57th International Film Festival of India 2026
20 – 28 Nov 2026

५७औँ आईएफएफआईमा कन्ट्री अफ् अनरको रूपमा स्पेन: समकालीन स्पेनी सिनेमा र कथावाचनको उत्सव

पोस्ट गरियो: 15 NOV 2026 2:24PMby PIB Gangtokरिलिज आईडी: 2336939Views: 7

गोवा, १५ नोभेम्बर २०२६:

५७औँ आईएफएफआईमा स्पेनी सिनेमाको जादु मुख्य आकर्षणका रूपमा रहनेछ, जसमा समकालीन चार चलचित्रहरूको रोमाञ्चक प्रस्तुति समावेश छ।

५७औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा सहभागी हुने चलचित्र प्रेमीहरूका लागि एउटा विशेष अवसर छ, किनकि यस महोत्सवले स्पेनी सिनेमाको समृद्धि र विविधतालाई मनाइरहेको छ। कन्ट्री अफ् अनरका रूपमा स्पेनलाई चयन गरिएको यस महोत्सवमा चारवटा समकालीन स्पेनी चलचित्रहरू विशेष रूपमा प्रदर्शन गरिनेछन्। यी चलचित्रहरूको विश्व, एशियाली र भारतीय स्तरमा प्रिमियर हुनेछ। यो प्रदर्शनले दर्शकहरूलाई समकालीन स्पेनी सिनेमाको जीवन्तता, रचनात्मकता र विकसित हुँदै गएको कथावाचन शैलीको एक आकर्षक झलक प्रदान गर्नेछ।

यस वर्ष आईएफएफआईमा सामेल गरिएका स्पेनी चलचित्रहरू यस प्रकार छन्:

बिटर क्रिसमस (अमरगा नेभिडाड)

दुई पटक ओस्कार विजेता चलचित्र निर्माता पेड्रो अल्मोडोभरको सन् २०२६ को यो चलचित्रले चलचित्र निर्माणमा व्यक्तिगत अनुभव र वास्तविक घटनाहरू प्रयोग गर्दा आउने जोखिमहरूबारे चर्चा गर्छ। यसले एउटा प्रश्न खडा गर्छ — एक इमानदार कथानकको खोजीमा चलचित्र निर्माताले कसैको जीवनको कति अंश पर्दामा ल्याउन सक्छन्? कथा राउल नामक एक चर्चित (कल्ट) चलचित्र निर्माताको वरिपरि घुम्छ, जो आफ्नो अर्को चलचित्रका लागि नयाँ विचार खोज्न सङ्घर्ष गरिरहेका हुन्छन्। कथानक अघि बढ्दै जाँदा उनले आफ्नो जीवनमा भोगेको त्रासदीलाई नै नयाँ पटकथाका लागि प्रेरणाको स्रोत बनाउँछन्।

यो चलचित्र यस वर्ष कान, टोरन्टो र सान सेबास्टियनजस्ता प्रतिष्ठित चलचित्र महोत्सवहरूमा प्रदर्शन भइसकेको छ र अब आईएफएफआईमा यसको भारतीय प्रिमियर हुँदैछ।

लुकिङ फर माइकल (पर्सिगुइन्डो अ माइकल)

जुवाना मासियासद्वारा निर्देशित सन् २०२६ को यो चलचित्रले पार्किन्सन रोगबाट पीडित एक युवतीको कथा भन्छ। उनी जीवनमा आइपरेको दुःखको अगाडि हार नमान्ने साहस गर्छिन् र आफ्नो जीवनलाई अर्कै ढङ्गले बाँच्ने निर्णय गर्छिन्। उनीजस्तै पार्किन्सन रोग भएका व्यक्तिहरू सम्मिलित म्युजिक थेरापी (सङ्गीत उपचार) समूहको सहयोगमा उनी प्रसिद्ध अभिनेता माइकल जे फक्सलाई भेट्न निस्कन्छिन्, जो आफैँ पनि पार्किन्सन रोगसँग जुधिरहेका छन्। यो कमेडी-ड्रामा विधाको चलचित्रले आईएफएफआई २०२६ मा आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ।

द ब्याड सन (एल माल हिजो – ईआई मल हिजो)

स्पेनी अभिनेता तथा निर्देशक जैमे लोरेन्टेको निर्देशनमा बनेको पहिलो चलचित्र एल माल हिजोले आईएफएफआई २०२६ मा आफ्नो एशिया प्रिमियर गर्नेछ। यो चलचित्र पुस्तान्तरण हुँदै आउने आघात र पारिवारिक सम्बन्धहरूको मार्मिक चित्रण हो। यसअघि सान सेबास्टियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको यो चलचित्रले ११ वर्षको उमेरमा पिताद्वारा परित्याग गरिएका एक पुरुषको कथा भन्छ, जो आफूले खासै नचिनेकी हजुरआमासँग बस्न जान्छन्। जब उनी आफ्ना पीडादायी स्मृतिहरूको सामना गर्छन् र परिवारको कष्टकर अतीतलाई केलाउँछन्, तब उनी पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएका भावनात्मक घाउहरूको चक्रलाई तोड्ने प्रयास गर्छन्।

ट्रिनिदाद

लौरा अल्भिया र होसे ओर्तुन्योद्वारा निर्देशित सन् २०२५ को चलचित्र ट्रिनिदादले १९औं शताब्दीको उत्तरार्धमा वाइल्ड वेस्टतर्फ भाग्ने एक युवती स्पेनी महिलाको साहसिक यात्रालाई प्रस्तुत गर्छ। अपराधको गलत आरोप लागेपछि उनी महिला अपराधीहरूको एउटा समूहसँग जोडिन्छिन् र एक्शन, खतरा तथा बदलाले भरिएको एक साहसिक यात्रामा निस्कन्छिन्। यो एक्शन चलचित्रले आईएफएफआई २०२६ मा आफ्नो वर्ल्ड प्रिमियर गर्नेछ।

******

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2336939
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026