नीति आयोग
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा सरकार प्रमुखका रूपमा 25 वर्ष पूरा गरेको अवसरमा नीति आयोगद्वारा “मिशनका रूपमा नेतृत्त्व”माथि प्रथम राष्ट्रिय कार्यगोष्ठी आयोजित


प्रधानमन्त्रीका प्रमुख सचिव डा. पीके मिश्रद्वारा नयाँ दिल्लीको भारत मण्डपममा आधार व्याख्यान प्रस्तुत

पोस्ट गरियो: 17 NOV 2026 2:46PM by PIB Gangtok

नयाँ दिल्ली, 17 नोभेम्बर 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सरकार प्रमुखका रूपमा 25 वर्षको यात्राबाट ज्ञान हासिल गर्न नीति आयोगद्वारा नयाँ दिल्लीको भारत मण्डपममा राष्ट्रिय कार्यगोष्ठी आयोजित गरियो। प्रधानमन्त्रीले अक्टोबर 2001 मा गुजरातका मुख्यमन्त्रीको र पछि मई 2014 मा भारतका प्रधानमन्त्रीका रूपमा कार्यभार ग्रहण गरेका हुन् भने उनले अविराम रूपमा राज्य अनि केन्द्रिय स्तरमा सरकारको नेतृत्त्व गर्दैआएका छन्। यस अवधिभरी उनले सरकारी पदलाई सेवाको मिशनका रूपमा ग्रहण गरेका छन्। स्वयंलाई प्रधान सेवकका रूपमा वर्णनले प्रत्येक सरकारी कार्यालयमा नागरिकहरूलाई केन्द्रमा राख्दै अन्त्योदय, जनभागीदारी अनि सबैको साथ, सबैको विकास, सबैको विश्वास, सबैको प्रयासको सिद्धान्तले दुवै स्तरमा शासनको दिशालाई मार्गदर्शन गर्दैआएको छ।

यो कार्यगोष्ठी पाँच राष्ट्रिय कार्यगोष्ठीको प्रथम शृङ्खला हो। यस शृङ्खलाभरीका चर्चाहरूका साथै साझा गरिएका प्रत्यक्ष अनुभवहरूलाई लोक सेवा प्रशिक्षण संस्थान, शैक्षणिक संस्थान अनि विश्वविद्यालयहरूका लागि अध्ययन सामग्री अनि मामिला अध्ययनका रूपमा विकसित गरिनेछ। शृङ्खलाको क्रममा यी पच्चीस वर्षका सिकाइहरूलाई पनि विकसित भारत@2047 को निम्ति नीतिगत एवं प्रशासनिक निर्देशन अख्तियार गर्न अनुसन्धान अनि शिक्षण सामग्रीका रूपमा अघि बढाइनेछ।

कार्यगोष्ठीमा 900 भन्दा धेरैले भाग लिए, जसमा 250 जनीले चर्चामा प्रत्यक्ष सहभागिता जनाए। प्रतिभागीहरूमा सचिवहरूका साथै केन्द्र अनि राज्य सरकारका वरिष्ठ अधिकारीहरू, आकाङ्क्षी जिल्लाहरूका जिल्लापाल, शैक्षिक संस्थान अनि विश्वविद्यालयका विद्यार्थी अनि समुदायका साझेदार लगायत राष्ट्रिय ध्वजवाहक योजनाका लाभार्थीहरू सामेल रहेका थिए। सम्पूर्ण प्रक्रियालाई आइजीओटी कर्मयोगी मञ्चका साथै केन्द्रिय एवं राज्य प्रशासनिक प्रशिक्षण संस्थानहरूमा प्रसारित गरी, देशव्यापी रूपमा अधिकारीहरूलाई कार्यक्रममा सहभागी बन्न सक्षम बनाएको थियो।

कार्यगोष्ठीको शुभारम्भ राष्ट्रिय गीत अनि राष्ट्रिय गानपछि नीति आयोगका मुख्य कार्यकारी अधिकारी श्री अनुराग जैनको स्वागत सम्बोधनका साथ भएको थियो। उनले कार्यगोष्ठीको उद्देश्य, माननीय प्रधानमन्त्रीको 25 वर्षीय नेतृत्त्वबाट सिकाइहरूलाई दस्तावेजित गर्नका साथै त्यसलाई भविष्यको निम्ति संस्थागत ज्ञानका रूपमा रूपान्तरित गर्नुरहेको बताए।

नेतृत्त्वबाट उनले चार प्रमुख पाठ रेखाङ्कित गरे। प्रथम, व्यक्तिगत नेतृत्त्वबाट साझा सामूहिक मिशनमाथि ध्यान केन्द्रित गर्दै उद्देश्यले सोपानिक पदमाथि प्राथमिकता पाउनुपर्दछ। दोस्रो, सेवाले पङ्क्तिका अन्तिम व्यक्तिसम्म पुग्ने गरी शासन केन्द्रित सेवाले हुकुमलाई प्रतिस्थापित गर्नुपर्दछ। तेस्रो, आन्तरिक दृढ विश्वासले प्रत्यास्था निर्माण गर्दै, विपत्तिलाई सामाजिक रूपान्तरणको निम्ति अवसरमा परिणत गर्दछ। र चौथो, सुदृढ संस्थान, सक्षम टोली तथा दीर्घकालिक प्रणालीको माध्यमद्वारा वास्तवित सशक्तिकरणले व्यक्तिगत नेतृत्त्वलाई परास्त गर्नुपर्दछ।

श्री अशोककुमार लाहिरी, उपाध्यक्ष, नीति आयोगले शुरुवाती व्याख्यान प्रस्तुत गरे। “भारतको विकास यात्रालाई अघि बढाउन प्रबल राजनीतिक एवं प्रशासनिक नेतृत्त्वको भूमिका महत्त्वपूर्ण छ। हाम्रा प्रधानमन्त्रीको रूपान्तरणकारी दूरदृष्टि, 2047 सम्म विकसित भारत बन्ने भारतको राष्ट्रिय आकाङ्क्षाको सन्दर्भमा महत्त्वपूर्ण फड्को हो, जसले विकसित, समृद्ध अनि वैश्विक रूपमा प्रतिस्पर्धी रूपमा भारतको पारगमनलाई प्रतिबिम्बित गर्दछ,” उनले भने।

वर्ष 2047 सम्म, 7-10% अविराम वार्षिक वास्तविक जीडीपी विकासद्वारा समर्थित 30-40 ट्रिलियन अमेरिकी डलरको अर्थनीतिसँगै 15,000-18,000 अमेरिकी डलरको प्रतिव्यक्ति आमदानीको अर्थनीति निर्माण गर्ने  महत्त्वकाङ्क्षा साकार बनाउने नीति आयोगको एकिकृत मार्गचित्र उनले प्रकाश पारे।

आधार व्याख्यान प्रस्तुत गर्दै प्रधानमन्त्रीका प्रधान सचिव डा. पीके मिश्रले भने, “भारतको शासन यात्रा निर्णायक नेतृत्त्वको शक्तिका साथै परिकल्पनालाई कार्वाहीमा परिणत गर्ने क्षमता प्रदर्शित गर्ने निर्णायक कोशेढुङ्गाद्वारा अङ्कित छ। 2001 को कच्छ भूइँचालोको समय तेज प्रतिक्रियादेखि लिएर कोभिड-19 महामारीमा देशको समन्वित प्रतिक्रिया लगायत वैश्विक अन्तरिक्ष अर्थनीतिमा भारतको पदछाप विस्तार गर्नुदेखि लिएर लखपति दिदी पहलको रूपान्तरणकारी प्रभावसम्म, यी कार्यहरूले कति प्रबल राजनीतिक इच्छाशक्ति, प्रतिक्रियाशील प्रशासन अनि मिशनमुखी शासनले जनमानसको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउँदछ भन्ने प्रतिबिम्बित गर्दछ।”

कोटाक महिन्द्र ब्याङ्कका संस्थापक श्री उदय कोटकले भने, “माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको, दुवै गुजरातका मुख्यमन्त्री अनि पछि भारतका प्रधानमन्त्रीका रूपमा नेतृत्त्वले निरन्तर रूपमा आर्थिक विकासका साथै राष्ट्र निर्माणको प्रमुख वाहकका रूपमा उद्यमितालाई मान्यता दिएका छन्। सहयोग प्रणालीको संस्थानीकरण, वित्तीय एवं उद्यमिता परितन्त्रको सुदृढिकरण तथा जीवन्त स्टार्टअप परिक्षेत्रको उदयले उनको प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।”

