प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले सरकार प्रमुखको रूपमा सेवा गरेको 25औँ वर्षमा प्रवेश गर्दै जनताप्रति कृतज्ञता व्यक्त गरे
प्रधानमन्त्रीले 2001 मा गुजरातको मुख्यमन्त्रीको रूपमा शपथ लिएको स्मरण गरे
प्रधानमन्त्रीले गरीबहरूको लागि सधैँ काम गर्ने र कहिल्यै घुस नलिन आमाको सल्लाह साझा गरे
प्रधानमन्त्रीले गुजरातको खडेरीग्रस्त राज्यबाट सुशासनको केन्द्रमा परिवर्तनको बारेमा वर्णन गरे
प्रधानमन्त्रीले विकसित भारतको सपनालाई साकार पार्नका लागि अझ कडा परिश्रम गर्ने प्रतिबद्धतालाई दोहोऱ्याए
Posted On:
07 OCT 2025 10:52AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सरकार प्रमुखको रूपमा सेवा गरेको 25औँ वर्षमा प्रवेश गर्दै भारतका जनताप्रति कृतज्ञता व्यक्त गरेका छन्। 2001 मा आजको दिन गुजरातको मुख्यमन्त्रीको रूपमा शपथ लिएदेखि आफ्नो यात्रालाई स्मरण गर्दै प्रधानमन्त्रीले जनताको जीवन सुधार गर्ने र राष्ट्रको प्रगतिमा योगदान पुर्याउने आफ्नो निरन्तर प्रयास रहेको बताए।
प्रधानमन्त्रीले भने अनुसार धेरै कठिन परिस्थितिहरूमा पनि गुजरातको मुख्यमन्त्री पदको जिम्मेवारी उनलाई सुम्पिइएको थियो। त्यस वर्ष राज्यले एक भीषण भुइँचालोको सामना गर्नुपरेको थियो र अघिल्ला वर्षहरूमा एक सुपर साइक्लोन, लगातार खडेरी र राजनीतिक अस्थिरताको पनि सामना गर्नुपरेको थियो। उनले भने अनुसार यी चुनौतीहरूले जनताको सेवा गर्ने र गुजरातलाई नयाँ जोश तथा आशाका साथ पुनर्निर्माण गर्ने सङ्कल्पलाई मजबुत बनाएका छन्।
श्री मोदीले मुख्यमन्त्रीको रूपमा शपथ लिँदा आफ्नी आमाका शब्दहरू स्मरण गर्दै आमाले सधैँ गरीबहरूको लागि काम गर्नुपर्छ र कहिल्यै घुस लिनु नहुने बताएको उल्लेख गरे। उनले भने अनुसार उनले मानिसहरूलाई के आश्वासन दिएका थिए भने म जे पनि गर्छु त्यो उत्तम नियतका साथ हुनेछ र लाइनमा खड़ा अन्तिम व्यक्तिको सेवा गर्ने दृष्टिकोणबाट प्रेरित हुनेछु।
गुजरातमा आफ्नो कार्यकालमाथि विचार व्यक्त गर्दै प्रधानमन्त्रीले भने, त्यस समय मानिसहरूले राज्य फेरि कहिल्यै उठ्न नसक्ने विश्वास गर्थे। किसानहरूले बिजुली र पानीको अभावको शिकायत गर्थे, कृषि मन्दीको चपेटमा थियो र औद्योगिक विकास ठप्प थियो। उनले भने अनुसार सामूहिक प्रयासबाट गुजरात सुशासनको केन्द्रमा परिणत भयो। एक समय खडेरीग्रस्त राज्य, कृषिमा शीर्ष प्रदर्शन गर्ने राज्य बन्यो, व्यापारको विस्तार विनिर्माण र औद्योगिक क्षमतामा भयो अनि सामाजिक साथै भौतिक बुनियादी ढाँचाले बढावा पायो।
प्रधानमन्त्रीले भने अनुसार 2013 मा जब देश विश्वास र शासनको सङ्कटबाट गुज्रिरहेको थियो, तब उनलाई 2014 को लोकसभा चुनाउको लागि प्रधानमन्त्री पदको उम्मेदवारको जिम्मेवारी दिइएको थियो। उनले भने अनुसार भारतका जनताले उनको गठबन्धनलाई प्रचण्ड बहुमत र उनको पार्टीलाई पूर्ण बहुमत दिए, जसले गर्दा नयाँ आत्मविश्वास र उद्देश्यको युगको सूत्रपात भयो।
प्रधानमन्त्रीले उल्लेख गरे अनुसार पछिल्ला 11 वर्षमा भारतले धेरै परिवर्तनहरू हासिल गरेको छ। 25 करोडभन्दा अधिक मानिसहरूलाई गरिबीबाट बाहिर निकालिएको छ र देश प्रमुख वैश्विक अर्थतन्त्रहरूमध्ये एक उज्ज्वल स्थानको रूपमा देखा परेको छ। उनले भने, भारतभरिका मानिसहरू, विशेष गरी नारी शक्ति, युवा शक्ति र मेहनती अन्नदाताहरूलाई अभूतपूर्व प्रयास र सुधारहरूको माध्यमद्वारा सशक्त भएका छन्।
उनले थप बताए अनुसार आजको जनभावना सबै क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने हो, जुन ‘गर्व से कहो, ये स्वदेशी है’ को आह्वानमा परिलक्षित हुँदछ।
भारतका जनताप्रति निरन्तर विश्वास र स्नेहको लागि उनीहरूको कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, राष्ट्रको सेवा गर्नु नै सर्वोच्च सम्मान हो। संविधानका मूल्यहरूद्वारा प्रेरित भएर उनले विकसित भारतको सामूहिक सपनालाई साकार पार्नका लागि अझ अधिक परिश्रम गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याए।
X पोस्टको शृङ्खलामा प्रधानमन्त्रीले भने;
“सन् 2001 मा आजकै दिनमा मैले पहिलो पटक गुजरातको मुख्यमन्त्रीको रूपमा शपथ लिएको थिएँ। मेरा भारतीय साथीहरूको निरन्तर आशीर्वादको लागि धन्यवाद, म सरकारको प्रमुखको रूपमा सेवा गरेको 25औँ वर्षमा प्रवेश गरिरहेको छु। भारतका जनताप्रति मेरो कृतज्ञता। यी सबै वर्षहरूमा हाम्रा जनताको जीवन सुधार गर्ने र हामी सबैलाई पालन-पोषण गर्ने यो महान् राष्ट्रको प्रगतिमा योगदान पुर्याउने मेरो निरन्तर प्रयास रहेको छ।”
“धेरै कठिन परिस्थितिहरूमा मेरो पार्टीले मलाई गुजरातको मुख्यमन्त्रीको जिम्मेवारी सुम्पियो। सोही वर्ष राज्य एक भीषण भुइँचालोको कारण पीडित थियो। अघिल्ला वर्षहरूमा एक सुपर साइक्लोन, लगातार खडेरी र राजनीतिक अस्थिरता देखिएको थियो। ती चुनौतीहरूले जनताको सेवा गर्ने र नयाँ जोश तथा आशाका साथ गुजरातको पुनर्निर्माण गर्ने सङ्कल्पलाई मजबुत बनायो।”
“जब मैले मुख्यमन्त्रीको रूपमा शपथ लिएँ, तब मलाई मेरी आमाले भन्नुभएको स्मरण छ - मलाई तिम्रो कामको बारेमा धेरै थाहा छैन, तर म केवल दुईवटा कुरा चाहन्छु। पहिलो, तिमीले सदैव गरीबहरूको लागि काम गर्नुपर्छ र दोस्रो, तिमीले कहिल्यै घुस नलिनु। मैले मानिसहरूलाई के पनि भनेको छु भने म जे गर्छु त्यो उत्तम नियतले हुनेछ र लाइनमा खड़ा अन्तिम व्यक्तिको सेवा गर्ने दृष्टिकोणबाट प्रेरित हुनेछु।”
“यी 25 वर्ष धेरै अनुभवहरूले भरिएका छन्। साथै मिलेर हामीले उल्लेखनीय प्रगति गरेका छौँ। मलाई अझै पनि याद छ कि जब मैले मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेँ, तब के विश्वास गरिएको थियो भने गुजरात फेरि कहिल्यै उठ्न सक्ने छैन। किसानहरू सहित आम नागरिकहरूले बिजुली र पानीको अभावको बारेमा शिकायत गर्थे। कृषि मन्दीमा थियो र औद्योगिक विकास ठप्प थियो। त्यसपछि हामी सबैले गुजरातलाई सुशासनको केन्द्र बनाउन सामूहिक रूपमा काम गर्यौँ।”
“सुक्खाग्रस्त राज्य गुजरात कृषिमा उत्कृष्ट प्रदर्शन गर्ने राज्य बन्यो। व्यापारको संस्कृतिको विस्तार मजबुत औद्योगिक र विनिर्माण क्षमतामा विस्तार भयो। नियमित कर्फ्यू अहिले अतीतको कुरा बनेको छ। सामाजिक र भौतिक बुनिदायी ढाँचाले बढावा पायो। यी परिणामहरूलाई प्राप्त गर्नका लागि जनतासँग मिलेर काम गर्न पाउँदा धेरै सन्तोषजनक थियो।”
“2013 मा, मलाई 2014 को लोकसभा चुनाउको लागि प्रधानमन्त्री पदको उम्मेदवार हुने जिम्मेवारी दिइएको थियो। ती दिनहरूमा, देश विश्वास र शासनको सङ्कटबाट गुज्रिरहेको थियो। तत्कालीन यूपीए सरकार भ्रष्टाचार, भाइ-भतिजावाद र नीतिगत पक्षाघातको सबैभन्दा खराब रूपको पर्यायवाची बनेको थियो। भारतलाई वैश्विक व्यवस्थामा एक कमजोर कडीको रूपमा हेरिएको थियो। तर, भारतीय जनताको समझदारीले हाम्रो गठबन्धनलाई प्रचण्ड बहुमत दियो र हाम्रो पार्टीलाई तीन दशकपछि पहिलो पटक पूर्ण बहुमत प्राप्त गरेको सुनिश्चित गर्यो।”
“पछिल्ला 11 वर्षमा, हामी भारतका जनताले मिलेर काम गरेका छौँ र धेरै परिवर्तनहरू हासिल गरेका छौँ। हाम्रा अभूतपूर्व प्रयासहरूले भारतभरिका मानिसहरू, विशेष गरी हाम्रो नारी शक्ति, युवा शक्ति र मेहनती अन्नदाताहरूलाई सशक्त बनाएका छन्। 25 करोडभन्दा अधिक मानिसहरूलाई गरिबीको चङ्गुलबाट बाहिर निकालिएको छ। भारतलाई प्रमुख वैश्विक अर्थतन्त्रहरूमध्ये एक उज्ज्वल स्थानको रूपमा हेरिन्छ। हामी विश्वको सबैभन्दा ठूलो स्वास्थ्य सेवा र सामाजिक सुरक्षा योजनाहरू मध्ये एकको घर हौँ। हाम्रा किसानहरूले नवाचार गरिरहेका छन् र हाम्रो राष्ट्र आत्मनिर्भर छ भनी सुनिश्चित गरिरहेका छन्। हामीले व्यापक सुधारहरू गरेका छौँ र जनभावना भनेको सबै क्षेत्रहरूमा भारतलाई आत्मनिर्भर बनाउने हो, जुन ‘गर्व से कहो, ये स्वदेशी है’ को स्पष्ट आह्वानमा परिलक्षित हुन्छ।”
“म फेरि एक पटक भारतका जनतालाई उनीहरूको निरन्तर विश्वास र स्नेहको लागि धन्यवाद दिन्छु। हाम्रो प्रिय राष्ट्रको सेवा गर्नु सर्वोच्च सम्मान हो, एक यस्तो कर्तव्य हो जसले मलाई कृतज्ञता र उद्देश्यले भरिदिन्छ। हाम्रो संविधानका मूल्यहरूलाई आफ्नो निरन्तर मार्गदर्शकको रूपमा राख्दै म विकसित भारतको हाम्रो सामूहिक सपना साकार पार्न आउने समयमा अझ कडा परिश्रम गर्नेछु।”
************
एमजेपीएस/भीजे/एसटी
(Release ID: 2175942)
Visitor Counter : 7
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Manipuri
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Kannada
,
Malayalam