सूचना तथा प्रसारण मन्त्रालय
डब्ल्यूएएम!: भारतको मङ्गा र एनिमे बूम
Posted On:
07 APR 2025 9:54AM by PIB Gangtok
रेशम तलवार सधैँ आवाजको शक्तिमा विश्वास गर्थिन्। एक दृष्टिविहीन कलाकारको रूपमा, उनलाई के थाहा थियो भने उनको आवाजले केवल शब्दहरू मात्र बोक्दैन, यसले भावना, अभिव्यक्ति र पात्रहरूलाई जीवन्त बनाउने क्षमता पनि बोकेको छ। उनले आफ्नो विकलाङ्गतालाई आफैमा परिभाषित गर्न दिइनन्। यसको सट्टा, उनले आवाज अभिनयको अत्यधिक प्रतिस्पर्धी दुनियाँमा आफ्नो लागि ठाउँ बनाइन्। दिल्लीमा वेभ्स एनिमे र मङ्गा प्रतियोगिता (डब्ल्यूएएम!) मा भाइस एक्टिङ श्रेणी जितेर उनले आफ्नो यात्रालाई अघि बढ़ाइन्, उनको कलात्मकताले कुनै पनि बाधालाई पार गर्न सक्छ भनेर प्रमाणित गरिन्। रेडियो जकी, भोइस-ओभर र अडियो एडिटिङमा रेशमको विशेषज्ञताले पहिले नै उनका क्षमताहरूलाई प्रमाणित गरिसकेको थियो, तर डब्ल्यूएएम!! ले उनलाई एउटा ठूलो मञ्चमा खड़ा गर्यो। उनको प्रतिभाले उद्योगका नेताहरूसँग प्रभावित बनायो, अनि यस्तो ढोका खोलिदियो, जुन धेरै लामो समयदेखि बन्द थियो। उनका जस्तै कथाहरूले नै के कुरामाथि प्रकाश पार्छ भने डब्ल्यूएएम!! केवल एक प्रतिस्पर्धा होइन, यो एक यस्तो आन्दोलन हो जसले रचनात्मक उद्योगलाई हल्लाइरहेको छ।
YTCZ.jpg)
सूचना तथा प्रसारण मन्त्रालयले मिडिया एण्ड इन्टरटेनमेन्ट एसोसिएशन अफ् इण्डिया (एमईएआई) सँगको सहकार्यमा आयोजना गरेको यो गतिशील पहलले रचनाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न मञ्च प्रदान गरेर एनिमे र मङ्गाप्रति भारतको बढ्दो उत्साहलाई बढावा दिने लक्ष्य राखेको छ। डब्ल्यूएएम!! ले कलाकारहरूलाई लोकप्रिय जापानी शैलीहरूको स्थानीयकृत रूपान्तरण विकसित गर्नका लागि प्रोत्साहित गर्दछ, जसले भारतीय र वैश्विक दुवै दर्शकहरूलाई ध्यानमा राख्दै प्रकाशन, वितरण र उद्योगमा प्रदर्शनको अवसर प्रदान गर्दछ, जसले कलात्मक अभिव्यक्तिलाई बढावा दिन्छ र उदीयमान प्रतिभाहरूलाई पोषण गर्दछ। प्रतियोगितामा 11 शहरहरूमा राज्य स्तरीय प्रतियोगिताहरू हुनेछन्, जसको समापन मुम्बईमा हुने विश्व अडियो भिजुअल इन्टरटेनमेन्ट समिट (वेभ्स) 2025 मा एक भव्य राष्ट्रिय समापन समारोहमा हुनेछ।

डब्ल्यूएएम! व्यापक वेभ्स 2025 को आधारशिला हो, जुन 1 देखि 4 मईसम्म मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजित हुने एक महत्त्वाकांक्षी कार्यक्रम हो। वेभ्सले भारतलाई मिडिया र मनोरञ्जनमा एक वैश्विक शक्तिको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ, जसले दाभोस र कान्स जस्ता प्रतिष्ठित समारोहहरूबाट प्रेरणा लिँदैछ। यो आफ्नो किसिमको पहिलो शिखर सम्मेलन हो, जसले चलचित्रहरू, ओटीटी