सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स 2025 को क्रिएट इन इण्डिया पहल अन्तर्गत एन्टी पाइरेसी च्यालेञ्जका लागि शीर्ष सात फाइनलिस्टको घोषणा


एन्टी पाइरेसी च्यालेञ्जलाई उध्योग अनि प्रतिभागीहरूबाट व्यापक प्रतिक्रिया प्राप्त

देशभरीका स्टार्टअप, प्रौद्योगिकी प्रदाता, शोध संस्थान अनि विद्यार्थाहरूको 1,600 भन्दा धेरै पञ्जिकरण तथा 132 विचार प्रस्तुत

 Posted On: 16 APR 2025 6:21PM |   Location: Mumbai

 मुम्बई,  16 अप्रेल 2025।

 

वेभ्स (विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन) 2025 को क्रिएट इन इण्डिया च्यालेञ्ज सिजन-1 अन्तर्गत अग्रणी पहल, एन्टी पाइरेसी च्यालेञ्जका फाइनलिस्टहरूको घोषणा गरिएको छ। भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालयले 1-4 मई, 2025 सम्म मुम्बईमा वेभ्स शिखर सम्मेलन आयोजन गरिरहेको छ।

एन्टी पाइरेसी च्यालेञ्जको उद्देश्य फिङ्गरप्रिन्टिङ र वाटरमार्किङ समाधानमा तकनिकीको प्रगतिलाई बढावा दिनुरहेको थियो। यसलाई उद्योग अनि प्रतिभागीहरूबाट व्यापक प्रतिक्रिया प्राप्त भयो। 12 सेप्टेम्बर, 2024 मा शुरु गरिएको यस चुनौतीको परिकल्पनाको मुख्य उद्देश्य डिजिटल पाइरेसीसँगको लडाईमा मेक इन इण्डिया तकनिकीलाई बढावा दिनुरहेको थियो। यस चुनौतीमा देशभरीका स्टार्टअप, प्रौद्योगिकी प्रदाता, शोध संस्थान अनि विद्यार्थीहकूबाट 1,600 भन्दा धेरै पञ्जिकरण प्राप्त भयो भने 132 विचार प्रस्तुत गरिएको थियो। कठोर बहुचरणीय स्क्रीनिङ र मूल्याङ्कन प्रक्रियापछि 15 विचारलाई छनौट गरियो। प्रतिष्ठित निर्णायक मण्डलीको गहन मूल्याङ्कनपछि अब डिजिटल सामग्री सुरक्षामा आफ्नो सफल नवाचारका लागि सातजना स्ट्याण्डआउट फाइनलिस्ट अघि आएका छन्।

शीर्ष सात फाइनलिस्टले 01-04 मई, 2025 सम्म मुम्बईको जियो सेन्टरमा आयोजित हुने विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 का समय अन्तिम जूरी अनि लाइभ अडियान्ससमक्ष आफ्नो समाधान प्रस्तुत गर्नेछन्। विजेताहरूलाई शिखर सम्मेलनको ग्राण्ड फिनालेमा सम्मानित गरिनेछ।

फाइनलिस्ट अनि उनीहरूका समाधान :

टीमको नाम

प्रस्तावित समाधान

समाधानको संक्षिप्त विवरण

एजोभी इन्फोटेक सर्विसेज प्राइभेट लिमिटेड

स्टेल्थगार्ड

अफलाइन टूल, जसले मिडिया फाइलमा गतिशील, लुकेका वाटरमार्क एम्बेड गर्दछ, जसलाई सम्पीडन वा प्रारूप परिवर्तनपछि ट्रेस गर्नसकिनेछ।

एटमस्टेट

मङ्क डीबी

एआइ-नेटिभ भेक्ट्र डाटाबेस, जसले वास्तविक समयमा सामग्री सत्यापन अनि पाइरेसी पत्तो लगाउनका लागि फिङ्गरप्रिन्टिङ र वाटरमार्किङको उपयोग गर्दछ।

नूरोनिक्स

न्यूरट्रेस

एन्क्रिप्सन, लाइसेन्सिङ सर्टिफिकेट, एक्सेस कन्ट्रोल, डाइनामिक वाटरमार्किङ र पाइरेसी डिटेक्सनलाई मिलाएर व्यापक भिडियो सुरक्षा सूट।

गार्जियन्स अव् ओरिजिनालिटी

पाइरेटएक्स

उन्नत डीआरएम तथा एन्टी पाइरेसी सिस्टम जसलाई मल्टीमिडिया सामग्रीलाई अनाधिकृत पहुँच र अवैध वितरणबाट सुरक्षित गर्नका लागि डिजाइन गरिएको हो।

हमिङबर्ड

ट्रायम्बाका

ब्लकचेन सञ्चालित समाधान, जसले हेरफेररोधी सामग्री सुरक्षाका लागि ब्लाइण्ड वाटरमार्किङ र क्रिप्टोग्राफिक ह्यासिङलाई जोड्दछ।

सिफरकोर

सिक्योर फिङ्गरप्रिन्ट स्टेग्नोग्राफी सिस्टम (एसएफएसएस)

एउटा सिस्टम जसले स्टेग्नोग्राफी अनि क्रिप्टोग्राफिक तकनिकीको उपयोग गरी डिजिटल मिडियामा सुरक्षित फिङ्गरप्रिन्ट एम्बेड गर्दछ। यसबाट प्रबल पाइरेसी सम्भव हुँदछ।

वाइटह्याटलभर्स

श्याडो स्ट्याम्प

मार्कर आधारित मार्गन प्रणाली जसले वास्तविक समयमा डिजिटल सामग्रीको निगरानी र ट्रेस गर्न अदृश्य, विशिष्ट रूपमा पहिचान गर्नसकिने मार्करको उपयोग गर्दछ।

 

च्यालेञ्जको मुख्य विशेषता :

  • फिङ्गरप्रिन्टिङ, वाटरमार्किङ, ब्लकचेन र स्टेग्नोग्राफी जस्ता उन्नत तकनिकीमाथि ध्यान केन्द्रित गरियो।
  • स्टार्टअप, विद्यार्थी अनि प्रौद्योगिकी नवोन्मेषकहरूको विविध भागीदारी।
  • राष्ट्रिय मान्यता, मार्गदर्शन अनि उद्योग सहयोगको अवसर प्राप्त गर्नका लागि विजयी समाधानथ।
  • विजयी समाधानले राष्ट्रिय मान्यता, मार्गदर्शन अनि उद्योग सहयोगको अवसर प्राप्त गर्नेछन्।

आजको तेजीका साथ विकसित भइरहेको मिडिया अनि मनोरञ्जन परिदृश्यमा, डिजिटल सामग्रीको सुरक्षा, अखण्डता अनि प्रामाणिकताको रक्षा गर्नु पहिलेभन्दा कैयौं गुणा महत्त्वपूर्ण छ। डिजिटल मिडियाको उपभोगमा वृद्धिले पाइरेसी, अनाधिकृत वितरण र सामग्री हेरफेरको जोखिमलाई बढाएको छ, जसले सामग्री निर्माता, वितरक अनि अधिकार धारकहरूसमक्ष गम्भीर चुनौती प्रस्तुत गरिरहेको छ।

मिडिया पार्टनर्स एशियाको प्रतिवेदनको अनुमान अनुसार, वर्ष 2024 मा भारतमा 90 मिलियन उपयोगकर्ता अनलाइन भिडियो पाइरेसीमा संलग्न थिए, जसबाट 1.2 अरब अमेरिकी डलरको नोक्सानी भएको आशङ्का छ। प्रभावी अनि प्रबल एन्टी पाइरेसी हस्तक्षेपबिना, यो वर्ष 2029 सम्म 15 करोड 80 लाख उपयोगकर्तासम्म बढ्नसक्नेछ।

अधिकार धारक अनि प्रसारकले आफ्नो आइपी अधिकारको पहिचान गर्न, बाधित गर्नेहरूलाई सल्टाउन र लागू गर्नका लागि तकनिकी समाधानमाथि तेजीका साथ निर्भर भइरहेका छन्। तथापि, प्रमुख पाइरेसी साइट अनि सेवाका पछि आपराधिक सिण्डिकेटले लगातार आफ्नो बुनियादी पूर्वाधारलाई अनुकूलित अनि अस्पष्ट गरिरेहका चन्, जसले पाइरेसी पत्तो लगाउन र त्यसलाई सम्बोधित गर्ने प्रक्रिया लागू गर्नु पहिलेभन्दा कैयौं गुणा धेरै जटिल बनेको छ।

फिङ्गरप्रिन्टिङ र वाटरमार्किङ समाधानमा तकनिकी नवाचारलाई बढावा दिनका लागि डिजाइन गरिएको यस प्रतियोगिताले भारतको डिजिटल परिस्थितिकी तन्त्रलाई सुरक्षित गर्न बढ्दो आवश्यकतालाई दर्शाउँछ।

एन्टी पाइरेसी च्यालेञ्ज भारतको डिजिटल भविष्यलाई सुरक्षित गर्न  र महत्त्वपूर्ण प्रौद्योगिकी क्षेत्रमा स्वदेशी नवाचारलाई प्रोत्साहित गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि हो।

सीआइआइद्वारा वेभ्सको अङ्गका रूपमा आयोजित च्यालेञ्जलाई आइपी हाउस, टाटा कन्सल्टेन्सी सर्विसेज (टीसीएस) र ह्याक-2-स्किलले समर्थन गरेको थियो। मूल्याङ्कन प्रक्रिया र सम्पूर्ण च्यालेञ्जका समय उद्योगको भागीदारीलाई सुविधाजनक बनाउन उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्।

वेभ्सबारे

मिडिया अनि मनोरञ्जन क्षेत्रका लागि एउटा ऐतिहासिक आयोजन, पहिलो विश्व दृश्य-श्रव्य एवं मनोरञ्जन शिखर सम्मेलन, भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म मुम्बई, महाराष्ट्रमा आयोजित गरिनेछ।

चाहे तपाईं पेशेवर होस्, निवेशक होस्, निर्माता होस् वा नवप्रवर्तक होस्, यस शिखर सम्मेलनले तपाईंलाई जोडिने, नेटवर्क बनाउने, नवप्रवर्तन गर्ने र एम एवं ई परिदृश्यमा योगदान दिनका लागि सर्वोत्तम वैश्विक मञ्च प्रदान गर्नेछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढाउन तथा विषयवस्तु निर्माण, बौद्धिक सम्पदा एवं तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थिति विस्तार गर्नका लागि तयार छ। जुन उद्योग अनि क्षेत्रमाथि ध्यान केन्द्रित गरिएको छ, त्यसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, फिल्म, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि अनि सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोसियल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, संवर्धित वास्तविकता (एआइ), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।

प्रश्न के छ? उत्तर यहाँ पाउनुहोस्

पीआइबी टीमबाट वेभ्सको नवीनतम घोषणाका साथ अपडेट रहनुहोस्।

हाम्रो साथमा आउनुहोस्! वेभ्सका लागि पञ्जिकरण गराउनुहोस्

*****

पीआईबी टोली वेभ्स 2025/ श्रीयङ्का / दर्शना । 96 


Release ID: (Release ID: 2122392)   |   Visitor Counter: Visitor Counter : 13