WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

क्रिएट इन इण्डिया च्यालेन्ज 60 भन्दा अधिक देशहरूबाट लगभग 1 लाख पञ्जीकरणका साथ एक वैश्विक आन्दोलनमा परिणत भयो


 Posted On: 18 APR 2025 4:32PM |   Location: PIB Gangtok

विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) अन्तर्गत एक प्रमुख पहलको रूपमा शुरु गरिएको क्रिएट इन इण्डिया च्यालेन्ज (सीआईसी) सिजन 1, 1 देखि 4 मई, 2025 सम्म मुम्बईको जियो वर्ल्ड सेन्टरमा एक शानदार समापनको लागि तयारी गर्दैछ। सबै 32 चुनौतीहरूको लागि पञ्जीकरण आधिकारिक रूपमा बन्द भएपछि सीआईसीले लगभग 1 लाख पञ्जीकरण प्राप्त गर्दै एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, जसमा 1,100 भन्दा अधिक अन्तर्राष्ट्रिय सहभागीहरू सामेल छन्। चुनौतीहरूले 60 भन्दा अधिक देशहरूबाट प्रविष्टि आकर्षित गरेका छन्, जसले यस अग्रणी पहलको वैश्विक अपील र पहुँचलाई प्रतिबिम्बित गर्दछ। यस असाधारण प्रतिभाको समूहबाट 750 फाइनलिस्टलाई वेभ्स 2025 को एक भागको रूपमा एनिमेशन, कमिक्स, एआई, एक्सआर, गेमिङ, सङ्गीत र थपमा नवीनता प्रस्तुत गर्ने विशेष रूपमा क्युरेट गरिएको प्लेटफर्म क्रिएटोस्फेयरमा आफ्नो रचनात्मक कौशल र परिणाम प्रदर्शन गर्ने अवसर दिइनेछ। यी चुनौतीहरूका विजेताहरूलाई कार्यक्रमको दोस्रो दिनमा भव्य रातो कार्पेट समारोहमा प्रतिष्ठित ‘वेभ्स क्रिएटर अवार्ड’ प्रदान गरिनेछ।

वेभ्समा रहेको क्रिएटोस्फेयरले उल्लेखनीय वैश्विक सहभागिता देख्नेछ, जसमा 43 अन्तर्राष्ट्रिय फाइनलिस्टहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्, जसले रचनात्मकताको यस उत्सवमा साँच्चै अन्तर्राष्ट्रिय आयाम थप्नेछ। यी फाइनलिस्टहरूले अर्जेन्टिना, नेपाल, जर्मनी, बर्मुडा (बीओटी), संयुक्त राज्य अमेरिका, ग्रीस, इण्डोनेसिया, संयुक्त अधिराज्य, क्यानडा, इटाली, लाओस, थाइल्याण्ड, ताजिकिस्तान, इजिप्ट, श्रीलङ्का, रूस, माल्दिभ्स, मलेसिया र जापान सहित 20 भन्दा बढी देशहरूको प्रतिनिधित्व गर्दछन्। उल्लेखनीय रूपमा श्रीलङ्का, नेपाल र ताजिकिस्तान प्रत्येकले 6 फाइनलिस्ट योगदान गर्छन्, त्यसपछि इण्डोनेसिया र माल्दिभ्सबाट 5-5 र मौरिससबाट 4 जनाले फाइनलिस्ट योगदान गर्छन्। संयुक्त राज्य अमेरिकाबाट 2 जना फाइनलिस्टले प्रतिनिधित्व गर्छन् भने रूस, क्यानडा, अर्जेन्टिना, लाओस, मलेसिया, बर्मुडा, इजिप्ट, थाइल्याण्ड र संयुक्त अधिराज्यबाट प्रत्येकमा 1 जना फाइनलिस्ट छन्। यो विविध अन्तर्राष्ट्रिय उपस्थितिले क्रिएट इन इण्डिया च्यालेन्जको वैश्विक अपील र बढ्दो पहुँचलाई जोड दिन्छ।

भारतमा चुनौतीहरूमा सबै 28 राज्य र 8 केन्द्र शासित प्रदेशहरूबाट उत्साहजनक सहभागिता देखियो, जसले पहलको वास्तविक राष्ट्रिय पदचिह्नलाई जोड दिन्छ। चुनौतीहरूमा फाइनलिस्टहरूको सूचीले उल्लेखनीय क्षेत्रीय प्रतिनिधित्वलाई प्रतिबिम्बित गर्दछ, जसमा सहभागीहरू पूर्वमा असम र मेघालयदेखि पश्चिममा गुजरात र उत्तरमा हिमाचल प्रदेशदेखि दक्षिणमा केरलासम्म देशभरका छन्।

युवाहरूको ऊर्जाको उत्सव मनाउँदै क्रिएट इन इण्डिया च्यालेन्जहरू मुख्यतया 20 वर्ष उमेरका युवा रचनाकारहरूद्वारा अत्यधिक रूपमा सञ्चालित छन्, जसले कलेज विद्यार्थीहरू, प्रारम्भिक करियर पेशेवरहरू र किशोर नवप्रवर्तकहरूको जीवन्त पारिस्थितिक प्रणालीलाई प्रतिबिम्बित गर्दछ। सबैभन्दा कान्छो फाइनलिस्ट केवल 12 वर्षको र सबैभन्दा जेठो 66 वर्षको साथ पहलले उमेरभन्दा बाहिरको साँच्चै समावेशी रचनात्मक प्लेटफर्म प्रदर्शन गर्दछ।

क्रिएट इन इण्डिया पहलले उद्देश्य र सहभागितामा विविधता मनाउँदै ग्रासरुट नवप्रवर्तनको समर्थन गर्दछ। इनोभेट 2 एजुकेट च्यालेन्जको माध्यमद्वारा शिक्षालाई पहुँचयोग्य बनाउनेदेखि लिएर मेक द वर्ल्ड वेयर खादीको माध्यमद्वारा भारतको कपडा विरासतलाई पुनर्जीवित गर्नेसम्म, चुनौतीहरू परम्परा र प्रविधिमा फैलिएका छन्। इण्डिया: ए बर्ड्स आई भ्यू -ले कहानी भन्ने र सामुदायिक सशक्तिकरणको लागि ड्रोन प्रविधि प्रयोग गर्दै फिल्म निर्मात र ड्रोन दिदीहरूद्वारा लोभलाग्दो हवाई दृश्यको माध्यमद्वारा राष्ट्रको भावनालाई कैद गर्दछ।

वेभ्स 2025 को लागि उत्साह चरम सीमामा पुग्दै जाँदा क्रिएट इन इण्डिया च्यालेन्ज भारतको रचनात्मक महत्वाकांक्षाको शक्तिशाली अभिव्यक्तिको रूपमा देखा परेको छ, जसले प्रतिभाको लागि नयाँ अवसरहरू खोल्छ र वैश्विक मिडिया र मनोरञ्जन परिदृश्यमा राष्ट्रको बढ्दो नेतृत्वलाई पुन: पुष्टि गर्दछ। भारतीय र अन्तर्राष्ट्रिय सहभागिताको जीवन्त मिश्रणको साथ, क्रिएट इन इण्डिया च्यालेन्ज एक गतिशील वैश्विक प्लेटफर्ममा परिणत भएको छ, जसले क्षेत्र र पुस्ताहरूमा आवाजहरूलाई सशक्त बनाउँछ र माननीय प्रधानमन्त्रीको दृष्टिकोणलाई साँच्चै मूर्त रूप दिन्छ कि वेभ्स हरेक घर र हरेक हृदयमा पुग्नुपर्छ।

***

पीआईबी टीम वेभ्स 2025 । धर्मेन्द्र तिवारी/नवीन श्रीजित । 98


Release ID: (Release ID: 2122745)   |   Visitor Counter: 36