आवास तथा शहरी मामिला मन्त्रालय
azadi ka amrit mahotsav

राष्ट्रपतिले स्वच्छ सर्वेक्षण 2024-25 पुरस्कार प्रदान गरिन्


इन्दोर, सुरत, नवी मुम्बईले प्रिमियर सुपर स्वच्छ लीगमा प्रवेश गरे

अहमदाबाद, भोपाल र लखनऊ भारतको नयाँ स्वच्छ शहरको रूपमा देखा परे

राज्य/केन्द्र शासित प्रदेशका 34 शहरहरूलाई आशाजनक स्वच्छ शहर पुरस्कार

सरकारले स्वच्छ शहर साझेदारी शुरु गर्यो: शीर्ष शहरहरूलाई खराब प्रदर्शन गर्ने शहरहरूबाट मार्गदर्शन मिल्नेछ

शहरी फोहोर प्रबन्धनलाई बढावा दिनका लागि त्वरित डम्पसाइट उपचार कार्यक्रम: केन्द्रीय मन्त्री

Posted On: 17 JUL 2025 2:18PM by PIB Gangtok

परिणाम घोषित! भारतकी माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आवास तथा शहरी मामिला मन्त्रालय (एमओएचयूए) द्वारा आयोजित विज्ञान भवन, नयाँ दिल्लीमा स्वच्छ सर्वेक्षण 2024-25 पुरस्कार प्रदान गरिन्। केन्द्रीय मन्त्री श्री मनोहर लाल र गृह मन्त्रालयका राज्य मन्त्री श्री तोखन साहूको उपस्थितिमा 23 सुपर स्वच्छ लीग शहरहरूलाई सम्मानित गरिएको छ। भारतका स्वच्छ शहरहरूको नयाँ पुस्ताको अनुगमन भइसकेको छ अनि अहमदाबाद, भोपाल र लखनऊ शीर्ष स्वच्छ शहरको रूपमा देखा परेका छन्। 43 राष्ट्रिय पुरस्कारको घोषणा गरिएको छ, जसमा महाकुम्भलाई विशेष सम्मान दिइएको छ।

प्रतिष्ठित स्वच्छ सर्वेक्षण 2024-25 पुरस्कार समारोहमा केन्द्रीय मन्त्री श्री मनोहर लालले प्रयागराजलाई सर्वश्रेष्ठ गङ्गा शहरको पुरस्कार प्रदान गरे, जबकि सिकन्दराबाद छावनीलाई यसका अनुकरणीय स्वच्छता प्रयासहरूको लागि सर्वश्रेष्ठ छावनी बोर्डको पुरस्कार दिइएको छ। जीभीएमसी विशाखापट्टनम, जबलपुर र गोरखपुरलाई सफाइ कर्मचारीहरूको सुरक्षा र सम्मानप्रति उनीहरूको उत्कृष्ट प्रतिबद्धताका लागि सर्वश्रेष्ठ सफाइ मित्र सुरक्षित शहर घोषित गरियो। अनुमानित 66 करोड़ मानिसहरूले भाग लिएको विश्वको सबैभन्दा ठूलो महाकुम्भको समयमा यसको असाधारण शहरी फोहोर प्रबन्धनको लागि उत्तर प्रदेश राज्य सरकार, प्रयागराज मेला अधिकारी र प्रयागराज नगर निगमलाई विशेष सम्मान दिइएको थियो।

