WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

मास्टर एक्टर-क्रिएटर आमिर खानले वेभ्स 2025 मा ‘द आर्ट अफ् एक्टिङ’ मा आफ्नो विचार साझा गरे


3-4 महिनासम्म म केवल पटकथासँग रहन्छु - आमिर खान

तपाईं जति इमानदार हुनुहुन्छ, त्यति नै राम्रो प्रदर्शन गर्नुहुनेछ - आमिर खान

 Posted On: 03 MAY 2025 6:08PM |   Location: PIB Gangtok

मुम्बई, 3 मई 2025

 

मास्टर एक्टर-क्रिएटर आमिर खानले आज वेभ्स 2025 मा क्रिएटोस्फियरको मञ्चबाट ‘द आर्ट अफ् एक्टिङ’ माथि दिएको आफ्ना व्यावहारिक सुझाउहरूले धेरै मानिसहरूको मन जितेका छन्। अनुभवी अभिनेताले व्यावहारिक सल्लाह फिल्म निर्माणमा आफ्नो वर्षौंको अनुभवबाट आएको जनाउँदै भने, “म एक प्रशिक्षित अभिनेता होइन। म नेशनल स्कूल अफ् ड्रामा जान चाहन्थें, तर जान सकिनँ। मैले बाटोमा केही सुझाउहरू सिकेको छु, जुन मेरो लागि सफल साबित भए।”

फिल्म निर्माणको भविष्यको बारेमा बोल्दै आमिर खानले भने, एआई प्रविधिको कारण अभिनेता बिना नै पनि फिल्मको छायाङ्कन गर्न सकिन्छ! एआई र प्रविधिको कारण अभिनेतालाई पछिबाट सीनमा जोड्न सकिन्छ।

भारतीय सिनेमालाई धेरै यादगार भूमिका दिने बहुमुखी अभिनेताले भने अनुसार अभिनेताको लागि सबैभन्दा पहिलो र सबैभन्दा महत्त्वपूर्ण काम भनेको चरित्रको दिमागमा प्रवेश गर्नु हो, अनि उनी चरित्रमा कसरी प्रवेश गर्छन्? समर्पित अभिनेता भन्छन्, “म पटकथाहरूसँग धेरै समय बिताउँछु। म पटकथा बारम्बार पढ्छु। यदि पटकथा राम्रो छ भने तपाईंले चरित्र बुझ्नुहुनेछ, यसको भौतिकता, मनोवृत्ति आदि सबै यसबाट आउनेछन्।” यस अतिरिक्त, निर्देशकसँग चरित्र र कहानीमाथि चर्चा गर्नाले पनि एक आइडिया मिल्न सक्छ।

आफ्नो कडा परिश्रम गर्ने स्वभावमाथि प्रकाश पार्दै श्री खानले खुलासा गरे, “मेरो स्मरणशक्ति कमजोर छ। त्यसैले, म संवाद हातले लेख्छु। म सबैभन्दा कठिन दृश्यहरूलाई लिन्छु। संवादहरूलाई याद राख्न जरुरी हुन्छ। पहिलो दिन, म बस यसमा काम गर्छु। म यसलाई हरेक दिन 3-4 महिनासम्म गर्छु अनि त्यसपछि यो मभित्र समाहित हुन्छ। संवाद तपाईंको बन्नुपर्छ। तपाईंले यसलाई अपनाउनुपर्छ। जब यो लेखिएको थियो, तब यो पटकथा लेखकको थियो। पछि यो तपाईंको बन्छ। जब तपाईं एउटै लाइनलाई दोहोऱ्याउनुहुन्छ, तब तपाईंले महसुस गर्नुहुन्छ, अनि तपाईंले यसलाई धेरै तरिकाले गर्न सक्नुहुन्छ।”

अभिनेताहरूको लागि सबैभन्दा गाह्रो काम के हो? एक अभिनेताले हरेक दिन उही भावनात्मक तीव्रताका साथ दृश्यहरू दोहोऱ्याइरहनुपर्छ र रिटेक गर्नुपर्छ, आमिर खानले भने।

नवोदित अभिनेताहरूको लागि आमिर खानको अर्को महत्त्वपूर्ण सुझाउ हो - “तपाईं जति इमानदार हुनुहुन्छ, त्यति नै राम्रो प्रदर्शन गर्नुहुनेछ।”

त्यसोभए, श्री आमिर खानले आफ्ना दृश्यहरू कसरी अभ्यास गर्छन्?

यसको उत्तर हो, म शट दिनुअघि दृश्यहरूलाई कल्पना गर्छु। दृश्यहरूको अभ्यास गरेको समयमा म कहिल्यै ऐनामा हेर्दिनँ।”

आमिर खानका सबै फिल्महरू मध्ये सबैभन्दा मनपर्ने कुन चाहिँ हो? धेरैले अनुमान लगाए होलान्, यो ‘तारे जमीन पर’ हो किनकि यसले धेरै माता-पितालाई आफ्ना बच्चाहरूसँग धैर्य राख्न, उनीहरूलाई समर्थन गर्न र आफ्ना साना बच्चाहरूसँग सहानुभूतिशील हुन सिकायो!

जसले भर्खरै मात्र शुरुआत गरिरहेका छन्, उनीहरूका लागि दिग्गज अभिनेतासँग अन्य के सुझाउहरू छन्?

“जब म भावनाको उपयोग गर्छु, तब यो पटकथाबाट आउनुपर्छ। तपाईंले पटकथामा विश्वास गर्नुपर्छ। कहिलेकाहीँ फिल्महरूमा यस्ता दृश्यहरू हुन्छन्, जसलाई विश्वास गर्न सकिँदैन। तर अभिनेताले तपाईंलाई विश्वास दिलाउन सक्छ। अभिनेताले के देखाइँदैछ भन्नेबारे दर्शकहरूलाई विश्वस्त पार्न सक्नुपर्छ।”

एउटा राम्रो पटकथा भनेको के हो? आमिर खानले भने, “एउटा राम्रो पटकथाको आधार स्पष्ट हुनुपर्छ। कहानीको पहिलेको दस प्रतिशतमा लक्ष्य निर्धारण आउनुपर्छ। अन्यथा दर्शकहरूको रुचि समाप्त भएर जानेछ।”

तर फिल्म प्रोजेक्टसित जोड़िएका सबै मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण सुझाउ हो - “दृश्यले माग गरेको काम नै गर्नुपर्छ, अनि त्यसमा आफ्नो कामको बारेमा मात्र सोच्नु हुँदैन।”

केन्द्रीय सूचना तथा प्रसारण सचिव सञ्जय जाजुले आमिर खानलाई सम्मान जनाए।

वास्तविक समयमा आधिकारिक अपडेटहरूको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:

एक्स-मा:

https://x.com/WAVESummitIndia

https://x.com/MIB_India

https://x.com/PIB_India

https://x.com/PIBmumbai

इन्स्टाग्राममा:

https://www.instagram.com/wavesummitindia

https://www.instagram.com/mib_india

https://www.instagram.com/pibindia

********

पीआईबी टीम वेभ्स 2025 । राजित/ श्रीयङ्का/ दर्शना । 166


Release ID: (Release ID: 2127011)   |   Visitor Counter: 6