प्रधानमन्त्रीको कार्यालय
रोजगार मेला अन्तर्गत, प्रधानमन्त्रीले 12 जुलाईमा सरकारी विभाग र सङ्गठनहरूमा नवनियुक्त युवाहरूलाई 51,000 भन्दा अधिक नियुक्ति पत्र वितरण गर्नेछन्
Posted On:
11 JUL 2025 11:20AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 12 जुलाईको बिहान लगभग 11:00 बजी भिडियो कन्फरेन्सिङको माध्यमद्वारा विभिन्न सरकारी विभाग र सङ्गठनहरूमा नवनियुक्त युवाहरूलाई 51,000 भन्दा अधिक नियुक्ति पत्र वितरण गर्नेछन्। उनले यस अवसरमा ती नियुक्त मानिसहरूलाई सम्बोधन पनि गर्नेछन्।
रोजगार मेला रोजगार सृजनलाई सर्वोच्च प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धतालाई पूरा गर्ने दिशामा एक कदम हो। रोजगार मेलाले युवाहरूलाई उनीहरूको सशक्तिकरण र राष्ट्र निर्माणमा सहभागिताको लागि अर्थपूर्ण अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। देशभरिका रोजगार मेलाहरूको माध्यमद्वारा हालसम्म 10 लाखभन्दा अधिक भर्ती पत्र जारी गरिएको छ।
16औँ रोजगार मेला देशभरिका 47 स्थानमा आयोजना हुनेछ। यी भर्तीहरू केन्द्र सरकारका मन्त्रालय र विभागहरूमा भइरहेका छन्। देशभरिबाट छनोट गरिएका नयाँ भर्तीहरू रेल मन्त्रालय, गृह मन्त्रालय, डाक विभाग, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, वित्तीय सेवा विभाग, श्रम तथा रोजगार मन्त्रालय लगायत अन्य विभाग र मन्त्रालयहरूमा सामेल हुनेछन्।
***
(Release ID: 2144024)
Read this release in:
Telugu
,
Odia
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali-TR
,
Assamese
,
Manipuri
,
Bengali
,
Punjabi
,
Gujarati
,
Tamil
,
Kannada
,
Malayalam