स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय
कोभिडपछि वयस्कहरूको अचानक मृत्युमाथि आइसीएमआर र एम्सको विस्तृत अध्ययनले कोभिड-19 टीकाकरण र आकस्मिक मृत्युबीच कुनै सम्बन्ध नरहेको स्थापित गरेको छ
जीवनशैली तथा पूर्वका स्थितिहरू प्रमुख कारक रहेको चिन्हित
Posted On:
02 JUL 2025 9:30AM by PIB Gangtok
अस्पष्ट आकस्मिक मृत्युका कारणलाई देशका कैयौं अभिकरणद्वारा गहन रूपमा अनुसन्धान गरिएको छ। यी अध्ययनहरूले निर्णायक रूपमा कोभिड-19 टीकाकरण र देशमा आकस्मिक मृत्युबीच कुनै सम्बन्ध नरहेको स्थापित गरेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आइसीएमआर) र राष्ट्रिय रोग नियन्त्रण केन्द्रको (एनसीडीसी) अध्ययनले भारतमा कोभिड-19 टीका गम्भीर दुष्परिणामको अति नै दुर्लभ दृष्टान्तबाहेक सुरक्षित अनि प्रभावी रहेको पुष्टि गरेको छ। अचानक हृदयघात, आनुवंशिकी, जीवनशैली, पूर्व रूपमा विद्यमान स्थिति तथा कोभिडपछिका जटिलता लगायतका विविध कारणको परिणामस्वरूप हुनसक्दछ।
आइसीएमआर र एनसीडीसीले विशेष गरी 18 देखि 45 वर्ष आयुवर्गका नागरिकहरूबीच अवर्णित मृत्युको कारण जान्नका लागि मिलेर काम गरिरहेका छन्। यसको अनुसन्धान गर्न, फरक शोध दृष्टिकोणका साथ दुई अनुपूरक अध्ययन गरिएको थियो – एउटा पूर्वको तथ्याङ्कमा आधारित तथा अर्को वास्तविक समयमा अन्वेषणद्वारा। आइसीएमआरको राष्ट्रिय महामारी विज्ञान संस्थान (एनआइई) द्वारा “भारतमा 18-45 आयुवर्गका वयस्कहरूबीच अस्पष्ट आकस्मिक मृत्युसित सम्बन्धित कारक – बहुआयामिक अनुकूल मामिला नियन्त्रण अध्ययन” विषयमाथि रहेको थियो। यो अध्ययन मईदेखि अगस्त 2023 बीच 19 वटा राज्य अनि केन्द्र शासित प्रदेशका तृतीयक स्याहार अस्पतालमा गरिएको थियो। यस अध्ययनमा स्वस्थ देखिए तापनि अक्टोबर 2021 देखि मार्च 2023 बीच अचानक मृत्यु भएका व्यक्तिहरूमाथि विचार गरिएको थियो। अध्ययनको परिणामले स्पष्ट रूपमा कोभिड-19 टीकाकरणले युवा वयस्कहरूमा अचानक अस्पष्ट मृत्युको जोखिम नबढाउने देखाएको छ।
दोस्रो अध्ययन “युवाहरूमा आकस्मिक अस्पष्ट मृत्युको कारणको स्थापना” विषयमाथि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीले आइसीएमआरको प्रायोजन अनि सहयोगमा गरिरहेको छ। यो प्रत्याशित अध्ययन युवाहरूमा अचानक मृत्युको कारण खुट्याउन लक्षित छ। अध्ययनको शुरुवाती तथ्याङ्कको विश्लेषणले हृदयघात वा मायोकार्डियल इन्फार्क्सन (एमआइ) यस आयुवर्गमा अचानक मृत्युको प्रमुख कारण रहेको पाइएको छ। महत्त्वपूर्ण रूपमा, पूर्ववर्ती वर्षहरूको तुलनामा, कारणको स्वरूपमा कुनै ठूलो परिवर्तन देखिएको छैन। अस्पष्ट मृत्युको अधिकांश मामिलामा, आनुवंशिक उत्परिवर्तन ती मृत्युहरूको सम्भावित कारण हुनसक्ने खुट्याइएको छ। अध्ययन पूरा भएपछि अन्तिम परिणाम साझा गरिनेछ।
मिलेर दुवै अध्ययनले, भारतमा युवाहरूको अचानक अनि अस्पष्ट मृत्युको अरू विस्तृत बुझाई प्रस्तुत गर्दछ। कोभिड-19 टीकाकरणले जोखिम नबढाउने देखिएको छ भने, आधारभूत स्वास्थ्य समस्या, आनुवंशिक पूर्ववृत्ति तथा जोखिमपूर्ण जीवनशैलीको रोजाइले अस्पष्ट अचानक मृत्युमा भूमिका खेल्ने गर्दछ।
वैज्ञानिक विशेषज्ञहरूले कोभिड टीकाकरणलाई अचानक मृत्युसँग जोड्ने बयान झूटो साथै भ्रामक रहनका साथै त्यसलाई कुनै वैज्ञानिकतम मतद्वारा समर्थन नगरिएको कुरा दोहोऱ्याएका छन्। कुनै स्पष्ट प्रमाणबिनाको काल्पनिक दाबीले जनमानसको टीकामाथिको भरोसालाई क्षीण बनाउने जोखिम बढाउँदछ कारण सोही टीकाले महामारीको समय लाखौंको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। त्यस्ता निराधार रिपोर्ट अनि दाबीले देशमा टीकाप्रतिको हिचकिचाहटमा योगदान पुऱ्याउँदै जनस्वास्थ्यलाई प्रतिकूल रूपमा प्रभावित पार्नसक्दछ।
भारत सरकार आफ्ना नागरिकहरूको हितरक्षा गर्न प्रमाण आधारित जनस्वास्थ्य अनुसन्धानप्रति प्रतिबद्ध छ।
********
HFW/ Covid Vaccine Concerns/02July 2025/1
(Release ID: 2141433)
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali-TR
,
Assamese
,
Bengali
,
Punjabi
,
Gujarati
,
Tamil
,
Tamil
,
Telugu
,
Malayalam