प्रधानमन्त्रीको कार्यालय
पीएमले 29 र 30 मईको दिन सिक्किम, पश्चिम बङ्गाल, बिहार र उत्तर प्रदेशको दौडाहा गर्ने
पीएमले “सिक्किम@50 मा भाग लिनेछन्, जहाँ प्रगतिले उद्देश्यसँग भेटवार्ता गर्दै प्रकृतिले विकासलाई पोषित गर्दछ
पीएमले पश्चिम बङ्गालको अलिपुरद्वार जिल्ला अन्तर्गत अलिपुरद्वार र कूचबिहारमा शहरी ग्यास वितरण परियोजनाको शिलान्यास गर्नेछन्
पीएमले बिहारको कराकतमा ₹48,520 करोड बराबर लागतका विविध विकास परियोजनाको उद्घाटन, शिलान्यास एवं राष्ट्रलाई समर्पित गर्नेछन्
पीएमले उत्तर प्रदेशको कानपुर नगरमा ₹20,900 करोड बराबर लागतका विविध परियोजनाको शिलान्यास एवं उद्घाटन गर्नेछन्
Posted On:
28 MAY 2025 10:00AM by PIB Gangtok
नयाँ दिल्ली, 28 मई 2025।
प्रधानमन्त्री नरेन्द्र मोदीले 29 र 30 मईको दिन सिक्किम, पश्चिम बङ्गाल, बिहार र उत्तर प्रदेशको दौडाहा गर्नेछन्।
प्रधानमन्त्रीले 29 मईको दिन सिक्किमको दौडाहा गरी “सिक्किम@50 : जहाँ प्रगतिले उद्देश्यसँग भेटवार्ता गर्दै प्रकृतिले विकासलाई पोषित गर्दछ” कार्यक्रममा बिहान करिब 11 बजे भाग लिनेछन्। उनले सिक्किममा विविध विकास परियोजनाको शिलान्यास एवं उद्घाटन गर्दै यस अवसरलाई सम्बोधित गर्नेछन्।
यसपछि, प्रधानमन्त्रीले पश्चिम बङ्गालको दौडाहा गर्नेछन्, जहाँ उनले दिउँसो 2.15 बजेतिर अलिपुरद्वार जिल्लाको अलिपुरद्वार र कूचबिहारमा शहरी ग्यास वितरण परियोजनाको शिलान्यास गर्नेछन्।
यसपश्चात् प्रधानमन्त्रीले बिहारको दौडाहा गर्दै साँझ 5.45 बजे पटना हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नेछन्।
30 मईको दिन, बिहान 11 बजे प्रधानमन्त्रीले बिहारको कराकतमा ₹48,520 करोड बराबर लागतका विभिन्न विकास परियोजनाको उद्घाटन, शिलान्यास अनि राष्ट्रलाई सम्बोधित गर्नेछन्। उनले जनसभालाई पनि सम्बोधित गर्नेछन्।
यसपछि प्रधानमन्त्रीले उत्तर प्रदेशको दौडाहा गर्नेछन्, जहाँ उनले कानपुर नगरमा करिब 2.45 बजे अपरान्ह ₹20,900 करोड बराबर लागतका विभिन्न विकास परियोजनाहरूको शिलान्यास एवं उद्घाटन गर्नेछन्। यहाँ उनले जनसभालाई पनि सम्बोधित गर्नेछन्।
सिक्किममा पीएम
राज्य बनेको गौरवमय 50 वर्षको अवसरमा प्रधानमन्त्री “सिक्किम@50 : जहाँ प्रगतिले उद्देश्यसँग भेटवार्ता गर्दै प्रकृतिले विकासलाई पोषित गर्दछ” कार्यक्रममा सहभागी बन्नेछन्। सिक्किम सरकारले सिक्किमको समृद्ध संस्कृति, परम्परा, प्राकृतिक सौन्दर्य अनि इतिहासको सारको उत्सव मनाउन “सुनौलो, समृद्ध अनि समर्थ सिक्किम” ध्येयवाक्य अन्तर्गत वर्षदिन लामो शृङ्खलागत गतिविधिहरू आयोजित गर्ने योजना बनाएको छ।
प्रधानमन्त्रीले सिक्किममा विविध विकास परियोजनाको शिलान्यास एवं उद्घाटन पनि गर्नेछन्। परियोजनामा नाम्चीको ₹750 करोड लागतको 500 पलङ क्षमताको जिल्ला अस्पताल, गेजिङ जिल्ला अन्तर्गत पेलिङको साङ्गाचोइलिङमा यात्रीवाहक घिर्लिङ, गान्तोक जिल्ला अन्तर्गत साङखोलाको अटल अमृत उद्यानमा भारत रत्न अटलबिहारी वाजपेयीको सालिग लगायत अन्य सामेल छन्।
प्रधानमन्त्रीले राज्य बनेको 50 वर्षको अवसरमा स्मारक मोहर, स्मृति सिक्का अनि मुद्राङ्क पनि लोकार्पण गर्नेछन्।
पश्चिम बङ्गालमा पीएम
भारतमा शहरी ग्यास वितरण (सीजीडी) नेटवर्क विस्तार गर्ने महत्त्वपूर्ण कदम अनुरूप, प्रधानमन्त्रीले पश्चिम बङ्गालको अलिपुरद्वार र कूचबिहारमा सीजीडी परियोजनाको निम्ति शिलान्यास गर्नेछन्। कूल ₹1010 करोडभन्दा धेरै लागतको परियोजनाले 2.5 लाख परिवार, 100 भन्दा धेरै वाणिज्यिक प्रतिष्ठान एवं उद्योगलाई पाइपको माध्यमद्वारा प्राकृतिक ग्यास (पीएनजी) प्रदान गर्नका अतिरिक्त सरकारद्वारा निर्धारित न्यूनतम कार्य कार्यक्रम (एमडब्लुपी) लक्ष्य अनुरूप 19 वटा सीएनजी स्टेशन स्थापित गरी वाहनहरूलाई स्पीडित प्राकृतिक ग्यास (सीएनजी) प्रदान गर्नेछ। यसले क्षेत्रमा सुविधा, विश्वसनीयता, पर्यावरणमैत्री अनि किफायती इन्धनको आपूर्ति गर्दै रोजगार अवसरहरू सिर्जना गर्नेछ।
बिहारमा पीएम
29 मईको दिन प्रधानमन्त्रीले पटना हवाई अड्डाको नवनिर्मित यात्री टर्मिनलको उद्घाटन गर्नेछ। करिब ₹1,200 करोडको लागतमा निर्मित नयाँ टर्मिनलले वर्षमा 1 करोडभन्दा धेरै यात्रीको भार वहन गर्नेछ। उनले ₹1,410 करोड बराबर लागतको बिहटा हवाई अड्डाको नयाँ सिभिल एन्क्लेभको पनि शिलान्यास गर्नेछन्। बिहटा हवाई अड्डाले पटना नजिक आइआइटी पटना अनि प्रस्तावित एनईटी पटना क्याम्पससहित शिक्षा केन्द्रका रूपमा तेज गतिले उदाइरहेको शहरलाई सेवा प्रदान गर्नेछ।
30 मईको दिन प्रधानमन्त्रीले कराकतमा ₹48,520 करोड बराबर लागतका विविध विकास परियोजनाको उद्घाटन, शिलान्यास एवं राष्ट्रलाई समर्पण गर्नेछन्।
क्षेत्रमा विद्युत पूर्वाधारलाई बढावा दिँदै प्रधानमन्त्रीले औरङ्गाबाद जिल्लामा ₹29,930 करोड बराबर लागतको नवीनगर सुपर थर्मल पावर प्रोजेक्ट, चरण-2 (3x800 एमडब्लु) को शिलान्यास गर्नेछन्, जुन बिहारका साथै पूर्वी भारतमा ऊर्जा सुरक्षा सुनिश्चित गर्न लक्षित छ। यसले औद्योगिक विकासलाई बढावा दिनका साथै रोजगार अवसरहरू सिर्जना गरी क्षेत्रमा सुपथ विद्युत आपूर्ति गर्नेछ।
क्षेत्रमा सडक पूर्वाधार अनि कनेक्टिभिटीलाई बढावा दिन, प्रधानमन्त्रीले एनएच-119ए को पटना-आरा-सासाराम खण्डलाई 4 मार्गी बनाउने, बनारस-राँची-कोलकाता राजमार्ग (एनएच-319-बी) 6 मार्गी बनाउने र रामनागर-काछी दरगाह (एनएच-119-डी) लगायत बक्सर अनि भरौलीमा गङ्गा नदीमाथि नयाँ पुल निर्माणको निम्ति शिलान्यास गर्नेछन्। यी परियोजनाहरूले कारोबार अनि क्षेत्रीय कनेक्टिभिटीलाई बढावा दिनका साथै राज्यमा निर्बाध उच्च गतिको गलियारा सिर्जना गर्नेछ। उनले ₹5,520 करोड लागतको एनएच-22 अन्तर्गत पटना-गया-डोबी खण्डलाई चार मार्गी बनाउने परियोजनाका साथमा एनएच-27 अन्तर्गत गोपालगञ्ज शहरमा अग्लो बनाइएको राजमार्गलाई चार मार्गी बनाउने र स्तर सुधार लगायत अन्य परियोजना पनि उद्घाटन गर्नेछन्।
देशभरी रेल पूर्वाधारमा सुधार ल्याउने प्रतिबद्धता अनुरूप, प्रधानमन्त्रीले अन्यका साथसाथै ₹1,330 करोड बराबर लागतको सोन नगर र मोहम्मदगञ्जबीच तेस्रो रेल लाइन राष्ट्रलाई समर्पित गर्नेछन्।
उत्तर प्रदेशमा पीएम
प्रधानमन्त्रीले क्षेत्रको पूर्वाधार अनि केन्क्टिभिटी बढाउने उद्देश्यका साथ विविध विकास परियोजनाको शिलान्यास एवं उद्घाटन गर्नेछन्। उनले कानपुर मेट्रो रेल परियोजनाको कानपुर सेन्ट्रल मेट्रो स्टेशन खण्डमा ₹2,120 करोड बराबर लागतको चुन्नीगञ्ज मेट्रो स्टेशनको उद्घाटन गर्नेछन्। यसमा 14 वटा नियोजित स्टेशनका साथमा पाँचवटा नयाँ भूमिगत स्टेशन सामेल रहनेछ, जसले प्रमुख शहरी स्थल अनि वाणिज्यिक केन्द्रलाई मेट्रो नेटवर्कसँग जोड्नेछ। यसबाहेक उनले जीटी मार्गको विस्तार एवं सुदृढिकरण कार्य पनि उद्घाटन गर्नेछन्।
क्षेत्रमा विद्युत उत्पादन क्षमता बढाउन, विविध परियोजना ग्रहण गरिनेछ। प्रधानमन्तरीले यमुना एक्सप्रेसवे इण्डस्ट्रियल डेभेलपमेन्ट अथोरिटी (वाईईआइडीए), गौतम बुद्धनगरको सेक्टर 28 मा क्षेत्रको बढ्दो ऊर्जाको माग पूरा गर्न 220 केभी उपकेन्द्रको निम्ति शिलान्यास गर्नेछन्। उनले ग्रेटर नोयडाको ईकोटेक-8 र ईकोटेक-10 मा ₹320 करोड बराबर लागतके 132 केभी उपकेन्द्र पनि उद्घाटन गर्नेछन्।
प्रधानमन्त्रीले उत्तर प्रदेशको ऊर्जा क्षमता बढाउन ₹8,300 करोड बराबर लागतको कानपुरमा 660 मेगावाट पङ्की थर्मल पावर एक्सटेन्सन प्रोजेक्ट पनि उद्घाटन गर्नेछन्। उनले विद्युत आपूर्तिलाई उल्लेखनीय रूपमा बढाउने ₹9,330 करोड बराबर लागतको घातमपुर थर्मल पावर प्रोयजेक्टको तीनवटा 660 मेगावाट एकाइ पनि उद्घाटन गर्नेछन्।
प्रधानमन्त्रीले कानपुरमा पङ्की मार्गको कल्याणपुर पङ्की मन्दिरमा पङ्की धाम फाटक र पङ्की विद्युत गृह रेलवे फाटकमा उपरगामी पुलको पनि उद्घाटन गर्नेछन्। यसले स्थानीय जनमानसका लागि ट्राफिकको भीड घटाउँदै कोइला अनि तेलको ढुवानी सुगम बनाएर पङ्की थर्मल पावर एक्सटेन्सन प्रोजेक्ट लजिस्टिक्सलाई सहयोग पुऱ्याउनेछ।
प्रधानमन्त्रीले कानपुरको बिङ्गावनमा ₹290 करोड बराबर लागतको 40 एमएलडी (मिलियन लिटर प्रति दिन) तृतीयक शोधन संयन्त्र पनि उद्घाटन गर्नेछन्। यसले शोधन गरिएको ढलको पानी पुनः प्रयोगमा ल्याउन, जल संरक्षणलाई प्रोत्साहित गर्न र क्षेत्रमा वहनीय संसाधन प्रबन्धनलाई समर्थ बनाउनेछ।
क्षेत्रमा सडक पूर्वाधारलाई बढावा दिन प्रधानमन्त्रीले कानपुर नगर जिल्लामा औद्योगिक विकासको निम्ति गौरिया पाली मार्गको विस्तार एवं सुदृढिकरणका साथै कानपुर नगर जिल्लामा रक्षा गलियारा अन्तर्गत कानपुर रक्षा नोड (4 मार्गी) लाई प्रयागराज राजमार्गसँग नरवाल मोडलाई (एएच-1) जोड्ने मार्गको विस्तार एवं सुदृढिकरणको निम्ति शिलान्यास गर्नेछन्, जसले रक्षा गलियाराका लागि कनेक्टिभिटीलाई उल्लेखनीय सुधार ल्याउँदै सुगम्यता अनि लजिस्टिक्सलाई पनि बढाउनेछ।
प्रधानमन्त्रीले पीएम आयुष्मान वयवन्दना योजना, राष्ट्रिय आजीविका मिशन र पीएम सूर्यघर मुफ्त बिजली योजनाका लाभार्थीहरूलाई प्रमाणपत्र अनि चेक पनि वितरण गर्नेछन्।
******
(Release ID: 2131886)
Read this release in:
Malayalam
,
Assamese
,
Bengali
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali-TR
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada