गोवा, 24 नोभेम्बर 2026:
फिल्म निर्माता महेश लिमायेले 57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सवको क्रममा पत्र सूचना कार्यालयद्वारा (पीआइबी) आयोजित पत्रकार सम्मेलनमा इण्डियन प्यानोरामा खण्डमा प्रदर्शित मराठी फिल्म “आदि अनन्त” पछाडिको सिर्जनशील यात्राबारे विचार साझा गरे।
137 मिनट लामो र क्रमशः शङ्कर्सन करहदे अनि प्रतिष्ठित वरिष्ठ अभिनेता अशोक सरफद्वारा अभिनित यस फिल्ममा आफूलाई स्थापित गर्न सङ्घर्ष गरिरहेका युवा अभिनेता आदित्य अनि जोशले भरिएका हजुरबा अनन्त रावबीचको बन्धनको अन्वेषण गरिएको छ। सरफलाई हालै पद्मश्रीद्वारा सम्मानित गरिएको थियो।

पत्रकारहरूलाई सम्बोधित गर्दै लिमायेले, वित्तीय अनि व्यक्तिगत चुनौतीहरू झेल्दै स्नेह, हल्का-फुल्का ठट्टा-रमाइलो अनि परस्पर सहयोगका बीच फिल्मको कथा अघि बढ्ने जानकारी दिए। एउटा दुर्घटनाले अनन्त राव ओछ्यान परेपछि, उक्त सम्बन्धले कठिन मोड लिन्छ, जहाँ आदित्यलाई आफ्नो अभिनेता बन्ने महत्त्वकाङ्क्षा र स्याहार्नुपर्ने जिम्मेवारीबीच सन्तुलन कायम गर्न बाध्य बनाउँछ। तनाउ अनि निराशाले उनीहरू दुईबीचको सम्बन्ध बिगार्न थालेपछि, यस फिल्मले पारिवारिक दायित्त्व, अदेखा गरिएका स्याहार सुसार गर्नुपर्ने वास्तविकताका साथै समकालीन जीवनमा सफलताको अर्थ खोज्ने कोशिश गर्दछ।
लेखक-अभिनेता शङ्कर्सन करहदेद्वारा पहिलोपटक पटकथा सुनाएपछि, आफ्नो पिताको अन्तिम दिनतिर उनले स्याहार-सुसार गर्नुपरेको स्मृतिलाई आलो बनाएको लिमायेले बताए। मराठी कथावाचनमा जरा गाडेका उनले यस फिल्मको सारे भाषिक सीमानाहरू पार गर्दै भारत लगायत विश्वभरी परिवारले भोग्नुपर्ने अनुभवहरू यसले प्रतिबिम्बित गर्ने उल्लेख गरे।
फिल्मको सङ्गीत अनि सहयोगात्मक भावनाबारे बोल्दै लिमायेले शास्त्रीय गायक राहुल देशपाण्डेद्वारा गाइएको भक्ति भजनसँगै पर्दामा अशोक सरफले तबला बजाउँदै गरेको दृश्य रहेको उल्लेख गरे। सरफको विनम्रता अनि समर्पणको प्रशंसा गर्दै वरिष्ठ अभिनेताले नवागन्तुकको खुल्लापनका साथ परतदात अनि अपरिचित चरित्रलाई सार्थक बनाएको बताए। सरफ अनि करहदेबीच परस्पर सम्मानले पर्दामा उनीहरूको सम्बन्धमा सहज लय ल्याएको उनले उल्लेख गरे।

आदि अनन्तको शीर्षकले शुरुवातको अर्थ बोक्ने “आदि” तथा शाश्वतको अर्थ बोक्ने “अनन्त”बीचको विरोधाभासलाई कैद गर्दै पिँढी दर पिँढीबीचको सम्बन्धको खोज यस फिल्मले गरेको छ।
मुम्बई जेजे स्कूल अव् आर्टका पूर्व विद्यार्थी महेश लिमाये छायाकार अनि निर्देशक हुन्। उनको पहिलो निर्देशन रहेको “यल्लो”ले तीनवटा राष्ट्रिय फिल्म पुरस्कार जीतेको थियो भने, उनको दोस्रो फिल्म “जग्गु अनि जुलियट”ले महाराष्ट्र राज्य फिल्म पुरस्कार पाएको थियो। आदि अनन्त उनको निर्देशकका रूपमा तेस्रो फिल्म हो।
शिवराज गङ्गवालले पत्रकार सम्मेलन सञ्चालन गरेका थिए।
आइएफएफआइएलओआइडी यहाँ पढ्नुहोस् : https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
********
MPS/TWB