प्रधानमन्त्रीको कार्यालय
राजस्थानको बिकानेरमा विकास कार्यहरूको शिलान्यास तथा उद्घाटनको अवसरमा प्रधानमन्त्रीको सम्बोधनको मूलपाठ
Posted On:
22 MAY 2025 3:31PM by PIB Gangtok
भारत माता की जय!
भारत माता की जय!
भारत माता की जय!
थाने सगलां ने राम-राम!
राजस्थानका राज्यपाल हरिभाऊ बागडेजी, यहाँका लोकप्रिय मुख्यमन्त्री श्रीमान भजन लालजी, पूर्व मुख्यमन्त्री बहिनी वसन्धरा राजेजी, केन्द्रिय क्याबिनेटमा मेरा साथी अश्विनी वैष्णवजी, अर्जुराम मेघवालजी, राजस्थानका उपमुख्यमन्त्री दीया कुमारीजी, प्रेमचन्दजी, राजस्थान सरकारका अन्य मन्त्रीगण, संसदमा मेरा साथी मदन राठौरजी, अन्य सांसद अनि विधायकगण, अनि मेरा प्यारा भाइ-बहिनीहरू।
तपाईंहरू यहाँ यति विशाल सङ्ख्यामा आउनुभएको छ, यति भयङ्कर गर्मीका बीच। अनि आज यस कार्यक्रमबाट देशको 18 राज्य अनि केन्द्र शासित प्रदेशबाट पनि लाखौं मानिस अनलाइन आज यहाँ हामीसँग जोडिएका छन्। अनेकौं राज्यका राज्यपाल, मुख्यमन्त्री, लेफ्टिनेन्ट गभर्नर, अन्य जनप्रतिनिधि आज हामीसँग छन्। म देशभरीबाट जोडिएका सबै महानुभवहरूलाई, जनता-जनार्दनलाई अभिनन्दन गर्न चाहन्छु।
भाइ अनि बहिनीहरू,
म यहाँको करणी माताको आशीर्वाद लिएर तपाईंहरूका बीचमा आएको छु। करणी माताको आशीर्वादबाट विकसित भारत बन्ने हाम्रो सङ्कल्प अझ प्रबल भइरहेको छ। केही समयअघि, विकाससँग जोडिएका 26 हजार करोड रुपियाँ बराबरका परियाजोनाहरूको यहाँ शिलान्यास अनि लोकार्पण गरियो। म यी परियोजनाहरूका लागि देशवासीहरूलाई, राजस्थानका मेरा भाइ-बहिनीहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु।
साथीहरू,
विकसित भारत बन्नका लागि आज देशमा आधुनिक पूर्वाधार बनाउने धेरै ठूलो महायज्ञ चलिरहेको छ। हाम्रो देशको सडकहरू आधुनिक होस्, हामरो देशको एयरपोर्ट आधुनिक होस्, हाम्रो यहाँ रेल अनि रेलवे स्टेशन आधुनिक होस्, यसका लागि विगत 11 वर्षमा अभूतपूर्व गतिले काम गरिएको छ। तपाईंहरूले कल्पना गर्नसक्नु हुन्छ, पूर्वाधारका यी कामहरूमा देशले पहिले जति पैसा खर्च गर्थ्यो, आज त्यसभन्दा 6 गुणा धेरै पैसा खर्च गरिरहेको छ, 6 गुणा धेरै। आज भारतमा भइरहेका यी विकास कार्यहरूलाई देखेर विश्व चकित बनेको छ। तपाईंहरू उत्तरमा जानुभए, चिनाब ब्रिज जस्ता निर्माण देखेर मानिसहरू चकित छन्। पूर्वतिर जाँदा अरुणाचलको सेला टनल, आसमको बोगीबिल ब्रिजले तपाईंलाई स्वागत गर्दछ। पश्चिम भारतमा जाँदा, मुम्बईको समुद्रमा बनेको अटल सेतु नजर आउँछ। सुदूर दक्षिणमा पम्बन ब्रिज देखिनेछ, जुन यस प्रकारको देशको पहिलो ब्रिज हो।
साथीहरू,
आज भारतले आफ्नो ट्रेनहरूको नेटवर्कलाई पनि आधुनिक बनाइरहेको छ। यो वन्दे भारत ट्रेन, अमृत भारत ट्रेन, नमो भारत ट्रेन, यी सबैले देशको नयाँ गति अनि नयाँ प्रगतिलाई दर्शाउँछ। अहिले देशमा करिब 70 वटा रूट्समा वन्दे भारत ट्रेन चलिरहेका छन्। यसद्वारा सुदूर इलाकाहरूमा पनि आधुनिक रेल पुगेको छ। बितेका 11 वर्षमा सयकडौं रोड ओभरब्रिज अनि रोड अण्डरब्रिज निर्माण गरियो। चौंतीस हजार किलोमिटरभन्दा धेरै नयाँ रेल पटरी बिछ्याइएका छन्। अब ब्रड गेज लाइनमा मानवरहित क्रसिङ्स, त्यो कुरा इतिहास बनिसकेको छ, समाप्त भइसकेको छ। हामी रेलगाडीहरूका लागि अलग रूपमा स्पेशल पटरी, समर्पित माल ढुवानी गलियाराको कामलाई पनि तेजीका साथ पूरा गरिरहेका छौं। देशको पहिलो बुलेट ट्रेन प्रोजेक्टमाथि काम चलिरहेको छ। र यी सबैका साथै हामीले एक साथ देशका करिब 1300 भन्दा धेरै रेलवे स्टेशनलाई पनि आधुनिक बनाइरहेका छौं।
साथीहरू,
आधुनिक भइरहेका यी रेलवे स्टेशनहरूलाई देशले अमृत भारत स्टेशनको नाम दिएको छ। आज यीमध्ये 100 भन्दा धेरै अमृत भारत स्टेशन बनेर तयार भइसकेका छन्। सोशल मिडियामा पनि मानिसहरूले देखिरहेका छन्, यी रेलवे स्टेशनहरू पहिले कुन हालतमा थियो र अहिले कसरी यिनीहरूको तस्वीर बद्लिएका छन्।
साथीहरू,
विकास पनि, विरासत पनि, यस मन्त्रलाई यी अमृत भारत रेलवे स्टेशनहरूमा, त्यसको दृश्य स्पष्ट देखिन्छ। ती स्थानीय कला अनि संस्कृतिका पनि नयाँ प्रतीक हुन्। जस्तै राजस्थानको माण्डलगढ रेलवे स्टेशनमा महान राजस्थानी कला-संस्कृतिको दर्शन हुनेछ, बिहारको थावे स्टेशनमा माँ थावेवालीको पावन मन्दिर र मधुबनी चित्रकला दर्शाइएको छ। मध्य प्रदेशको ओरछा रेलवे स्टेशनमा तपाईंहरूले भगवान रामको आभाको आभास गर्नुहुनेछ। श्रीरङ्गम स्टेशनको डिजाइन, भगवान श्रीरङ्गनाथ स्वामीजीको मन्दिरबाट प्रेरित छ। गुजरातको डाकोर स्टेशन, रणछोडरायजीबाट प्रेरित छ। तिरुवण्णामलै स्टेशन, द्राविड वास्तुकला अनुसार डिजाइन गरिएको छ। बेहमपेट स्टेशनमा तपाईंहरूले काकतीय साम्राज्यको समयको वास्तुकला देख्नुहुनेछ। अर्थात्, हरेक अमृत स्टेशनमा तपाईंलाई भारतको हजारौं साल पुराना विरासतको दर्शन पनि हुनेछ। यी स्टेशनहरू, हरेक राज्यमा पर्यटनलाई पनि बढावा दिने माध्यम बन्नेछन्, नवजवानहरूलाई रोजगारको नयाँ मौका दिनेछन्। र म ती शहरहरूका नागरिकहरूलाई, रेलवेमा यात्रा गर्ने यात्रीहरूलाई प्रार्थना गर्न चाहन्छु, यी सबै सम्पत्तिका मालिक तपाईंहरू हुनुहुन्छ, कहिले पनि त्यहाँ फोहोर नहोस्, यस सम्पत्तिको नोक्सान नहोस्, किनभने तपाईं नै त्यसका मालिक हुनुहुन्छ।
साथीहरू,
पूर्वाधार बनाउनका लागि जुन पैसा सरकारले खर्च गर्दछ, त्यसले रोजगार पनि सिर्जना गर्दछ, व्यापार-कारोबार पनि बढाउँदछ। जुन हजारौं करोड रुपियाँ सरकारले लगाइरहेको छ, त्यो पैसा मजदूरको गोजीमा पनि गइरहेको छ। त्यो पसलेले पनि पाइरहेका छन् र पसल अनि फ्याक्ट्रीमा काम गर्नेहरूले पनि पाइरहेका छन्। बालुवा, गिटी, सिमेन्ट, यी सबै सामान ढुवानी गर्ने ट्रक-ट्याम्पो चलाउनेहरूलाई पनि यसबाट फाइदा भइरहेको छ। किसानहरूको उब्जनी कम मूल्यमा बजारसम्म पुग्दछ, वेस्टेज कम्ति हुँदछ। जहाँ सडक राम्रो हुन्छ, नयाँ ट्रेनहरू पुग्दछ, त्यहाँ नयाँ उद्योग स्थापित हुँदछ, पर्यटनले बढावा पाउँदछ, अर्थात् पूर्वाधारमाथि लाग्ने पैसाबाट हरेक परिवारको, विशेष गरी हाम्रा नवजवानहरूलाई सबैभन्दा धेरै फाइदा हुँदछ।
साथीहरू,
पूर्वाधारमाथि जुन काम भइरहेको छ, त्यसको ठूलो फाइदा हाम्रो राजस्थानले पनि पाइरहेको छ। आज राजस्थानको गाउँ-दाउँमा राम्रो सडक बनिरहेका छन्। बर्डरका इलाकाहरूमा पनि शानदार सडक बनिरहेका छन्। यसका लागि बितेको 11 सालमा केवल राजस्थानमा करिब करिब 70 हजार करोड रुपियाँ खर्च गरिएको छ। राजस्थानमा रेलवेको विकासका लागि पनि केन्द्र सरकारले यस साल करिब 10 हजार करोड रुपियाँ खर्च गर्नेछ। यो 2014 भन्दा पहिलेको तुलनामा 15 गुणा धेरै हो। केही बेरअघि, यहाँबाट मुम्बईको निम्ति एउटा नयाँ ट्रेनलाई हरियो झण्डी देखाइयो। आज नै कैयौं इलाकामा स्वास्थ्य, जल अनि बिजुलीसँघ जोडिएका योजनाहरूको शिलान्यास अनि लोकार्पण गरियो। यी सबै प्रयासको लक्ष्य हो हाम्रो राजस्थानका शहर होस् वा गाउँ, तेजीका साथ उन्नतिको दिशामा अघि बढ्नसकून्। राजस्थानका युवाहरूलाई उनीहरूकै शहरमा राम्रो अवसर प्राप्त हुनसकोस्।
साथीहरू,
राजस्थानको औद्योगिक विकासका लागि पनि डबल इञ्जिनको सरकारले तेजीका साथ काम गरिरहेको छ। अलग-अलग क्षेत्रका लागि यहाँ भजन लालजीको सरकारले नयाँ औद्योगिक नीतिहरू जारी गरेको छ। बीकानेरले पनि यी नीतिहरूको फाइदा पाउनेछ, र तपाईंहरूलाई थाहा भएकै कुरा हो, जब बीकानेरको कुरा उठ्छ, तब बीकानेरी भुजियाको स्वाद र बीकानेरी रसगुल्लाको मिठासले विश्वभरी आफ्नो पहिचान बनाउनेछ पनि अनि बढाउनेछ पनि। राजस्थानको रिफाइनरीको काम अन्तिम चरणमा छ। यसबाट राजस्थान पेट्रोलियम आधारित उद्योगहरूको प्रमुख केन्द्र बन्नेछ। अमृतसरदेखि जामनगरसम्म जुन 6 लेनको ईकोनमिक करिडोर बनिरहेको छ, त्यो राजस्थानमा श्रीगङ्गानगर, हनुमानगढ, बीकानेर, जोधपुर, बाडमेर अनि जालौरबाट गुज्रिनेछ। दिल्ली-मुम्बई द्रूतमार्गको काम पनि राजस्थानमा लगभग पूरा भइसकेको छ। कनेक्टिभिटीको यस अभियानले राजस्थानमा औद्योगिक विकासलाई नयाँ उँचाईमा लैजानेछ।
साथीहरू,
राजस्थानमा पीएम सूर्यघर निःशुल्क बिजुली योजना पनि तेजीका साथ अघि बढिरहेको छ। यस योजनामा राजस्थानका 40 हजारभन्दा धेरै मानिस जोडिसकेका छन्। यसबाट मानिसहरूको बिजुलीको बिल जीरो भएको छ, र मानिसहरूले सोलर बिजुली उत्पन्न गरी कमाईको नयाँ बाटो पनि पाएका छन्। आज यहाँ बिजुलीसँग जोडिएका कैयौं परियोजनाको शिलान्यास अनि लोकार्पण गरियो। यसबाट पनि राजस्थानलाई अरू धेरै बिजुली प्राप्त हुनेछ। बिजुलीको बढ्दो उत्पादनले पनि राजस्थानमा औद्योगिक विकासलाई नयाँ गति दिइरहेको छ।
साथीहरू,
राजस्थानको यो भूमि, बालुवाको मैदानमा हरियाली ल्याउने महाराजा गङ्गा सिंहजीको भूमि हो। हाम्रो निम्ति पानीको के महत्त्व छ, यो यस क्षेत्रभन्दा राम्ररी अरू कसलाई थाहा होला र। हाम्रो बीकानेर, श्रीगङ्गानगर, हनुमानगढ, पश्चिम राजस्थानका यस्ता अनेकौं क्षेत्रको विकासमा पानीको धेरै ठूलो महत्त्व छ। यसैले, एकातिर हामी सिञ्चाई परियोजनालाई पूरा गरिरहेका छौं र साथै नदीहरूलाई पनि जोड्ने काम गरिरहेका छौं। पार्वती-कालीसिन्ध-चम्बल लिङ्क परियोजनाले राजस्थानका अनेकौं जिल्लालाई फाइदा हुनेछ, यहाँको धरती, यहाँका किसानलाई फाइदा हुनेछ।
साथीहरू,
राजस्थानको यस वीर धरतीले हामीलाई देश अनि देशवासीभन्दा ठूलो केही हुँदैन भन्ने सिकाउँछ। 22 अप्रेलको दिन आतङ्कवादीहरूले धर्म सोध्दै हाम्रा बहिनीहरूको सिउँदोको सिन्दूर उजाडेको थियो। त्यो गोली पहलगाममा चलेको थियो, तर ती गोलीहरूबाट 140 करोड देशवासीको छात्ती छिचोलिएको थियो। यसपछि हरेक देशवासीले एकजुट भएर, आतङ्कवादीहरूलाई माटोमा मिलाउनेछौं, तिनीहरूलाई कल्पना गरेभन्दा पनि ठूलो सजाय दिनेछौं भनी सङ्कल्प लिएका थिए। आज तपाईंहरूको आशीर्वादले, देशको सेनाको शौर्यले, हामी सबै त्यस प्रणमा खरो उत्रेका छौं, हाम्रो सरकारले तीनै सेनालाई खुल्ला छूट दिएको थियो, र तीनै सेनाले मिलेर यस्तो चक्रव्यूह रच्यो, जसबाट पाकिस्तान घुँडा टेक्न बाध्य भयो।
साथीहरू,
22 तारिकको हमलाको जवाफमा हामीले 22 मिनटमा आतङ्कीहरूको 9 वटा सबैभन्दा ठूलो ठेगाना ध्वस्त पाऱ्यौं। विश्वले, अनि देशका दुश्मनहरूले पनि देख्यो, जब सिन्दूर, जब सिन्दूर बारूद बन्दछ, तब परिणाम के हुन्छ भन्ने।
साथीहरू,
यो संयोग नै हो, 5 सालअघि जब बालाकोटमा देशले एयर स्ट्राइक गरेको थियो, त्यसपछि, मेरो पहिलो जनसभा राजस्थानमै सीमामा भएको थियो। वीरभूमिको, वीरभूमिको यो तप हो कि यस्तो संयोग बन्ने गर्दछ, अब यसपटक जब अपरेशन सिन्दूर भयो, तब त्यसपछि मेरो पहिलो जनसभा फेरि यहाँ वीरभूमि, राजस्थानको सीमामा, बीकानेरमा तपाईंहरूका बीच भइरहेको छ।
साथीहरू,
चुरूमा मैले भनेको थिए, एयर स्ट्राइकपछि म यहाँ आएको थिए, तब मैले भनेको थिए, “कसम छ मलाई यस माटोको, म देशलाई मेटिन दिनेछैन, म देशलाई झुक्न दिनेछैन”। आज म राजस्थानको धरतीबाट देशवासीहरूलाई बढो नम्रताका साथ भन्न चाहन्छु, म देशको कुना-कुनामा जुन तिरङ्गा यात्राहरूमा भीड चलिरहेको छ, म देशवासीहरूलाई भन्न चाहन्छु, जो जो सिन्दूर मेटाउन निक्लेका थिए, जो सिन्दूर मेटाउन निक्लेका थिए, तिनीहरूलाई माटोमा मिलाएका छौं। जसले हिन्दुस्तानमा खुन बगाउँथ्यो, जसले हिन्दुस्तानमा खुन बगाउँथ्यो, आज एक-एक थोपाको हिसाब चुकाइएको छ। जसले सोच्थ्यो, जसले सोच्थ्यो, भारत चूप रहनेछ, आज तिनीहरू घरमा पुच्छर लुकाएर बसेका छन्, जसले आफ्नो हतियारमाथि घमण्ड गर्थे, जसले आफ्नो हतियारमाथि घमण्ड गर्थे, आज तिनीहरू अवशेषको थुप्रोमा दबेका छन्।
मेरा प्यारा देशवासीहरू,
यो शोध-प्रतिशोधको खेल होइन, यो शोध-प्रतिशोधको खेल होइन, यो न्यायको नयाँ स्वरूप हो, यो न्यायको नयाँ स्वरूप हो, यो अपरेशन सिन्दूर हो। यो केवल आक्रोश होइन, यो केवल आक्रोश होइन, यो समर्थ भारतको रौद्र रूप हो। यो भारतको नयाँ स्वरूप हो। पहिल, पहिले घरमा पसेर गरिएको थियो वार, पहिले घरमा पसेर गरिएको वार, अब सीधा छात्तीमा गऱ्यौं प्रहार। आतङ्कको फण कुल्चिने, आतङ्कको फण कुल्चिने, यही नीति हो, यही रीति हो, यही भारत हो, नयाँ भारत हो। भन्नुहोस् :-
भारत माता की जय।
भारत माता की जय।
भारत माता की जय।
साथीहरू,
अपरेशन सिन्दूरले आतङ्कवादलाई सल्ट्याउने तीन सूत्र तय गरेको छ। पहिलो, भारतमाथि आतङ्की हमला भए, नमिठो जवाफ पाउनेछ। समय हाम्रो सेनाले तय गर्नेछ, तरिका पनि हाम्रै सेनाले तय गर्नेछ र शर्त पनि हाम्रै हुनेछ। दोस्रो, एटम बमको चुत्थो धम्कीसँग भारत डराउनेछैन। र तेस्रो, हामी आतङ्कका अधिनायक अनि आतङ्कका हिमायती सरकारलाई अलग-अलग गरी हेर्नेछैनैं र एकै मान्नेछौं। पाकिस्तानको त्यो स्टेट अनि नन स्टेट एक्टरको खेल अब चल्नेछैन। तपाईंहरूले देख्नुभयो होला, सम्पूर्ण विश्वमा पाकिस्तानको पोलल खोल्नका लागि हाम्रो देशका सात अलग-अलग प्रतिनिधि मण्डल विश्वभरी पुगिरहेका छन्। र यसमा देशका सबै राजनीतिक दलका मानिसहरू छन्, विदेश नीतिका जानकारहरू छन्, गणमान्य नागरिकहरू छन्, अब पाकिस्तानको असली अनुहार सम्पूर्ण विश्वलाई देखाइनेछ।
साथीहरू,
पाकिस्तानले भारतसँग कहिले पनि सीधा लडाई जित्नसक्दैन। जब सीधा लडाई हुन्छ, तब बारम्बार पाकिस्तान परास्त हुनुपर्छ। यसैले पाकिस्तानले आतङ्कवादलाई भारत विरुद्ध लडाईको हतियार बनाएको छ। स्वतन्त्रतापछि, विगत कैयौं दसकदेखि यही चलिआएको थियो। पाकिस्तानले आतङ्क फैलाउँछ, निर्दोष मानिसहरूको हत्या गर्छ, भारतमा डरको वातावरण बनाउँछ, तर पाकिस्तानले एउटा कुरा बिर्सिएको छ, अब माँ भारतीका सेवक मोदी यहाँ छात्ती फुकाएर खडा छ। मोदीको दिमाग चिसो छ, चिसै रहन्छ, तर मोदीको खून गरम हुन्छ र अब त मोदीको नसामा खून नभएर गरम सिन्दूर बगिरहेको छ। अब भारतले स्पष्ट रूपमा भनेको छ, हरेक आतङ्की हमलाको पाकिस्तानले भारी मूल्य चुकाउनु पर्नेछ। र त्यो मूल्य पाकिस्तानको सेनाले चुकाउनेछ, पाकिस्तानको अर्थव्यवस्थाले चुकाउनेछ।
साथीहरू,
जब म दिल्लीबाट यहाँ आए, तब बीकानेरको नाल एयरपोर्टमा उत्रिए। पाकिस्तानले यस एयरबेसलाई पनि निशाना बनाउने कोशिश गरेको थियो। तर यस एयरबेसलाई रत्तीभरी पनि नोक्सान पुऱ्याउन सकेन। र अर्कातिर यहाँदेखि केही टाढा सीमापारि पाकिस्तानको रहीमयार खान एयरबेस जुन छ, थाहा छैन कहिले खोलिने हो, आसीयुमा पुगेको छ। भारतको सेनाको अचूक प्रहारले त्यस एयरबेसलाई तहस-नहस गरिदिएको छ।
साथीहरू,
पाकिस्तानसँग न त ट्रेड हुनेछ, न टक, यदि कुरा भए केवल पाकिस्तानको कब्जामा रहेको कश्मीरको, पीओकेको हुनेछ र यदि पाकिस्तानले आतङ्कीहरू एक्सपोर्ट गर्न जारी राखे, त्यसले एक-एक पाईको निम्ति तड्पिनुपर्नेछ। पाकिस्तानले भारतको हकको पानी पाउनेछैन, भारतीयहरूको खूनसँग खेल्नु, पाकिस्तानलाई अब महँगो पर्नेछ। यो भारतको सङ्कल्प हो, विश्वको कुनै पनि तागतले हामीलाई यस सङ्कल्पबाट डगमगाउन सक्नेछैन।
भाइ अनि बहिनीहरू,
विकसित भारतको निर्माणका लागि सुरक्षा अनि समृद्धि दुवै आवश्यक छ। यो तब मात्र सम्भव छ, जब भारतको कुना-कुना शक्तिसम्पन्न हुनेछ। आजको यो कार्यक्रम, भारतको सन्तुलित विकासको, भारतको तेज विकासको उदाहरण हो। म एकपटक फेरि यस वीर धरतीका सबै देशवासीलाई बधाई दिन चाहन्छु। मसँग भन्नुहोस्, दुवै मुट्ठी बन्द गरेर, पूरा तागत लगाएर भन्नुहोस् -
भारत माता की जय।
भारत माता की जय।
भारत माता की जय।
वन्दे मातरम। वन्दे मातरम।
वन्दे मातरम। वन्दे मातरम।
वन्दे मातरम। वन्दे मातरम।
वन्दे मातरम। वन्दे मातरम।
वन्दे मातरम। वन्दे मातरम।
वन्दे मातरम। वन्दे मातरम।
(अस्वीकृति : यो पीएमको भाषणको लगभग अनुवाद मात्र हो। मूल भाषण हिन्दीमा दिइएको थियो।)
*********
(Release ID: 2130618)
Read this release in:
English
,
Urdu
,
Hindi
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam