WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

संस्कृति एक शक्तिशाली लेन्स हो, जसको माध्यमबाट ब्राण्डहरूले आफ्ना दर्शकलाई बुझ्न सक्छन्, आफ्ना प्रस्तावहरूलाई वैयक्तिकृत गर्न सक्छन् र सार्थक सम्बन्धलाई बढ़ावा दिन सक्छन्: प्रेम नारायण, ओगिल्भी, वेभ्स 2025


ब्राण्ड निर्माणको लागि इन्धनको रूपमा संस्कृति - वेभ्स 2025 मा प्रेम नारायण, ओगिल्भीद्वारा मास्टरक्लासबाट अन्तर्दृष्टि

 Posted On: 01 MAY 2025 6:02PM |   Location: PIB Gangtok

मुम्बई, 1 मई 2025

 

वेभ्स 2025 को उद्घाटन दिनमा ओगिल्भीका प्रमुख रणनीति अधिकारी श्री प्रेम नारायणद्वारा ब्राण्ड निर्माण सम्बन्धी एक आकर्षक मास्टरक्लास दिइयो, जसमा भारतीय उपभोक्तासँग प्रतिध्वनित हुने ब्राण्डहरू बनाउनका लागि संस्कृतिलाई उपयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा गहिरो अन्तर्दृष्टि प्रदान गरियो।

ब्राण्ड बनाउनका लागि इन्धनको रूपमा संस्कृति शीर्षकको आफ्नो सत्रमा श्री नारायणले ब्राण्ड कथाहरूलाई आकार दिन र उपभोक्ता व्यवहारलाई प्रभावित गर्नमा सांस्कृतिक प्रासङ्गिकताको महत्त्वपूर्ण भूमिकालाई रेखाङ्कित गरे। उनले भारतमा विज्ञापनले कसरी सांस्कृतिक परम्परामा आफ्नो जरा गाडेर विकसित भएको छ र सांस्कृतिक मूल्यहरूसँग मिल्ने ब्राण्डहरूले कसरी स्थायी उपभोक्ता वफादारी हासिल गर्ने अधिक सम्भावना हुन्छ भनेर प्रदर्शन गरे।

क्याडबरीको विज्ञापन यात्राको उदाहरणलाई उद्धृत गर्दै श्री नारायणले कसरी ब्राण्डले चकलेटलाई यो गहिरो रूपमा जरा गाडेको अनुष्ठानको आधुनिक अभिव्यक्तिको रूपमा राखेर ’मिठा’ (मिठाई) को भारतीय परम्परामा सफलतापूर्वक सामेल गऱ्यो भनेर व्याख्या गरे। यो सांस्कृतिक पङ्क्तिबद्धताले उत्सवहरू र दैनिक क्षणहरूलाई पुन: परिभाषित गर्दै ब्राण्डलाई भारतीय घरहरूमा एक अद्वितीय तथा स्थायी स्थान बनाउनमा मद्दत गऱ्यो।

सत्रले अन्य अभियानहरूलाई पनि प्रकाश पाऱ्यो, जसले ब्राण्डले लाभ दिनका लागि सांस्कृतिक अन्तर्दृष्टिलाई प्रभावकारी ढङ्गमा उपयोग गऱ्यो। उदाहरणहरूमा वेभ्सको सुरक्षा सन्देश र फेभिकोलको हास्यपूर्ण तर सांस्कृतिक रूपमा मिल्दोजुल्दो कहानी सामेल छ - जसमा दुवैले ब्राण्ड रिकल र भावनात्मक सम्बन्धलाई बढ़ाएका छन्।

श्री नारायणले के कुरामा जोड दिए भने ब्राण्ड प्रेमको निर्माण उत्पाद सुविधाहरूभन्दा पर छ - यसको लागि ब्राण्डलाई सांस्कृतिक तानाबानामा समाहित गर्न आवश्यक छ। उदाहरणका लागि, भारतीय आतिथ्यको प्रतीकको रूपमा चियाको सरल विचारलाई विभिन्न ब्राण्डहरूले एकजुटता र परिचिततालाई जोड दिन रचनात्मक रूपमा प्रयोग गरेका छन्, जसले ब्राण्डको अनुभवलाई अझ विश्वसनीय र हृदयलाई स्पर्श गर्ने बनाउँछ। उनले क्षेत्रीय संवेदनाहरूका लागि सञ्चारलाई तयार गर्ने महत्त्वमाथि पनि जोड दिए। भारतको समृद्ध भाषिक र सांस्कृतिक विविधताको साथ, ब्राण्डिङमा क्षेत्रीय अनुकूलन प्रभावकारी मात्र होइन - तर यो आवश्यक पनि छ।

मास्टरक्लासले सांस्कृतिक अवसर र डिजिटल प्रविधिहरूको अभिसरणले व्यापारको विकासको लागि नयाँ बाटो कसरी खोल्छ भन्ने कुरामा प्रकाश पारेको छ। शाहरुख खानको विशेषता भएको क्याडबरीको ‘माई एड’ अभियानलाई हाइपर-पर्सनालाइज्ड विज्ञापनको लागि एक मोडेलको रूपमा प्रस्तुत गरिएको थियो, जसले दर्शकहरूसम्म पुग्नका लागि डिजिटल उपकरणको प्रयोग गर्दछ, जबकि यसले साझा सांस्कृतिक क्षणहरूसँग पनि कुरा गर्दछ।

श्री नारायणनले भने, डिजिटल र सामाजिक सञ्जालहरू सांस्कृतिक सङ्केतहरूले भरिपूर्ण छन्, जसको उपयोग अधिक प्रासङ्गिक र प्रतिध्वनित कहानी भन्नका लागि गर्न सकिन्छ। उनले ट्रक चालकहरूको लागि आई टेस्ट मेन्यू अभियानतर्फ इशारा गरे, जसले विशिष्ट दर्शकहरूको लागि सन्देशलाई मात्र वैयक्तिकृत गर्दैन, तर ठोस सामाजिक प्रभाव पनि पैदा गर्दछ - जसले अहिलेसम्म 42,000 भन्दा अधिक ट्रक चालकहरू लाभान्वित भएका छन्।

सत्रको समापन गर्दै नारायणले जोड दिँदै भने, संस्कृति एक शक्तिशाली लेन्स बनेको छ जसको माध्यमबाट ब्राण्डहरूले आफ्ना दर्शकहरूलाई बुझ्न सक्छन्, आफ्ना प्रस्तावहरूलाई वैयक्तिकृत गर्न सक्छन् र सार्थक सम्बन्ध बनाउन सक्छन्। सत्रले ती ब्राण्डहरूका लागि रोडम्याप प्रस्तुत गर्यो, जुन भारतमा मात्र बढ़ाउन चाहँदैन, तर भारतसित अघि बढ्न चाहन्छ - यसका नागरिक, उनीहरूको परम्परा र उनीहरूको आकांक्षाको भाषा बोलेर।

*****

 

पीआईबी टीम वेभ्स 2025 । राजित/ पौशाली/ लक्ष्मीप्रिया/ दर्शना । 126


Release ID: (Release ID: 2126035)   |   Visitor Counter: 12