प्रधानमन्त्रीको कार्यालय
आत्मनिर्भर भारत: एक सशक्त तथा विकसित भारतको आधार
Posted On:
15 AUG 2025 10:20AM by PIB Gangtok
आत्मनिर्भर भारत: प्रधानमन्त्री मोदीका मुख्य कुराहरू
- रक्षा आत्मनिर्भरता र अपरेशन सिन्दूर: प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरलाई भारतको रक्षा आत्मनिर्भरताको एक उदाहरण बताए। उनले के कुरामा जोड दिए भने भारतमा निर्मित हतियार सहित स्वदेशी क्षमताहरूले भारतलाई निर्णायक तथा स्वतन्त्र रूपमा कार्य गर्नमा सक्षम बनाउँछन्, जसले राष्ट्रिय सुरक्षा विदेशी निर्भरतामा निर्भर पर्न सक्दैन भनेर प्रमाणित गर्दछ।
- जेट इञ्जिनमा आत्मनिर्भरता: उनले भारतीय नवप्रवर्तकहरू र युवाहरूलाई भारतभित्रै जेट इञ्जिन विकसित गर्न आग्रह गरे, जसले भविष्यको रक्षा प्रविधि पूर्ण रूपमा घरेलु र आत्मनिर्भर होस् भन्ने कुरा सुनिश्चित गर्दछ।
- सेमिकण्डक्टर र उच्च-प्रविधि नेतृत्व: भारतले 2025 को अन्त्यसम्ममा मेड इन इण्डिया सेमिकण्डक्टर चिप्स लञ्च गर्नेछ, जसले महत्वपूर्ण प्रविधि क्षेत्रहरूमा देशको बढ्दो शक्तिलाई प्रतिबिम्बित गर्दछ। उनले वैश्विक प्रतिस्पर्धाको लागि एआई, साइबर सुरक्षा, डीप-टेक र अपरेटिङ सिस्टमहरूमा नवाचारमाथि जोड दिए।
- अन्तरिक्ष क्षेत्रको स्वतन्त्रता:
- ग्रुप क्याप्टेन शुभांशु शुक्लाका उल्लेखनीय उपलब्धिहरूको उत्सव मनाउँदै प्रधानमन्त्री मोदीले भारतको आफ्नै अन्तरिक्ष स्टेशनको लागि महत्त्वाकांक्षी योजनाहरूको घोषणा गरे, जसले स्वदेशी अन्तरिक्ष क्षमताहरूको एक नयाँ युगको सङ्केत गर्दछ।
- उनले के कुरामा प्रकाश पारे भने 300 भन्दा अधिक स्टार्टअपहरू उपग्रह, अन्वेषण र अत्याधुनिक अन्तरिक्ष प्रविधिहरूमा सक्रिय रूपमा नवाचार गरिरहेका छन्, जसले के सुनिश्चित गर्दछ भने भारतले अन्तरिक्ष विज्ञान र अन्वेषणमा मात्र भाग लिइरहेको छैन तर वैश्विक रूपमा अग्रणी पनि छ।
- स्वच्छ तथा नवीकरणीय ऊर्जा
- प्रधानमन्त्री मोदीले ऊर्जा स्वतन्त्रताको महत्त्वमाथि जोड दिँदै भने कि युवाहरूको उज्ज्वल भविष्य र किसानहरूको कल्याणको लागि यस्तो गरिनेछ।
- उनले घोषणा गरे अनुसार विश्वले वैश्विक तापक्रममाथि बहस गरिरहेको छ, त्यही भारतले 2030 सम्ममा 50% स्वच्छ ऊर्जा हासिल गर्ने सङ्कल्प गरेको थियो, तरै पनि आफ्ना जनताको प्रतिबद्धताका कारण यो लक्ष्य 2025 सम्ममा पूरा भएको छ।
- सौर्य, परमाणु, जलविद्युत् र हाइड्रोजन ऊर्जालाई उन्नत गरिएको छ, जो ऊर्जा स्वतन्त्रताको दिशामा एक निर्णायक कदम हो।
- प्रधानमन्त्री मोदीले निजी क्षेत्रको सहभागिताको माध्यमद्वारा परमाणु ऊर्जाको विस्तारमा भारतको ध्यान केन्द्रित गरेको कुरामा प्रकाश पारे। उनले उल्लेख गरे अनुसार वर्तमानमा 10 नयाँ परमाणु रिएक्टर चालू छन् र भारतको स्वतन्त्रताको 100औँ वर्षसम्ममा राष्ट्रले आफ्नो परमाणु ऊर्जा क्षमतालाई दस गुणा बढाउने, ऊर्जा आत्मनिर्भरतालाई बलियो बनाउने र सतत विकासलाई समर्थन गर्ने लक्ष्य राखेको कुरामा जोड दिए।
- राष्ट्रिय महत्त्वपूर्ण खनिज मिशन: ऊर्जा, उद्योग र रक्षाका लागि आवश्यक स्रोतहरूलाई सुरक्षित गर्नका लागि भारतले राष्ट्रिय महत्त्वपूर्ण खनिज मिशन शुरु गरेको छ, जस अन्तर्गत 1,200 स्थलहरूको खोज भइरहेको छ। प्रधानमन्त्री मोदीले यी खनिजहरूलाई नियन्त्रण गर्नाले रणनीतिक स्वायत्ततालाई बलियो बनाउँछ भन्ने कुरामा प्रकाश पारे, जसले भारतका औद्योगिक र रक्षा क्षेत्रहरू आत्मनिर्भर रहन सुनिश्चित गर्दछ।
