सूचना तथा प्रसारण मन्त्रालय
10औँ राष्ट्रिय सामुदायिक रेडियो पुरस्कार प्रदान गरियो
केन्द्रीय राज्य मन्त्री डा. एल. मुरुगनले 12 सामुदायिक रेडियो स्टेशनहरूलाई उनीहरूको उत्कृष्ट योगदानको लागि सम्मानित गरे
सामुदायिक रेडियो देशका सबै कुनाका नागरिकहरूसम्म पुग्ने एउटा साधन हो; तिनीहरूले सबैका लागि महत्त्वपूर्ण विकास पहल गर्दछन्: डा. एल. मुरुगन
मुम्बईको वेभ्स 2025 मा 8औँ राष्ट्रिय सामुदायिक रेडियो सम्मेलन आयोजित
Posted On:
03 MAY 2025 4:26PM
|
Location:
PIB Gangtok
मुम्बई, 3 मई, 2025
विश्व श्रव्य-दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) को अवसरमा आज मुम्बईमा केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालय र भारतीय जनसञ्चार संस्थानद्वारा 8औँ राष्ट्रिय सामुदायिक रेडियो सम्मेलन आयोजना गरिएको थियो। केन्द्रीय सूचना तथा प्रसारण तथा संसदीय मामिला राज्य मन्त्री डा. एल. मुरुगनले यो कार्यक्रममा 12 उत्कृष्ट सामुदायिक रेडियो स्टेशनहरूलाई 10औँ राष्ट्रिय सामुदायिक रेडियो पुरस्कारले सम्मान जनाए।

यस अवसरमा बोल्दै डा. एल. मुरुगनले विजेताहरूलाई बधाई दिँदै भने, राष्ट्रिय सम्मेलनको उद्देश्य नवाचार, समावेशिता र प्रभावको माध्यमद्वारा भारतमा सामुदायिक मिडिया परिदृश्यलाई सुदृढ पार्नु हो। केन्द्रीय राज्य मन्त्रीले भने, सामुदायिक रेडियो देशका सबै कुनाका नागरिकहरूसम्म पुग्ने एक साधन हो। देशभरिका सामुदायिक रेडियोहरूले कुनै न कुनै रूपमा कल्याणकारी उद्देश्य पूरा गरिरहेका छन् र भारतीय परम्परा र संस्कृतिको प्रवर्द्धन सहित असल कार्यहरूलाई समर्थन गरिरहेका छन्, उनले थपे। सामुदायिक रेडियो स्टेशनहरूले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दृष्टिकोण र केन्द्र सरकारका महत्त्वपूर्ण विकास पहलहरूलाई देशका सबै भागहरूमा पुर्याइरहेका छन्। यी स्टेशनहरूले महिला र आदिवासी समुदाय जस्ता विभिन्न समुदाय र समूहहरूका लागि कल्याणकारी गतिविधिहरूको नयाँ आयाम जोड़िरहेका छन्।
वेभ्स 2025 को पहिलो संस्करणको बारेमा बोल्दै डा. एल. मुरुगनले भने, यसबाट नयाँ विचार विकसित हुनेछ र रचनात्मक अर्थतन्त्र एक उदयोन्मुख क्षेत्र हो, जसले आगामी दिनहरूमा प्रमुख भूमिका खेल्नेछ।


चार अलग-अलग विषयवस्तु अन्तर्गत पुरस्कृत गरिएका सामुदायिक रेडियो स्टेशनहरूको सूची
यस अवसरमा सूचना तथा प्रसारण मन्त्रालयका सचिव श्री सञ्जय जाजु, संयुक्त सचिव (प्रसारण) श्री प्रिथुल कुमा र एनएफडीसीका एमडी तथा आईआईएमसीकी उपकुलपति डा. अनुपमा भटनागर सहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सम्मेलनमा देशभरिका 400 भन्दा अधिक सामुदायिक रेडियो (सीआर) स्टेशनका प्रतिनिधिहरूलाई संवाद र सहकार्यको अवसर प्रदान गर्न एउटै मञ्चमा ल्याएको थियो। वर्तमानमा देशभरिमा 531 सीआर स्टेशनहरू छन्। सम्मेलनले जन सञ्चार र जागरूकता सिर्जनामा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका र सामाजिक विकासमा तिनीहरूको क्षमतामाथि जोड दिएको थियो।


*******
पीआईबी टीम वेभ्स 2025 राजित/लेक्ष्मीप्रिया/श्रीयङ्का/सीशेखर । 164
Release ID:
(Release ID: 2127008)
| Visitor Counter:
8
Read this release in:
Marathi
,
English
,
Hindi
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Urdu
,
Assamese
,
Odia
,
Malayalam