प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले भारतमा पूर्वाधार क्रान्तिको 11 वर्ष प्रकाश पारेका छन्
Posted On:
11 JUN 2025 10:17AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राष्ट्रलाई अग्रगामी दिशामा अग्रसर गराउने 11 वर्षको पूर्वाधार क्रान्ति, दसकभन्दा बढी अवधिको रूपान्तरणकारी पूर्वाधार विकासको उत्सव मनाउँदै, भारतको विकास यात्राको उल्लेखनीय कोशेढुङ्गा रेखाङ्कित गरेका छन्। रेलवे, राजमार्ग, जलपोत अनि वायुपोत लगायतका पूर्वाधारमा भारतको अभूतपूर्व फड्कोमाथि प्रधानमन्त्री श्री मोदीले जोड दिएका छन्, जसले उन्नत कनेक्टिभिटी, आर्थिक विस्तार अनि जीवनको सहजतामा सुधार ल्याउँदै नागरिकहरूका लागि उन्नत समृद्धि सुनिश्चित गरेको छ।
आउँदो पिँढीको पूर्वाधारतर्फ भारतले जोड दिने काम वहनीयता अनि दीर्घकालीन परिकल्पनामा आधारित हुनका साथै आत्मनिर्भरताको जग बसाल्ने काम भइरहेको उनले दोहोऱ्याएका छन्।
माइगफइण्डियामा एउटा अलग पोस्टको जवाफ दिँदै श्री मोदी लेख्छन् :
“भारतको विकास पथलाई अघि बढाउने अभूतपूर्व पूर्वाधारहरू जुटाउने प्रक्रियाको #11YearsOfInfraRevolution बितेको छ। रेलवेदेखि राजमार्ग, जलपोतदेखि हवाईपोतसम्म, भारतले तेज गतिमा पूर्वाधार सञ्जाल विस्तार गर्दै जीवनको सहजतालाई बढावा दिनका साथै समृद्धि बढाइरहेको छ।”
“नयाँ पिँढीको पूर्वाधारमाथि भारतको जोड वहनीयता अनि दीर्घकालीन परिकल्पनाद्वारा सञ्चालित छ। यसले आत्मनिर्भर भारतको जग राखिरहेको छ।“
#11YearsOfInfraRevolution”
*****
(Release ID: 2135633)
Read this release in:
Odia
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Manipuri
,
Bengali
,
Bengali-TR
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam