प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री १७-१८ जनवरीमा असमको भ्रमणमा जानु हुँदै


प्रधानमन्त्रीले १७ जनवरीमा बोडो समुदायको समृद्ध सम्पदाको उत्सव, ऐतिहासिक सांस्कृतिक कार्यक्रम "बागुरुम्बा ध्वू २०२६" मा भाग लिनु हुनेछ

बोडो समुदायका १०,००० भन्दा बढी कलाकारहरूले बागुरुम्बा नृत्य प्रस्तुत गर्नेछन्

प्रधानमन्त्रीले कालियाबोरमा ६,९५० करोड रुपैयाँभन्दा बढीको काजीरंगा एलिभेटेड करिडोर परियोजनाको भूमिपूजन गर्नु हुनेछ

परियोजनाले जनावरहरूको निर्बाध आवागमन सुनिश्चित गर्नेछ, मानव-वन्यजन्तुबीचको द्वन्द्व कम गर्नेछ र क्षेत्रीय सम्पर्क पनि बढाउनेछ

प्रधानमन्त्रीले गुवाहाटी (कामाख्या)-रोहतक र डिब्रुगढ-लखनऊ (गोमती नगर) बीच २ नयाँ अमृत भारत एक्सप्रेस रेलहरूको उद्घाटन गर्नु हुनेछ

प्रविष्टि तिथि: 16 JAN 2026 1:53PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले १७-१८ जनवरी, २०२६ मा असमको भ्रमण गर्नुहुनेछ।

१७ जनवरी, साँझ ६ बजेतिर, प्रधानमन्त्री गुवाहाटीको सरुसजाई स्टेडियममा परम्परागत बोडो सांस्कृतिक कार्यक्रममा सरीक रहनु हुनेछ।

१८ जनवरीमा बिहान ११ बजेतिर प्रधानमन्त्रीले ६,९५० करोड रुपैयाँभन्दा बढी लागतको काजीरंगा एलिभेटेड करिडोर परियोजनाको भूमिपूजन गर्नुहुनेछ र नागाँव जिल्लाको कालियाबोरमा २ वटा नयाँ अमृत भारत एक्सप्रेस रेलहरूको शुभारम्भ गर्नुहुनेछ।

प्रधानमन्त्री गुवाहाटीमा

प्रधानमन्त्री गुवाहाटीको सरुसजाई स्टेडियममा बोडो समुदायको समृद्ध सम्पदाको उत्सव, ऐतिहासिक सांस्कृतिक कार्यक्रम "बागुरुम्बा धौ २०२६" मा भाग लिनुहुनेछ।

यस अवसरमा, बोडो समुदायका १०,००० भन्दा बढी कलाकारहरूले एउटै तालमेलमा एकल बागुरुम्बा नृत्य प्रस्तुत गर्नेछन्। राज्यका २३ जिल्लाका ८१ विधान सभा निर्वाचन क्षेत्रका कलाकारहरूले कार्यक्रममा भाग लिनेछन्।

बागुरुम्बा बोडो समुदायको लोकनृत्यहरू मध्ये एक हो, जुन प्रकृतिबाट गहिरो रूपमा प्रेरित छ। यो नृत्य फुलेका फूलहरूको प्रतीक हो। यसले मानव जीवन र प्राकृतिक संसारबीचको सद्भावलाई प्रतिबिम्बित गर्दछ। परम्परागत रूपमा यो युवा बोडो महिलाहरूद्वारा प्रस्तुत गर्ने गरिन्छ, अनि  पुरुषहरूले संगीत दिने गर्दछन्। यो नृत्यमा पुतली, चरा, पात र फूलहरूको नक्कल गर्ने कोमल, लयात्मक चालहरू देखाइन्छ। प्रस्तुतिहरू प्रायः समूहमा आयोजना गरिन्छन्, जहाँ वृत्त वा पङ्क्ति बनाएर प्रस्तुत गरिँदा यसको दृश्यात्मक सौन्दर्य अझै मनमोहक देखिन्छ।

बागुरुम्बा नृत्यले बोडो मानिसहरूको लागि गहिरो सांस्कृतिक महत्त्व राख्छ। यसले शान्ति, उर्वरता, आनन्द र सामूहिक सद्भावको प्रतिनिधित्व गर्दछ, र यो ब्विसागु, बोडो नयाँ वर्ष, र दोमासी जस्ता उत्सवहरूसँग नजिकबाट सम्बन्धित छ।

प्रधानमन्त्री कालियाबोरमा

प्रधानमन्त्रीले ६,९५० करोड रुपियाँभन्दा बढी लागतको काजीरंगा एलिभेटेड करिडोर परियोजना (राष्ट्रिय राजमार्ग-७१५, कालियाबोर-नुमालीगढ खण्डको ४-लेनिङ) को भूमिपूजन गर्नुहुनेछ।

छयासी किलोमिटर लामो काजीरंगा एलिभेटेड करिडोर परियोजना पर्यावरणमैत्री सोचमा आधारित राष्ट्रिय राजमार्ग परियोजना हो। यसमा काजीरंगा राष्ट्रिय निकुञ्ज हुँदै जाने ३५ किलोमिटरको एलिभेटेड वन्यजन्तु करिडोर, २१ किलोमिटर बाइपास खण्ड र राष्ट्रिय राजमार्ग-७१५ राजमार्ग खण्डलाई दुई देखि चार लेनबाट ३० किलोमिटर चौडा गर्ने सुविधा हुनेछ। यस परियोजनाले पार्कको समृद्ध जैविक विविधताको संरक्षण सुनिश्चित गर्दै क्षेत्रीय सम्पर्क सुधार गर्ने लक्ष्य राखेको छ।

यस परियोजनाले नागांव, कार्बी आङ्लोङ र गोलाघाट जिल्लाहरूलाई समेट्ने छ र माथिल्लो असम, विशेष गरी डिब्रुगढ र तिनसुकियासँगको सम्पर्क सुविधामा उल्लेखनीय सुधार गर्नेछ। उन्नत वन्यजन्तु करिडोरले जनावरहरूको निर्बाध आवागमन सुनिश्चित गर्नेछ, मानव-वन्यजन्तुबीचको द्वन्द्व कम गर्नेछ। यसले सडक सुरक्षा पनि बढाउनेछ, यात्रा समय र दुर्घटना दर घटाउनेछ, र बढ्दो यात्रु र माल ढुवानीमा सहायता गर्नेछ। परियोजनाको एक भागको रूपमा, जखलाबन्धा र बोकाखटमा बाइपासहरू विकास गरिनेछ जसले शहरहरूमा भीडभाड कम गर्न, शहरी आवागमनमा सुधार गर्न र स्थानीय बासिन्दाहरूको जीवनस्तर बढाउन मदत गर्नेछ।

कार्यक्रमको दौडान प्रधानमन्त्रीले २ नयाँ अमृत भारत एक्सप्रेस रेलहरू - गुवाहाटी (कामाख्या)-रोहतक अमृत भारत एक्सप्रेस र डिब्रुगढ-लखनऊ (गोमती नगर) अमृत भारत एक्सप्रेसको पनि शुभारम्भ गर्नु हुनेछ। यी नयाँ रेल सेवाहरूले पूर्वोत्तर र उत्तरी भारत बीचको रेल सम्पर्कलाई अझ सुदृढ बनाउनेछन्, जसले गर्दा नागरिकहरूका लागि सुरक्षित र सुविधाजनक यात्रा सम्भव हुनेछ।

********

 

एम जे पी एस/एस आर


(रिलीज़ आईडी: 2215292) आगंतुक पटल : 12
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Bengali , Assamese , English , Khasi , Urdu , Marathi , हिन्दी , Bengali-TR , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam