रक्षा मन्त्रालय
अपरेशन सिन्दूर : भारतीय सशस्त्र बलद्वारा आतङ्कवादी शिविरहरूमा सटीक निशाना साँध्दै आक्रमण गरियो
Posted On:
07 MAY 2025 1:44AM by PIB Gangtok
केही समयअघि, भारतीय सशस्त्र बलद्वारा “अपरेशन सिन्दूर” अन्तर्गत पाकिस्तान अनि पाकिस्तानको कब्जामा रहेको जम्मू-कश्मीरमा अवस्थित आतङ्कवादी ठेगानाहरूमा आक्रण गरियो, जहाँबाट भारतमाथि आक्रमण गर्ने षडयन्त्र रचेर त्यसलाई परिणाम दिइएको थियो।
कूल नौवटा ठेगानालाई निशाना बनाइयो।
हाम्रो कार्य केन्द्रित, परिमित अनि तनाउमुक्त हुन्छ। कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना बनाइएन। भारतले ती ठेगानाहरूको चयन गर्न र त्यसका विरुद्ध कार्वाही गर्न धेरै संयम देखाएको छ।
यो कदम पहलगाममा भएको क्रूर आतङ्कवादी हमलालाई ध्यानमा राख्दै उठाइएको हो, जसमा 25 भारतीय र एकजना नेपाली नागरिक मारिएका थिए। हामी यस हमलाका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेय ठहऱ्याउन प्रतिबद्ध छौं।
“अपरेशन सिन्दूर”बारे विस्तृत जानकारी आज प्रेस कन्फरेन्समा दिइनेछ।
********
(Release ID: 2127386)
Read this release in:
Khasi
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali
,
Assamese
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam