सूचना तथा प्रसारण मन्त्रालय
वेभ्स 2025 ले बलिवुड सिनेमाका दिग्गज मनोज कुमारलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गऱ्यो
वेभ्स ब्रेकआउट सत्र: मनोज कुमारलाई स्मरण गर्दै: उत्कृष्ट फिल्म निर्माता, सच्चा राष्ट्रवादी भावना, अन्तर्दृष्टि र सिनेमाई विरासतका साथ समाप्त भयो
Posted On:
01 MAY 2025 5:47PM
|
Location:
PIB Gangtok
मुम्बई, 1 मई 2025
वेभ्स 2025 मा सिनेमाई लहरहरू एक भावपूर्ण चरमोत्कर्षमा पुगे, किनभने “मनोज कुमारलाई स्मरण गर्दै: उत्कृष्ट फिल्म निर्माता, सच्चा राष्ट्रवादी” सत्रमा भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित तथा देशभक्त आवाजहरू मध्ये एकलाई श्रद्धाञ्जलि अर्पण गऱ्यो। प्रख्यात फिल्म समीक्षक र पोडकास्टर मयङ्क शेखरद्वारा सञ्चालित यस सत्रले फिल्म र साहित्यिक जगतका प्रमुख आवाजहरूका साथ आयो र दिग्गज अभिनेता, लेखक र फिल्म निर्माताको विरासतमा विचार गरियो।
1937 मा हरिकिशन गिरी गोस्वामीको रूपमा जन्मिएका मनोज कुमारको जीवन उनका फिल्महरू जत्तिकै नाटकीय र प्रेरणादायी थिए। विभाजनको समयमा उजाड़ भएपछि उनी बम्बई आए, जहाँ उनीसित सपनाको थियो, तर फिल्मसित उनको कुनै सम्बन्ध थिएन। एक स्वनिर्मित कहानीकार जसले शुरुआतमा उर्दूमा पटकथा लेखेका थिए, कुमारले एक विशिष्ट सिनेमाई आवाज सिर्जना गरे - जसमा मुख्यधाराको अपीललाई राष्ट्रवाद र सामाजिक विवेकको गहिरो भावनासँग मिलायो।
मनोज कुमारका छोरा तथा अभिनेता कुणाल गोस्वामीले अन्तरङ्ग सम्झनाहरूका साथ सत्रको शुरुआत गरे: “मेरा पिताले विभाजनको समयमा सबै कुरा गुमाउनुभयो, तर कहिल्यै आफ्नो दृष्टिकोण गुमाउनुभएन। शरणार्थी शिविरमा बस्नेदेखि लिएर उर्दूमा प्रतिष्ठित कहानीहरूको पटकथा लेख्नेसम्म, उनको यात्रा लचिलोपनको प्रमाण हो। उनले भगत सिंहकी आमालाई ’शहीद’ को प्रिमियरमा ल्याए - उनको देशभक्ति कति व्यक्तिगत थियो। उनले यस्ता ब्लकबस्टर फिल्म बनाए, जुन गहिरो राष्ट्रवादी पनि थिए - एक दुर्लभ उपलब्धि।”
पेज 3, चाँदनी बार र फेशन जस्ता प्रशंसित चलचित्रहरूका राष्ट्रिय पुरस्कार विजेता निर्देशक मधुर भण्डारकरले मनोज कुमारको सिनेमाई प्रविधिलाई स्मरण गर्दै भनेको कि, जुन प्रकारले उनले गीतहरू शूट गरे, त्यो अविश्वसनीय थियो। भण्डारकरले थपे कि मनोज कुमारका फिल्महरू राष्ट्रवाद र सामाजिक यथार्थवादले भरिएका थिए, जुन उनले आफ्नै काममा दोहोराउने प्रयास गरेका छन्। “चाँदनी बार धेरै हिसाबले मनोज कुमारको लोकाचारप्रति अवचेतन श्रद्धाञ्जलि थियो”, भण्डारकरले भने।
वरिष्ठ लेखक तथा गीतकार डा. राजीव श्रीवास्तवले एउटा विस्मयकारी कहानी साझा गरे:
“दिल्लीमा ‘शहीद’ को प्रदर्शनको क्रममा तत्कालीन प्रधानमन्त्री लाल बहादुर शास्त्रीले मनोज कुमारलाई उनको नारा ‘जय जवान जय किसान’ मा आधारित एक फिल्म बनाउन आग्रह गरे। यसबाट प्रेरित भएर मनोज कुमारले मुम्बई फर्कने रातभरिको रेल यात्राको क्रममा उपकारको कहानी लेखे। मनोज कुमारको जीवन आम मानिससँग कुरा गर्ने एक सिनेमाई मिशन थियो। यसरी उनको भावनाले वेभ्सको सारलाई नै प्रतिबिम्बित गर्दछ।”
अनुभवी स्तम्भकार तथा जीवनी लेखक भारती एस. प्रधानले एक मार्मिक विचार प्रस्तुत गरे:
“उनको ठूलो सफलताको बावजुद, उनी अविश्वसनीय रूपमा मिलनसार थिए। अस्वस्थ हुँदा पनि उनी आफ्नो अर्को फिल्मको सपना देखिरहेका हुन्थे। त्यो उनको भावना थियो - सधैँ अगाड़िको सपना देख्ने गर्थे।”
एक विरासत जो आज पनि कायम छ
भारत कुमारको नामले परिचित मनोज कुमारलाई पद्मश्री र दादा साहेब फाल्के पुरस्कार सहित धेरै पुरस्कारद्वारा सम्मानित गरियो। उनका चलचित्रहरू - शहीद, पूरब और पश्चिम, रोटी कपडा और मकान, उपकार, क्रान्ति - केवल सिनेमाई माइलखुट्टी मात्र थिएनन् तर सांस्कृतिक माइलखुट्टी पनि थिए। सत्रको समापन दर्शकहरूको जोड़दार ताली र एक यस्ता व्यक्तिप्रति सामूहिक कृतज्ञताको भावनाका साथ भयो, जसले देशभक्तिलाई काव्यात्मक तथा कहानी भन्नुलाई उत्कृष्ट बनायो।
*****
पीआईबी टीम वेभ्स 2025 । राजिथ/अथिरा थम्पी/लक्ष्मीप्रिया/दर्शन । 125
Release ID:
(Release ID: 2125882)
| Visitor Counter:
14