आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
मन्त्रिपरिषद्ले अरुणाचल प्रदेशको शि योमी जिल्लामा 700 मेगावाट क्षमताको टाटो-II जलविद्युत् परियोजनाको निर्माणको लागि निवेश प्रस्तावलाई मञ्जुरी दियो, जिसको परिव्यय 8146.21 करोड़ रुपियाँ छ अनि पूरा हुने अवधि 72 महिना रहेको छ
Posted On:
12 AUG 2025 3:29PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिला सम्बन्धी मन्त्रिपरिषद् समितिले आज अरुणाचल प्रदेशको शि योमी जिल्लामा टाटो-II जलविद्युत् परियोजना (एचईपी) निर्माणको लागि 8146.21 करोड रुपियाँको निवेशलाई मञ्जुरी दिएको छ। परियोजनाको अनुमानित समाप्ति अवधि 72 महिना हो।
700 मेगावाट (4 X 175 मेगावाट) को स्थापित क्षमता भएको यस परियोजनाले 2738.06 मिलियन युनिट ऊर्जाको उत्पादन गर्नेछ। यस परियोजनाबाट उत्पन्न हुने बिजुलीले अरुणाचल प्रदेश राज्यमा विद्युत् आपूर्ति स्थिति सुधार गर्न मद्दत गर्नेछ र राष्ट्रिय ग्रिड सन्तुलनमा पनि मद्दत गर्नेछ।
यो परियोजना पूर्वोत्तर विद्युत् ऊर्जा निगम लिमिटेड (एनईईपीसीओ) र अरुणाचल प्रदेश सरकार बीचको एक संयुक्त उद्यम कम्पनीको माध्यमद्वारा कार्यान्वयन गरिनेछ। भारत सरकारले पूर्वाधारलाई सक्षम बनाउने अन्तर्गत सडक, पुल र सम्बन्धित प्रसारण लाइन निर्माणको लागि बजेट सहयोगको रूपमा 458.79 करोड रुपियाँ प्रदान गर्नेछ। यसका साथै राज्यको इक्विटी शेयरको लागि 436.13 करोड रुपियाँको केन्द्रीय वित्तीय सहयोग पनि उपलब्ध गराइनेछ।
राज्यलाई 12% नि:शुल्क बिजुली र स्थानीय क्षेत्र विकास कोष (एलएडीएफ) को लागि 1% लाभ मिल्नेछ। साथै यस क्षेत्रको सामाजिक-आर्थिक विकासमा उल्लेखनीय पूर्वाधार सुधार र सामाजिक-आर्थिक विकास पनि हुनेछ।
यो परियोजना आत्मनिर्भर भारत अभियानको लक्ष्य र उद्देश्य अनुरूप छ, जसले स्थानीय आपूर्तिकर्ता / उद्यम / एमएसएमईलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसर सहित विभिन्न लाभ प्रदान गर्नेछ।
यस परियोजनाको लागि लगभग 32.88 किलोमिटर सडक र पुलहरूको विकास सहित पूर्वाधारमा उल्लेखनीय सुधार हुनेछ, जुन अधिकांशतः स्थानीय प्रयोगको लागि उपलब्ध हुनेछ। जिल्लाले अस्पताल, विद्यालय, बजार, खेल मैदान, आदि जस्ता आवश्यक पूर्वाधारहरूको निर्माणबाट पनि लाभ उठाउनेछ जुन 20 करोड रुपियाँको समर्पित परियोजना कोषबाट वित्त पोषित हुनेछ। स्थानीय जनतालाई धेरै प्रकारका क्षतिपूर्ति, रोजगारी र कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) गतिविधिहरूबाट पनि लाभान्वित गरिनेछ।
*******
(Release ID: 2155535)
Read this release in:
Tamil
,
Telugu
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali-TR
,
Bengali
,
Assamese
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Odia
,
Kannada
,
Malayalam