पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रिय मन्त्री ज्योतिरादित्य सिन्धियाद्वारा मुम्बईमा निवेशकहरूको अन्तरक्रिया आयोजित; अम्बानी, बिरला अनि टाटा पूर्वोत्तर क्षेत्रमा निवेश गर्न इच्छुक


Posted On: 01 MAY 2025 9:06AM by PIB Gangtok

नयाँ दिल्ली, 01 मई 2025

  • केन्द्रिय मन्त्री ज्योतिरादित्य सिन्धियाले भने, “आठैवटा राज्यलाई सामेल गर्दै क्षेत्रलाई भारतको विकास क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य छ।
  • उद्योग जगतका दिग्गजहरूले पूर्वोत्तरमा गहन चासो देखाएका छन्
  • उदीयमान पूर्वोत्तर निवेशक शिखर सम्मेलन 2025 भारत मण्डपममा 23-24 मईका दिन आयोजित हुनेछ।

 

पूर्वोत्तर क्षेत्रमा निवेश प्रोत्साहित गर्न केन्द्रिय सञ्चार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाको अध्यक्षतामा उद्गोय जगतका दिग्गजहरूसँग बैठक आयोजित गरियो।

केन्द्रिय मन्त्री सिन्धियाले बुधबार 30 अप्रेलको दिन मुकेश अम्बानी (रिलायन्स इण्डस्ट्रिज), कुमारमङ्गलम बिरला (आदित्य बिरला समूह) तथा एन चन्द्रशेखरन (टाटा सन्स) लगायतका दिग्गज उद्योगपतिहरूसँग शृङ्खलागत बैठक आयोजित गरे। बैठक दिल्लीमा 23-24 का दिन आयोजित हुने उदीयमान पूर्वोत्तर शिखर सम्मेलन, 2025”को अंशका रूपमा आयोजित गरिएको थियो।

पूर्वोत्तरलाई देशको नयाँ विकास इञ्जिनका रूपमा स्थापित गर्ने भारत सरकारको रणनीतिक परिकल्पना रहेको कुरामाथि केन्द्रिय मन्त्री सिन्धियाले जोड दिए। आठैवटा राज्यलाई भारतको विकास इञ्जिनका रूपमा एकिकृत गर्ने लक्ष्य राखिएको छ,” उनले बताए। क्षेत्रमा तेज अनि वहनीय विकासका लागि सार्वजनिक-निजी साझेदारीको भूमिका पनि उनले रेखाङ्कित गरे।

यसका साथै सबै आठवटा पूर्वोत्तरका राज्यका मुख्यमन्त्रीहरूका साथ उच्च स्तरीय कार्यबल गठन गरिएको, प्रत्येक राज्यमा निवेश प्रवर्तन अभिकरण (आइपीए) स्थापित गरिएको लगायतका डोनर मन्त्रालयद्वारा शुरु गरिएका प्रमुख पहलहरूबारे जानकारी मन्त्री सिन्धियाले उद्योगपतिहरूसँग साझा गरे।

डोनर मन्त्रालयका साङ्ख्यिकी सल्लाहकार धरमवीर झाले सबै आठवटा पूर्वोत्तरका राज्यमा निवेशका अवसरहरूबारे प्रस्तुति दिए।

अन्तरक्रिया क्षेत्र विशेष विकास क्षेत्र लगायत कृषि आधारित उद्योग, वस्त्र अनि पर्यटनमाथि केन्द्रित रहेको थियो।

उदीयमान पूर्वोत्तर शिखर सम्मेलन, 2025 ले प्रमुख हितधारक, निवेशक अनि नीति निर्माताहरूलाई क्षेत्रको आर्थिक सम्भावना खोल्नका लागि एकै मञ्चमा ल्याउने गतिलाई निरन्तरता प्रदान गर्नेछ। यो शिखर सम्मेलन दिल्लीको भारत मण्डपममा 23-24 मईका दिन आयोजित हुनेछ।

*********


(Release ID: 2125756) Visitor Counter : 9