पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
azadi ka amrit mahotsav

सरकारले 100% प्रत्यक्ष विदेशी निवेश (एफडीआई), नयाँ स्टेशन र नीतिगत सुधारहरूका साथ एलएनजीको उपयोगलाई बढ़ावा दियो


Posted On: 07 AUG 2025 5:20PM by PIB Gangtok

देशमा प्राकृतिक ग्यासको माग प्राकृतिक ग्यासको घरेलु उत्पादन साथै तरल प्राकृतिक ग्यास (एलएनजी) को आयातको माध्यमद्वारा पूरा गरिन्छ। सरकारले ग्यासमा आधारित अर्थतन्त्रको विकासलाई समर्थन गर्न विभिन्न कदम चालेको छ जसमा विभिन्न क्षेत्रहरूको लागि एलएनजीको उपलब्धता बढाउनु समावेश छ। यसमा, अन्य कुराहरूको अतिरिक्त एलएनजी टर्मिनल सहित एलएनजी आयातको लागि खुला सामान्य लाइसेन्स पत्र (ओजीएल) श्रेणी, आदि सहित एलएनजी पूर्वाधार स्थापनाको लागि 100% स्वचालित मार्ग अन्तर्गत 100% विदेशी प्रत्यक्ष लगानी (एफडीआई) लाई अनुमति दिने सामेल छ। आजको मितिसम्म, प्रति वर्ष लगभग 52.7 मिलियन मेट्रिक टन (एमएमटीपीए) क्षमता भएका आठ (8) एलएनजी पुन: ग्यासीकरण टर्मिनलहरू सञ्चालनमा छन्।

सरकारले स्वर्णिम चतुर्भुज (जीक्यू), राष्ट्रिय राजमार्ग, पूर्व-पश्चिम राजमार्ग, उत्तर-दक्षिण राजमार्ग र भारतका प्रमुख खानी क्लस्टरहरूमा  एलएनजी स्टेशनहरू स्थापना गर्ने पहललाई अगाडि बढाइरहेको छ। हालसम्म राज्य स्वामित्वमा रहेका तेल र ग्यास कम्पनीहरूद्वारा 13  एलएनजी खुद्रा स्टेशनहरू सञ्चालनमा ल्याइएको छ। यस अतिरिक्त, निजी संस्थाहरूको स्वामित्वमा रहेका 16  एलएनजी खुद्रा स्टेशनहरू पनि सञ्चालनमा छन्।

परिवहन इन्धनको रूपमा  एलएनजीको प्रयोग बढाउन चालिएका कदमहरू यस प्रकार छन्: सरकारले एलएनजीलाई परिवहन इन्धनको रूपमा मान्यता दिएको छ र यस सम्बन्धमा  एनएनजी वाहनहरूको उत्सर्जन मापदण्ड पनि अधिसूचित गरिएको छ।

सरकारले स्पार्क इग्निशन इञ्जिन वा कम्प्रेसन इग्निशन प्रकारको आन्तरिक दहन इञ्जिन भएका एलएनजी इन्धनयुक्त वाहनहरूलाई जोखिमपूर्ण क्षेत्रहरूमा सञ्चालन गर्न, रेलवे, खानी, जलमार्ग, परीक्षण प्रयोगशालाहरू आदि जस्ता गैर-परिवहन क्षेत्रहरूमा एलएनजी मोबाइल वितरण गर्न अनुमति दिनका लागि स्थैतिक र गतिशील दाब वाहिकाहरू (अज्ज्वलित) (संशोधन) नियम, 2025 मा संशोधन गरेको छ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास नियामक बोर्ड (पीएमजीआरबी) ले 2020 मा एक अधिसूचना जारी गरेको छ जसमा पीएमजीआरबीको सीजीडी प्राधिकरणको पर्वाह नगरी एलएनजी आरओ (खुद्रा आउटलेट) स्थापना गर्न एक संस्थालाई अनुमति दिइएको छ। (यद्यपि, यो परिवहन क्षेत्रमा मात्र तरल अवस्थामा एलएनजी वितरण गर्ने ङछॠ स्टेशनहरूको स्थापना र सञ्चालनको लागि लागू हुन्छ)।

यो जानकारी पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका राज्यमन्त्री श्री सुरेश गोपीले आज लोकसभामा एक लिखित जवाफमा दिएका हुन्।

********


(Release ID: 2153750)