WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स 2025: एक जन आन्दोलन जसले हरेक क्रिएटरलाई स्टार बन्ने अधिकार दिन्छ


वेभ्स बजारले पायो शानदार सफलता; 3 दिनमा 3000+ बी2बी बैठक सहित 1328 करोड रुपियाँभन्दा अधिकको कारोबारी लेनदेन दर्ता गरियो; महाराष्ट्र सरकारले एम एण्ड ई क्षेत्रमा 8000 करोड रुपियाँको सम्झौता ज्ञापनमा हस्ताक्षर गऱ्यो

ग्लोबल मिडिया डायलगमा सदस्य देशहरूले वेभ्स घोषणापत्रलाई अपनाए

वेभएक्स स्टार्टअप एक्सेलेरेटरको हिस्साको रूपमा 50 करोड रुपियाँको निवेश पाइपलाइनमा छ

इण्डियन इन्स्टिट्युट अफ् क्रिएटिभ टेक्नोलोजी (आईआईसीटी) रचनात्मक अर्थतन्त्रको लागि क्षमता निर्माणमा माइलखुट्टी साबित हुनेछ

क्रिएट इन इण्डिया च्यालेन्जले भारतमा रचनात्मक अर्थतन्त्रलाई बढावा दिने वाचा गर्दछ

वेभ्स परियोजनामा ज्ञान रिपोर्टको अनावरण गरियो, रचनात्मक अर्थतन्त्रमा भारतको ठूलो छलाङ

 Posted On: 04 MAY 2025 7:48PM |   Location: PIB Gangtok

मुम्बई, 4 मई 2025

 

विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स 2025) को प्रिमियर संस्करण आज मुम्बईमा शानदार तरिकामा सम्पन्न भयो, जसमा प्रदर्शक, उद्योग गजतका नेता, स्टार्टअप्स, नीति निर्माता, शिक्षाविद् र आम जनताबाट अत्यधिक प्रतिक्रिया प्राप्त भयो। शिखर सम्मेलन मिडिया तथा मनोरञ्जन पारिस्थितिकी तन्त्रको लागि एक महत्त्वपूर्ण अभिसरण बिन्दुको रूपमा देखा पर्यो, जसमा उद्योगको हरेक क्षेत्रबाट - प्रसिद्ध कलाकार र प्रभावशाली सामग्री निर्माताहरूदेखि लिएर प्राविधिक नवोन्मेषक र कर्पोरेट नेताहरूसम्मको सहभागिता रहेको थियो। प्रदर्शनी, प्यानल चर्चा र बी2बी सहयोगहरूको जीवन्त मिश्रणको साथ, यस कार्यक्रममा उल्लेखनीय उपस्थिति देखियो र मिडिया तथा मनोरञ्जनको उदीयमान वैश्विक महाशक्तिको रूपमा भारतको स्थितिलाई पुन: पुष्टि गऱ्यो।

रचनात्मकता, प्रविधि र कहानी भन्ने उत्सव प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जियो वर्ल्ड कन्भेन्शन सेन्टरमा आयोजित एक तारा-जडित कार्यक्रममा यसको पहिलो संस्करणको उद्घाटनसँगै शुरु भयो। आफ्नो उद्घाटन सम्बोधनमा प्रधानमन्त्री मोदीले वेभ्स केवल एक संक्षिप्त रूप मात्र होइन, यो संस्कृति, रचनात्मकता र सार्वभौमिक सम्पर्कको लहर रहेको टिप्पणी गरे। प्रधानमन्त्रीले भने, भारत फिल्म निर्माण, डिजिटल कन्टेन्ट, गेमिङ, फेशन, सङ्गीत र लाइभ कन्सर्टको लागि एक वैश्विक केन्द्रको रूपमा उदाइरहेको छ। उनले विश्वका रचनाकारहरूलाई ठूला सपना देख्न र आफ्ना कहानीहरू सुनाउन आह्वान गरे; निवेशकहरूलाई प्लेटफर्महरूमा मात्र होइन, तर मानिसहरूमा निवेश गर्न आह्वान गरे र भारतीय युवाहरूलाई - आफ्ना एक बिलियन नभनिएका कहानीहरू संसारलाई सुनाउन आह्वान गरे। वेभ्सलाई भारतको अरेन्ज इकोनमीको बिहानी बताउँदै उनले युवाहरूलाई यो रचनात्मक उछालको नेतृत्व गर्न र भारतलाई एक वैश्विक रचनात्मक केन्द्र बनाउन आग्रह गरे।

उच्च प्रभावले लैश ज्ञान सत्र

प्रधानमन्त्रीको दृष्टिकोणलाई अगाडि बढाउँदै वेभ्स 2025 ले पछिल्ला चार दिनमा विचार, कौशल र क्षेत्रीय अन्तर्दृष्टिको उच्च स्तरीय आदान-प्रदानको लागि एक मञ्चको रूपमा काम गऱ्यो। वेभ्स 2025 को सम्मेलन ट्र्याकले संवाद र सहयोगको लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्यो, जसले विश्वभरिका विचारक, उद्योगका अगदूत, नीति निर्माता र पेशेवरहरूलाई एक साथ ल्यायो। पूर्ण सत्र, ब्रेकआउट चर्चा र मास्टर क्लासहरूको सावधानीपूर्वक तयार गरिएको शृङ्खलाको माध्यमद्वारा शिखर सम्मेलनले मिडिया तथा मनोरञ्जन उद्योगको भविष्यलाई आकार दिने नवीनतम नवाचार र उदीयमान रणनीतिहरूको अन्वेषण गऱ्यो। सत्रहरूले क्षेत्र र विशेषज्ञताहरूमा विचारहरूको सार्थक आदान-प्रदानलाई सक्षम बनायो।

वेभ्सको पहिलो संस्करण उच्च प्रभाव भएका ज्ञान सत्र र प्रसारण र इन्फोटेनमेन्ट, एभीजीसी-एक्सआर, डिजिटल मिडिया र फिल्म सहित विषयहरूको एक विस्तृत शृङ्खलालाई समेट्ने प्रवचनका लागि जानिनेछ। 100 भन्दा अधिक अन्तर्राष्ट्रिय वक्ताहरूको विशेषता रहेको 140 भन्दा अधिक सत्रका साथ तीन मुख्य हल (प्रत्येकमा 1,000 भन्दा अधिक सहभागी समायोजन गर्ने) र 75 देखि 150 सम्मको क्षमता भएका पाँच अतिरिक्त हलमा फैलिएको शिखर सम्मेलनले अत्यधिक उपस्थिति दर्ता गऱ्यो - धेरै सत्रहरूमा पूर्ण रूपमा व्यस्तता दर्ता गरियो।

पूर्ण सत्रहरूमा मुकेश अम्बानी, टेड सारान्डोस, किरण मजुमदार-शा, नील मोहन, शान्तनु नारायण, मार्क रीड, एडम मोसेरी र नीता अम्बानी जस्ता प्रतिष्ठित व्यक्तित्वहरूद्वारा 50 भन्दा अधिक मुख्य भाषण दिइयो। उनीहरूको अन्तर्दृष्टिले उदीयमान मनोरञ्जन उद्योग, विज्ञापन परिदृश्य र डिजिटल रूपान्तरणको विकासमा आकर्षक दृष्टिकोण प्रस्तुत गऱ्यो। चिरञ्जीवी, मोहनलाल, हेमा मालिनी, अक्षय कुमार, नागार्जुन, शाहरुख खान, दीपिका पादुकोण, अल्लु अर्जुन र शेखर कपूर लगायतका फिल्म आइकनहरू, जसमध्ये धेरै वेभ्स सल्लाहकार बोर्डका सदस्य पनि थिए, उनीहरूले भर्चुअल प्रोडक्शन र कृत्रिम बुद्धिमत्ताको युगमा सिनेमा र कन्टेन्ट निर्माणको भविष्यमाथि विचारोत्तेजक कुराकानी गरे।

वेभ्स 2025 मा 40 वटा मास्टरक्लासलाई व्यावहारिक शिक्षा र रचनात्मक अन्वेषण प्रदान गर्नका लागि डिजाइन गरिएको थियो। आमिर खानद्वारा अभिनयको कला, फरहान अख्तरद्वारा क्राफ्ट अफ् डायरेक्शन र माइकल लेहमनद्वारा इनसाइट्स इन फिल्ममेकिङ जस्ता सत्रहरूको माध्यमद्वारा प्रतिभागीहरूलाई उद्योग प्रविधिहरूको प्रत्यक्ष अनुभव प्राप्त गरे। अन्य सत्रहरूमा अमेजन प्राइमद्वारा पञ्चायतको निर्माण, एआर लेन्स डिजाइन गर्ने, एआई अवतार बनाउने र जेनेरेटिभ एआईको प्रयोग गरेर खेलहरू विकसित गर्ने जस्ता पर्दा पछाडिका कहानीहरूको पत्तो लगाए। यी सत्रहरूले पेशेवर र महत्त्वाकांक्षी रचनाकारहरूलाई द्रुत गतिमा विकसित भइरहेको रचनात्मक अर्थतन्त्रमा अगाडि रहनका लागि कार्ययोग्य ज्ञान र उपकरण प्रदान गरे।

