WAVES BANNER 2025
प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले वेभ्स 2025 को उद्घाटन गरे


वेभ्सले वैश्विक मञ्चमा भारतका रचनात्मक शक्तिहरूलाई उजागर गऱ्यो: प्रधानमन्त्री

विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन, वेभ्स, केवल एक संक्षिप्त नाम होइन, यो संस्कृति, रचनात्मकता र सार्वभौमिक सम्पर्कको एक लहर हो: प्रधानमन्त्री

एक बिलियनभन्दा अधिक आबादी भएको भारत, एक बिलियनभन्दा अधिक कहानीहरूको भूमि पनि हो: प्रधानमन्त्री

यो भारतमा सृजन गर्ने र विश्वका लागि सिर्जना गर्ने सही समय हो: प्रधानमन्त्री

आज जब विश्व कहानी भन्ने नयाँ तरिकाहरू खोजिरहेको छ, भारतसँग हजारौँ वर्ष पुराना कहानीहरूको खजाना छ, यो खजाना कालातीत, विचारोत्तेजक र वास्तवमै वैश्विक छ: प्रधानमन्त्री

यो भारतमा अरेन्ज इकोनमीको उदयको समय हो, कन्टेन्ट, क्रिएटिभिटी र कल्चर - यी अरेन्ज इकोनमीका तीन स्तम्भहरू हुन्: प्रधानमन्त्री

स्क्रिनको आकार सानो हुँदै गइरहेको हुन सक्छ, तर यसको दायरा अनन्त हुँदै गइरहेको छ, स्क्रिन सूक्ष्म हुँदै गइरहेको छ, तर सन्देश मेगा हुँदै गइरहेको छ: प्रधानमन्त्री

आज, भारत फिल्म निर्माण, डिजिटल कन्टेन्ट, गेमिङ, फेशन, सङ्गीत र लाइभ कन्सर्टका लागि एक वैश्विक केन्द्रको रूपमा उदाइरहेको छ: प्रधानमन्त्री

विश्वका रचनाकारहरूलाई - ठूला सपना देख्नुहोस् र आफ्नो कहानी सुनाउनुहोस्, निवेशकहरूलाई - केवल प्लेटफर्महरूमा होइन, तर मानिसहरूमा पनि निवेश गर्नुहोस्, भारतीय युवाहरूलाई - आफ्ना एक बिलियन नभनिएका कहानीहरू संसारलाई सुनाउनुहोस् : प्रधानमन्त्री

 Posted On: 01 MAY 2025 1:42PM |   Location: PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज मुम्बईको जियो वर्ल्ड सेन्टरमा भारतको आफ्नो प्रकारको पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन, वेभ्स 2025 को उद्घाटन गरे। यस अवसरमा उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै उनले आज मनाइँदै गरेको महाराष्ट्र दिवस र गुजरात राज्य स्थापना दिवसको अवसरमा सबैलाई बधाई दिए। रचनात्मक उद्योगसित जोड़िएका सबै अन्तर्राष्ट्रिय गणमान्य व्यक्तिहरू, राजदूतहरू र नेताहरूको उपस्थितिलाई स्वीकार गर्दै प्रधानमन्त्रीले यस सभाको महत्त्वमाथि प्रकाश पारे तथा 100 भन्दा अधिक देशका कलाका, नवोन्मेषक, निवेशक र नीति निर्माता प्रतिभा तथा रचनात्मकताको वैश्विक पारिस्थितिक प्रणालीको जग बसाल्नका लागि एक साथ आएको कुरामा जोड दिए। “वेभ्स केवल एक संक्षिप्त नाम मात्र होइन, तर यो संस्कृति, रचनात्मकता र सार्वभौमिक सम्पर्कको प्रतिनिधित्व गर्ने एक लहर हो”। उनले अघि रेखाङ्कित गर्दै भने कि यो शिखर सम्मेलनले फिल्म, सङ्गीत, गेमिङ, एनिमेशन र कहानी भन्ने विशाल दुनियाँलाई प्रदर्शित गर्दछ, जसले कलाकार र रचनाकारहरूलाई जोड्ने र सहयोग गर्नका लागि एक वैश्विक मञ्च प्रदान गर्दछ। प्रधानमन्त्रीले यस ऐतिहासिक अवसरमा सबै सहभागीहरूलाई बधाई दिए अनि भारत र विदेशबाट आएका विशिष्ट अतिथिहरूलाई न्यानो स्वागत जनाए।

वेभ्स शिखर सम्मेलनमा भारतको समृद्ध सिनेमाई इतिहासलाई प्रतिबिम्बित गर्दै श्री मोदीले उल्लेख गरे कि 3 मई, 1913 मा भारतको पहिलो फिचर फिल्म राजा हरिश्चन्द्र रिलिज भएको थियो, जसको निर्देशन अग्रणी फिल्म निर्माता दादा साहेब फाल्केद्वारा गरिएको थियो। उनले फाल्केको जन्मजयन्ती एक दिनअघि मात्र मनाइएको स्मरण गरे। उनले पछिल्लो शताब्दीमा भारतीय सिनेमाको प्रभावलाई रेखाङ्कित गर्दै भने कि यसले भारतको सांस्कृतिक सारलाई विश्वको हरेक कुनामा सफलतापूर्वक पुर्याएको छ। उनले रूसमा राज कपूरको लोकप्रियता, कान्समा सत्यजित रेको वैश्विक पहिचान र आरआरआरको ओस्कर विजेता सफलतामाथि प्रकाश पारे अनि भारतीय फिल्म निर्माताहरूले वैश्विक आख्यानहरूलाई कसरी आकार दिन जारी राखेका छन् भन्ने कुरामा जोड दिए। उनले गुरु दत्तको सिनेम्याटिक कविता, ऋत्विक घटकको सामाजिक प्रतिबिम्ब, एआर रहमानको सङ्गीत प्रतिभा र एस. एस. राजामौलीको महाकाव्य कहानी कथनको पनि प्रशंसा गरे। उनले भने कि यीमध्ये प्रत्येक कलाकारले विश्वभरिका लाखौँ मानिसहरूका लागि भारतीय संस्कृतिलाई जीवन्त बनाएका छन्। श्री मोदीले भारतीय सिनेमाका दिग्गजहरूलाई उद्योगमा उनीहरूको योगदानलाई श्रद्धाञ्जली दिँदै स्मारक डाक टिकटहरूको माध्यमद्वारा सम्मान गरिएको पनि टिप्पणी गरे।

भारतको रचनात्मक क्षमता र वैश्विक सहयोगको महत्त्वमाथि जोड दिँदै प्रधानमन्त्रीले पछिल्ला केही वर्षमा उनीहरूले गेमिङ, सङ्गीत, फिल्म निर्माण र अभिनयका पेशेवरहरूका साथ विचार र अन्तर्द़ृष्टिमाथि चर्चा गरे, जसले रचनात्मक उद्योगहरूको बारेमा आफ्नो बुझाइलाई गहिरो बनाएको टिप्पणी गरे। उनले महात्मा गान्धीको 150औँ जन्मजयन्तीको समयमा गरिएको एक अद्वितीय पहलमाथि प्रकाश पारे, जसमा 150 देशका गायकहरू नरसिंह मेहताद्वारा लगभग 500-600 वर्ष पहिला लेखिएको भजन ’वैष्णव जन तो’ प्रस्तुत गर्नका लागि एक साथ आएका थिए। उनले भने कि यो वैश्विक कलात्मक प्रयासले एक महत्त्वपूर्ण प्रभाव पैदा गर्यो, जसले विश्वलाई सद्भावमा एक साथ ल्यायो। उनले थप उल्लेख गरे अनुसार शिखर सम्मेलनमा उपस्थित धेरै व्यक्तिहरूले गान्धीको दर्शनलाई अगाडि बढाएर लघु भिडियो सन्देश बनाएर गान्धी वन फिफ्टी पहलमा योगदान दिएका थिए। उनले टिप्पणी गरे कि भारतको रचनात्मक दुनियाँको सामूहिक शक्ति, अन्तर्राष्ट्रिय सहयोगसँग मिलेर पहिले नै आफ्नो क्षमताको प्रदर्शन गरिसकेको छ अनि त्यो दृष्टि अहिले वेभ्सको रूपमा साकार भएको छ।

श्री मोदीले वेभ्स शिखर सम्मेलनको पहिलो संस्करणको शानदार सफलताको प्रशंसा गर्दै भने कि आफ्नो पहिलो क्षणदेखि नै यो आयोजनले वैश्विक ध्यान आकर्षित गरेको छ र यो उद्देश्यले भरिएको छ। उनले शिखर सम्मेलनको सल्लाहकार बोर्डको समर्पण र प्रयासलाई स्वीकार गरे तथा रचनात्मक उद्योगमा वेभ्सलाई एक ऐतिहासिक आयोजन बनाउनमा उनीहरूको भूमिकामाथि जोड दिए। उनले ठूलो मात्रामा क्रिएटर्स च्यालेन्ज र क्रिएटोस्फियर पहलमाथि पनि प्रकाश पारे, जसमा 60 देशका लगभग 100,000 रचनात्मक पेशेवरहरूले भाग लिएका थिए। उनले टिप्पणी गरे कि 32 चुनौतीहरू मध्ये, 800 फाइनलिस्ट चुनिएका छन्, उनीहरूको प्रतिभालाई पहिचान गरिएको छ र उनीहरूको उपलब्धिमा प्रधानमन्त्रीले बधाई दिए। उनले फाइनलिस्टहरूलाई प्रोत्साहित गर्दै भने कि अब उनीहरूसँग वैश्विक रचनात्मक मञ्चमा आफ्नो छाप छोड्ने अवसर छ।

