शिक्षा मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रिय शिक्षामन्त्रीद्वारा केन्द्रिय विद्यालय सङ्गठनको तीन प्रमुख डिजिटल पहल शुभारम्भ


श्री प्रह्लाद जोशीद्वारा विद्यार्थीरूको हितमा स्कूले शिक्षा व्यवस्था पहलहरू विस्तार गर्न आह्वान

पोस्ट गरियो: 12 NOV 2026 2:44PM by PIB Gangtok

नयाँ दिल्ली, 12 नोभेम्बर 2026।

केन्द्रिय शिक्षामन्त्री श्री प्रह्लाद जोशीद्वारा आज नयाँ दिल्लीमा केन्द्रिय विद्यालय सङ्गठनको (केभीएस) तीन महत्त्वपूर्ण डिजिटल पहलको शुभारम्भ गरियो। यसमा “समीक्षा” एआइ बटले युक्त एआइ सक्षम विद्या समीक्षा केन्द्र (भीएसके), केभीएस-संवाद प्यारेन्ट कनेक्ट एप एवं वेब पोर्टल तथा केभीएस एलुमनाई कनेक्ट पोर्टल सामेल छन्। यी पहलहरू केभीएसमा प्रौद्योगिकी-सक्षम, पारदर्शी एवं सुचारू प्रशासनिक व्यवस्थालाई सुदृढ बनाउने दिशामा महत्त्वपूर्ण कदम हुन्।

यी पहलहरू राष्ट्रिय शिक्षा नीति (एनईपी), 2020 का उद्देश्यहरू साकार गर्नका साथै डिजिटल इण्डियाको परिकल्पनालाई अघि बढाउने दिशामा महत्त्वपूर्ण कदम रहेको बताउँदै केन्द्रिय मन्त्रीले सम्पूर्ण टीमलाई बधाई दिए। यी पहलहरूको पहुँच अनि प्रभाव बढाउन तथा सबै हितधारकबीच यसको व्यापक उपयोगलाई प्रोत्साहित गर्न उनले बल दिए। सबै कक्षा अनि क्षेत्रलाई सामेल गर्दै यी डिजिटल पहलहरू प्रत्येक केन्द्रिय विद्यालयसम्म विस्तार सुनिश्चित गर्न केन्द्रिय मन्त्री श्री जोशीले आह्वान गरे। यसका साथै हितधारकहरूलाई निरन्तर सिक्ने र सुधार प्रक्रिया अपनाउन, पलहरूको परिणामलाई नियमित आकलन गर्न तथा आवश्यकता अनुसार सुधारका क्षेत्रहरूको पिचान गरी त्यसमाथि काम गर्न पनि उनले प्रोत्साहित गरे।

धैरेभन्दा धेरै विद्यार्थीलाई यसको लाभ प्रदान गर्न, स्कूले शिक्षा एवं साक्षरता विभागको (डीओएसईएल) सहयोगमा यस पहलको विस्तार केन्द्रिय विद्यालय सङ्गठन (केभीएस) देखि अघि बढाउँदै सम्पूर्ण स्कूले शिक्षा व्यवस्सम्म गर्न श्री जोशीले सुझाउ दिए। शिक्षकहरूको क्षमता निर्माणको महत्त्वलाई रेखाङ्कित गर्दै उनले पोर्टलमा शिक्षकहरूको प्रशिक्षणसित सम्बन्धित विस्तृत आँकडा सामेल गर्न पनि सुझाउ दिए। यसमा शिक्षकहरूको प्रशिक्षण स्थिति, प्रशिक्षण सम्बन्धी कमीहरू, पूर्वमा प्राप्त प्रशिक्षणको अभिलेख तथा आगामी प्रशिक्षणको आवश्यकताको विवरण सामेल गर्न उनले बल दिए। यी सबै जानकारीलाई एउटै अनलाइन मञ्चमा एकिकृत गरिए प्रशिक्षण गतिविधिको प्रभावी निगरानी सुनिश्चित हुनका साथै शिक्षकहरूलाई समयमा आवश्यक प्रशिक्षण उपलब्ध गराउन सघाउ पुग्ने उनले बताए।

स्कूले शिक्षा एवं साक्षरता विभागका (डीओएसईएल) सचिव श्री टीके अनिल कुमार, डीओएसईएलका संयुक्त सचिव सुश्री प्राचील पाण्डेय, केन्द्रिय विद्यालय सङ्गठनका आयुक्त श्री विकास गुप्ता अनि शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि शुभारम्भको अवसरमा उपस्थित थिए।

एआइ सक्षम विद्या समीक्षा केन्द्र

एआइ सक्षम विद्या समीक्षा केन्द्रले (samiksha.kvs.gov.in) विद्यार्थी एवं कर्मचारीहरूको उपस्थिति, शैक्षणिक प्रदर्शन, विद्यालयहरूको बुनियादी पूर्वाधार तथा प्रवेशसित सम्बन्धित जानकारीका लागि वास्तविक समय ड्यासबोर्ड उपलब्ध गराउँदछ। यसको समी7, एआइ बटले उपलब्ध आँकडाको विश्लेषण गरी कमीहरू पहिचान गर्नका साथै आवश्यक सुधारात्मक कदमहरूको सुझाउ दिन्छ, जसबाट समयमा निर्णय लिन सहयोग पुग्दछ।

केभीएस-संवाद – प्यारेन्ट कनेक्ट एप एवं वेब पोर्टल

केभीएस संवाद प्यारेन्ट कनेक्ट एप एवं वेब पोर्टलको (samvaad.kvs.gov.in) माध्यमद्वारा अभिभावक विद्यालयसँग सीधै जोडिन सक्छन्। यस मञ्चले विद्यार्थीहरूको उपस्थिति, पाठ्यक्रमको प्रगति, शैक्षणिक परिणाम, शिक्षण संसाधन अनि डिजिटल विद्यार्थी पहिचान पत्र जस्ता सुविधा उपलब्ध गराउँदछ। यसबाहेक, अभिभावकले विद्यार्थी अनि शिक्षक डायरी हेर्नसक्नेछन् भने वास्तविक प्रमाणपत्र, सीईए प्रमाणपत्र अनि छात्र अवकाशका लागि अनलाइन आवेदन गर्नसक्नेछन्। यस पहलले अभिभावक-शिक्षक संवादलाई बढी सुगम एवं प्रभावी बनाउनका साथसाथै कागजी कार्वाही अनि विद्यालयको अनावश्यक चक्कर लगाउने आवश्यकता कम्ति हुनेछ।

केभीएस एलुमनाई पोर्टल

केभीएस एलुमनाई पोर्टलले (alumni.kvs.gov.in) पूर्व विद्यार्थीहरूलाई आफ्नो विद्यालय तथा पूर्व सहपाठीहरूसँग पुनः जोडिने, आफ्नो उपलब्धि अनि अनुभवहरू साझा गर्ने तथा मेन्टरशीप, करिअर मार्गदर्शन तथा संस्थागत विकासमा योगदान दिनका लागि एउटा समर्पित मञ्च प्रदान गर्दछ।

केभीएस मुख्यालयको आइटी सेवा प्रकोष्ठद्वारा यी सबै डिजिटल मञ्चलाई आन्तरिक रूपमा विकसित गरिएको हो। यसको उद्देश्य आवश्यक सूचनाका साथै सेवाहरूलाई एक क्लिकमा उपलब्ध गराउनु रहेको छ, जसबाट अभिभावक, विद्यार्थी, शिक्षक अनि प्रशासकको समय अनि प्रयासको बचत हुनसक्नेछ। यस डिजिटल पहलले शैक्षिक सेवाहरूलाई बढी सुलभ, पारदर्शी, उत्तरदायी अनि प्रभावी बनाउन केन्द्रिय विद्यालय सङ्गठनको प्रतिबद्धता दर्शाउँदछ।

*********

MPS/TWB


(रिलिज आईडी: 2335567) आगन्तुक काउन्टर : 14
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , Marathi , हिन्दी , Assamese , Tamil , Telugu , Kannada , Malayalam