WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभेक्स 2025 को निम्ति पात्रता मानदण्ड विस्तार गरिएको छ, आवेदन जमा गर्ने अन्तिम मिति अब 21 अप्रेल


ध्वजवाहक मिडिया-टेक स्टार्टअप कार्यक्रमले पुराना साझेदारीका लागि नयाँ अवसर विस्तार गर्दै राष्ट्रव्यापी आकर्षण सिर्जना गरिरहेको छ

 Posted On: 16 APR 2025 5:47PM |   Location: PIB Gangtok

मुम्बई, 16 अप्रेल 2025।

सूचना एवं प्रसारण मन्त्रालयले इन्टरनेट एवं मोबाइल एसोसिएशन अव् इण्डियाको (आइएएमएआइ) सहयोगमा मिडिया-मनोरञ्जन प्रौद्योगिकी क्षेत्रको स्टार्टअप्सका लागि भारतको प्रमुख मञ्च वेभेक्स 2025 आयोजन गरिरहेको छ। यस सम्बन्धमा दुईवटा ठूलो घोषणा गरिएको छ। व्यापक भागीदारीलाई प्रोत्साहित गर्न र नवाचारलाई बढाउनका लागि पात्रता मानदण्ड विस्तार गरिएको छ। आवेदनको अन्तिम मिति पनि बढाइएको छ।

वर्ष 2016 पछि शुरु भएका स्टार्टअप वेभेक्स 2025 को निम्ति आवेदन गर्न पात्र ठहरिने घोषणा गरिएको छ। यो पछिल्लो मानदण्डमा एउटा महत्त्वपूर्ण परिवर्तन हो, जसले 2020 वा यसपछि स्थापित स्टार्टअपका लागि प्रवेशलाई सीमित गरिरहेको थियो। यस पहलले विशेष रूपमा मिडिया-टेक क्षेत्रमा लचिलोपन, विकास अनि प्रभावको रेकर्ड कायम गर्नेहरूबाट व्यापक श्रेणीका प्रतिभागीहरू आकर्षित हुने आशा गरिएको छ।

देशभरीका उद्यमीहरूको तीव्र रुचि अनि अनुरोधलाई ध्यानमा राख्दै आवेदनको अन्तिम तिथि पनि 21 अप्रेल 2025 सम्म बढाइएको छ। यस विस्तारले महत्त्वकाङ्क्षी मिडिया तकनिकी नवप्रवर्तहरूलाई आफ्नो प्रस्ताव पेश गर्न अतिरिक्त समय र राष्ट्रिय मञ्चमा आफ्नो अलग पहिचान बनाउने अवसर प्रदान गर्नेछ।

वेभेक्स 2025 निवेशकको निम्ति कार्यक्रम 2 र 3 मईका दिन वेभेक्स 2025 शिखर सम्मेलनका समय मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित गरिनेछ। विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलनको (वेभ्स) एउटा प्रमुख खण्ड वेभेक्स, गेमिङ, एनिमेशन, एक्सआर, मेटाभर्स, जेनरेटिभ एआइ र कन्टेन्ट टेक्नोलजी जस्ता क्षेत्रमा काम गर्ने स्टार्टअपका लागि एउटा हाईटेक लञ्चप्याडका रूपमा तयार छ।

चयनित स्टार्टअपहरूले बन्द कमरामा आयोजित पिचिङ सत्रमा भाग लिनका साथै शीर्ष उद्यम पूँजी प्रतिष्ठान अनि उच्च दर्जाका एञ्जेल निवेशकका बीच ठाउँ बनाउन कोशिश गर्नेछन्। उनीहरूले अग्रणी उद्योग विशेषज्ञहरूबाट मार्गदर्शन, वैश्विक साझेदारसँग सम्पर्क तथा प्रमुख प्रौद्योगिकी अनि मिडिया कम्पनीका साथ सहयोग गर्ने अवसर पनि पाउनेछन्।

वेभेक्स 2025 उदीयमान विचारहरू प्रदर्शनका लागि मात्र नभएर डिजिटल युगमा कन्टेन्ट निर्माण, वितरण र मोनिटाइजको तरिकालाई गति प्रदान गर्नका लागि एउटा रणनीतिक मञ्चका रूपमा पनि तयार गरिएको छ।

आवेदन वेभेक्सको आधिकारिक पोर्टल https://wavex.wavesbazaar.com को माध्यमद्वारा प्रस्तुत गर्नसकिनेछ।

वेभ्सबारे

मिडिया अनि मनोरञ्जन क्षेत्रका लागि एउटा ऐतिहासिक आयोजन, पहिलो विश्व दृश्य-श्रव्य एवं मनोरञ्जन शिखर सम्मेलन, भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म मुम्बई, महाराष्ट्रमा आयोजित गरिनेछ।

चाहे तपाईं पेशेवर होस्, निवेशक होस्, निर्माता होस् वा नवप्रवर्तक होस्, यस शिखर सम्मेलनले तपाईंलाई जोडिने, नेटवर्क बनाउने, नवप्रवर्तन गर्ने र एम एवं ई परिदृश्यमा योगदान दिनका लागि सर्वोत्तम वैश्विक मञ्च प्रदान गर्नेछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढाउन तथा विषयवस्तु निर्माण, बौद्धिक सम्पदा एवं तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थिति विस्तार गर्नका लागि तयार छ। जुन उद्योग अनि क्षेत्रमाथि ध्यान केन्द्रित गरिएको छ, त्यसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, फिल्म, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि अनि सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोसियल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, संवर्धित वास्तविकता (एआइ), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।

प्रश्न के छ? उत्तर यहाँ पाउनुहोस्

पीआइबी टीमबाट वेभ्सको नवीनतम घोषणाका साथ अपडेट रहनुहोस्।

हाम्रो साथमा आउनुहोस्! वेभ्सका लागि पञ्जिकरण गराउनुहोस्

*****

पीआईबी टोली वेभ्स 2025/ एडगर/ दर्शना । 95


Release ID: (Release ID: 2122472)   |   Visitor Counter: 22