वेभ्समा 55 ब्रेकआउट सत्रहरू पनि सामेल थिए, जसले प्रसारण, डिजिटल मिडिया, ओटीटी, एआई, सङ्गीत, समाचार, लाइभ इभेन्ट, एनिमेशन, गेमिङ, भर्चुअल प्रोडक्शन, कमिक्स र फिल्म निर्माण जस्ता विशेष विषयवस्तुहरूमा गहन चर्चाका लागि एक मञ्च प्रदान गरे। यी अन्तरक्रियात्मक सत्रहरूले मेटा, गुगल, अमेजन, एक्स, स्न्याप, स्पोटिफाई, डीएनईजी, नेटफ्लिक्स र एनभीआईडीआईए जस्ता अग्रणी कम्पनीका वरिष्ठ पेशेवरहरूका साथ साथै फिक्की, सीआईआई र आईएमआई जस्ता उद्योग निकायका प्रतिनिधिहरू पनि सामेल गरे। क्षेत्र-विशिष्ट अन्तर्दृष्टि र सहयोगलाई प्रोत्साहन गर्नका लागि डिजाइन गरिएका चर्चाहरूमा महत्त्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गरियो र विकास तथा नवाचारका लागि नयाँ दिशाहरू निर्धारित गरियो।

वेभ्स बजारले व्यावसायिक सम्झौताहरूमा 1328 करोड रुपियाँ जुटायो; महाराष्ट्र सरकारले एम एण्ड ई क्षेत्रमा 8000 करोड रुपियाँ बराबरको सम्झौतामा हस्ताक्षर गर्यो

वेभ्सको तत्त्वावधानमा आयोजित वेभ्स बजारको उद्घाटन संस्करण एक शानदार सफलता थियो किनकि यसले आफूलाई रचनात्मक उद्योगहरूमा अन्तर्राष्ट्रिय व्यापार सहयोगको लागि एक प्रमुख मञ्चको रूपमा स्थापित गरेको छ। बजारले फिल्म, सङ्गीत, रेडियो, भीएफएक्स र एनिमेशन क्षेत्रहरूमा 1328 करोड रुपियाँ बराबरको व्यापारिक सम्झौता वा लेनदेन दर्ता गरेको छ। कुल अनुमानित परिणाम मध्ये, 971 करोड रुपियाँ बी2बी बैठकहरूबाट मात्र आएको छ। बजारको एक प्रमुख आकर्षण क्रेता-विक्रेता बजार थियो, जसमा 3,000 भन्दा अधिक बी2बी बैठकमा भयो। अन्तर्राष्ट्रिय सहयोग अन्तर्गत एक ठूलो उपलब्धिमा न्यूजील्याण्डको फिल्म इण्डिया स्क्रिन कलेक्टिभ र स्क्रिन क्यान्टरबरी एनजेड-ले न्यूजील्याण्डमा पहिलो पटक भारतीय फिल्म महोत्सव शुरु गर्नका लागि एक सहयोगात्मक प्रस्तावको घोषणा गरेको छ। ओन्ली मच लाउडरका सीईओ तुषार कुमार र रूसी फर्म ग्याजप्रोम मिडियाका सीईओ अलेक्ज्याण्डर झारोभले क्रस-कल्चरल महोत्सवमा सहयोग गर्ने अनि रूस र भारतमा कमेडी तथा कार्यक्रमहरूको सह-निर्माण गर्ने एक सम्झौता ज्ञापनमा चाँड़ै वार्ताको घोषणा गरेका छन्, जुन एक अर्को उपलब्धि थियो। प्राइम भिडियो र सीजे ईएनएम बहु-वर्षीय सहकार्यको घोषणा बजारको एक अर्को मुख्य आकर्षण थियो किनकि वैश्विक स्तरमा प्रिमियम कोरियाली सामग्री वितरण गर्नका लागि रणनीतिक साझेदारीको अनावरण गरिएको थियो। अन्य कोसेढुङ्गाहरूमा फिल्म ‘देवी चौधुरानी’ को घोषणा सामेल छ, जुन भारतको पहिलो आधिकारिक इण्डो-युके सह-निर्माण बन्यो र फिल्म ‘वायोलेटेड’ जुन यूके र जेभीडी फिल्म्सको फ्युजन फ्लिक्सको सह-निर्माण हुनेछ।

महाराष्ट्र सरकारले वेभ्समा 8,000 करोड रुपियाँको सम्झौता सम्बन्धी ज्ञापनमा हस्ताक्षर गरेर शिखर सम्मेलनमा व्यावसायिक मूल्य पनि जोड़ेको छ। जहाँ युनिभर्सिटी अफ् योर्क र युनिभर्सिटी अफ् वेस्टर्न अस्ट्रेलियासँग 1500 करोड रुपियाँ बराबरको सम्झौता ज्ञापनमा हस्ताक्षर भयो, त्यहीँ राज्यको उद्योग विभागले प्राइम फोकस र गोदरेजसँग क्रमशः 3,000 करोड रुपियाँ र 2,000 करोड रुपियाँ बराबरको सम्झौता ज्ञापनमा हस्ताक्षर गऱ्यो।

ग्लोबल मिडिया संवाद 2025 मा सदस्य देशहरूले वेभ्स घोषणापत्रलाई अपनाए

मुम्बईमा विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स 2025) को समयमा आयोजित ग्लोबल मिडिया संवाद 2025 एक ऐतिहासिक आयोजन थियो, जसमा  77 देशहरूले भाग लिए, जसले वैश्विक मिडिया तथा मनोरञ्जन क्षेत्रमा भारतको महत्त्वपूर्ण भूमिकालाई रेखाङ्कित गऱ्यो। यो संवादले सांस्कृतिक संवेदनशीलतालाई सम्मान गर्दै रचनात्मकतालाई बढावा दिनमा अन्तर्राष्ट्रिय सहयोगको शक्तिलाई उजागार गऱ्यो। सदस्य देशहरूले सामूहिक रूपमा ‘वेभ्स घोषणा पत्र’ लाई अपनाए, जसमा डिजिटल विभाजनलाई कम गर्ने र वैश्विक शान्ति तथा सद्भावलाई बढ़ावा दिनका लागि मिडियाको उपयोग गर्ने आवश्यकतामाथि जोड दियो। चर्चाहरूले विविध संस्कृतिहरूलाई एकताबद्ध गर्नमा चलचित्रहरूको गहन भूमिका र प्राविधिक प्रगतिद्वारा बढाइएको क्रिएटर इकोनमीमा व्यक्तिगत कहानीहरूको बढ्दो महत्त्वलाई रेखाङ्कित गर्दछ।

केन्द्रीय विदेश मन्त्री डा. एस जयशङ्करले कौशल विकास र नवाचारको माध्यमद्वारा युवाहरूको सशक्तिकरणको वकालत गर्दै प्रविधि र परम्परा बीचको तालमेलको आवश्यकतामाथि जोड दिए। केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री अश्विनी वैष्णवले सामग्री निर्माणमा प्रविधिको परिवर्तनकारी प्रभाव र स्थानीय सामग्री, सह-निर्माण सम्झौता र संयुक्त वित्त पोषण पहलहरूलाई बढ़ावा दिने महत्त्वमाथि प्रकाश पारे। भारतको ‘भारतमा निर्माण’ चुनौतीहरूलाई प्रदर्शन गरियो, जस अन्तर्गत 700 भन्दा अधिक वैश्विक रचनाकारहरूलाई सफलतापूर्वक पहिचान गरियो तथा अघिल्लो संस्करणमा तिनलाई 25 भाषाहरूसम्म विस्तार गर्ने योजना छ। यस शिखर सम्मेलनले मिडिया तथा मनोरञ्जनमा भविष्यको वैश्विक सहयोगको लागि एक मजबुत जग बसाल्यो, जसमा रचनात्मक उत्कृष्टता र नैतिक सामग्री उत्पादनमा जोड दिइयो।

वेभएक्स: मिडिया तथा मनोरञ्जन क्षेत्रमा महत्त्वाकांक्षी स्टार्ट-अपहरूको लागि एक त्वरक

वेभएक्स स्टार्ट-अप त्वरकरले 30 मिडिया तथा मनोरञ्जन स्टार्ट-अपहरूको चयन गर्यो, ताकि उनीहरूले आफ्ना अनौठा विचारहरू सोधै लुमिकाई, जियो, केबिल, वार्मअप भेञ्चर्स जस्ता ठूला निवेशकहरू समक्ष प्रस्तुत गर्न सकुन् - जुन बोर्डमा रहेका 45 प्रमुख एञ्जल निवेशहरूमाझको हुन्। 1000 भन्दा अधिक पञ्जीकरण सहित यो पहलले 50 करोड रुपियाँ बराबरको निवेश चर्चाहरूलाई जन्म दियो, जुन पाइपलाइनमा छन्। यस अतिरिक्त, 100 भन्दा अधिक स्टार्ट-अपहरूले समर्पित स्टार्ट-अप मण्डपमा सम्भावित निवेशकहरू समक्ष आफ्ना विचार र उत्पादहरू प्रदर्शन गरे। वेभएक्स एक पहलको रूपमा मिडिया र मनोरञ्जन क्षेत्रमा विशेष रूपमा केन्द्रित एञ्जल निवेशक नेटवर्क गठन गरेर स्टार्ट-अपहरूको लागि एक स्पष्ट निवेश पारिस्थितिकी तन्त्र बनाउने लक्ष्य राखेको छ। टियर 1 र टियर 2 का स्टार्ट-अप वेभएक्समा चम्किए र तिनीहरूका संस्थापकहरूले केन्द्र-मञ्चमाथि कब्जा जमाए। त्यस्ता क्रिएटर्सलाई राम्रा सुविधा प्रदान गर्नका लागि वेभएक्सले इन्क्यूबेटरहरूको एक नेटवर्क स्थापना गर्नेछ, जसमा ह्याण्डहोल्डिङका लागि समर्पित सल्लाहकार र सीड इन्भेस्टमेन्टका लागि निवेशकहरू हुनेछन्। वेभएक्स अद्वितीय छ किनकि यसले त्यस्ता विचारहरूलाई सुविधा प्रदान गर्दछ, जसको अहिलेसम्म कुनै ठोस उत्पाद छैन, तर तिनमा ठोस सम्भावना छ।

वेभ्स 2025 मा जारी गरिएको प्रमुख ज्ञान प्रतिवेदन

सूचना तथा प्रसारण तथा संसदीय मामिला राज्य मन्त्री डा. एल मुरुगनले मुम्बईमा वेभ्स शिखर सम्मेलन 2025 मा पाँचवटा महत्त्वपूर्ण प्रतिवेदनको अनावरण गरे। यी प्रतिवेदनहरूले भारतको समृद्ध मिडिया तथा मनोरञ्जन पारिस्थितिकी तन्त्रको व्यापक सिंहावलोकन प्रदान गर्दछन्, जसमा कन्टेन्ट प्रोडक्शन, नीतिगत रूपरेखा र लाइभ इभेन्ट जस्ता प्रमुख पक्षहरू सामेल छन्।

  • मिडिया तथा मनोरञ्जनमा साङ्ख्यिकी पुस्तिका 2024-25: सूचना तथा प्रसारण मन्त्रालयद्वारा तयार पारिएको साङ्ख्यिकी पुस्तिकाले भारतको मिडिया परिदृश्यमा बहुमूल्य डेटा-सञ्चालित जानकारी प्रदान गर्दछ। यसले प्रसारण, डिजिटल मिडिया, फिल्म प्रमाणीकरण र सार्वजनिक मिडिया सेवाहरूमा विकास प्रवृत्तिहरूलाई उजागार गर्दछ, जसले अनुभवजन्य प्रमाणको आधारमा भविष्यको नीति निर्माण र उद्योग रणनीतिहरूको लागि आवश्यक जानकारी प्रदान गर्दछ।
  • बीसीजीद्वारा कन्टेन्टदेखि कमर्ससम्म’: बोस्टन परामर्श समूहको प्रतिवेदनले भारतको क्रिएटर अर्थतन्त्रको विस्फोटक वृद्धिलाई प्रकाश पार्दछ, जसमा 2 देखि 2.5 मिलियन सक्रिय डिजिटल क्रिएटर भएको अनुमान गरिएको छ। यी क्रिएटरहरूले वार्षिक 350 बिलियनभन्दा अधिक खर्चलाई प्रभावित गर्दछन्, जसले 2030 सम्ममा 1 ट्रिलियन डलरलाई पार गर्ने अनुमान गरिएको छ। यसले क्रिएटरसँग लेनदेन सम्बन्धी जुड़ावमा दीर्घकालीन, प्रामाणिक साझेदारी निर्माण गर्नमा जोड दिन्छ।
  • अर्नस्ट एण्ड यङद्वारा ए स्टुडियो कल्ड इण्डिया’: अर्नस्ट एण्ड यङको रिपोर्टले भारतलाई एक वैश्विक कन्टेन्ट केन्द्रको रूपमा परिकल्पना गर्दछ, जसले आफ्ना भाषिक विविधता, समृद्ध संस्कृति र प्राविधिक विशेषज्ञताको लाभ उठाउँछ। यसले एनिमेशन र भीएफएक्स सेवाहरूमा भारतको 40%-60% लागत लाभ र भारतीय ओटीटी कन्टेन्टको बढ्दो अन्तर्राष्ट्रिय मागलाई प्रकाश पार्दछ, जसले वैश्विक सांस्कृतिक कूटनीतिमा भारतको भूमिकालाई मजबुत बनाउँछ।
  • कानूनी धारा र लाइभ इभेन्ट उद्योग रिपोर्ट: खेतान एण्ड कम्पनीको कानुनी पुस्तिकामा प्रभावकारी मार्केटिङ र अनुपालन मानदण्ड जस्ता महत्त्वपूर्ण मुद्दाहरू सामेल छन्, जसले मिडिया हितधारकहरूलाई भारतको विनियामक परिदृश्यलाई बुझ्नमा मद्दत गर्दछ। यस अतिरिक्त, भारतको लाइभ इभेन्ट उद्योगमा श्वेत पत्रले यस क्षेत्रको 15% वृद्धि दरलाई रेखाङ्कित गर्दछ, जसले यो तीव्र रूपमा बढ़िरहेको क्षेत्रलाई समर्थन गर्नका लागि उन्नत गरिएको पूर्वाधार र सुव्यवस्थित लाइसेन्सिङ प्रक्रियाहरूको लागि वकालत गर्दछ।

भारतीय रचनात्मक प्रविधि संस्थान: एक राष्ट्रिय उत्कृष्टता केन्द्र

भारतीय रचनात्मक प्रविधि संस्थान (आईआईसीटी) - मुम्बईमा स्थापना भइरहेको एक राष्ट्रिय उत्कृष्टता केन्द्र रचनात्मक अर्थतन्त्रको लागि क्षमता निर्माणमा एक माइलखुट्टी साबित हुने तयारीमा छ। एभीजीसी-एक्सआर क्षेत्रको लागि विशेष रूपमा समर्पित संस्थानको स्थापना वेभ्स 2025 को तेस्रो दिनमा औपचारिक रूपमा सम्पन्न भयो। वेभ्सले आईआईसीटीलाई एम एण्ड ई क्षेत्रमा एक विश्व स्तरीय संस्थानको रूपमा रूपान्तरण गर्नका लागि उद्योग सङ्घहरूसँग रणनीतिक सम्झौता ज्ञापनमा हस्ताक्षर पनि गरेको थियो। यी रणनीतिक सङ्घहरूलाई औपचारिक रूपमा झण्डा देखाउँदै केन्द्रीय मन्त्री श्री अश्विनी वैष्णवले मिडिया तथा मनोरञ्जनको क्षेत्रमा वैश्विक नेता बन्ने भारतको क्षमतामाथि जोड दिए। उनले भने कि आईआईसीटी आफ्नो क्षेत्रमा एक प्रमुख संस्थाको रूपमा विकसित हुने मार्गमा छ, जसरी आईआईटी र आईआईएमहरू प्रविधि र प्रबन्धन शिक्षामा मानक बनेका छन्। दीर्घकालीन सहकार्यको लागि आफ्नो हात बढ़ाउने केही कम्पनीहरू जियोस्टार, एडोब, गुगल र युट्युब, मेटा, वाकम, माइक्रोसफ्ट र एनभीआईडीआईए हुन्।

