गृह मामिला मन्त्रालय
केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहद्वारा आसमको डेरगाउँमा आज लचित बोरफुकन पुलिस एकाडेमीको लोकार्पण गरियो
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा आसम अब विकासको मार्गमा अघि बढिरहेको छ
लचित बोरफुकन पुलिस एकाडेमीका रूपमा आज जुन बिउ रोपिएको छ, एक दिन त्यो वटवृक्ष बनेर सम्पूर्ण देशको पुलिसिङलाई छायाँ दिनेछ
महान योद्धा लचित बोरफुकनलाई केवल आसमसम्म सीमित राखियो, तर मोदी सरकारमा उनको जीवनी 23 भाषामा देशभरीको पुस्तकालयमा उपलब्ध छ
जुन आसममा पहिले केवल आन्दोलन, उग्रवाद वा गोलीबारीको चर्चा हुन्थ्यो, त्यहाँ आज ₹27 हजार करोडको लागतमा सेमीकण्डक्टर उद्योग स्थापित हुँदैछ
डबल इञ्जिनको सरकारले आसममा दोषसिद्धि दर 5% बाट बढाएर 25% पुऱ्यायो
आसममा पहिलो जुन पुलिस केवल आतङ्कवादका विरुद्ध लडाईमा सीमित थियो, आज नागरिकहरूको अधिकार रक्षाका लागि काम गरिरहेको छ
पहिले आसमलाई दङ्गाको आगोमा होमेर यहाँ अशान्ति कायम राखिएको थियो, तर मोदी सरकामा यहाँ शान्ति स्थापित हुनका साथै विश्व स्तरीय पूर्वाधार लगायत ठूला उद्योगहरू स्थापित भइरहेका छन्
Posted On:
15 MAR 2025 5:15PM by PIB Gangtok
केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहद्वारा आझ आसमको डेरगाउँमा लचित बोरफुकन पुलिस एकाडेमीको लोकार्पण गरियो। यस अवसरमा आशमका मुख्यमन्त्री डा. हिमन्त विश्वशर्मा अनि केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालसहित अन्य गण्यमान्य व्यक्ति उपस्थित थिए।

आफ्नो सम्बोधनमा केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले आगामी पाँच वर्षमा देशभरीको पुलिस एकाडेमीहरूमा लचित बोरफुकन पुलिस एकाडेमी प्रथम स्थानमा हुने बताए। आसमका वीर सेनानी अनि सपूत लचित बोरफुकनले आसमलाई मुगलहरूका विरुद्ध विजय दिलाएको उल्लेख गर्दै महान योद्धा लचित बोरफुकनलाई आसमसम्म सीमित राखिए तापनि आज उनको 23 भाषामा देशभरीका पुस्तकालयमा बच्चाहरूका लागि उपलब्ध रहेको बताए। आसमका यी वीर सपूतबारे सम्पूर्ण देशका जनताले जानून् अनि उनीबाट प्रेरणा प्राप्त गरून्, यस्तो काम आसम सरकारले गरेको छ भन्दै लचित बोरफुकन पुलिस एकाडेमीका रूपमा आज यसको बिउ रोपिएको र एक दिन यो ठूलो वटवृक्ष बनी सम्पूर्ण देशको पुलिसिङलाई छायाँ दिने उनले बताए। यो एकाडेमी आसम मात्र नभएर सम्पूर्ण पूर्वोत्तरको पुलिसिङका लागि काशीका समान एउटा तीर्थ बन्नका साथै यहींबाट शान्तिको एउटा नयाँ शुरुवात हुने गृह मन्त्री शाहले बताए।

लचित बोरफुकन एकाडेमीको पहिलो चरण ₹167 करोडको लागतमा पूरा गरिएको र तीन चरणमा कूल ₹1,050 करोड खर्च हुने उनले जानकारी दिए। यस एकाडेमीमा कैयौं प्रकारको अत्याधुनिक सुविधा उपलब्ध रहेको र यो एकाडेमी सम्पूर्ण भारतको सबैभन्दा श्रेष्ठ पुलिस एकाडेमी बन्ने आशय उनले व्यक्त गरे। पहिले आसमको पुलिस अन्य राज्यमा प्रशिक्षणका लागि जाने गरेको तर विगत आठ वर्षदेखि राज्यको शासनमा आएको परिवर्तनका कारण अब यस पुलिस एकाडेमीमा गोवा अनि मणिपुरका 2 हजार पुलिसकर्मीले प्रशिक्षण लिएको केन्द्रिय मन्त्री शाहले अवगत गराए।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा आसम अब विकासको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै विगत 10 सालमा प्रधानमन्त्री मोदीको नेतृत्त्वमा कैयौं शान्ति सम्झौता सम्पन्न भएको उनले जानकारी गराए। वर्ष 2020 मा आसम-बोडोल्याण्ड सम्झौता, 2021 मा कार्बी-आङलोङ सम्झौता, 2022 मा आदिवासी शान्ति सम्झौता, 2023 मा उल्फा, आसम-मेघालय र आसम-अरुणाचल सम्झौता सम्पन्न भएको उनले बताए। मोदी सरकारद्वारा गरिएका यी शान्ति सम्झौताका कारण 10 हजारभन्दा धेरै युवाले हतियार बिसाएर मूलधारामा सामेल भएको उनले जानकरी दिए। जुन आसममा एक जमानामा आन्दोलन, उग्रवाद र गोलीबारीको चर्चा हुन्थ्यो, त्यहाँ आज सबैभन्दा आधुनिक ₹27 हजार करोडको लागतमा सेमीकण्डक्टर उद्योग स्थापना गर्ने काम भइसकेको उनले बताए।

