आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
पोस्ट गरियो:
11 NOV 2026 3:05PM by PIB Gangtok
नयाँ दिल्ली, 11 नोभेम्बर 2026।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा आज आर्थिक मामिलाको मन्त्री-मण्डलीय समितिले (सीसीईए) नयाँ दिल्लीस्थित नर्थ अनि साउथ ब्लक परिसरमा “युगे युगीन भारत सङ्ग्रहालय (वाईवाईबीएम” विकास गर्न स्वीकृति दिएको छ। यस परियोजनाको अनुमानित कूल लागत ₹3,230 करोड राखिएको छ, जसको मूल्याङ्कन सार्वजनिक निवेश बोर्ड (पीआइबी) द्वारा गरिएको छ।
विन्दुगत विवरण
- युगे युगीन भारत सङ्ग्रहालयको परिकल्पना एउटा ऐतिहासिक सभ्यतागत सङ्ग्रहालयका रूपमा गरिएको छ, जसले भारतको सभ्यतागत विरासतको निरन्तरता, विविधता अनि समृद्धिलाई मूर्त अनि अमूर्त सांस्कृतिक विरासतको समग्र चित्रणको माध्यमद्वारा प्रदर्शित गरिनेछ।
- यस सङ्ग्रहालयको विकास ऐतिहासिक नर्थ अनि साउथ ब्लक परिसरको अनुकूल पुनःउपयोगको माध्यमद्वारा गरिनेछ। यस अवधिमा यी भवनहरूको वास्तुशिल्पीय विशेषता अनि ऐतिहासिक विरासतको महत्त्वलाई संरक्षित राख्दै सार्वजनिक सांस्कृतिक संस्थानका रूपमा विकसित गरिनेछ।
- लगभग 1,78,509 वर्गमिटरको प्रस्तावित निर्मित क्षेत्रमा विकसित हुने यस सङ्ग्रहालयमा आधुनिक सङ्ग्रहालय सम्बन्धी पद्धति, निमग्नकारी प्रौद्योगिकी अनि आगन्तुक केन्द्रि प्रस्तुतिकरणलाई एकिकृत गरिनेछ। विश्वका प्रमुख अन्तरराष्ट्रिय सङ्ग्रहालयका मानकहरू अनुरूप विकसित हुने युगे युगीन भारत सङ्ग्रहालय विश्वको सबैभन्दा विशाल प्रदर्शन क्षेत्र रहेको सङ्ग्रहालय हुनेछ।
- यस सङ्ग्रहालयमा सुव्यवस्थित विषयगत दीर्घा, प्रदर्शनी अनि व्याख्यात्मक प्रस्तुतिहरूको माध्यमद्वारा भारतको सभ्यतागत यात्रालाई दर्शाइनेछ। यसमा देशको विविध सांस्कृतिक परम्परा, ज्ञान प्रणाली, कलात्मक परम्परा अनि विरासतलाई प्रदर्शित गरिनेछ।
- यस परियोजनामा प्रदर्शनी दीर्घाको विकास, सङ्ग्रहको भण्डारण एवं संरक्षणको सुविधा, आगन्तुकका लागि सुविधा, आधुनिक प्रौद्योगिकी तथा निमग्नकारी अनुभवहरूको एकिकरण, भूदृश्य विकास, स्मार्ट भवन प्रणाली तथा सम्बन्धित बुनियादी पूर्वाधारको विकास सामेल छन्।
- सङ्ग्रहालयको विकास सङ्ग्रहालय नियोजन, विरासत संरक्षण, प्रदर्शनी अभिकल्प तथा सतत सांस्कृतिक प्रबन्धनको क्षेत्रमा अन्तरराष्ट्रिय सर्वोत्तम कार्यप्रणालीका अनुरूप गरिँदैछ। यी कार्यप्रणालीहरूलाई भारतको विविध सांस्कृतिक परिस्थिति अनुरूप अपनाइनेछ।
पृष्ठभूमि
प्रधानमन्त्रीले 18 मई, 2023 को दिन युगे युगीन भारत सङ्ग्रहालय स्थापनाको घोषणा गरेका थिए।
सरकारी कार्यालयहरूको स्थानान्तरणपछि ऐतिहासिक नर्थ अनि साउथ ब्लक भवनहरूलाई कुनै महत्त्वपूर्ण सार्वजनिक सांस्कृतिक उद्देश्यका लागि अनुकूल पुनः उपयोग गर्ने अनौठो अवसर उपलब्ध भएको छ। यस परियोजनाको उद्देश्य यी प्रतिष्ठित भवनहरूको वास्तुशिल्पीय विशेषता अनि ऐतिहासिक विरासतलाई संरक्षित राख्दै तिनीहरूलाई नयाँ संस्थागत भूमिका प्रदान गर्नुरहेको छ।
यस प्रस्तावको मूल्याङ्कन 27 जुलाई, 2026 को दिन सार्वजनिक निवेश बोर्ड (पीआइबी) द्वारा गरिएको थियो भने संस्कृति मन्त्रालयले यसको सिफारिशमाथि सहमति व्यक्त गरेको छ।
कार्यान्वयन रणनीति एवं लक्ष्य
यस परियोजनलाई वित्तीय वर्ष 2026-27 देखि वित्तीय वर्ष 2030-31 सम्म चरणबद्ध तरिकाले कार्यान्वित गरिनेछ। नर्थ ब्लकमा अलङ्करण शीर्षकमा आधारित पहिलो उद्घाटन दीर्घा वर्ष 2027 को उत्तरार्धमा आम जनताको निम्ति खोलिने सम्भावना छ। धेरै दीर्घालाई सामे गर्नका लागि एउटा मोड्युलर दृष्टिकोण तयार गरिँदैछ। सङ्ग्रहालयमा प्रदर्शित गरिने सामग्री अनि सङ्ग्रहको विश्लेषण गरिँदैछ। यस अन्तर्गत राष्ट्रिय सङ्ग्रहालय अनि संस्कृति मन्त्रालयका अन्य सङ्ग्रहालय, भारतीय पुरातत्त्व सर्वेक्षणका (एएसआइ) 52 स्थल सङ्ग्रहालय तथा विभिन्न राज्य सङ्ग्रहालय एवं निजी सङ्ग्रहहरूबाट करिब 18 लाख कलाकृति चिन्हित गरिएका छन्।
अन्य दीर्घाको विकास वास्तुकला एवं नगर परिदृश्य, गणित एवं खगोल विज्ञान, भाषा एवं लिपि, आस्था एवं आध्यात्मिकता तथा भारतको सम्बन्ध – व्यापार एवं विचार जस्ता शीर्षकमा काम गरिँदैछ।
यस परियोजनाको कार्यान्वयन समन्वित परियोजना प्रबन्धन, अभिकल्प एवं तकनिकी निगरानी, गुणस्तर आश्वासन तथा सामयिक समीक्षाको माध्यमद्वारा गरिनेछ।
रोजगार सिर्जनाको सम्भावनासहित प्रमुख प्रभाव
युगे युगीन भारत सङ्ग्रहालयबाट संस्कृति, शिक्षा, अर्थव्यवस्था अनि रोजगारको क्षेत्रमा महत्त्वपूर्ण परिणाम प्राप्त हुने आशा गरिएको छ।
- सभ्यतागत विरासतको संरक्षण : यस सङ्ग्रहालयले भारतको सभ्यतागत विकास, निरन्तरता अनि विविधतालाई प्रस्तुत गर्नका लागि एकिकृत संस्थागत मञ्च उपलब्ध गराउनेछ। यसबाट देशको मूर्त अनि अमूर्त विरासतको संरण अनि प्रसारले बल पाउनेछ।
- विरासत भवनहरूको अनुकूल पुनः उपयोग : यस परियोजनाको माध्यमद्वारा ऐतिहासिक नर्थ अनि साउथ ब्लक भवनहरूका वास्तुशिल्पीय विशेषता अनि ऐतिहासिक महत्त्व कायम राख्दै महत्त्वपूर्ण सार्वजनिक सांस्कृतिक उद्देश्यका लागि उपयोगमा ल्याइनेछ।
- सांस्कृतिक पर्यटन तथा अन्तरराष्ट्रिय सहभागिता : यो सङ्ग्रहालय एउटा प्रमुख सांस्कृतिक पर्यटन स्थलका रूपमा स्थापित हुने आशा गरिएको छ। यसबाट स्वदेशी अनि विदेशी पर्यटकहरू आकर्षित हुनेछन् तथा वैश्विक स्तरमा भारतको सांस्कृतिक उपस्थितिका साथै सफ्ट पावरले बल पाउनेछ।
- शिक्षा एवं अनुसन्धान : यस सङ्ग्रहालयले जनशा, शैक्षणिक अनुसन्धान, ज्ञानको आदान-प्रदान तथा भारतको विविध सांस्कृतिक परम्परा लगायत ज्ञान प्रणालीसँग जोडिने अवसर प्रदान गर्नेछ।
- रोजगार सिर्जना : परियोजनाको निर्माण अनि प्रचालनगत दुवै चरणमा प्रत्यक्ष अनि परोक्ष रोजगार अवसर सिर्जना हुने आशा गरिएको छ। यसबाट कारिगर, शिलल्पकार, शोधार्थी, सङ्ग्रहालय विशेषज्ञ, डिजाइनर, कलाकार अनि अन्य रचनात्मक पेशेवरका लागि रोजगारका अवसर उपलब्ध हुनेछन्। यसका अतिरिक्त, आतिथ्य अनि पर्यटन क्षेत्रमा आजीविकाको अवसरले पनि बढावा पाउनेछ।
- मेक इन इण्डियालाई बढावा : सुव्यवस्थित बिक्रेता विकास पहलको माध्यमद्वारा यस परियोजनाले विश्व स्तरीय सङ्ग्रहालय सामग्री अनि उत्पादहरूको घरेलु विनिर्माणलाई प्रोत्साहित गर्नेछ। यसबाट भारतीय कारिगर, निर्माता, संरक्षण विशेषज्ञ अनि प्रौद्योगिकी सेवा प्रदाताका लागि नयाँ अवसर सिर्जना हुनेछन्।
- आगन्तुक केन्द्रित तथा समावेशी पूर्वाधार : आधुनिक सङ्ग्रहालय प्रौद्योगिकी अनि आगन्तुकहरूका लागि सुलभ सुविधाबाट जनभागीदारी बढ्नका साथै सङ्ग्रहालय आउनेहरूको समग्र अनुभव उत्तम हुनेछ।
व्ययको विवरण
यस परियोजनाको कूल अनुमानित लागत ₹3,230 करोड छ। चो लागत विस्तृत वास्तुशिल्पीय एवं प्रदर्शनी अभिकल्प, अभियान्त्रिकी एवं सङ्ग्रहालय नियोजन सम्बन्धी आवश्यकताका साथसाथै सम्बन्धित अभिकरणहरूद्वारा गरिएका तकनिकी आकलनका आधारमा निर्धारित गरिएको हो।
सङ्ग्रहालयबाट टिकटको बिक्री, खानपानको सुविधा, कार्यक्रम एवं आयोजन स्थलबाट किराया, डिजिटल अनुभव, गाइडेड टूर, खुद्रा बिक्री केन्द्र अनि अन्य आगन्तुक सेवाहरूका माध्यमद्वारा नियमित राजस्व प्राप्त हुने आशा गरिएको छ। सङ्ग्रहालयलाई यसमा प्रतिवर्ष एक करोड आगन्तुक आउने-ने व्यवस्था हुनसक्ने हिसाबले विकसित गरिँदैछ।
लाभार्थीहरूको सङ्ख्या
यसद सङ्ग्रहालयको परिकल्पना एउटा राष्ट्रिय सार्वजनिक सांस्कृतिक संस्थानका रूपमा गरिएको छ, जसले आम जनता, विद्यार्थी, शोधार्थी, विद्वान, सांस्कृतिक क्षेत्रसँग जोडिएका मानिसहरू, स्वदेशी अनि विदेशी पर्यटक तथा अन्य आगन्तुकको आवश्यकता पूरा गर्नेछ।
एउटा सार्वजनिक सांस्कृतिक एवं शैक्षणिक संस्थानका रूपमा यसले भारतको सभ्यतागत विरासत सिक्ने, अनुसन्धान गर्ने, सांस्कृतिक कार्यकलापमा भाग लिने अनि त्यसको सराहना गर्ने अवसर प्रदान गर्नेछ। यस परियोजनाका लागि लाभार्थीहरूको कुनै निश्चित सङ्ख्या निर्धारित गरिएको छैन।
समेटिएका राज्य/ जिल्लाहरू
यो सङ्ग्रहालय नयाँ दिल्लीस्थित नर्थ अनि साउथ ब्लक परिसरमा स्थापित गरिनेछ। तथापि, यसको वास्तविक बुनियादी पूर्वाधार राष्ट्रिय राजधानीसम्म सीमित रहे तापनि यस संस्थानको परिकल्पना भारतको सबै राज्य अनि केन्द्र शासित प्रदेशका साथसाथै अन्तरराष्ट्रिय आगन्तुकहरूको सेवाका लागि गरिएको छ।
***********
MPS/TWB