गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

नक्सलमुक्त भारत निर्माण गर्ने मोदी सरकारको सङ्कल्पको विशाल कदमस्वरूप व्यापक रूपमा नक्सलवाद प्रभावित जिल्लाको सङ्ख्या घटेर 3 पुगेको छ


बामपन्थी उग्रवादबाट प्रभावित जिल्लाको सङ्ख्या पनि घटेर 18 बाट 11 पुगेको छ

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्त्व तथा केन्द्रिय गृह मन्त्री श्री अमित शाहको मार्गदर्शनमा यस वर्ष परिचालन सफलताले पूर्वको सबै रेकर्ड पार गरेको छ जसमा 312 बामपन्थी उग्रवादी उन्मूलन गरिएको छ

836 बामपन्थी उग्रवादीलाई पक्राउ गर्नका अतिरिक्त 1,639 ले हिंसा त्यागी आत्मसमर्पण गर्दै मूलधारामा सामेल भएका छन्

मोदी सरकारको अधीनमा बहुसूत्रीय दृष्टिकोणमाथि बल दिने राष्ट्रिय कार्ययोजना अनि नीतिको कार्यान्वयनका कारण नक्सलवादी सङ्कटलाई सम्बोधित गर्न अप्रत्याशित सफलता हासिल गरिएको छ

31 मार्च 2026 सम्म नक्सलवादको समस्या पूर्णरूपले अन्त्य गर्न मोदी सरकार प्रतिबद्ध छ

Posted On: 15 OCT 2025 4:57PM by PIB Gangtok

नक्सलमुक्त भारत निर्माण गर्ने मोदी सरकारको विशाल कदमस्वरूप, नक्सलवाद्वारा व्यापक रूपमा प्रभावित जिल्लाको सङ्ख्या 6 बाट घटेर 3 पुगेको छ। अब छत्तीसगढको केवल बिजापुर, सुक्मा र नारायणपुर सबैभन्दा बढी नक्सलवाद प्रभावित जिल्ला (एलडब्लुई) बाँकी रहेको छ।

एलडब्लुई प्रभावित जिल्लाको श्रेणीमा पर्नेको सङ्ख्या पनि 18 बाट घटेर 11 पुगेको छ। अब केवल 11 वटा जिल्ला बामपन्थी उग्रवादबाट प्रभावित बाँकी रहेको छ। मोदी सरकार नक्सलवादी सङ्कटलाई 31 मार्च 2026 सम्म पूर्णरूपले अन्त्य गर्न प्रतिबद्ध छ।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्त्व तथा केन्द्रिय गृह मन्त्री श्री अमित शाहको मार्गदर्शनमा, परिचालन सफलताले पूर्वको सबै रेकर्ड पार गर्दै यस वर्ष 312 एलडब्लुई क्याडरको अन्त्य गरिएको छ, जसमा सीपीआइ (माओवादी) महासचिव अनि अन्य 08 जना पोलिटब्यूरो/ केन्द्रिय समितिका सदस्यहरू सामेल छन्। जम्मा 836 एलडब्लुई क्याडरलाई पक्राउ गरिएको छ भने 1,639 जनाले आत्मसमर्पण गरी मूलधारामा सामेल भएका छन्। आत्मसमर्पण गर्ने नक्सलवादीहरूमा एकजना पोलिटब्यूरोका सदस्य अनि केन्द्रिय समितिका सदस्य पनि सामेल छन्।

मोदी सरकारको अधीनमा, बहुसूत्रीय दृष्टिकोणमाथि जोड दिने राष्ट्रिय कार्ययोजना अनि नीतिको गहन कार्यान्वयनको माध्यमद्वारा नक्सलवादी सङ्कटलाई सम्बोधित गर्न अप्रत्याशित सफलता हासिल गरिएको छ। राष्ट्रिय कार्ययोजना अनि नीतिमा जनमैत्री बामपन्थी उग्रवादी कार्यपरिचालन तथा सटीक खुफिया जानकारी सामेल छ। यसका साथमा शीर्ष नेतृत्त्व अनि ओभरग्राउण्ड वर्करहरूलाई लक्षित गर्दै सुरक्षा शून्यतामा तीव्र प्रभुत्त्व, कुटिल दर्शन-सिद्धान्त विरुद्ध कार्वाही, पूर्वाधारको द्रूत विकास तथा कल्याण योजनाहरूको परिपूर्णता, वित्तको सबै मार्ग अवरोधित गर्ने काम, राज्य अनि केन्द्र सरकारबीच व्यापक समन्वयन तथा माओवादीसित सम्बन्धित मामिलाहरूको त्वरित अनुसन्धान अनि अभियोजन जस्ता कदम पनि सामेल रहेका छन्।

कुनै समय तत्कालीन प्रधानमन्त्रीद्वारा 2010 मा “सबैभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौती” मानिएको नक्सलवाद हालमा आएर स्पष्ट रूपमा मैदानबाट ओझल बन्दै गइरहेको छ। नक्सलीहरूले नेपालको पशुपतिदेखि आन्ध्र प्रदेशको तिरूपतिसम्म फैलिएको लाल गलियाराको योजना बनाएका थिए। वर्ष 2013 मा 126 वटा विभिन्न राज्यका जिल्लामा नक्सलवादी हिंसाका घटनाहरू हुने गरेको थियो, जुन मार्च 2025 सम्म आइपुग्दा घटेर 18 वटा जिल्लामा सीमित भएको छ भने “बढी प्रभावित जिल्ला” का रूपमा केवल 06 वटा जिल्ला वर्गिकृत बाँकी रहेको छ।

******


(Release ID: 2179533) Visitor Counter : 4