सूचना तथा प्रसारण मन्त्रालय
केन्द्रीय राज्य मन्त्री डा. एल मुरुगनले वेभ्स 2025 मा भारतको लाइभ इभेन्ट अर्थतन्त्रमाथि श्वेत पत्र गरे अनावरण
Posted On:
03 MAY 2025 5:46PM
|
Location:
PIB Gangtok
मुम्बई, 3 मई 2025
केन्द्रीय सूचना तथा प्रसारण तथा संसदीय मामिला राज्य मन्त्री डा. एल मुरुगनले भारतको लाइभ इभेन्ट अर्थतन्त्र: एक रणनीतिक वृद्धि अनिवार्यको अनावरण गरे - यो आफअनै प्रकारको पहिलो श्वेत पत्र हो, जसलाई सूचना तथा प्रसारण मन्त्रालयद्वारा कमिशन गरिएको छ र वेभ्स 2025 का ज्ञान साझेदारहरू मध्ये एक इभेन्टएफएक्यूद्वारा तयार पारिएको छ।
अनावरण कार्यक्रममा सूचना तथा प्रसारण मन्त्रालयका सचिव श्री सञ्जय जाजु, वरिष्ठ आर्थिक सल्लाहकार श्री आर.के. जेना; संयुक्त सचिव श्रीमती मीनु बत्रा र संयुक्त सचिव (प्रसारण) श्री प्रिथुल कुमार उपस्थित थिए। ईभीए लाइभ र इभएन्टएफएक्यूका प्रबन्ध निर्देशक श्री दीपक चौधरी पनि उपस्थित थिए।
श्वेत पत्रले भारतको द्रुत गतिमा विस्तार भइरहेको लाइभ मनोरञ्जन उद्योगको व्यापक विश्लेषण प्रस्तुत गर्दछ, जसमा उदीयमान रुझान, विकासका प्रक्षेपवक्र र यस क्षेत्रको निरन्तर विकासको लागि रणनीतिक सिफारिशमाथि प्रकार पारिएको छ।
भारतको लाइभ इभेन्ट परिदृश्य एक विखण्डित क्षेत्रबाट देशको सांस्कृतिक र रचनात्मक अर्थतन्त्रको एक संरचित तथा प्रभावशाली स्तम्भमा परिवर्तनको चरणबाट गुज्रिरहेको छ। 2024 देखि 2025 को अवधि एक निर्णायक मोड़ हो, जसमा कोल्डप्ले जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूले अहमदाबाद र मुम्बईमा प्रदर्शन गर्नेछन्, जसले वैश्विक स्तरका कार्यक्रमहरूको आयोजना गर्न भारतको तयारीलाई सङ्केत गर्दछ।
यस क्षेत्रका प्रमुख रुझानहरूमा इभेन्ट टुरिज्मको उदय सामेल छ, जसमा लगभग आधा मिलियन उपस्थित मानिसहरू विशेष रूपमा लाइभ सङ्गीत कार्यक्रमहरूको लागि यात्रा गर्छन् - जसले एक बलियो सङ्गीत-पर्यटन अर्थतन्त्रको उदयलाई सङ्केत गर्दछ। प्रिमियम टिकट खण्डहरू - जस्तै भीआईपी अनुभव, क्युरेटेड एक्सेस तथा लक्जरी हस्पिटालिटीमा वर्ष-दर-वर्ष 100% भन्दा अधिकको वृद्धि देखेका छन्, जसले बढ्दो अनुभव-सञ्चालित दर्शकहरूतर्फ इशारा गर्दछन्। मल्टी-सिटी टुर र क्षेत्रीय उत्सवहरूको बढ्दो लोकप्रियताको कारण टियर-2 शहरहरूको सहभागिता बढेको छ।
यो गति नोकरी र प्रतिभा विकासमा यस क्षेत्रको बढ्दो प्रभावमा पनि परिलक्षित हुन्छ। लाइभ मनोरञ्जन अब भारतको रचनात्मक अर्थतन्त्रको लागि एक साइड नोट होइन; यो एक रणनीतिक लिभर हो, जसले रोजगारीलाई प्रोत्साहित गर्दछ र कौशल विकासलाई अगाडि बढाउँछ। वर्तमान परिदृश्यमा धेरै मात्रामा हुने आयोजनहरूले सामान्यतया लगभग 2,000 देखि 5,000 अस्थायी नोकरी पैदा गर्छन्, जसले जीविकोपार्जनलाई समर्थन गर्ने र एक गतिशील कार्यबललाई बढावा दिनमा क्षेत्रको बढ्दो भूमिकालाई रेखाङ्कित गर्दछ।
यस कार्यक्रममा प्रमुख रिपोर्टहरूको पनि विमोचन गरियो, जसमा सूचना प्रसारण मन्त्रालयद्वारा मिडिया तथा मनोरञ्जन क्षेत्रमाथि साङ्ख्यिकी पुस्तिका 2024-25, बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) द्वारा ‘कन्टेन्ट टु कमर्स: म्यापिङ इण्डियाज क्रिएटर इकोनोमी’, अर्न्स्ट एण्ड यङद्वारा ‘ए स्टुडियो कल्ड इण्डिया’, र खेतान एण्ड कम्पनीद्वारा ‘लिगल करेन्ट्स: ए रेगुलेटरी ह्याण्डबुक अन इणिअडयाज मिडिया एण्ड इन्टरटेनमेन्ट सेक्टर 2025’ सामेल छन्।
केन्द्रित निवेश, नीतिगत समर्थन र पूर्वाधार स्तरोन्नतिको साथ भारत 2030 सम्ममा वैश्विक रूपमा शीर्ष पाँच लाइभ मनोरञ्जन गन्तव्यहरू मध्ये एकको रूपमा आफूलाई स्थापित गर्ने मार्गमा छ, जसले आर्थिक विकास, रोजगारी सिर्जना, पर्यटन र बढ्दै वैश्विक सांस्कृतिक उपस्थितिको लागि नयाँ मार्ग खोल्नेछ।
वास्तविक समयमा आधिकारिक अपडेटहरूको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:
एक्स-मा:
https://x.com/WAVESummitIndia
https://x.com/MIB_India
https://x.com/PIB_India
https://x.com/PIBmumbai
इन्स्टाग्राममा:
https://www.instagram.com/wavesummitindia
https://www.instagram.com/mib_india
https://www.instagram.com/pibindia
******
पीआईबी टीम वेभ्स 2025 । राजिथ/ रितु/ दर्शन । 165
Release ID:
(Release ID: 2127003)
| Visitor Counter:
6
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam