो श्रद्धाञ्जली अर्पण

पोस्ट गरियो: 26 NOV 2026 8:01PMby PIB Gangtokरिलिज आईडी: 2342449Views: 3

गोवा, 26 नोभेम्बर, 2026।

निर्देशक श्रीहरि हरिदासको मलयालम चलचित्र अजयन्ते मरणम्: ओरु केस स्टडी आज गोवामा आयोजित ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को इण्डियन प्यानोरमा – न्यू होराइजन्स खण्डमा प्रदर्शन गरियो।

पत्र सूचना कार्यालय (पीआईबी) द्वारा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक श्रीहरि हरिदासले आफ्नो पहिलो फिचर चलचित्रलाई दर्शकबाट प्राप्त प्रतिक्रियाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले महोत्सवमा दर्शकहरूको यति उत्साहजनक उपस्थिति रहने अपेक्षा नगरेको बताउनुभयो।

चलचित्रलाई अजयन् वरिपरि केन्द्रित चरित्र अध्ययन का रूपमा व्याख्या गर्दै हरिदासले यसमा मोक्युमेन्ट्री शैली अपनाइएको बताउनुभयो, जुन मलयालम सिनेमामा तुलनात्मक रूपमा कम प्रयोग हुने शैली हो। उहाँले चलचित्रको छायाङ्कन र निर्माणका क्रममा यो शैली अपनाउँदा आफ्नै प्रकारका अनेकौँ चुनौती सामना गर्नुपरेको स्वीकार गर्नुभयो।

हरिदासले कथाबारे बताउँदै अजयन्‌को कथा आर्यन मार्फत अगाड़ि बढ़्ने जानकारी दिनुभयो। आर्यन एक महत्त्वाकांक्षी चलचित्र निर्माता हो, जसले अजयन्‌को जीवन र उनको मृत्युको परिस्थितिबारे अनुसन्धान गर्छ। उहाँले आर्यनको चरित्र विकास गर्ने क्रममा आफ्नै व्यक्तित्वका केही पक्ष पनि त्यसमा समावेश गरेको बताउनुभयो। उहाँले आफू र अजयन्‌बीच केही समानता रहेको पनि स्वीकार गर्नुभयो। उहाँले भन्नुभो, “आर्यनमा मेरो केही झलक छ र ममा अजयन्‌का केही समानता छन्।”

हरिदासले पटकथाबारे बताउँदै पहिलो मस्यौदा एक सातामै पूरा गरेको र त्यसपछि अन्तिम पटकथा तयार गर्न करिब एक महिना लागेको जानकारी दिनुभयो। अन्य पात्रका अनुभवहरू खोज्न एउटा केन्द्रीय पात्रलाई कथानकको माध्यमका रूपमा प्रयोग गर्नु आफ्नो रुचिको शैली रहेको उहाँले बताउनुभयो। पात्र र कथाको संरचना परिवर्तन हुन सक्ने भए पनि आफूलाई कुनै व्यक्तिको वरिपरि कथा विकास गर्न र उसको यात्रालाई अगाड़ि बढ़ाउन मन पर्ने उहाँले बताउनुभयो।

हरिदासले अजयन्ते मरणम्: ओरु केस स्टडी लाई मलयालम चलचित्र उत्तरम् प्रतिको श्रद्धाञ्जली पनि बताउनुभयो। आफ्नो निर्देशनको यस प्रयासमा उक्त चलचित्रको प्रभाव रहेको उहाँले स्वीकार गर्नुभयो।

चलचित्रका लक्षित दर्शक र प्रदर्शन योजनासम्बन्धी प्रश्नको जवाफ दिँदै उहाँले यसको परिकल्पना मुख्य रूपमा चलचित्र महोत्सवहरूका लागि गरिएको बताउनुभयो। हाल टोलीले परम्परागत रूपमा सिनेमा हलमा चलचित्र प्रदर्शन गर्नुलाई प्राथमिकता दिनुको सट्टा दर्शकमाझ पुग्न चलचित्र महोत्सवलाई एउटा माध्यमका रूपमा हेरिरहेको उहाँले बताउनुभयो।

पत्रकार सम्मेलनको सञ्चालन सुश्री गोपिकाले गर्नुभएको थियो।

पूरा पत्रकार सम्मेलन हेर्नुहोस्:

आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्:         https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

******

MPS/TWB

         


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2342449
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026