प्रधानमन्त्रीले वेभ्स शिखर सम्मेलनको क्रममा भारत मण्डपमा प्रदर्शन गरिएका रचनात्मक विकासको लागि उत्साह व्यक्त गरे। उनले भने कि महत्वपूर्ण नवाचार हासिल भएको छ र उनी यी कृतिहरू प्रत्यक्ष रूपमा हेर्नका लागि उत्सुक छन्। प्रधानमन्त्रीले वेभ्स बजार पहलमाथि प्रकाश पारे तथा नयाँ रचनाकारहरूलाई प्रोत्साहन गर्ने र उनीहरूलाई उदीयमान बजारहरूसँग जोड्ने यसको क्षमतामाथि ध्यान दिए। उनले कला उद्योगमा खरिददार र विक्रेताहरूलाई जोड्ने अवधारणाको प्रशंसा गर्दै भने अनुसार यस्ता पहलहरूले रचनात्मक अर्थतन्त्रलाई मजबुत बनाउँछन् र कलाकारहरूका लागि नयाँ अवसर प्रदान गर्छन्।

रचनात्मकता र मानवीय अनुभव बीचको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दै उनले भने कि एक बच्चाको यात्रा आमाको लोरीबाट शुरु हुन्छ, जुन ध्वनि र सङ्गीतसित तिनको पहिलो परिचय हो, श्री मोदीले के टिप्पणी गरे भने जसरी एक आमाले आफ्नो बच्चाको लागि सपना बुन्छिन्, उसरी नै रचनात्मक पेशेवरहरूले एक युगका सपनाहरूलाई आकार दिन्छन्। उनले जोड दिँदै भने अनुसार वेभ्सको सार त्यस्ता दूरदर्शी व्यक्तिहरूलाई एक साथ ल्याउनुमा निहित छ जसले आफ्नो कलाको माध्यमद्वारा पिँढ़ीहरूलाई प्रेरित र प्रभावित गर्दछन्।

सामूहिक प्रयासहरूमा आफ्नो विश्वासलाई पुन: पुष्टि गर्दै उनले भने, कलाकार, रचनाकार र उद्योगका नेताहरूको समर्पणले आगामी वर्षहरूमा वेभ्सलाई नयाँ उँचाइमा पुऱ्याउनेछ, श्री मोदीले आफ्ना उद्योग समकक्षहरूलाई सोही स्तरको समर्थन र सहयोग जारी राख्न अग्रह गरे, जसले शिखर सम्मेलनको पहिलो संस्करणलाई सफल बनाएका थिए। उनले भने, अझै धेरै रोमाञ्चक लहरहरू आउन बाँकी छन् तथा भविष्यमा वेभ्स पुरस्कार शुरु गरिने घोषणा गरे, जसले आफूलाई कला र रचनात्मकताको दुनियाँमा सबैभन्दा प्रतिष्ठित सम्मानको रूपमा स्थापित गर्नेछ। उनले विश्वभरिका मानिसहरूको मन जित्नु र रचनात्मकताको माध्यमद्वारा पिँढ़ीहरूलाई प्रेरित गर्ने लक्ष्य रहेको बताउँदै निरन्तर प्रतिबद्धताको आवश्यकतामाथि जोड दिए।

