पोस्ट गरियो:
04 NOV 2026 11:51AM by PIB Gangtok
नयाँ दिल्ली, 04 नोभेम्बर 2026।
केन्द्रिय आयुष राज्यमन्त्री (स्वतन्त्र प्रभार) तथा स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री श्री प्रतापराव जाधवले नागरिकहरूलाई धनतेरसको पर्वलाई स्वास्थ्य अनि निवारक स्वास्थ्य हेरचाहको महत्त्वका साथ जोड्न आह्वान गरेका छन्। वास्तविक समृद्धि राम्रो स्वास्थ्य अनि कल्याणमा निहित रहेको कुरामाथि उनले जोड दिएका छन्। केन्द्रिय मन्त्रीले परिवारहरूलाई स्वस्थ जीवनशैली अपनाउन, रोगहरूको रोकथामलाई प्राथमिकता दिन र आफ्नो दीर्घकालिक स्वास्थ्यका लागि जागरूकताका साथ निवेश गर्न प्रोत्साहित गरेका छन्।
धनवन्तरि जयन्तीका रूपमा मनाइने धनतेरसले, समुद्र मन्थनका समय अमृत कलशका साथ भगवान धनवन्तरिको प्राकट्यको स्मरण गराउँदछ। देवताहरूका दिव्य वैद्यका रूपमा पूजनीय भगवान धनवन्तरिको सम्बन्ध भारतको पारम्परिक जीवन अनि स्वास्थ्य विज्ञान पद्धति आयुर्वेदसँग छ। यस अवसरले व्यक्तिगत अनि पारिवारिक समृद्धिका आधारका रूपमा स्वास्थ्यको महत्त्वमाथि विचार गर्ने अवसर प्रदान गर्दछ।
धनतेरस परम्परागत रूपमा सून, चाँदी अनि घरेलु वस्तुहरूको खरिदसँग जोडिएको र यसलाई समृद्धिको प्रतीक मानिने श्री जाधवले बताए। तथापि, यस पर्वले भौतिक सम्पदाको वास्तविक महत्त्व पनि राम्रो स्वास्थ्य रहेसम्म मात्र रहने कुरा पनि याद गराउँछ। परिवारहरूले आफ्नो स्वास्थ्यको सुरक्षालाई भविष्यको आर्थिक समृद्धि सुरक्षित राख्नका लागि दिइने जति नै महत्त्व दिनुपर्ने कुरामाथि उनले जोड दिए।
निवारक स्वास्थ्य हेरचाहको महत्त्वमाथि प्रकाश पार्दै मन्त्री श्री जाधवले स्वास्थ्य सम्बन्धी चर्चा प्रायः बिमारी भएपछि शुरु हुने गरेको भए तापनि, स्वस्थ जीवनशैली अपनाएर रोगहरूकोलरोकथाममाथि पनि समान रूपमा ध्यान दिन आवश्यक रहेको बताए। आयुर्वेदको सिद्धान्त “स्वस्थस्य स्वास्थ्य रक्षणणम्”को उल्लेख गर्दै यस सिद्धान्तले स्वस्थ व्यक्तको स्वास्थ्य रक्षामाथि बल दिने उनले बताए। गैर सञ्चारी रोगहरू, निष्क्रिय जीवनशैली अनि तनाउ जस्ता बढ्दो चुनौतीहरूको सन्दर्भमा यो दृष्टिकोण विशेष रूपमा प्रासङ्गिक रहेको उनले उल्लेख गरे।
सन्तुलित पोषण, नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा अनि तनाउ प्रबन्धन जस्तै दैनिक बानीले समग्र स्वास्थ्य एवं कल्याण कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने केन्द्रिय मन्त्रीले बताए। परिवारहरूलाई घरमा बनेका पौष्टिक एवं सन्तुलित भोजन अपनाउन, जङ्क फूडको अत्यधिक सेवन घटाउन, नियमित शारीरिक गतिविधिमा भाग लिन तथा परिवारका बुजुर्ग सदस्यहरूको उचित हेरचाहका साथै उनीहरूमाथि विशेष ध्यान दिन उनले प्रोत्साहित गरे। नियमित योग अभ्यास अनि समयमा स्वास्थ्य जाँचलाई पनि निवारक स्वास्थ्य हेरचाहको दिशामा महत्त्वपूर्ण कदम रहेको उनले उल्लेख गरे।
निवारक एवं स्वास्थ्य संवर्धन आधारित हेरचाहलाई बढावा दिन आयुष पद्धतिको योगदानलाई रेखाङ्कित गर्दै आयुष्मान आरोग्य मन्दिर जस्ता पहलले सामुदायिक स्तरमा आयुष आधारित स्वास्थ्य सेवाहरूको पहुँच विस्तार गर्न मद्दत गरिरहेको श्री जादवले बताए। भारतको पारम्परिक चिकित्सा पद्धतिको देशको स्वास्थ्य सेवा व्यवस्थामा जिम्मेवारीपूर्वक योगदान सुनिश्चित गर्नका लागि वैज्ञानिक अनुसन्धान, गुणस्तर मानक अनि साक्ष्य आधारित पद्धतिहरूलाई महत्त्व दिन आवश्यक रहेको कुरामा उनले जोड दिए।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको फिट इण्डियाको परिकल्पना उल्लेख गर्दै श्री जादवले दैनिक जीवनशैलीमा सानै भए पनि तर सार्थक परिवर्तन ल्याउने उनको आह्वान स्मरण गरे, जुन जीवनशैलीसँग जोडिएका बिमारीहरूको रोकथाम गर्न सहायक साबित हुनसक्दछ। फिटनेस व्यक्तिगत प्रयास मात्र नभेर स्वस्थ अनि समृद्धसमाजको अनिवार्य आधारशिला रहेको उनले उल्लेख गरे। भारत विकसित भारत@2047 को लक्ष्यका साथ अग्रसर रहेको बेला, स्वस्थ अनि स्वास्थ्यप्रति जागरूक नागरिकले देशको विकास यात्रामा महत्त्वपूर्ण भूमिका खेल्ने उनले स्पष्ट पारे।
यस धनतेरसमा नागरिकहरूलाई निवारक स्वास्थ्य हेरचाहलाई व्यक्तिगत अनि पारिवारिक सङ्कल्प बनाउने आह्वान जनाउँदै श्री जाधवले सबैलाई आफ्नो दैनिक दिनचर्चामा कम्तिमा पनि एउटा सकारात्मक स्वास्थ्य बानी सामेल गर्न र परिवारका कुनै पनि अन्य सदस्यलाई यसको निम्ति प्रेरित गर्न आग्रह गरे। परिवारका बुजुर्ग, महिला अनि बच्चाहरूको स्वास्थ्यमाथि विशेष ध्यान दिन, समयमा चिकित्सा सल्लाह लिन तथा स्वस्थ जीवनशैलीलाई साझा पारिवारिक जिम्मेवारी बनाउन पनि उनले आह्वान गरे।
केन्द्रिय आयुष मन्त्रीले यस धनतेरसमा नागरिकहरूलाई समृद्धिको पारम्परिक प्रतीकहरूदेखि अघि बढ्दै स्वस्थ बानी अपनाउन, आफ्ना प्रियजनको हेरचाह गर्न र निवारक स्वास्थ्य हेरचाहलाई आफ्नो परिवारको भविष्यको आधारशिला बनाउन जोड दिँदै उल्लेख गरे। यसले “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो” भन्ने शाश्वत सिद्धान्तलाई पुनः पुष्टि गर्ने उनले बताए।
*********
MPS/TWB