नीति आयोगका सदस्य डा. आर बालासुब्रमणियमले कार्यगोष्ठीको अभिकल्प अनि संरचनाबारे बताए। कार्यगोष्ठीले, नेतृत्त्वलाई दृश्यमान बन्ने निर्णयदेखि कार्वाहीसँगै अनुभवदेखि विश्लेषण र विश्लेषणबाट प्रचलनतर्फ अघि बढ्ने दिनहुँको संरचित प्रक्रियाको माध्यमद्वारा हेर्ने उनले बताए। प्रक्रियाले पाँच चरण पालन गरेको थियो – सिक्ने, विश्लेषण गर्ने, चिन्तन गर्ने, लागू गर्ने र प्रतिबद्ध बन्ने, जस अन्तर्गत प्रतिभागीले, महत्त्वपूर्ण निर्णयहरूबाट प्रत्यक्ष रूपमा सिक्नेछन्, जहाँ सरकार, एकाडेमिया, नागरिकहरू सामेल चर्चाको माध्यमद्वारा विश्लेषणसँगै, लोक नेतृत्त्वको चिरस्थायी प्रचलनमाथि चिन्तन गरी आफ्नो कार्यहरूलाई चुनौती दिँदै सिकेर लागू गर्ने र नेतृत्त्वको प्रचलनमा विशेष परिवर्तनप्रति प्रतिबद्ध छन्। लोक सेवकहरूलाई प्रशिक्षित गर्ने साथै विकसित भारत 2047 तर्फको वर्षमा उनीहरूले नेतृत्त्व दिने तरिकालाई आकार दिने भारतीय निर्णय अनि संस्थानहरूबाट प्रेरणा लिँदै लोक नेतृत्त्वमाथि भारतीय ज्ञान निकाय निर्माण गर्ने कार्यगोष्ठीको उद्देश्य रहेको उनले थपे।

नेतृत्त्व क्षणका सत्रमा, चारजना वक्ताले उनीहरूबाट उदाएका प्रमुख क्षण अनि नेतृत्त्व पाठबारे प्रत्यक्ष अनुभव साझा गरे।

श्री राजीव टोपनो, अतिरिक्त मुख्य सचिव एवं प्रधान सचिव, स्वास्थ्य एवं परिवार कल्याण विभाग, गुजरात सरकारले 2001 को भूइँचालोपछिको कच्छ पुनर्निर्माणबारे उल्लेख गरे। कच्छ 2001 सामान्य स्थिति बहालीको मात्र कथा नभएर, जनभागीदारीको माध्यमद्वारा नयाँ सामान्यको सिर्जना, संस्थागत शक्तिका साथै सामूहिक सङ्कल्पको पनि कथा रहेको उनले प्रकाश पारे। अनुभवले, प्रभावी शासन, दूरदृष्टिमा स्पष्टता एवं निर्णायकता, एकजुटता एवं प्रतिबद्धता राज्यको सहयोगका साथमा सुदृढ संस्थान निर्माणका अनि जनभागीदारीका साथ चार प्रमुख स्तम्भ प्रकाश पारे।

श्रीमती प्रीति सुदन, पूर्व केन्द्रिय स्वास्थ्य सचिव एवं पूर्व अध्यक्ष, युपीएससी र पूर्व सदस्यले, महामारी तयारी एवं प्रतिक्रियाका लागि स्वतन्त्र प्यानलले, माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतत्त्वमा भारतको कोभिड-19 प्रतिक्रिया समग्र सरकार दृष्टिकोणबाट समग्र समाजको आन्दोलनका रूपमा विकसित भएको बताइन्। डाक्टर, नर्स अनि अग्रपङ्क्तिका योद्धाहरूको सुरक्षालाई प्राथमिकता दिँदै, मेरुदण्डका रूपमा प्रविधि अपनाउँदै तथा जनआन्दोलनद्वारा जनभागीदारीका साथ भारतले समन्वित प्रतिक्रिया स्थापित गरेको थियो। भ्याक्सिनमैत्रीको माध्यमद्वारा देशले 100 भन्दा धेरै देशलाई करिब 300 मिलियन  भ्याक्सिनको खुराक आपूर्ति गरी वैश्विक एकजुटताप्रतिको प्रतिबद्धतालाई थप विस्तार गरिएको थियो भन्ने कुरामाथि जोड दिइन्।

