WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

डब्ल्यूएएम! एनिमे, मङ्गा, वेबटुन र कस्प्लेमा मौलिक भारतीय आईपीहरूलाई बढ़ावा दिने र प्रोत्साहित गर्न समर्पित भारतको पहिलो राष्ट्रिय पहल वेभ्स 2025 मा समापन हुनेछ


वेभ्स डब्ल्यूएएम! प्रतिभाशाली रचनाकारहरूलाई प्रोत्हासित गर्ने र उनीहरूलाई सशक्त बनाउनका लागि क्रिएटर डेभलपमेन्ट ग्रान्टद्वारा फाइनलिस्ट लाभान्वित हुनेछन्

 Posted On: 29 APR 2025 4:37PM |   Location: PIB Gangtok

मुम्बई, 29 अप्रेल 2025

 

धेरै महिनासम्म चलेको क्षेत्रीय प्रतियोगिता र हजारौँ प्रविष्टिहरूपछि, भारतभरिका 11 शहरबाट फाइनलिस्टहरूलाई वेभ्स एनिमे र मङ्गा प्रतियोगिता (डब्ल्यूएएम!) को राष्ट्रिय समापन समारोहमा भाग लिनका लागि चुनिएको छ, जुन 1 देखि 4 मई, 2025 सम्म मुम्बईको जियो वर्ल्ड कन्भेन्शन सेन्टरमा विश्व अडियो-भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 मा आयोजित गरिनेछ।

भारतको मिडिया तथा मनोरञ्जन सङ्घ (एनईएआई) सँगको सहकार्यमा सूचना तथा प्रसारण मन्त्रालयद्वारा आयोजित डब्ल्यूएएम!, एनिमे, मङ्गा, वेबटुन र कस्प्लेमा मौलिक भारतीय आईपीहरू पत्ता लगाउन, पोषण गर्न र प्रचारका लागि समर्पित भारतको पहिलो राष्ट्रिय पहल हो। जो अन्तिम चरणमा पुगेका यी रचनात्मक प्रयास र उनीहरूका निर्माताले ऐतिहासिक पहल वेभ्स 2025 मा शानदार प्रदर्शन गर्नेछन्, जसले भारतको रचनात्मक अर्थतन्त्रलाई बढावा दिनका लागि वैश्विक नेता, नवप्रवर्तक, स्टुडियो र रचनाकारहरूलाई एक साथ ल्याउनेछ। भारतमा सिर्जना गर्नुहोस्, विश्वको लागि सिर्जना गर्नुहोस्को दृष्टिकोणका साथ आयोजना भइरहेको वेभ्सले भारतीय रचनाकारहरूलाई ठूलो सपना देख्न र वैश्विक दर्शकहरूमा पुग्न सशक्त बनाउने लक्ष्य राखेको छ। वेभ्स एभीजीसी-एक्सआर सेक्टर-एनिमेशन, दृश्य प्रभाव, गेमिङ, कमिक्स र विस्तारित वास्तविकताको लागि भारतको सबैभन्दा ठूलो प्लेटफर्म हो। वेभ्सको केन्द्रमा क्रिएट इन इण्डिया च्यालेन्ज (सीआईसी) छ। सीआईसीको सिजन 1 ले 1,100 अन्तर्राष्ट्रिय सहभागीहरू सहित लगभग 1 लाख पञ्जीकरणका साथ इतिहास रचेको छ। विस्तृत चयन प्रक्रियापछि, 32 अद्वितीय चुनौतीहरूबाट 750 भन्दा अधिक फाइनलिस्टहरू चुनिएका छन्।

