आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
azadi ka amrit mahotsav

क्याबिनेटद्वारा राष्ट्रिय घिर्लिङ विकास कार्यक्रम – पर्वतमाला परियोजना अन्तर्गत उत्तराखण्ड राज्यमा गोविन्दघाटदेखि हेमकुण्ड साहिबजीसम्म (12.4 किमि.) घिर्लिङ विकास परियोजना अनुमोदित


प्रविष्टि तिथि: 05 MAR 2025 3:08PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिलामाथि क्याबिनेट कमिटी (सीसीईए) द्वारा गोविन्दघाटदेखि हेमकुण्ड साहिबजीसम्म 12.4 किलोमिटर घिर्लिङ परियोजना निर्माण अनुमोदित गरेको छ। परियोजना अभिकल्प, निर्माण, वित्तपोषण, परिचालन एवं अन्तरण (डीबीएफओटी) माध्यमद्वारा ₹2,730.13 करोडको कूल पूँजीगत लागतमा विकास गरिनेछ।

हाल हेमकुण्ड साहिबजीसम्मको यात्रा चुनौतीपूर्ण 21 किलोमिटर उकालो जानुपर्दछ जहाँ हिँडेर, खच्चरमा वा पालकीमा चडेर पुग्ने गरिन्छ। प्रस्तावित घिर्लिङले हेमकुण्ड साहिबजीसम्म जाने तीर्थालुका साथै पुष्पघाटी जान चाहने पर्यटकहरूलाई सुविधा प्रदान गर्नका साथै गोविन्दघाटदेखि हेमकुण्ड साहिबजीसम्म बाह्रमासै जोडिन सकिने व्यवस्था सुनिश्चित हुनेछ।

घिर्लिङ सार्वजनिक-निजी साझेदारीद्वारा विकसित गरिने तय गरिएको छ भने  गोविन्दघाटदेखि घाङ्घरियासम्म (10.55 किमि.) मोनोकेबल डिट्याचेबल गोण्डोला (एमडीजी) र घाङ्घरियादेखि हेमकुण्ड साहिबजीसम्म (1.85 किमि.) निर्बाध रूपमा एकिकृत हुने ट्राइकेबल डिट्याचेबल गोण्डोला (3 एस) प्रविधिमा आधारित रहनेछ भने एक दिशामा 1,100 यात्री प्रति घण्टा र प्रतिदिन 11,000 यात्री  बोक्ने क्षमता रहनेछ।

यस घिर्लिङ परियोजनाले निर्माण अनि परिचालनका साथै सम्बन्धित पर्यटन उद्योग जस्तै आतिथ्य, यात्रा, खाद्य एवं पेय लगायत वर्षभरी नै पर्यटनको माध्यमद्वारा पर्याप्त रोजगार अवसर पनि सिर्जना गर्नेछ।

घिर्लिङ परियोजनाको विकास सन्तुलित सामाजिक-आर्थिक विकासको पोषणका साथै तीर्थ यात्रीहरूका लागि अन्तिम विन्दुसम्म कनेक्टिभिटी बढाउन र क्षेत्रको तेज आर्थिक विकास पोषित गर्ने दिशामा महत्त्वपूर्ण कदम हुनेछ।

हेमकुण्ड साहिबजी अति नै पवित्र तीर्थ स्थल हो जुन 15,000 फीटको उँचाईमा उत्तराखण्डको चमोली जिल्ला अन्तर्गत अवस्थित छ। यस पवित्र स्थलमा स्थापित गुरुद्वारा मईदेखि सेप्टेम्बरसम्म वर्षमा 5 महिना खुल्ला रहने गर्दछ भने वार्षिक 1.5 देखि 2 लाखसम्म तीर्थ यात्रीले यहाँ दर्शनभ्रमण गर्ने गर्दछन्। हेमकुण्ड साहिबजीको अरण्य यात्राले लोकप्रिय पुष्पघाटीको द्वारको काम पनि गर्दछ, जुन युनेस्कोद्वारा विश्व धरोहर स्थलका रूपमा मान्यताप्राप्त राष्ट्रिय निकुञ्ज हो र जुन मनोरम गढवाल हिमालयमा अवस्थित छ।

*****


(रिलीज़ आईडी: 2108462) आगंतुक पटल : 73
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Bengali , Manipuri , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam