प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले संविधान हत्या दिवसमा लोकतन्त्रका रक्षकहरूलाई दिए श्रद्धाञ्जली


आपतकाल विरोधी आन्दोलनले हाम्रो लोकतान्त्रिक ढाँचाको संरक्षण गर्ने महत्तालाई पुन: पुष्टि गऱ्यो: प्रधानमन्त्री

Posted On: 25 JUN 2025 9:32AM by PIB Gangtok

आपतकाल लागू भएको पचास वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज ती अनगिन्ती भारतीयहरूलाई भावभीनी श्रद्धाञ्जली अर्पण गरे, जसले देशको इतिहासको सबैभन्दा कालो अध्याय मध्ये एकको अवधिमा लोकतन्त्रको रक्षाका लागि डटिरहे।

संवैधानिक मूल्यहरूमाथि भएको गम्भीर हमलालाई स्मरण गर्दै प्रधानमन्त्रीले भने, 25 जूनलाई संविधान हत्या दिवसको रूपमा पालन गरिन्छ - त्यो यस्तो दिन जब मौलिक अधिकारहरूलाई निलम्बन गरिएको थियो, प्रेसको स्वतन्त्रतालाई समाप्त पारिएको थियो र असङ्ख्य राजनीतिक नेताहरू, सामाजिक कार्यकर्ताहरू, विद्यार्थीहरू र साधारण नागरिकहरूलाई जेल हालिएको थियो।

श्री मोदीले हाम्रो संविधानमा रहेका सिद्धान्तहरूलाई मजबुत पार्ने र विकसित भारतको हाम्रो दृष्टिकोणलाई साकार पार्नका लागि मिलेर काम गर्ने प्रतिबद्धता पनि दोहोऱ्याए।

उनले थप टिप्पणी गरे कि आपतकाल विरोधी आन्दोलन एक सिक्ने अनुभव थियो, जसले हाम्रो लोकतान्त्रिक ढाँचालाई संरक्षित गर्ने महत्ताको पुष्टि गऱ्यो।

श्री मोदीले आपतकालका ती काला दिनहरूलाई स्मरण गर्ने वा त्यस समयमा जति परिवारहरूले कष्ट झेले, ती सबै मानिसहरूलाई 1975 देखि 1977 सम्मको लज्जास्पद समयको बारेमा युवाहरूमा जागरूकता पैदा गर्न सामाजिक सञ्जालमा आफ्ना अनुभवहरू साझा गर्न आह्वान गरे।

एक्समा पोस्टहरूको एक शृङ्खलामा उनले लेखे:

“आज भारतको लोकतान्त्रिक इतिहासको सबैभन्दा कालो अध्याय मध्ये एक, आपतकाल लागू भएको पचास वर्ष पूरा भएको छ। भारतका जनताले यस दिनलाई संविधान हत्या दिवसको रूपमा मनाउँछन्। यस दिन, भारतीय संविधानमा निहित मूल्यहरूलाई दरकिनार गरिएको थियो, मौलिक अधिकारहरूलाई निलम्बन गरियो, प्रेसको स्वतन्त्रतालाई समाप्त पारियो र धेरै राजनीतिक नेताहरू, सामाजिक कार्यकर्ताहरू, विद्यार्थीहरू र साधारण नागरिकहरूलाई जेलमा हालियो। त्यति बेला सत्तामा रहेको कङ्ग्रेस सरकारले लोकतन्त्रलाई गिरफ्तार गरे जस्तै थियो! #संविधानहत्यादिवस”

“हाम्रो संविधानको भावनालाई कसरी उल्लङ्घन गरियो, संसदको आवाजलाई कसरी दबाइयो र अदालतहरूलाई कसरी नियन्त्रित गर्ने प्रयास गरियो भन्ने तरिका कुनै पनि भारतीयले कहिल्यै बिर्सने छैन। 42औँ संशोधन उनीहरूको षड्यन्त्रको एक प्रमुख उदाहरण हो। गरीब, सीमान्तकृत र दलितहरूलाई विशेष गरी निशाना बनाइएको थियो, जसमा उनीहरूको गरिमाको अपमान पनि सामेल थियो। #संविधानहत्यादिवस”

“हामी आपतकाल विरुद्धको लडाईँमा दृढ भएर उभिएका हरेक व्यक्तिलाई सलाम गर्छौँ! यी भारतभरिका मानिसहरू थिए, सबै क्षेत्रका, विविध विचारधाराका, जसले एकै उद्देश्यका साथ एकअर्कासँग मिलेर काम गरे: भारतको लोकतान्त्रिक संरचनाको रक्षा गर्न र हाम्रा ती आदर्शहरूलाई संरक्षित गर्न, जसका लागि हाम्रा स्वतन्त्रता सेनानीहरूले आफ्नो जीवन समर्पित गरे। यो उनीहरूको सामूहिक सङ्घर्ष नै थियो जसले तत्कालीन कङ्ग्रेस सरकारलाई लोकतन्त्र बहाल गर्न पर्यो र नयाँ चुनाउ गराउन बाध्य तुल्यायो, जसमा उनीहरूले नराम्रो प्रकारले हार्नुपऱ्यो। #संविधानहत्यादिवस”

“हामी आफ्नो संविधानमा रहेका सिद्धान्तहरूलाई मजबुत बनाउने र एक विकसित भारतको आफ्नो दृष्टिकोणलाई साकार पार्नका लागि मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पनि दोहोऱ्याउँछौँ। हामी प्रगतिको नयाँ उँचाइमा पुग्न सकौँ अनि गरीब र दलितहरूको सपनालाई पूरा गर्न सकौँ। #संविधानहत्यादिवस”

“जब आपतकाल लगाइएको थियो, तब म एक युवा आरएसएस प्रचारक थिएँ। आपतकाल विरोधी आन्दोलन मेरो लागि सिक्ने अनुभव थियो। यसले हाम्रो लोकतान्त्रिक ढाँचालाई संरक्षित गर्ने महत्तालाई पुन: पुष्टि गऱ्यो। यसका साथै समय बित्दै जाँदा मैले राजनीतिक क्षेत्रका मानिसहरूबाट धेरै कुरा सिक्न पाएँ। मलाई खुशी छ कि ब्लूक्राफ्ट डिजिटल फाउण्डेशनले ती अनुभवहरू मध्ये केहीलाई एक पुस्तकको रूपमा सङ्कलन गरेको छ, जसको प्रस्तावना श्री एचडी देवेगौडा जीद्वारा लेखिएको छ, जो आफैं आपतकालीन विरोधी आन्दोलनका एक अग्रणी व्यक्ति थिए।

@BlueKraft 

@H_D_Devegowda

#SamvidhanHatyaDiwas”

“‘द इमर्जेन्सी डायरीज’ ले आपतकालीन वर्षहरूको क्रममा मेरो यात्राको वर्णन गर्दछ। यसले त्यस समयका धेरै सम्झनाहरूलाई ताजा बनायो।

“म ती सबै मानिसहरूलाई आग्रह गर्दछु, जसले आपतकालीनका ती काला दिनहरूलाई याद गर्दछन् वा जसका परिवारले त्यस समयमा कष्ट झेलेका छन्, उनीहरूले आफ्नो अनुभव सामाजिक सञ्जालमा साझा गरून्। यसले 1975 देखि 1977 सम्मको लज्जाजनक समयको बारेमा युवाहरूमा जागरूकता पैदा गर्नेछ।

#संविधानहत्यादिवस”

********


(Release ID: 2139432)