क्रिएट इन इण्डिया च्यालेन्ज र क्रिएटोस्फियर: रचनात्मक प्रतिभाको वैश्विक उत्सव

वेभ्स 2025 का सबैभन्दा विशेष उपलब्धिहरू मध्ये एक क्रिएट इन इण्डिया च्यालेन्ज (सीआईसी) सिजन 1 को भव्य समापन थियो, जसले 60 भन्दा अधिक देशहरूबाट लगभग एक लाख पञ्जीकरण प्राप्त गरेको थियो। वेभ्स अन्तर्गत एक प्रमुख पहलको रूपमा शुरु गरिएको सीआईसीले एनिमेशन, एक्सआर, गेमिङ, एआई, फिल्म निर्माण, डिजिटल म्युजिक र अन्य क्षेत्रहरूमा अलग-अलग उमेर, भूगोल र विषयका क्रिएटर्सलाई एक साथ ल्यायो। यो पहलले भाग लिने प्रत्येक क्रिएटरलाई स्टार बनाएको छ।

32 कल्पनाशील र भविष्यलाई अगाडि बढ़ाउने चुनौतीहरूबाट 750 भन्दा अधिक फाइनलिस्टहरू देखा परे, जसमा 1100 भन्दा अधिक अन्तर्राष्ट्रिय सहभागीहरू पनि सामेल थिए। यी प्रतिभाशाली व्यक्तिहरूले वेभ्समा एक समर्पित नवाचार क्षेत्र क्रिएटोस्फियरमा आफ्नो कामको प्रदर्शन गरे, जहाँ उनीहरूले आफ्ना परियोजनाहरू प्रस्तुत गरे, सम्भावित सहयोगको लागि उद्योगका जगतका नेताहरूसँग नेटवर्क बनाउन सक्थे।

केवल एक प्रतियोगिताभन्दा अघि बढ़ेर, क्रिएट इन इण्डिया ल्यालेन्ज विविधता, युवा ऊर्जा अनि परम्परा तथा प्रविधि दुवैमा आधारित कहानी भन्ने उत्सव मनाउने एक आन्दोलनको रूपमा विकसित भयो। 12 देखि 66 वर्ष उमेर समूहका फाइनलिस्टहरू र सबै भारतीय राज्य र केन्द्र शासित प्रदेशहरूको मजबुत सहभागिताको साथ, यो पहलले समावेशिता र आकांक्षालाई मूर्त रूप दियो। क्रिएटोस्फियर जमिनी स्तरमा नवाचार, ड्रोन कहानी कथन र भविष्यका लागि तयार सामग्री जस्ता विषयवस्तुहरूको लागि एक लञ्चप्याड पनि थियो, जसले भोलिको रचनात्मक भारतको झलक प्रस्तुत गर्दछ। केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सीआईसीको पुरस्कार समारोहको क्रममा सटीक रूपमा भनेझैँ, यात्रा भर्खरै शुरु भएको छ। अनि भारतीय रचनात्मक प्रविधि संस्थान जस्ता पहलहरूका साथ, गति अझ मजबुत हुँदै गइरहेको छ।

8औँ राष्ट्रिय सामुदायिक रेडियो सम्मेलन र सीआरको लागि राष्ट्रिय पुरस्कार

वेभ्सको हिस्साको रूपमा आयोजित 8औँ राष्ट्रिय सामुदायिक रेडियो सम्मेलन जसमा केन्द्रीय राज्य मन्त्री डा. एल. मुरुगनले कार्यक्रममा 12 उत्कृष्ट सामुदायिक रेडियो स्टेशनहरूलाई राष्ट्रिय सामुदायिक रेडियो पुरस्कारले सम्मानित गरे। डा. एल. मुरुगनले विजेताहरूलाई बधाई दिए अनि भने कि राष्ट्रिय सम्मेलन नवाचार, समावेशिता र प्रभावको माध्यमद्वारा भारतमा सामुदायिक मिडिया परिदृश्यलाई बलियो बनाउने उद्देश्यले गरिएको हो। यो सम्मेलनले देशभरिका 400 भन्दा अधिक सामुदायिक रेडियो (सीआर) स्टेशनका प्रतिनिधिहरूलाई एक मञ्चमा ल्यायो, ताकि संवाद र सहयोगको अवसर प्रदान गर्न सकियोस्। वर्तमानमा देशभरिमा 531 सीआर स्टेशनहरू छन्।

भारत मण्डप - कलाबाट कोडसम्मको भारतको यात्रा

भारत मण्डप, एक यस्तो हेर्ने योग्य क्षेत्र हो, आगन्तुकहरूलाई जसले वेभ्स 2025 मा भारतको कहानी भन्ने परम्पराको निरन्तरतासँग परिचित गराउँछ, जसले जनताबाट अत्यधिक स्वागत र प्रतिक्रिया पाएको छ। कलाबाट कोडसम्म विषयवस्तु अन्तर्गत रहेको मण्डपले मिडिया तथा मनोरञ्जनमा भारतको विकासको एक आकर्षक कहानी प्रस्तुत गर्यो - मौखिक र दृश्य परम्परादेखि लिएर अत्याधुनिक डिजिटल नवाचारसम्म।

मण्डपले भारतको आत्मालाई प्रस्तुत गऱ्यो, जसले हाम्रो समृद्ध सांस्कृतिक विरासतलाई पहिलेदेखि नै भइरहेको प्राविधिक प्रगतिका नयाँ लहरहरूसँग सन्तुलनमा राख्दछ। वेभ्स 2025 को उद्घाटन दिन, प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मण्डपको भ्रमण गरे। महाराष्ट्रका मुख्यमन्त्री श्री देवेन्द्र फडणवीस, विदेश मन्त्री श्री एस. जयशङ्कर, केन्द्रीय मन्त्री श्री अश्विनी वैष्णव र अन्य धेरै गणमान्य व्यक्तिहरूले मण्डपको भ्रमण गरे अनि भारतको कहानी सुनाउनमा यसको भूमिकाको सराहना गरे। मण्डपमा ठूलो सङ्ख्यामा दर्शकहरूको भीड पनि जम्मा भयो, जसले गर्दा मानिसहरू हाम्रो देशका धेरै खजानाहरू पत्ता लगाएर विस्मय र आश्चर्यमा परे।

भारतको रचनात्मक यात्राको उत्सव मनाउँदै भारत मण्डप केवल सामग्रीको प्रदर्शनी मात्र थिएन तर एक निर्माताको रूपमा भारतको एक शक्तिशाली अभिव्यक्ति थियो। यसले भारतको सांस्कृतिक गहिराइ, कलात्मक उत्कृष्टता र वैश्विक कथा भन्नमा उदाउँदो प्रभुत्वलाई दर्शायो।

वेभ्सको समापन रचनात्मक अर्थतन्त्रको उज्ज्वल भविष्यको प्रतिज्ञाको साथ भयो

वेभ्स 2025 ले एक वैश्विक मञ्चको रूपमा एक बेञ्चमार्क स्थापित गरेको छ जसले निर्बाध रूपमा रचनात्मकता, वाणिज्य र सहयोगलाई एक साथ ल्याएको छ। दूरदर्शी नीति घोषणा र ऐतिहासिक अन्तर्राष्ट्रिय सम्झौताहरूदेखि लिएर मजबुत व्यापार सम्झौता र अभूतपूर्व स्टार्टअप निवेशहरूसम्म, शिखर सम्मेलनले रचनात्मक अर्थतन्त्रमा एक वैश्विक नेताको रूपमा भारतको बढ्दो कदलाई रेखाङ्कित गऱ्यो। 77 सहभागी देशहरूद्वारा वेभ्स घोषणा पत्रलाई अपनाउनु अनि वेभ्स बजार र वेभएक्स एक्सेलेरेटरको सफलताले सामूहिक रूपमा नवाचार, समावेशिता र अन्तर्राष्ट्रिय साझेदारीमा आधारित भविष्यको सङ्केत गर्दछ। यस ऐतिहासिक पहिलो संस्करणको समापनको साथै वेभ्सले भारतको रचनात्मक क्षमता मात्र प्रदर्शन गरेको छैन, तर एक दिगो वैश्विक आन्दोलनलाई पनि उत्प्रेरित गरेको छ - जसले विश्वभरिका रचनाकारलाई प्रेरित गर्ने, उनीहरूमा निवेश गर्ने र उनीहरूको आवाजलाई बुलन्द गर्न जारी राख्नेछ।

 

वास्तविक समयमा आधिकारिक अद्यावधिकहरूको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:

एक्स-मा:

https://x.com/WAVESummitIndia

https://x.com/MIB_India

https://x.com/PIB_India

https://x.com/PIBmumbai

इन्स्टाग्राममा:

https://www.instagram.com/wavesummitindia

https://www.instagram.com/mib_india

https://www.instagram.com/pibindia

******

 

पीआईबी टीम वेभ्स 2025 । राजित / लक्ष्मीप्रिया / पौशाली / स्वाधीन / श्रीयङ्का / रियास / निखिता / दर्शना । 178


Release ID: (Release ID: 2127229)   |   Visitor Counter: 11