प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

पीएमद्वारा डिजिटल भारत पहलको 10 वर्षको सराहना


Posted On: 01 JUL 2025 9:40AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले डिजिटल भारत पहलले 10 वर्ष सफलतापूर्वक पूरा गरेकोमा सराहना गरेका छन्। एकल दसकपछि हामी त्यस यात्राको साक्षी बनिरहेका छौं जसले असङ्ख्य जीवनलाई छुनका साथै सशक्तिकरणको नयाँ युगको सूत्रपात गरेको उनले उल्लेख गरेका छन्। “भारतले डिजिटल भुक्तानीमा अनेकौं प्रगति गरेको छ, 140 करोड भारतीयको सामूहिक सङ्कल्पको शक्तिद्वारा”, मोदीले बताएका छन्।

माइगभइण्डियाद्वारा एक्समा यसबारे साझा गर्दै, प्रधानमन्त्रीले लेखेका छन्, “#10YearsOfDigitalIndia मनाउने क्रममा आज ऐतिहासिक दिन हो।”

“दस वर्षअघि, डिजिटल भारतले राष्ट्रलाई डिजिटल रूपमा सशक्त अनि प्राविधिक रूपमा उन्नत समाजका रूपमा रूपान्तरित गर्ने पहल शुरु गरेको थियो।

एक दसकपछि, हामी त्यस यात्राको साक्षी बनिरहेका छौं, जसले असङ्ख्य जीवनलाई छुनका साथै सशक्तिकरणको नयाँ युगको सूत्रपात गरेको छ। भारतले 140 करोड भारतीयको सामूहिक सङ्कल्पको शक्तिद्वारा, डिजिचल भुक्तानीमा अनेकौं प्रगति गरेको छ। स्वास्थ्य अनि शिक्षा जस्ता क्षेत्र पनि यस पहलबाट लाभान्वित बनेका छन्।

यस थ्रेडले रूपान्तरण अनि त्यसको परिमाणको एक झलक प्रस्तुत गर्दछ।

*******


(Release ID: 2141065)