श्री शैलेसकुमार सिंह, पूर्व सचिव, ग्रामीण विकास मन्त्रालय, भारत सरकारले भने, “लखपति दिदी पहल परिकल्पनालाई कसरी अप्रत्याशित मात्रामा कार्वाहीमा परिणत गर्नसकिन्छ भन्ने उदाहरण हो। माननीय प्रधानमन्त्रीले उद्यमी, उत्पादक अनि सेवा प्रदाताका रूपमा ग्रामीण महिलाहरूलाई स्वीकार गर्दै, पहललाई स्पष्ट अनि महत्त्वकाङ्क्षी लक्ष्य दिएका छन्। लखपति दिदी पहल आमदानी सिर्जनाभन्दा व्यापक, आर्थिक स्वतन्त्रता, मर्यादाका साथै परिवार अनि समाजभित्र महिलाहरूलाई मान्यता प्रदान गर्न लक्षित छ। यो, मेरो निम्ति, सबैभन्दा बृहत् उद्देश्य लाग्छ।“

डा. एस सोमनाथ, पूर्व अध्यक्ष, इसरो तथा पूर्व सचिव, अन्तरिक्ष विभाग, भारत सरकारले उदार बनाइएको एफडीआइ नियमले कसरी निजी क्षेत्रको सहभागिताका लागि नयाँ क्षेत्र खुल्ला गर्नका साथै अन्तरिक्षलाई अर्थनीतिमा महत्त्वपूर्ण योगदान दिने बनाउने गरी सक्षम बनाएको छ भन्ने प्रकाश पारे। इसरोले नविजी खेलाडीहरूलाई विशेषज्ञता, पूर्वाधार अनि सुविधाहरू विस्तार गरी कसरी यस पारगमनलाई सुगम बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने कुरामाथि बल दिए। भविष्यबारे बोल्दै, भारतको अन्तरिक्ष भिजन 2047 ले हाम्रो वैज्ञानिक क्षमतालाई अघि बढाउनका साथै वैश्विक अन्तरिक्ष शक्तिका रूपमा भारतको स्थिति बलियो बनाउने उनले बताए।

यस सत्रपछि, प्रतिभागीहरूले केस क्लिनिकमा भाग लिए, जहाँ प्रत्येक समूहले खटाइएको प्रकरणबाट विशेष निर्णयको जाँच गरे। प्रत्येक समूहमा सरकारी अधिकारी, समुदायका साझेदार अनि विद्यार्थीहरू सामेल थिए भने, उनीहरूलाई क्षमता निर्माण आयोगको पहलमा अमृत ज्ञान कोष अन्तर्गत प्रशिक्षित मामिला लेखद्वारा मार्गदर्शन गरिएको थियो। समूहबीचको चर्चालाई, वक्ताहरूद्वारा साझा गरिएका प्रत्यक्ष अनुभवका साथ, क्षमता निर्माण आयोगद्वारा मामिला अध्ययनका रूपमा विकसित गरी, लोक सेवक, प्रशिक्षण संस्थान अनि विश्वविद्यालयहरूद्वारा उपयोगको निम्ति आइजीओटी कर्मयोगी मञ्चमा उपलब्ध गराइनेछ।

पछि, “विकसित भारतका लागि नेतृत्त्व” विषयमाथि प्यानल चर्चा आयोजित गरिनेछ, जसमा सरकारी अधिकारीहरूले एप्लिकेशन क्लिनिकमा भाग लिनेछन्। क्याबिनेट सचिव डा. टीभी सोमानाथनले कर्मयोगी सङ्कल्पको लोकार्पण गर्नका साथै समापन सम्बोधन प्रस्तुत गर्नेछन्।

*******

MPS/TWB


(रिलिज आईडी: 2337474) आगन्तुक काउन्टर : 25
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Khasi , Urdu , हिन्दी , Assamese , Bengali , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam