सूचना तथा प्रसारण मन्त्रालय
वेभ्स एक्सआर क्रिएटर ह्याकाथनका विजेताहरू स्कूल, क्लिनिक, घर र अन्य ठाउँहरूमा एक्सआर नवाचारलाई लिएर आउनेछन्
पाँच विजेता टोलीले वेभ्स शिखर सम्मेलनमा आफ्ना एक्सआर प्रोजेक्टहरूको प्रदर्शन गर्नेछन्
टियर 2 र 3 शहरहरूबाट धेरै सङ्ख्यामा एक्सआर नवोन्मेषहरू आइरहेका छन्
Posted On:
10 APR 2025 9:06PM
|
Location:
PIB Gangtok
मुम्बई, 10 अप्रेल 2025
इमर्सिभ लाइन्स ल्याबदेखि लिएर क्रस-प्लेटफर्म वार गेम्ससम्म, भारतका शीर्ष एक्सटेन्डेड रियालिटी (एक्सआर) नवप्रवर्तकहरूले हामी कसरी सिक्ने, ठीक पार्ने, किनमेल गर्ने र यात्रा गर्ने तरिकालाई लिएर फेरि परिभाषित गरिरहेका छन्! सूचना तथा प्रसारण मन्त्रालयले वेवल्याप्सको सहयोगमा आयोजित विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) को एक हिस्साको रूपमा लञ्च गरिएको क्रिएट इन इण्डिया च्यालेञ्ज (सीआईसी) सिजन-1 को हिस्सा एक्सआर क्रिएटर ह्याकाथनका विजेताहरूको घोषित गरेको छ। इमर्सिभ टेक्नोलजीमा भारतको उपस्थितिलाई बढ़ाउने उद्देश्यले आयोजित यस ह्याकाथनमा पाँच विषयगत श्रेणीहरू थिए - स्वास्थ्य सेवा-फिटनेस र तन्दुरुस्ती, शैक्षिक रूपान्तरण, इमर्सिभ पर्यटन, डिजिटल मिडिया र मनोरञ्जन अनि ई-कमर्स-खुद्रा परिवर्तन।
सम्पूर्ण भारतबाट 2,200 भन्दा अधिक सहभागीहरूले ह्याकाथनको लागि पञ्जीकरण गराए। तीन चरणको मूल्याङ्कनपछि पाँच टोली विजेता बनेर अघि आए, जसमा अलग-अलग विभिन्न शहर र संस्थानका विद्यार्थी, पेशेवर र उद्यमीहरू सामेल थिए। विजेताको घोषणा एक ‘विजेता समारोह’ मा गरियो, जसमा यूट्यूब लाइभ स्ट्रिममा भर्चुअल रूपमा आयोजना गरिएको थियो।
विजेता टोली र तिनीहरूका एक्सआर परियोजनाहरूको बारेमा संक्षिप्त जानकारी
1) ‘शैक्षिक रूपान्तरण’ विषयवस्तुमा विजेता टोली एक्स रनर्स हो, जसको परियोजना ‘एडुस्केप एक्सआर’ हो।

आईआईटी खड़गपुरका विद्यार्थीहरूद्वारा विकसित भीआर-आधारित प्लेटफर्म, एडुस्केप एक्सआरले विद्यार्थीहरूलाई ह्याण्ड-ट्र्याकिङ र एआई-आधारित फिडब्याकको प्रयोग गरेर भौतिकी, रसायन विज्ञान र जीव विज्ञान जस्ता विषयहरूमा यथार्थपरक, इमर्सिभ प्रयोग गर्ने अनुमति दिन्छ। यसले धेरै विद्यालय र कलेजहरूमा प्रयोगशाला पूर्वाधारको अभावलाई सम्बोधन गर्दछ। “देशका धेरै हिस्साहरूमा, विद्यार्थीहरूले वास्तविक प्रयोग नगरी विज्ञानको अध्ययन गर्छन्। हामी त्यसलाई परिवर्तन गर्न चाहन्थ्यौँ र हाम्रो परियोजनाले भर्चुअल रियालिटी प्लेटफर्ममा स्टिम प्र्याक्टिकल प्रदान गरेर शिक्षामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ”, साहिल पटेल र शौर्य बरनवालसँग टोलीको नेतृत्व गर्ने वेदान्त हाजराले भने।
2) ‘स्वास्थ्य सेवा, स्वास्थ्य र तन्दुरुस्ती’ विषयवस्तुमा विजेता टोली कोग्निहब हो, जसको प्रोजेक्ट ‘कोग्निहब’ हो।

कोग्निहबले एक्सआर-सञ्चालित पुनर्वास समाधान प्रदान गर्दछ जसले अल्छी आँखा, स्ट्रोक र चिन्ताबाट बाहिर निस्किनमा सहायता गर्दछ। “हामीले वास्तविक चिकित्सा सेटिङहरूमा परिणाममा ध्यान केन्द्रित गरिरहेका छौँ अनि यो ह्याकाथनले हामीलाई आफ्नो दृष्टिकोणलाई तिखार्न र नयाँ हितधारकहरूसम्म पुग्नमा मद्दत गर्यो”, टोली प्रमुख ऋषभ कपूरले भने। टोलीका सदस्यहरूमा पिन्टु कुमार र अन्य सामेल थिए, जसको पृष्ठभूमि एक्सआर-आधारित स्वास्थ्य प्रविधिमा छ।
3) ‘इमर्सिभ टुरिज्म’ विषयवस्तुका विजेताहरूमा टोली ल्युमएक्सआर हो जसको परियोजना ‘इमर्सिभ ट्राभल गाइड’ हो।

ल्युमएक्सआरले एक मिश्रित-वास्तविकता पर्यटन गाइड विकास गरेको छ जसले प्रयोगकर्ताहरूलाई भर्चुअल रूपमा गन्तव्यको पत्ता लगाउने अनुमति दिन्छ। यो अनुभवमा एक 3डी मानचित्र इन्टरफेस, ड्रोन-शट फोटोग्राफी र एम्बेडेड भिडियो स्टोरिज सामेल छन्, जसले यात्राको योजनालाई अझ आकर्षक तथा प्रभावकारी बनाउँछ। प्लेटफर्मले पर्यटन ब्राण्डहरूलाई परम्परागत ब्रोसर वा भिडियोहरूभन्दा बाहिर जाने एक्सआर-आधारित पूर्वावलोकन प्रदान गर्न पनि सक्षम बनाउँछ। “यो केवल एक यात्रा ऐप होइन - यो इमर्सिभ सांस्कृतिक कथा हो, हाम्रो परियोजनाको मद्दतले प्रयोगकर्ताहरूले अब बुकिङ गर्नुअघि गन्तव्यलाई ‘महसुस’ गर्न सक्छन्”, ल्युमएक्सआरका टोली प्रमुख सेभियोले भने।
4) ’ई-वाणिज्य र खुद्रा रूपान्तरण’ विषयवस्तुको विजेता टोली ‘ईएमओ’ हो, जसको प्रोजेक्ट ‘हेवन इस्टेट’ हो।

हेवन इस्टेटले घरका मालिकहरूलाई वास्तविक-विश्वको निर्णय लिनुभन्दा अघि एआर र 3डीमा इन्टिरियर डिजाइनलाई भिजुअलाइज गर्ने सुविधा दिन्छ। जुन कुराले यसलाई अलग बनाउँछ, त्यो भनेको प्रयोगकर्ता-डिजाइनर सहयोगमा ध्यान केन्द्रित गर्नु हो - जहाँ सत्यापित इन्टिरियर डिजाइनरले भिजुअलाइज अपलोड गर्दछन्, जसको क्लाइन्टले आफू स्वयंको स्थानमा पूर्वावलोकन गर्न सक्छन्। “हामी घर मालिक र पेशेवरहरू बीच एक वास्तविक पुल निर्माण गर्न चाहन्थ्यौँ”, हिमांशु महतो, आशुतोष मिश्रा र इशिता ग्वारको प्रोजेक्ट बनाउने इएमओका टोली प्रमुख उत्कर्ष राईले भने। ईएमो टोलीले आफ्नो डिजाइन र प्रयोगकर्ता अनुभवलाई निखार्नका लागि ह्याकाथनको मेन्टरशिप चरणलाई श्रेय दिएको छ।
5) ‘डिजिटल मिडिया तथा मनोरञ्जन’ विषयवस्तुको विजेता टोली युथ बज हो, जसको प्रोजेक्ट ‘इमर्सिभ वारफेयर सिम्युलेटर’ हो।

युथ बजले द गेम अफ डाइमेन्शन्स बनाएको छ, जुन भीआर (भर्चुअल रियालिटी) हेडसेट र मोबाइलमा खेल्न योग्य मल्टिप्लेयर ट्याक्टिकल वार गेम हो, जसले इमर्सिभ गेमप्ले प्रदान गर्दछ। “हामी प्लेटफर्म र वास्तविकताहरूमा गेमिङ अनुभवलाई एकीकृत गर्न चाहन्थ्यौँ”, टोली प्रमुख मोहित कुमार शर्माले भने। उनको टोलीका साथीहरूमा अनिश डोम्बाले, ए शिवम राज र यश साधुखान सामेल छन्।
एक्सआर इनोभेटर्स टियर 2 र 3 शहरहरूबाट आइरहेको छ
ह्याकाथनमा चेङ्गलपेट, मणिपाल र भेराभल सहित टियर 2 र 3 शहरहरूमा 66% मानिसहरूले भाग लिए। सहभागीहरूको उमेर 17 देखि 35 वर्ष उमेर समूहका थिए। 40 फाइनलिस्ट टोलीहरूमध्ये 53% विद्यार्थी, 33% कामकाजी पेशेवर र 14% स्व-रोजगार उद्यमीहरू थिए। उल्लेखनीय रूपमा, फाइनलिस्टहरूमध्ये 19% महिलाहरू थिए - जुन एक्सआर नवाचारमा बढ्दो लैङ्गिक विविधताको एक मजबुत सूचक हो।
वेबल्याप्स, सूचना तथा प्रसारण मन्त्रालय र दुई अग्रणी एक्सआर समुदाय, भारतएक्सआर र एक्सडीजीको समर्थनमा फाइनलिस्टहरूले अहिले विश्व मञ्चमा कदम राखिरहेका छन् - जहाँ कक्षाकोठा, छात्रावास र होम स्टुडियोहरूमा पैदा भएका विचारहरू चाँडै नै वैश्विक प्रयोगकर्ताहरूसम्म पुग्न सक्छन्। यद्यपि विजेताहरूको घोषणा भइसकेको छ, तर एक्सआर क्रिएटर ह्याकाथन अझै समाप्त भएको छैन। सबै पाँचै टोलीहरू अहिले सूचना तथा प्रसारण मन्त्रालयद्वारा आयोजित वैश्विक मिडिया तथा मनोरञ्जन कार्यक्रम वेभ्स शिखर सम्मेलनमा आफ्नो प्रोजेक्ट देखाउने तयारी गरिरहेका छन्, जुन 1 देखि 4 मई, 2025 मा मुम्बईमा आयोजन गरिनेछ।
“एक्सआर क्रिएटर ह्याकाथनले केवल नवाचारलाई मात्र बढ़ावा दिइरहेको छैन - यसले एक नयाँ डिजिटल इण्डियाको जग निर्माण गरिरहेको छ। यी समाधानहरूले हामीले कसरी सिक्ने, ठीक पार्ने, यात्रा गर्ने र जोड़िने तरिकालाई फेरि परिभाषित गर्नेछन्”, वेवल्याप्सका संस्थापक तथा सीईओ आशुतोष कुमारले भने।
वेभ्सको बारेमा
मिडिया तथा मनोरञ्जन (एमएण्डई) क्षेत्रको लागि एक कोसेढुङ्गा कार्यक्रम, पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म महाराष्ट्रको मुम्बईमा आयोजना गरिनेछ।
टाहे तपाईर्ँं उद्योगका पेशेवर हुनुहोस्, निवेशक हुनुहोस्, निर्माता हुनुहोस् वा नवोन्मेषक हुनुहुोस्, शिखर सम्मेलनले एमएण्डई परिदृश्यमा जोड़िन, सहयोग गर्ने, नवोन्मेष गर्ने र योगदान गर्नका लागि परम वैश्विक मञ्च प्रदान गर्दछ।
वेभ्स भारतको रचनात्मक शक्तिलाई बढावा दिन तयार छ, जसले सामग्री निर्माण, बौद्धिक सम्पदा र प्राविधिक नवाचारको लागि केन्द्रको रूपमा आफ्नो स्थितिलाई बढाउनेछ। फोकसमा उद्योग र क्षेत्र सामेल छन्, प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, चलचित्र, एनिमेशन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि र सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सामाजिक मिडिया प्लेटफर्म, जेनेरेटिभ एआई, संवर्धित वास्तविकता (एआर), आभारी वास्तविकता (भीआर), र विस्तारित वास्तविकता (एक्स)।
के प्रश्नहरू छन्? यहाँ उत्तर खोज्नुहोस्
पीआईबी टोली वेभ्सबाट नवीनतम घोषणाहरूसँग अद्यावधिक रहनुहोस्
अहिले वेभ्सको लागि पञ्जीकरण गर्नुहोस्।
*******
पीआईबी टोली वेभ्स 2025 । सैय्यद/श्रींका/दर्शना । 90
Release ID:
(Release ID: 2120887)
| Visitor Counter:
23