वित्त मन्त्रालय
केन्द्रिय बजेट 2026-27 मा सहकारिताका लागि कैयौं सहुलियत प्रस्तावित
प्राथमिक सहकारी समितिद्वारा उत्पादित पशु आहार अनि कपास दानाको आपूर्तिमा कटौतीको अनुमति
नयाँ कराधान शासन अन्तर्गत अन्तर-सहकारी समिति लाभांश आयलाई कटौतीका रूपमा अनुमति
पोस्ट गरियो:
01 FEB 2026 12:49PM by PIB Gangtok
नयाँ दिल्ली, 01 फेब्रुअरी 2026।
केन्द्रिय बजेट 2026-27 मा प्राथमिक सहकारी समितिहरूका लागि कैयौं सहुलियत प्रस्तावित गरिएको छ। संसदमा आज बजेट प्रस्तुत गर्दै केन्द्रिय वित्त एवं करपोरेट कार्यमन्त्री श्रीमती निर्मला सीतारमणले प्राथमिक सहकारी समितिका सदस्यहरूद्वारा उत्पादित पशु आहार अनि कपासदानामा कटौतीको अनुमति विस्तार गर्ने प्रस्तावित गरिन्। हालमा, कटौती केवल सदस्यहरूद्वारा उत्पादित दूध, तेलदाना, फल वा साग-सब्जी आपूर्ति गर्न संलग्न प्राथमिक सहकारी समितिलाई यो कटौतीको अनुमति छ।
वित्त मन्त्रीले सदस्यहरूमा वितरण हुने गरी नयाँ कर शासन अन्तर्गत अन्तर सहकारी समिति लाभांश आयलाई कटौतीको अनुमति रहने पनि प्रस्तावित गरिन्।
राष्ट्रिय सहकारिता परिसङ्घलाई सहयोग गर्ने अतिरिक्त उपायका रूपमा श्रीमती निर्मला सीतारमणले 31.1.2026 सम्म कम्पनीहरूमा गरिएको निवेशमाथि, अधिसूचित राष्ट्रिय सहकारिता परिसङ्घद्वारा प्राप्त लाभांश आयमाथि तीन वर्षसम्मको अवधिका लागि छूट प्रदान गर्ने पनि प्रस्तावित गरिन्। यो लाभांश सहकारीका सदस्यहरूमा वितरण हुने लाभांशमाथि मात्र स्वीकृत रहनेछ।
********
एमपीएस/टीडब्ल्यूबी
(रिलिज आईडी: 2221457)
आगन्तुक काउन्टर : 22
मा यो विज्ञप्ति पढ्नुहोस्:
Malayalam
,
Bengali
,
Bengali-TR
,
Tamil
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Assamese
,
Punjabi
,
Gujarati
,
Telugu
,
Kannada