हालै आसममा निवेशका लागि भएको सम्मेलनमा ₹5.18 लाख करोड बराबरको सम्झौता ज्ञापनमा हस्ताक्षर भएको उल्लेख गर्दै यसमध्ये अधिकांश सम्झौता ज्ञापन धरातलमा उत्रिने उनले बताए। मोदी सरकारले पनि आसमको विकासका लागि ₹3 लाख करोडको पूर्वाधार परियोजना ल्याइरहेको उल्लेख गर्दै ₹8 लाख करोड बराबरका यी परियोजनाहरूबाट यहाँका युवाहरूको निम्ति ठूलो सङ्ख्यामा रोजगार अवसर सिर्जना हुने उनले दाबी गरे।

पछिल्लो सरकारको 10 वर्षको शासनमा आसमले ₹1.27 लाख करोड अन्तरण अनुदान तथा अनुदान सहायता प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले यसलाई 10 सालमा 4 गुणा बढाएर ₹4.49 लाख करोड बनाएको उनले बताए। पछिल्लो सरकारले कैयौं सालसम्म आसमलाई दङ्गाको आगोमा धकेल्नका साथै अनुदान नदिएको, शिक्षाको व्यवस्था नगरेको, पूर्वाधार निर्माण नगरेको र शान्ति पनि स्थापित हुन नदिएको उनले उल्लेख गरे। प्रधानमन्त्री मोदीको 10 सालको कार्यकालमा पूर्वाधार सिर्जना हुनका साथै शान्ति पनि स्थापित हुनका अतिरिक्त कैयौं प्रकारका उद्योगहरू पनि स्थापित भइरहेको उनले दाबी गरे। भारतमाला परियोजना अन्तर्गत ₹10 हजार करोडको लागतमा 200 किलोमिटरभन्दा लामो परियोजना, ₹3 हजार करोडको लागतमा धुबरी-फुलवाडी पुल, ₹3,400 करोडको लागतमा सिलचर-चुराइबाडी करिडोर फोर लेन बनाउने काम, ₹1,000 करोडको लागतमा माजुली द्वीपमा नयाँ तटबन्ध र सडकको काम जस्ता कैयौं काम मोदी सरकारले गरेको उनले जानकारी गराए। यसका साथै ब्रह्मपुत्र नदीमाथि 6 लेनको पुलको काम निर्माणाधीन रहेको उल्लेख गर्दै ₹382 करोडको लागतमा राष्ट्रिय राजमार्ग 715 लाई माजुली र जोरहटसँग जोड्ने काम चलिरहेको उनले बताए। यसै गरी ₹1,200 करोडको लागतमा गोपीनाथजीको नाममा एयरपोर्टको विस्तार, रेलवे क्षेत्रमा ₹9,000 करोड लागतको परियोजनाको लोकार्पण, ₹1,000 करोडको लागतमा एम्स, र तुमुलपुर, कोकराझार, नलबारी र धुबरीमा मेडिकल कलेज लगायत कैयौं अन्य पूर्वाधारको काम मोदीको नेतृत्त्वमा सम्पन्न भइरहेको उनले अवगत गराए।

मोदी सरकार अनि आसम सरकारले गरीब कल्याणका कैयौं काम गरेको उल्लेख गर्दै 58 लाख घरमा पहिलोपटक कलद्वारा पानी पुऱ्याउने काम गरिएको तथा 1.80 करोड मानिसलाई 5 लाखसम्मको निःशुल्क उपचार, 43 लाख घरमा शौचालयल निर्माण, 2.32 करोड गरीबलाई प्रति व्यक्ति मासिक 5 केजी चामल निःशुल्क प्रदान गर्न लगायत 51 लाख ग्यास सिलिण्डर र 21 लाख घर दिने काम मोदी सरकार अनि आसम सरकारले गरेको केन्द्रिय गृह एवं सहकारिता मन्त्री शाहले बताए।

मोदी सरकारले आसममा शान्ति ल्याउन प्रयास मात्र नगरेर शान्ति स्थापित गरेर देखाएको उल्लेख गर्दै पूर्वाधार जुटाउनका अतिरिक्त हाल मुख्यमन्त्री हिमन्त विश्वशर्माको नेतृत्त्वमा ₹5 लाख करोडको निवेश पनि राज्यमा आएको र यसले यहाँका युवाहरूको निम्ति स्वर्णिम भविष्यको आधार राख्ने उनले बताए। डबल इञ्जिनको सरकारले आसममा अपराध दोषसिद्धि अनुपात 5 प्रतिशतबाट बढाएर 25 प्रतिशत पुऱ्याएको उल्लेख गर्दै आसममा पहिले जुन पुलिस केवल आतङ्कवादका विरुद्ध लडाईमा सीमित थियो, आज तिनीहरूले नागरिकको अधिकार रक्षाका साथै प्रधानमन्त्री मोदीद्वारा ल्याइएको तीन नयाँ आपराधिक कानून पनि सफलपूर्वक आत्मसात गर्ने काम गरिरहेको उनले बताए।
*******
(Release ID: 2111598)
Visitor Counter : 9