- राष्ट्रिय गहिरो पानी अन्वेषण अभियान: भारतले आफ्नो गहिरो पानीका ऊर्जा स्रोतहरूको दोहन गर्नेछ, ऊर्जा आत्मनिर्भरतालाई सुदृढ पार्नेछ र विदेशी इन्धन आयातमा निर्भरतालाई कम गर्नेछ।
- कृषि आत्मनिर्भरता र उर्वरक: प्रधानमन्त्री मोदीले किसानहरूलाई सशक्त बनाउन र राष्ट्रिय खाद्य सुरक्षाको रक्षा गर्न स्वदेशमै उर्वरक उत्पादन गर्ने तत्काल आवश्यकतामाथि जोड दिए। आयातमा निर्भरतालाई कम गर्नाले राष्ट्रको कृषि क्षेत्र स्वतन्त्र रूपमा फस्टाउने छ, किसानहरूको कल्याण सुनिश्चित हुन्छ र भारतको आर्थिक सम्प्रभुतालाई बलियो बनाउँछ।
- डिजिटल सम्प्रभुता र स्वदेशी प्लेटफर्म: प्रधानमन्त्री मोदीले युवाहरूलाई भारतको आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म र डिजिटल पूर्वाधार विकसित गर्न आह्वान गरे, जसले सञ्चार, डेटा र प्राविधिक पारिस्थितिक प्रणालीहरू सुरक्षित र स्वतन्त्र रहने सुनिश्चित गर्दछ, जसले भारतको डिजिटल स्वायत्ततालाई मजबुत बनाउँछ।
- औषधि र नवाचारमा आत्मनिर्भरता: प्रधानमन्त्री मोदीले विश्वको फार्मेसीको रूपमा भारतको शक्तिमाथि प्रकाश पारे तथा अनुसन्धान र विकासमा अधै अधिक निवेशको तत्काल आवश्यकतामाथि बल दिए। उनले सोधे, ‘के हामी मानवताको कल्याणको लागि उत्तम र सबैभन्दा किफायती औषधिहरू उपलब्ध गराउने बन्नु पर्दैन?’
- उनले घरेलु औषधि नवाचारमा भारतको बढ्दो शक्तिलाई प्रकाश पार्दै भारतभित्रै नयाँ औषधि, खोप र जीवन बचाउने उपचारहरू विकास गर्ने आवश्यकतालाई जोड दिए।
- भारतको कोभिड-19 प्रतिक्रियाबाट प्रेरणा लिँदै, जहाँ स्वदेशी खोप र कोविन जस्ता प्लेटफर्महरूले विश्वभरिमा लाखौँ मानिसहरूको जीवन बचाए, उनले राष्ट्रलाई यो नवाचारको यस भावनालाई विस्तार गर्न आग्रह गरे।
- उनले शोधकर्ता र उद्यमीहरूलाई नयाँ औषधि र चिकित्सा प्रविधिहरूको लागि पेटेन्ट हासिल गर्न आह्वान गरे, ताकि के सुनिश्चित हुन सकोस् भने भारतले आफ्नै स्वास्थ्य सेवा आवश्यकता मात्र पूरा गर्दैन तर वैश्विक कल्याणमा पनि योगदान पुऱ्याउँछ अनि आफूलाई चिकित्सा आत्मनिर्भरता र नवाचारको केन्द्रको रूपमा स्थापित गर्दछ।
- स्वदेशीको समर्थन: प्रधानमन्त्री मोदीले नागरिक र पसलेहरूलाई भोकल फर लोकल पहल अन्तर्गत भारतमा निर्मित सामानहरूको समर्थन गर्न आग्रह गरे तथा स्वदेशी बाध्यताबाट होइन, गर्व र शक्तिबाट उत्पन्न हुनुपर्छ भन्ने कुरामा जोड दिए। उनले आत्मनिर्भरतालाई बढावा दिन, उद्यमशीलतालाई समर्थन गर्न र भारतको आर्थिक र औद्योगिक आधारलाई बलियो बनाउनका लागि पसलहरूको बाहिर स्वदेशी बोर्डहरू जस्ता दृश्यात्मक प्रचारको लागि आह्वान गरे।
- मिशन सुदर्शन चक्र: परम्पराको सम्मान र रक्षालाई मजबुत पार्ने: प्रधानमन्त्री मोदीले मिशन सुदर्शन चक्रको शुरुआतको घोषणा गरे, जसको उद्देश्य शत्रुको रक्षा घुसपैठलाई निष्क्रिय पार्नु र भारतको आक्रामक क्षमतालाई बढाउनु हो।
- उनले यो मिशनलाई पौराणिक श्रीकृष्णको सुदर्शन चक्रसँग जोड्दै के कुरामा जोड़ दिए भने आधुनिक रक्षा नवाचारहरूलाई मार्गदर्शन गर्नका लागि भारतले आफ्नो समृद्ध सांस्कृतिक र पौराणिक सम्पदाबाट कसरी प्रेरणा लिन्छ। यो मिशनले कुनै पनि खतराको लागि द्रुत, सटीक र शक्तिशाली प्रतिक्रिया सुनिश्चित गर्दै रणनीतिक स्वायत्तताप्रति भारतको प्रतिबद्धतालाई जोड दिन्छ।
*******
(Release ID: 2156930)
|