भारतको तीव्र आर्थिक प्रगतिमाथि प्रकाश पार्दै राष्ट्र विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बाटोमा अग्रसर रहेको बताउँदै प्रधानमन्त्रीले वैश्विक फिनटेक अपनाउनमा भारत नम्बर एक स्थानमा राखेको छ, दोस्रो ठूलो मोबाइल निर्माता हो अनि विश्वभरि तेस्रो सबैभन्दा ठूलो स्टार्टअप पारिस्थितिकी प्रणाली भएको टिप्पणी गरे। उनले विकसित राष्ट्र बन्ने दिशामा भारतको यात्रा भर्खरै शुरु भएको र यसमा धेरै कुराहरू पेश रहेकोमा जोड दिए। “भारत एक बिलियनभन्दा अधिक आबादीको घर मात्र होइन, तर एक बिलियनभन्दा अधिक कहानीहरूको घर पनि हो”, उनले थपे। देशको समृद्ध कलात्मक इतिहासको उल्लेख गर्दै उनले दुई हजार वर्ष पहिला भरत मुनिको नाट्य शास्त्रले भावना र मानवीय अनुभवहरूलाई आकार दिन कलाको शक्तिलाई जोड दिएको कुराको स्मरण गरे। उनले भने, शताब्दीऔँ अघि, कालिदासको अभिज्ञान-शकुन्तलमले शास्त्रीय नाटकमा एक नयाँ दिशा पेश गरेको थियो। प्रधानमन्त्रीले भारतको गहिरो सांस्कृतिक जरालाई जोड दिँदै भने अनुसार हरेक गल्लीमा एक कहानी हुन्छ, हरेक पहाडले एक गीत बोक्छ र हरेक नदीले एक धुन गुनगुनाउँछ। उनले भारतका छः लाख गाउँहरूमा प्रत्येकको आ-आफ्नै लोक परम्परा र अनौठा कहानी भन्ने शैलीहरू रहेको टिप्पणी गरे, जहाँ समुदायहरूले लोकगीतहरूको माध्यमद्वारा आफ्नो इतिहासलाई संरक्षण गर्छन्। उनले भारतीय सङ्गीतको आध्यात्मिक महत्त्वमाथि प्रकाश पार्दै चाहे भजन होस्, गजल होस्, शास्त्रीय रचना होस् वा समकालीन धुन होस्, हरेक रागमा एक कहानी हुन्छ र हरेक लयमा एक आत्मा हुन्छ भन्ने कुरा उल्लेख गरे।

श्री मोदीले वेभ्स शिखर सम्मेलनमा भारतको गहिरो जरा गाडेको कलात्मक र आध्यात्मिक विरासतमाथि जोड दिनुभयो, जसमा नाद ब्रह्मा, दिव्य ध्वनिको अवधारणामाथि प्रकाश पारे। उनले भने अनुसार भारतीय पौराणिक कथाहरूले सधैँ सङ्गीत र नृत्यको माध्यमद्वारा दिव्यतालाई व्यक्त गरेको टिप्पणी गरे, जसमा भगवान् शिवको डमरुलाई पहिलो ब्रह्माण्डीय ध्वनि, देवी सरस्वतीको वीणालाई ज्ञानको लय, भगवान् कृष्णको बाँसुरीलाई प्रेमको शाश्वत सन्देश र भगवान् विष्णुको शङ्खलाई सकारात्मक ऊर्जाको आह्वानको रूपमा उल्लेख गरे। उनले शिखर सम्मेलनमा मन्त्रमुग्ध गर्ने सांस्कृतिक प्रस्तुतिले पनि यो समृद्ध विरासतलाई प्रतिबिम्बित गर्ने कुरामा जोड दिए। यो सही समय हो भन्ने घोषणा गर्दै श्री मोदीले भारतको क्रिएट इन इण्डिया, क्रिएट फर द वर्ल्डको दृष्टिकोणलाई दोहोऱ्याए। उनले जोड़ दिँदै भने अनुसार देशको कहानी भन्ने परम्पराले हजारौँ वर्षसम्म फैलिएको एक अमूल्य खजाना प्रदान गर्दछ। उनले भारतका कहानीहरू कालातीत, विचारोत्तेजक र साँच्चै वैश्विक छन् भन्ने कुरामाथि प्रकाश पारे, जसले सांस्कृतिक विषयवस्तु मात्र नभई विज्ञान, खेल, साहस र बहादुरीलाई पनि सामेल गर्दछ। उनले भने, भारतको कहानी भन्ने कलामा विज्ञान र विज्ञान र कल्पनाको मिश्रण छ तथा वीरता र नवाचारको मिश्रण छ, जसले एक विशाल तथा विविधतापूर्ण रचनात्मक पारिस्थितिक प्रणालीको निर्माण गर्दछ। उनले वेभ्स मञ्चलाई भारतका असाधारण कहानीहरूलाई विश्वसँग साझा गर्ने जिम्मेवारी लिने र नयाँ तथा आकर्षक प्रारूपहरूको माध्यमद्वारा भावी पिँढ़ीहरूसम्म पुऱ्याउन आह्वान गरे।

प्रधानमन्त्रीले मानिसहरूको पद्म पुरस्कार र वेभ्स शिखर सम्मेलनको पछाडिको दृष्टिकोणको बीच समानताहरू चित्रण गर्दै भने कि दुवै पहलको उद्देश्य भारतको हरेक कुनाबाट प्रतिभालाई पहिचान गर्नु र उत्थान गर्ने लक्ष्य राखेको बताए। उनले भने कि यद्यपि पद्म पुरस्कारहरूको शुरुआत स्वतन्त्रताको केही वर्षपछि शुरु भएको थियो, तर जब भारतले मानिसहरूको पद्मलाई अपनायो, तब ती वास्तवमै परिवर्तन भए अनि दुर्गम क्षेत्रहरूबाट राष्ट्रको सेवा गर्ने व्यक्तिहरूलाई मान्यता दिइयो। उनले जोड दिँदै भने, यो परिवर्तनले पुरस्कारहरूलाई एक समारोहबाट राष्ट्रिय उत्सवमा परिणत गर्यो। यसरी नै, प्रधानमन्त्रीले भने कि वेभ्सले फिल्म, सङ्गीत, एनिमेशन र गेमिङमा भारतको अपार रचनात्मक प्रतिभाको लागि एक वैश्विक मञ्चको रूपमा काम गर्नेछ, जसले देशको हरेक भागका कलाकारहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने कुरा सुनिश्चित गर्नेछ।

विविध विचार र संस्कृतिहरूलाई अपनाउने भारतको परम्परालाई रेखाङ्कित गर्दै संस्कृत वाक्यांशलाई उल्लेख गर्दै श्री मोदीले के कुरामा जोड दिए भने भारतको सभ्यतागत खुलापनले पारसी र यहूदीहरू जस्ता समुदायहरूलाई स्वागत गरेको छ, जो देशमा फस्टाएका छन् र यसको सांस्कृतिक संरचनाको अभिन्न अङ्ग बनेका छन्। उनले विभिन्न देशका मन्त्रीहरू र प्रतिनिधिहरूको उपस्थितिलाई स्वीकार गरे तथा प्रत्येक राष्ट्रको आफ्नै सफलता र योगदान रहेको उल्लेख गरे। उनले टिप्पणी गरे कि भारतको शक्ति वैश्विक कलात्मक उपलब्धिहरूको सम्मान गर्न र तिनको उत्सव मनाउनुमा निहित छ, जसले रचनात्मक सहयोगका लागि देशको प्रतिबद्धतालाई मजबुत पार्दछ। उनले के कुरामा जोड दिए भने विभिन्न संस्कृति र राष्ट्रका उपलब्धिहरूलाई दर्शाउने सामग्री सिर्जना गरेर, वेभ्सले वैश्विक सम्पर्क र कलात्मक आदान-प्रदानको दृष्टिकोणलाई बलियो बनाउन सक्छ।

प्रधानमन्त्रीले वैश्विक रचनात्मक समुदायलाई एक निमन्त्रणा दिए, उनीहरूलाई आश्वासन दिए कि भारतका कहानीहरूसँग जोड़िँदा उनीहरूका आफ्नै संस्कृतिहरूसँग गहिरो रूपमा प्रतिध्वनित कहानीहरू प्रकट हुनेछन्। उनले जोड दिए अनुसार भारतको समृद्ध कहानी भन्ने परम्परामा यस्ता विषय तथा भावनाहरू छन्, जसले सीमाहरूलाई पार गर्छन्, जसले एक स्वाभाविक तथा सार्थक सम्बन्ध बनाउनेछन्। उनले टिप्पणी गरे कि भारतका कहानीहरूको अन्वेषण गर्ने अन्तर्राष्ट्रिय कलाकार र रचनाकारहरूले राष्ट्रको विरासतका साथ एक जैविक बन्धन अनुभव गर्नेछन्। उनले भने कि यो सांस्कृतिक तालमेलले भारतको क्रिएट इन इण्डियाको दृष्टिकोणलाई विश्वका लागि झन् अधिक आकर्षक र सुलभ बनाउनेछ।

“यो भारतमा अरेन्ज इकोनमीको उदयको समय हो, कन्टेन्ट, क्रिएटिभिटी र कल्चर - अरेन्ज इकोनमीका तीन स्तम्भहरू हुन्”, श्री मोदीले भारतीय चलचित्रहरू अब 100 भन्दा अधिक देशका दर्शकहरूसम्म पुगिसकेको टिप्पणी गर्दै भने, वैश्विक दर्शकहरूले सतही स्तरको प्रशंसाभन्दा इतर भारतीय सिनेमालाई बुझ्न खोजिरहेका छन्। उनले उपशीर्षक सहित भारतीय सामग्री हेर्ने अन्तर्राष्ट्रिय दर्शकहरूको बढ्दो प्रवृत्तिमाथि प्रकाश पारे, जसले भारतका कहानीहरूसँग गहिरो जुड़ावलाई सङ्केत गर्दछ। श्री मोदीले के पनि उल्लेख गरे भने भारतको ओटीटी उद्योगले हालैका वर्षहरूमा दश गुणा वृद्धि देखेको छ, उनले भने, स्क्रिनको आकार घट्दै गए पनि सामग्रीको दायरा असीमित छ, जसमा माइक्रो स्क्रिनहरूले ठूलो सन्देश दिइरहेका छन्। उनले भारतीय व्यञ्जन वैश्विक रूपमा मनपर्ने बन्दै गएको देखेको र भारतीय सङ्गीतले चाँडै विश्वभरिमा यस्तै प्रकारको पहिचान हासिल गर्ने बताए।

भारतको रचनात्मक अर्थतन्त्रको विशाल सम्भावनालाई जोड दिँदै, आगामी वर्षहरूमा देशको ॠऊझ मा यसको योगदान उल्लेखनीय रूपमा बढ्ने कुरा बताउँदै प्रधानमन्त्रीले टिप्पणी गरे, भारत फिल्म निर्माण, डिजिटल सामग्री, गेमिङ, फेशन र सङ्गीतको लागि वैश्विक केन्द्रको रूपमा उदाउँदैछ। उनले लाइभ कन्सर्ट उद्योगमा आशाजनक वृद्धि अवसर र वैश्विक एनिमेशन बजारमा विशाल सम्भावनालाई उल्लेख गरे, जुन हाल 430 बिलियन भन्दा अधिक छ र अर्को दशकमा दोब्बर हुने अनुमान गरिएको छ। प्रधानमन्त्रीले के कुरालाई प्रकाश पारे भने यसले भारतको एनिमेशन र ग्राफिक्स उद्योगको लागि महत्त्वपूर्ण अवसर पेश गर्दछ, जसले हितधारकहरूलाई यो विस्तारलाई अझ ठूलो अन्तर्राष्ट्रिय पहुँचको लागि उपयोग गर्न आग्रह गर्दछ।

भारतका युवा रचनाकारहरूलाई राष्ट्रको अरेन्ज इकोनमीलाई अगाडि बढाउन आह्वान गर्दै उनीहरूको जोश र कडा परिश्रमले रचनात्मकताको नयाँ लहरलाई आकार दिइरहेको स्वीकार गर्दै श्री मोदीले जोड दिए अनुसार चाहे तिनीहरू गुवाहाटीका सङ्गीतकारहरू हुन्, कोच्चिका पोडकास्टरहरू हुन्, बेङ्गलुरुका खेल डिजाइनरहरू हुन् वा पञ्जाबका फिल्म निर्माताहरू हुन्, उनीहरूको योगदानले भारतको बढ्दो रचनात्मक क्षेत्रलाई बढावा दिइरहेको छ। उनले सरकार रचनात्मक पेशेवरहरूको पछाडि दृढतापूर्वक उभिएको आश्वासन दिए, जसले स्किल इण्डिया, स्टार्टअप सपोर्ट, एभीजीसी उद्योगका लागि नीति र वेभ्स जस्ता वैश्विक प्लेटफर्महरूको पहलको माध्यमद्वारा उनीहरूलाई समर्थन गर्दछ। उनले टिप्पणी गरे अनुसार नवचार र कल्पनालाई महत्त्व दिने वातावरण निर्माण गर्न, नयाँ सपनाहरूलाई बढावा दिन र ती सपनाहरूलाई जीवनमा ल्याउन व्यक्तिहरूलाई सशक्त बनाउन हरसम्भव प्रयास भइरहेको छ। श्री मोदीले वेभ्सले एक प्रमुख प्लेटफर्मको रूपमा काम गर्ने कुरामा जोड दिए जहाँ रचनात्मकता कोडिङसँग मिल्छ, सफ्टवेयरले कहानी कथनसँग मिश्रण गर्दछ र कला संवर्धित वास्तविकतासँग मिश्रित हुँदछ। उनले युवा रचनाकाररूलाई यस अवसरको अधिकतम उपयोग गर्न, ठूला सपना देख्न र आफ्नो दृष्टिकोण साकार पार्न आफ्नो प्रयास समर्पित गर्न आग्रह गरे।

प्रधानमन्त्रीले भारतका कन्टेन्ट क्रिएटर्समा आफ्नो अटल विश्वास व्यक्त गर्दै उनीहरूको स्वतन्त्र प्रवाहित रचनात्मकताले वैश्विक रचनात्मक परिदृश्यलाई पुन: परिभाषित गरिरहेको कुरामा जोड दिए। उनले के कुरामा बल दिए भने भारतका रचनाकारहरूको युवा भावनाले कुनै अवरोध, सीमा वा हिचकिचाहटलाई जान्दैन, जसले नवाचारलाई फस्टाउने अवसर दिन्छ। उनले टिप्पणी गरे अनुसार युवा रचनाकारहरू, गेमर र डिजिटल कलाकारहरूसँग आफ्नो व्यक्तिगत अन्तरक्रियाको माध्यमद्वारा, उनले भारतको रचनात्मक पारिस्थितिक प्रणालीबाट निस्कने ऊर्जा र प्रतिभालाई प्रत्यक्ष रूपमा देखेका छन्। उनले स्वीकार गरे कि भारतको विशाल युवा आबादीले रिल, पोडकास्ट र खेलहरूदेखि लिएर एनिमेसन, स्ट्याण्ड-अप र एआर-भीआर प्रारूपहरूमा नयाँ रचनात्मक आयामलाई अघि बढ़ाइरहेका छन्। प्रधानमन्त्रीले जोड दिए कि वेभ्स विशेष रूपमा यस पिँढ़ीका लागि तयार गरिएको एक मञ्च हो - जसले युवा दिमागहरूलाई आफ्नो ऊर्जा र दक्षताका साथ रचनात्मक क्रान्तिलाई फेरि कल्पना गर्ने र पुन: परिभाषित गर्नमा सक्षम बनाउँछ।

प्रविधि सञ्चालित 21औँ शताब्दीमा रचनात्मक जिम्मेवारीको महत्त्वलाई जोड दिँदै श्री मोदीले के कुरामा बल दिए भने जसोजसो प्रविधिले मानव जीवनलाई प्रभावित गरिरहेको छ, उसैउसै भावनात्मक संवेदनशीलता र सांस्कृतिक समृद्धिलाई जोगाउनका लागि अतिरिक्त प्रयासहरूको आवश्यक पर्दछ। उनले टिप्पणी गरे कि रचनात्मक संसारमा मानवीय करुणालाई बढावा दिने र सामाजिक चेतनालाई गहिरो बनाउने शक्ति छ। उनले जोड दिँदै भने, लक्ष्य रोबोट सिर्जना गर्नु होइन, तर उच्च संवेदनशीलता, भावनात्मक गहिराइ र बौद्धिक समृद्धि भएका व्यक्तिहरूलाई पोषण गर्नु हो - यस्ता गुणहरू जुन सूचनाको अधिभार वा प्राविधिक गतिबाट मात्र उत्पन्न हुन सक्दैन। श्री मोदीले कला, सङ्गीत, नृत्य र कहानी भन्ने महत्त्वमाथि जोड दिँदै भने, यी विधाहरूले हजारौँ वर्षदेखि मानवीय संवेदनशीलतालाई जीवित राखेका छन्। उनले रचनात्मक मानिसहरूलाई यी परम्पराहरूलाई सुदृढ पार्न र अधिक दयालु भविष्यको निर्माण गर्न आग्रह गरे। उनले युवा पिँढ़ीलाई विभाजनकारी तथा हानिकारक विचारधाराहरूबाट जोगाउनुपर्ने आवश्यकतामाथि पनि प्रकाश पारे अनि भने कि वेभ्सले सांस्कृतिक अखण्डतालाई कायम राख्न र सकारात्मक मूल्यहरूलाई स्थापित गर्नका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्न सक्छ। उनले यो जिम्मेवारीलाई बेवास्ता गर्दा भावी पिँढ़ीहरूको लागि गम्भीर परिणाम हुन सक्ने चेताउनी दिए।

रचनात्मक संसारमा प्रविधिको रूपान्तरणकारी प्रभावलाई जोड दिँदै प्रधानमन्त्रीले यसको पूर्ण क्षमतालाई दोहन गर्नका लागि वैश्विक समन्वयको महत्त्वमाथि प्रकाश पारे। उनले भने, वेभ्सले भारतीय रचनाकारहरूलाई वैश्विक कथाकार, एनिमेटरहरूलाई वैश्विक दूरदर्शी मानिसहरूसँग जोड्ने र गेमरहरूलाई वैश्विक च्याम्पियन बनाउनका लागि एक पुलको रूपमा काम गर्नेछ। उनले अन्तर्राष्ट्रिय निवेशक र रचनाकारहरूलाई भारतलाई आफ्नो कन्टेन्ट प्लेग्राउण्डको रूपमा अपनाउन र देशको विशाल रचनात्मक पारिस्थितिक प्रणालीको अन्वेषण गर्न आमन्त्रित गरे। वैश्विक रचनाकारहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उनीहरूलाई ठूलो सपना देख्न र आफ्नो कहानी भन्न आग्रह गरे। उनले निवेशकहरूलाई प्लेटफर्ममा मात्र नभई मानिसहरूमा निवेश गर्नका लागि प्रोत्साहित गरे अनि भारतीय युवाहरूलाई आफ्ना एक बिलियन नभनिएका कहानीलाई विश्वसँग साझा गर्न आह्वान गरे। उनले उद्घाटन वेभ्स शिखर सम्मेलनका सबै सहभागीहरूलाई शुभकामना दिँदै आफ्नो भाषणको समापन गरे।

यस कार्यक्रममा महाराष्ट्रका राज्यपाल श्री सी. पी. राधाकृष्णन, महाराष्ट्रका मुख्यमन्त्री श्री देवेन्द्र फडणवीस, केन्द्रीय मन्त्री श्री अश्विनी वैष्णव, डा. एल. मुरुगन सहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

पृष्ठभूमि

वेभ्स 2025 को चार दिवसीय शिखर सम्मेलन हो, जसको ट्यागलाइन कनेक्टिङ क्रिएटर, कनेक्टिङ कन्ट्रीज हो, जसले विश्वभरिका क्रिएटर्स, स्टार्टअप्स, उद्योग जगतका नेताहरू र नीति निर्माताहरूलाई एक साथ ल्याएर भारतलाई मिडिया, मनोरञ्जन र डिजिटल नवाचारका लागि एक वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने तयारीमा छ।

रचनात्मकता, प्रविधि र प्रतिभाको लाभ उठाएक एक उज्ज्वल भविष्यलाई आकार दिने प्रधानमन्त्रीको दृष्टिकोण अनुरूप, वेभ्सले फिल्म, ओटीटी, गेमिङ, कमिक्स, डिजिटल मिडिया, एआई, एभीजीसी-एक्सआर, प्रसारण र उदीयमान प्रविधिलाई एकीकृत गर्नेछ, जसले यसलाई भारतको मिडिया तथा मनोरञ्जन कौशलको एक व्यापक प्रदर्शन बनाउनेछ। वेभ्सले 2029 सम्ममा 50 बिलियन डलरको बजार खोल्ने लक्ष्य राखेको छ, जसले वैश्विक मनोरञ्जन अर्थतन्त्रमा भारतको उपस्थितिको विस्तार गर्नेछ।

वेभ्स 2025 मा, भारतले पहिलो पटक ग्लोबल मिडिया डायलग (जीएमडी) पनि आयोजना गरिरहेको छ, जसमा 25 देशका मन्त्रीस्तरीय सहभागिता छ, जो वैश्विक मिडिया तथा मनोरञ्जन परिदृश्यसँग देशको जुड़ावमा एक माइलखुट्टी हो। शिखर सम्मेलनमा 6,100 भन्दा अधिक खरिददार, 5,200 विक्रेता र 2,100 परियोजनाहरू भएको वैश्विक ई-मार्केटप्लेस वेभ्स बजार पनि सामेल हुनेछ। यसको उद्देश्य स्थानीय र वैश्विक स्तरमा खरिददार र विक्रेताहरूलाई जोड्नु हो, जसले व्यापक नेटवर्किङ र व्यावसायिक अवसर सुनिश्चित गर्दछ।

प्रधानमन्त्रीले क्रिएटोस्फियरको भ्रमण गरे तथा लगभग एक वर्षअघि लञ्च गरिएका 32 क्रिएट इन इण्डिया च्यालेन्जहरूबाट छानिएका क्रिएटर्ससँग अन्तरक्रिया गरे, जसले एक लाखभन्दा अधिक पञ्जीकरण प्राप्त गरेको थियो। उनले भारत मण्डपको पनि भ्रमण गर्नेछन्।

वेभ्स 2025 मा 90 भन्दा अधिक देशका मानिसहरूले सहभागी हुनेछन्, जसमा 10,000 भन्दा अधिक प्रतिनिधि, 1,000 क्रिएटर, 300 भन्दा अधिक कम्पनी र 350 भन्दा अधिक स्टार्टअपहरू सामेल हुनेछन्। यो शिखर सम्मेलनमा 42 पूर्ण सत्र, 39 ब्रेकआउट सत्र र 32 मास्टरक्लास हुनेछन्, जो प्रसारण, इन्फोटेनमेन्ट, एभीजीसी-एक्सआर, फिल्म र डिजिटल मिडिया लगायत विभिन्न क्षेत्रहरूमा आयोजित गरिनेछ।

 

*********


Release ID: (Release ID: 2125819)   |   Visitor Counter: 10