यस वर्षको स्वच्छ सर्वेक्षणले ठूला शहरहरूको लागि रूपरेखालाई परिष्कृत र सुव्यवस्थित मात्र गरेन, तर साना शहरहरूको लागि यसलाई सरलीकृत पनि बनाइयो, जसले गर्दा उनीहरूलाई प्रतिस्पर्धा गर्न र स्वच्छताको सिँढ़ी चढ्न प्रोत्साहित गर्यो। सर्वेक्षणमा साना शहरहरूलाई ठूला शहरहरू समान दर्जा प्रदान गरियो। ‘एक शहर, एक पुरस्कार’ सिद्धान्तको पालन गर्दै प्रत्येक राज्यका उत्कृष्ट प्रदर्शन गर्ने शहरहरूलाई होनहार स्वच्छ शहरको रूपमा मान्यता दिइयो। विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूमा कुल 34 शहरहरूले स्वच्छता तथा सफाइ उत्कृष्टतामा आफ्नो उल्लेखनीय प्रगतिको प्रदर्शन गर्दै यो सम्मान अर्जित गरे।

यस कार्यक्रममा बोल्दै भारतकी माननीय राष्ट्रपतिले रिड्युस, रियुज रिसाइकल (3 आर) दृष्टिकोणलाई बढ़ावा दिनका लागि मन्त्रालयको सराहना गरिन् तथा उनलाई प्रदान गरिएको फोहोरबाट धन स्मृति चिह्नको प्रशंसा गरिन्। “फोहोर नै सर्वोत्तम हो भन्ने मन्त्र हो र यसले अर्थतन्त्रमा चक्रीयतालाई बल दिन्छ”, उनले थपिन्। उनले युवाहरूलाई सशक्त बनाउने, हरित रोजगारी सिर्जना गर्ने र उद्यमशीलताका अवसरहरू पैदा गर्ने तथा स्वयं सहायता समूहहरूलाई जोड्नमा यसको भूमिकामाथि प्रकाश पारिन्। उनले भनिन्, “शहरहरूले हाम्रो स्वभाव र संस्कारको एक हिस्साको रूपमा चक्रीय अर्थतन्त्र र स्वच्छताका सिद्धान्तहरूलाई अँगालेको देख्दा मलाई खुशी लाग्यो।” माननीय राष्ट्रपतिले एक लाखभन्दा कम आबादी भएका ती शहरहरूको प्रशंसा गरिन्, जसले स्वच्छताको उत्कृष्ट मानक स्थापित गरेका छन्। उनले विद्यालयमा हस्तक्षेप, स्रोत पृथकीकरण स्टार्टअपहरूको लागि पहल र शून्य फोहोर कलोनीहरूले स्वच्छ भारतको सङ्कल्पलाई कसरी मजबुत बनाइरहेका छन् भन्ने कुराको प्रशंसा गरिन्। उनले अन्तमा भनिन्, “2047 को विकसित भारत विश्वको लागि अनुकरणीय हुनेछ।”

स्वच्छ शहर साझेदारी पहलको शुभारम्भ गर्दै केन्द्रीय मन्त्री श्री मनोहर लालले सहकर्मी शिक्षाको महत्त्वमाथि बल दिए। उनले भने कि सबै 78 शीर्ष प्रदर्शन गर्ने शहरहरूले सबै जनसङ्ख्या श्रेणीहरूमा सम्बन्धित राज्यहरूबाट एक-एक खराब प्रदर्शन गर्ने शहरलाई अपनाउनेछन् र तिनलाई मार्गदर्शन गर्नेछन्। उनले भने, “सबैलाई साथमा लिएर अघि बढ्न आवश्यक छ।” हरेक एक स्वच्छ शहरको मन्त्रको पालन गर्दै उनले भने, “विजेता शहरहरूले अरूको मार्गदर्शन गर्नेछन्, उनीहरूलाई सहारा दिनेछ र उनीहरूको नेतृत्व गर्नेछन्। कम प्रदर्शन गर्ने शहरहरूलाई शीर्षमा ल्याउने अब समय आएको छ।” त्वरित डम्पसाइट उपचार कार्यक्रमको घोषणा गर्दै केन्द्रीय मन्त्रीले भने, “15 अगस्त, 2025 बाट शुरु हुने यो एक वर्षीय विशेष कार्यक्रमले पुराना फोहोर उपचारलाई तेज गर्न र विशाल शहरी स्थानलाई मुक्त गर्नमा मद्दत गर्नेछ, तर वैज्ञानिक फोहोर प्रशोधन क्षमतालाई पनि अगाडि बढाउनेछ।”

प्रतिनिधिहरूलाई स्वागत जनाउँदै आवास तथा शहरी मामिला मन्त्रालय (एमओएचयूए) का सचिव श्री श्रीनिवास काटिकिथलाले पछिल्लो एक दशकमा स्वच्छ भारत मिशनको परिवर्तनकारी यात्रामाथि विचार व्यक्त गरे। उनले उल्लेख गरे अनुसार सफाइ र स्वच्छताले कसरी केन्द्रीय भऊमिका निर्वाह गरेका छन् र नागरिकहरूको मूल्य र दैनिक जीवनको एक अभिन्न अङ्ग बनेको छ - जुन उनीहरूको स्वभाव र संस्कारमा गहिरो रूपमा समाहित छ। श्री काटिकिथलाले स्वच्छ सर्वेक्षणको भूमिकालाई एक शक्तिशाली प्रतिस्पर्धी उपकरणको रूपमा पनि रेखाङ्कित गरे, जसले शहरहरूलाई राम्रो प्रदर्शनका लागि प्रेरित गरेको छ। उनले थप जोड दिँदै भने कि 10 नयाँ मानदण्ड र पाँच विशिष्ट जनसङ्ख्या श्रेणी भएको यस नयाँ ढाँचाले साना शहरहरूलाई ठूला शहरहरूसँग समान रूपमा प्रतिस्पर्धा गर्नमा सक्षम बनाएको छ, जसले समावेशी र व्यापक प्रगतिलाई बढावा दिएको छ। “स्वच्छ भारत अभियानको 10 वर्ष सफलतापूर्वक पूरा गरेपछि, अब समय आएको छ, जहाँ हामीले अर्को दशकको लागि मात्र होइन, तर 2047 सम्ममा विकसित भारतको लागि रोडम्याप पनि तयार गर्न आवश्यक छ”, उनले निष्कर्ष निकाले।

यस अवसरमा माननीय राष्ट्रपतिको आगमनमा केन्द्रीय मन्त्रीले उनलाई सराहनाको प्रतीकको रूपमा एक सुन्दर सारङ्गी भेंट चढ़ाए। यो स्मृति चिह्नले बेकार रहेका सामग्रीहरूको सार्थक, कलात्मक कृतिहरूमा रूपान्तरण गरेर - शिल्प कौशलका साथ स्थायित्वको सम्मिश्रण गरेर ‘फोहोरबाट धन’ को भावनाको प्रतीक हो।

यस अवसरमा स्वच्छ सर्वेक्षण 2024-25 को परिणाम ड्यासबोर्डलाई डिजिटल रूपमा लञ्च गरिएको थियो, जसमा श्रेणीकरण र उपलब्धिहरूको एक अन्तरक्रियात्मक अवलोकन प्रस्तुत गरियो। स्वच्छ सर्वेक्षण 2024-25 का मुख्य आकर्षणहरू र सुपर स्वच्छ लीग शहरका उपलब्धिहरूलाई आकर्षक अडियो-भिजुअल प्रस्तुतीकरणहरूको माध्यमद्वारा प्रदर्शित गरिएको थियो, जसमा राष्ट्रव्यापी स्वच्छता आन्दोलनको भावना र व्यापकतालाई दर्शाइएको थियो। (पीआईबी)

विजेताहरूको सूची, जीएफसी र ओडीएफ परिणाम ड्यासबोर्ड यहाँ हेर्नुहोस्।

माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको सम्पूर्ण भाषणको लागि यहाँ क्लिक गर्नुहोस्।

पुरस्कार विजेताहरूको पूर्ण सूचीको लागि यहाँ क्लिक गर्नुहोस्

******


(Release ID: 2145767) Visitor Counter : 4