भारतका नवोदित रचनाकारहरूलाई एक महत्त्वपूर्ण बढ़ावा दिँदै प्रशंसकहरूको जोश र एनिमेप्रतिको प्रेमलाई बढावा दिने वैश्विक एनिमे ब्राण्ड क्रन्चरोल, डब्ल्यूएएम! (वेभ्स एनिमे र मङ्गा प्रतियोगिता) 2025 शीर्षक प्रायोजकको रूपमा सामेल भएको छ। क्रन्चीबलले डब्ल्यूएएम! 2025 का विजेताहरूलाई पोषित गर्ने र सशक्त बनाउनका लागि रचनाकार विकास अनुदान शुरु गरेको छ। यो अनुदानले एनिमे, मङ्गा र वेबटुन क्षेत्रहरूमा उदीयमान कलाकार र कहानीहरूलाई वैश्विक दर्शकहरूको लागि मौलिक बौद्धिक गुणहरू (आईपी) विकास गर्दा समर्थन गर्ने लक्ष्य राखेको छ।

रिचनाकार विकास अनुदान विवरणयस प्रकार छन्:

  • मङ्गा (विद्यार्थी वर्ग) - 25,000 रुपियाँ
  • मङ्गा (पेशेवर वर्ग) - 25,000 रुपियाँ
  • वेबटुन (विद्यार्थी वर्ग) - 25,000 रुपियाँ
  • वेबटुन (पेशेवर वर्ग) - 25,000 रुपियाँ
  • एनिमे (विद्यार्थी वर्ग) - 50,000 रुपियाँ
  • एनिमे (पेशेवर वर्ग) - 50,000 रुपियाँ

यसका साथै, क्रन्चीरोलले डब्ल्यूएएम! 2025 फिनालेका विजेता, टीम इण्डियालाई आफ्नो समर्थन दिनएछ, किनकि उनीहरूले टोकियोमा विश्वको प्रमुख एनिमे प्रदर्शनी एनिमे जापान 2026 मा देशको प्रतिनिधित्व गर्नेछन्। यो समर्थनले भारतको मौलिक रचनात्मक प्रतिभालाई वैश्विक मञ्चमा प्रदर्शन गर्न मद्दत गर्नेछ। क्रन्चाइरोल, एलएलसी अमेरिकामा आधारित सोनी पिक्चर्स इन्टरटेनमेन्ट र जापानको एनिप्लेक्स, सोनी म्युजिक इन्टरटेनमेन्ट (जापान) इंकको सहायक कम्पनी, टोकियोमा आधारित सोनी समूहको दुबै सहायक कम्पनीहरू बीचको स्वतन्त्र रूपमा सञ्चालित संयुक्त उद्यम हो।

वेभ्सको बारेम

मिडिया तथा मनोरञ्जन (एमएण्डई) क्षेत्रको लागि एक कोसेढुङ्गा कार्यक्रम, पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म महाराष्ट्रको मुम्बईमा आयोजना गरिनेछ।

टाहे तपाईर्ँं उद्योगका पेशेवर हुनुहोस्, निवेशक हुनुहोस्, निर्माता हुनुहोस् वा नवोन्मेषक हुनुहुोस्, शिखर सम्मेलनले एमएण्डई परिदृश्यमा जोड़िन, सहयोग गर्ने, नवोन्मेष गर्ने र योगदान गर्नका लागि परम वैश्विक मञ्च प्रदान गर्दछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढावा दिन तयार छ, जसले सामग्री निर्माण, बौद्धिक सम्पदा र प्राविधिक नवाचारको लागि केन्द्रको रूपमा आफ्नो स्थितिलाई बढाउनेछ। फोकसमा उद्योग र क्षेत्र सामेल छन्, प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, चलचित्र, एनिमेशन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि र सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सामाजिक मिडिया प्लेटफर्म, जेनेरेटिभ एआई, संवर्धित वास्तविकता (एआर), आभारी वास्तविकता (भीआर), र विस्तारित वास्तविकता (एक्स)।

के प्रश्नहरू छन्? यहाँ उत्तर खोज्नुहोस्

पीआईबी टोली वेभ्सबाट नवीनतम घोषणाहरूसँग अद्यावधिक रहनुहोस्

*******

पीआईबी टोली वेभ्स 2025 । /श्रीयङ्का/दर्शना । 115


Release ID: (Release ID: 2125378)   |   Visitor Counter: 20