प्लेटफर्महरू, गेमिङ, कमिक्स, डिजिटल मिडिया, एआई र बढ्दो एभीजीसी-एक्सआर (एनिमेशन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स र विस्तारित वास्तविकता) क्षेत्रलाई एउटै छानामुनि एकजुट गर्नेछ। भारतको मिडिया र मनोरञ्जन उद्योगमा भारी विकासका साथ 2029 सम्ममा 50 बिलियन डलरको बजारलाई लक्षित गर्दै वेभ्स एक उत्प्रेरक बन्नका लागि तयार छ, जुन देशलाई वैश्विक कथा कथनको मामिलामा सबैभन्दा अघि ल्याउनेछ।
वेभ्सको केन्द्रमा क्रिएट इन इण्डिया च्यालेञ्ज (सीआईसी) रहेको छ, जुन विविध रचनात्मक क्षेत्रहरूमा प्रतिभाहरूलाई उजागार गर्ने र उनीहरूको पोषण गर्नका लागि डिजाइन गरिएका प्रतियोगिताहरूको एक शृङ्खला हो। सीआईसीको सिजन 1 ले पहिला नै 77,000 भन्दा अधिक प्रविष्टिहरूलाई आकर्षित गर्दै एक उन्माद फैलाइसकेको छ, जसमा 35 देशका 500 भन्दा अधिक सहभागीहरू सामेल छन्। यस विशाल समूहबाट, 725 भन्दा अधिक शीर्ष निर्माताहरू वेभ्स 2025 को समयमा ग्राण्ड फिनालेमा सामेल हुनेछन्, आफ्नो कामको प्रदर्शन गर्नेछन् र वैश्विक मान्यताको लागि प्रतिस्पर्धा गर्नेछन्। यी चुनौतीहरूले भारतको क्षेत्रीय कथा कथनको समृद्ध कलाको उत्सव मनाउँछन्, जसले देशको भाषिक र सांस्कृतिक विविधतालाई प्रतिबिम्बित गर्दछ। सीआईसी अन्तर्गत एक उत्कृष्ट पहलको रूपमा डब्ल्यूएएम!!, एनिमे र मङ्गा क्षेत्र केन्द्रित गर्दछ, जसले एमेच्योर र पेशेवर दुवैलाई चम्काउनका लागि एक मञ्च प्रदान गर्दछ। यो एक यस्तो आन्दोलन हो जसले लुकेका रत्नहरू मात्र पत्ता लगाउँदैन तर कच्चा प्रतिभा र उद्योग अवसरहरू बीचको कमीलाई पनि पूरा गर्नेछ, सपनाहरूलाई मूर्त करियरमा रूपान्तरण गर्दछ।
डब्ल्यूएएम!! किन महत्त्वपूर्ण छ भनेर बुझ्नका लागि मङ्गा र एनिमे के हुन् भनेर अन्वेषण गर्न उपयोगी छ, विशेष गरी भारतका मानिसहरूका लागि। मङ्गा केवल एक प्रकारको हास्य पुस्तक वा ग्राफिक उपन्यास हो, जसको शुरुआत जापानमा भएको थियो। यो ती कमिक्स जस्तै हुन्, जसलाई तपाईंले पढ्न सक्नुहुन्छ, तर यसमा सबै प्रकारका कथाहरू सामेल छन्, जस्तै रोमाञ्चक साहसिक कार्य, मीठा प्रेम कथा, डरलाग्दा डरलाग्दा कहानी वा जादुई कल्पनाहरू। मङ्गालाई विशेष बनाउने कुरा यसको रूप हो: पात्रहरूको प्रायः ठूला, जीवन्त आँखाहरू हुन्छन् र चित्रहरू कथाको आधारमा एकदमै सरल वा विस्तृत हुन सक्छन्। धेरैजसो पुस्तकहरू भन्दा फरक, तपाईं मङ्गालाई दायाँबाट बायाँ पढ्नुहुन्छ अनि यो सामान्यतया पत्रिकाहरूमा ससाना टुक्राहरूको रूपमा शुरु हुन्छ र फेरि यसलाई ‘ट्याङ्क?बोन’ नामक पुस्तकहरूमा एकसाथ राखिन्छ। अर्कोतिर, एनिमे भनेको मङ्गालाई जीवन्त बनाउनु जस्तै हो-यो एक कार्टुन संस्करण हो, जसमा तपाईँले स्क्रिनमा हेर्नुहुन्छ, जसमा उस्तै प्रकारका कथाहरूमा हर्कत र आवाजहरू जोड़िएका हुन्छन्। सबैका लागि केही न केही हो: ‘शोनेन’ युवा केटाहरूको लागि हो र एक्शन र मित्रताले भरिएको छ, ‘शोजो’ युवा केटीहरूको लागि हो र रोमान्समा केन्द्रित छ, ‘सेनेन’ गहिरो वा गम्भीर विचार भएका वयस्क पुरुषहरूको लागि हो अनि ‘जोसी’ वयस्क महिलाहरूको लागि हो, जो दैनिक जीवन वा प्रेम कहानीहरूका साथ वास्तविक लाग्दछ।
भारतमा मङ्गा र एनिमे पछिल्ला दश वर्षमा अविश्वसनीय रूपमा लोकप्रिय भएका छन्, यसको श्रेय तिनीहरूलाई सजिलै प्राप्त गर्ने र तिनीहरूलाई मन पराउने उत्साही प्रशंसकहरूलाई जाँदछ। देशमा लगभग 180 मिलियन एनिमे प्रशंसक छन्, जसले भारतलाई चीनपछि विश्वको दोस्रो सबैभन्दा ठूलो एनिमे बजार बनाएको छ। यी प्रशंसकहरूले एनिमेलाई वैश्विक स्तरमा अझै पनि अधिक लोकप्रिय बनाउनमा एक ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ, जसले यसको विकासमा 60% को वृद्धिलाई बढ़ावा दिन्छ। नारुतो, ड्र्यागन बल, वन पिस, अट्याक अन टाइटन र माई हीरो एकेडेमिया जस्ता कार्यक्रमहरू धेरै हिट भएका छन्, जसले सम्पूर्ण भारतमा ठूलो सङ्ख्यामा प्रशंसकलाई आकर्षित गरेका छन् र यहाँका मानिसहरूले यी कथाहरूलाई कति माया गर्छन् भनेर देखाएका छन्।
भारतमा एनिमे बजार 2023 मा 1,642.5 मिलियनको थियो अनि यो 2032 सम्ममा बढ़ेर 5,036.0 मिलियनमा पुग्ने तय छ। नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, क्रन्चाइरोल र डिजनी+ हटस्टार जस्ता प्लेटफर्महरूले मानिसहरूका लागि एनिमे हेर्न सजिलो बनाएका छन्, भारतीय दर्शकहरूले तिनीहरूको आनन्द लिन सकुन् भनेर उपशीर्षकहरू थपेका छन्। अमेजन र फ्लिपकार्ट जस्ता ई-कमर्स दिग्गजहरूले यी कमिक पुस्तकहरू बेच्दै गर्दा मङ्गा पनि फेला पार्न सजिलो हुँदै गइरहेको छ र केही विशेष पसलहरू पनि खुलिरहेका छन्। तैपनि, यो उछालको बावजुद, भारतले एनिमे र मङ्गा उद्योगमा कुशल प्रतिभाको गम्भीर अभावको सामना गरिरहेको छ, जुन अन्तरलाई डब्ल्यूएएमले स्वदेशी रचनाकारहरूलाई बढावा दिएर पूरा गर्नका लागि दृढ़ सङ्कल्पित छ।

रेशमको जीत डब्ल्यूएएम! बाट निस्कने धेरै अद्भुत कथाहरू मध्ये एक मात्र हो। वाराणसीको सनबीम वरुणको हाई स्कूलकी विद्यार्थी एञ्जल यादवलाई नै लिनुहोस्, जसले डब्ल्यूएएम वाराणसीमा मङ्गा (विद्यार्थी श्रेणी) मा जजहरूलाई चकित् पारिन्। उनको कलाकृतिले कोलकाताको वैभवी स्टुडियोलाई यति धेरै प्रभावित गर्यो कि उनीहरूले उनलाई नोकरीको प्रस्ताव राखे, जसले के देखाउँछ भने युवाहरूले पनि यस क्षेत्रमा ठूलो प्रभाव पार्न सक्छन्। एक अर्को सफलता रणदीप सिंह हुन्, जो एक पेशेवर मङ्गा कलाकार जसले डब्ल्यूएएम! भुवनेश्वरमा प्रवेश गरे। जजहरूले उनको कामलाई मन पराए, यसलाई छाप्न लायक बताए अनि जब उनी आफ्नै मङ्गामा काम गरिरहन्छन्, उनले पहिले नै वैभवी स्टुडियोबाट भुक्तानी गरिएका परियोजनाहरू पाइरहेका छन्। यी उदाहरणहरूले के देखाउँछन् भने डब्ल्यूएएम! ले मानिसहरूको जीवन परिवर्तन गर्छ, मानिसहरूलाई सिर्जनाप्रति आफ्नो प्रेमलाई वास्तविक करियरमा परिणत गर्न मद्दत गर्दछ, अनि यस अवधि उद्योग जगतका ठूला नामहरूले उनीहरूलाई समर्थन गर्छन्।
डब्ल्यूएएम! को लागि समर्थन व्यक्तिगत जीतभन्दा धेरै टाढासम्म फैलिएको छ, जसले उद्योग जगतका केही ठूला नामहरूलाई आकर्षित गर्दछ। बीओबी पिक्चर्सका निर्देशक श्रीकान्त कोनाथमले हरेक भावी डब्ल्यूएएम! कार्यक्रममा भाग लिने सङ्कल्प गरेका छन्, जो जमिनमा उत्रिनका लागि तयार प्रतिभाहरूलाई खोज्न उत्सुक छन्। टूनसूत्रका नवीन मिराण्डाले विजेताहरूलाई वेबटुन स्पेसमा वितरण सम्झौताको प्रस्ताव गर्दैछन्, जबकि ईटीभी बाल भारतकी राजेश्वरी रोयले एनिमेमा पिचिङको अवसर प्रदान गर्दैछिन्। मध्य भारतको सबैभन्दा ठूलो एनिमेशन स्टुडियोका संस्थापक नीलेश पटेलले विजेताहरूको लागि प्लेसमेन्ट र फाइनलिस्टहरूको लागि इन्टर्नशिपको वाचा गर्दै एक कदम अगाडि बढाएका छन्। यो उद्योग समर्थन केवल देखावटी सेवा होइन, यो एक जीवन रेखा हो, जसले के सुनिश्चित गर्दछ भने डब्ल्यूएएम! सहभागीहरूले प्रतिस्पर्धा मात्र गर्दैनन् तर प्रतिस्पर्धी वैश्विक बजारमा सफल हुनेछन्।
डब्ल्यूएएम! लाई जुन चीजले अलग बनाउँछ, त्यो हो रचनात्मकतालाई तोकतान्त्रिक बनाउने यसको क्षमता। यो एउटा यस्तो मञ्च हो जहाँ रेशम जस्तो दृष्टिविहीन भोइस एक्टर, एञ्जल जस्ता किशोर मङ्गा कलाकार वा रणदीप जस्ता अनुभवी पेशेवरसँग काँधमा काँध मिलाएर उभिन सक्छ। वेभ्स 2025 को एक हिस्साको रूपमा, डब्ल्यूएएम! एउटा प्रतियोगिता मात्र होइन, यो एक क्रान्ति हो, जसले भारतको रचनात्मक प्रतिभाहरूको खोज, पोषण र उत्सव मनाउने तरिकालाई नयाँ आकार दिइरहेको छ। शिखर सम्मेलनको क्रममा, विश्वले के देख्नेछ भने भारतका कथाकार, लोककथाहरूको विरासतमा निहित छ र अब एनिमे र मङ्गा जस्ता आधुनिक माध्यमहरूलाई अपनाइरहेको छ, जुन केन्द्रमा आउँदछ। रेशम र अनगिन्ती अन्य मानिसहरूका लागि, डब्ल्यूएएम! केवल एक जीत मात्र होइन, यो एक विरासतको शुरुआत हो, जुन हरेक वर्ष बित्दै जाँदा अझ उज्यालो हुने वाचा गर्दछ।
स्रोत: सूचना तथा प्रसारण मन्त्रालय
डब्ल्यूएएम!: भारतको मङ्गा र एनिमे बूम
*****
सन्तोष कुमार/रितु कटारिया/सौरभ कालिया
(Release ID: 2119992)
Visitor Counter : 18
Read this release in:
Assamese
,
Urdu
,
Marathi
,
English
,
Malayalam
,
Hindi
,
Bengali
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu