प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा “परीक्षा पे चर्चा 2025” मा विद्यार्थीहरूसँग संवाद
संयुक्त राष्ट्रद्वारा 2023 लाई “अन्तरराष्ट्रिय श्रीअन्न वर्ष” घोषित गर्दै भारतको प्रस्तावमा विश्वभरी यसलाई प्रोत्साहित गरियो : पीएम
मौसमी फल खानुपर्दछ, राम्ररी चपाउनु पर्दछ, सही खाना सही समयमा खानु पर्दछ : पीएम
बिमार छैन भन्नुको अर्थ स्वस्थ छौं भन्ने हुँदैन, आरोग्यतामाथि ध्यान दिनुपर्दछ : पीएम
हातमा रहेको काममाथि एकाग्र बन्दै आफूलाई चापको निम्ति तयार पार्नु पर्दछ : पीएम
उत्तम बन्ने सङ्घर्ष जारी राख्नुपर्दछ, आफ्नो लडाई आफै लड्नुपर्दछ, आफूभित्र स्थिरता खोज्नुपर्दछ : पीएम
उदाहरण बन्नुपर्दछ, सम्मानको माग वा आदेश दिनु होइन, मागेर होइन, गरेर देखाउनु पर्दछ : पीएम
विद्यार्थीहरू रोबोट होइनन्, अध्ययन सर्वाङ्गीण विकासको निम्ति हो, उनीहरूले आफ्नो रुचिको खोज गर्ने स्वतन्त्रता हुनुपर्दछ : पीएम
परीक्षा सबैथोक होइन, ज्ञान र परीक्षा एकै होइन : पीएम
लेख्ने बानी विकास गर्नुपर्दछ : पीएम
प्रत्येक विद्यार्थीको विशिष्ट प्रतिभाको खोज गरी पोषित गर्नुपर्दछ, सकारात्मकतातर्फ हेर्नुपर्दछ : पीएम
हामी सबैसँग 24 घण्टा हुन्छ, कुरा विवेकले समयको प्रबन्धन गर्ने हुनुपर्दछ : पीएम
वर्तमानमाथि ध्यान दिनु पर्दछ, आफ्नो विचार आफ्ना प्रियहरूसँग साझा गर्नुपर्दछ : पीएम
आफ्नो सन्तानको तुलना अरूसँग गर्नुभएन, आफ्नो सन्तानलाई बुझ्दै उनीहरूको रुचिलाई सहयोग गर्नुपर्दछ, आफ्नो सन्तानको शक्तिको खोज गर्नुपर्दछ : पीएम
सुन्न सिक्नु पर्दछ, सही तरिकाले सास फेर्नु यसको कुञ्जी हो : पीएम
प्रत्येक बालक विशिष्ट छन्, उनीहरूको सपनालाई बुझी उनीहरूको यात्रामा मार्गदर्शन गर्नुपर्दछ, उनीहरूको सहयोग बन्नुपर्दछ : पीएम
विद्यार्थीहरूलाई तुलना गर्नबाट जोगिनु पर्दछ, विद्यार्थीहरूलाई सार्वजनिक रूपमा आलोचना गर्नु भएन, प्रोत्साहित अनि सराहना गर्दै प्रेरित गर्नुपर्दछ : पीएम
आफूलाई चुनौती दिई विगतलाई परास्त गरी वर्तमानमा जिउनु पर्दछ : पीएम
आफैलाई सुन्ने, प्रश्न गर्ने, लागू गर्ने अनि प्रतिस्पर्धा गर्ने गर्नुपर्दछ : पीएम
आफ्नो विफलतालाई अवसरमा परिणत गर्नुपर्दछ : पीएम
प्रविधिको उपयोग भयद्वारा नभएर विवेकले गर्नुपर्दछ, प्रविधिलाई इष्टतम रूपमा उपयोग गर्नुपर्दछ : पीएम
हामीले प्रकृतिको दोहन नगरेर कृतज्ञता व्यक्त गर्दै पर्यावरणको पोषण अनि संरक्षण गर्नुपर्दछ, “एक पेड मा के नाम” यस्तै एउटा पहल हो : पीएम
Posted On:
10 FEB 2025 3:14PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले “परीक्षा पे चर्चा (पीपीसी)”को आठौं संस्करणमा आज नयाँ दिल्लीको सुन्दर नर्सरीका विद्यार्थीहरूसँग संवाद गरे। प्रधानमन्त्रीले देशभरीका विद्यार्थीहरूसँग अनौपचारिक संवादमा विविध विषयमाथि चर्चा गरे। उनले यस अवसरमा तिल मिठाई पनि वितरण गरे, जुन पारम्परिक रूपमा हिउँदमा जिउ न्यानो बनाउन खाने गरिन्छ।
सफल बन्न पोषण
पोषण विषयमाथि बोल्दै संयुक्त राष्ट्रले वर्ष 2023 लाई “अन्तरराष्ट्रिय श्रीअन्न वर्ष” घोषित गर्दै विश्वभरी भारताको प्रस्तावमा यसलाई प्रोत्साहित गरेको प्रधानमन्त्री मोदीले बताए। पोषणले नै धेरै रोगको रोकथाम गर्ने हुँदा भारत सरकारले पोषणको सम्बन्धमा व्यापक जागरूकता आवश्यक रहेको कुरा आग्रह गरेको उनले बताए। भारतमा श्रीअन्नलाई सुपरफूडको रूपमा मान्यता प्राप्त रहेको उनले बताए। भारतमा फसल, फल हाम्रो विरासतसँग जोडिएको उल्लेख गर्दै प्रत्येक नयाँ फसल वा मौसम भगवानलाई समर्पित रहने र देशको अधिकांश भागमा उत्सव मनाइने गरेको उदाहरण दिए। यसका साथै भगवानलाई चढाइने भोग प्रसादको रूपमा वितरण गर्ने गरिएको पनि उनले बताए। विद्यार्थीहरूलाई मौसम अनुसारको फल खान प्रेरित गर्दै जङ्क फूड, तेलसरीका खाद्य पदार्थ अनि मैदाबाट तयार गरिएको खाद्य पदार्थ नखान उनले प्रोत्साहित गरे। सही तरिकाले खाना खानुको महत्त्वबारे बोल्दै प्रधानमन्त्रीले खाना खाँदा निल्नअघि कम्तिको पनि 32 पटक चपाउन आवश्यक रहेको बताए। पानी पिउँदा पनि हल्का चुस्की लिएर त्यसको स्वादको आनन्द लिनुपर्ने उनले बताए। सही समयमा सही खाना खाने विषयमा बोल्दै उनले कृषकहरूको उदाहरण दिए, जहाँ खेतमा काम गर्न जानअघि उनीहरूले भरपेट खाने र बेलुकीको खाना पनि घाम अस्ताउनअघि नै खाइसक्ने गर्दछन्। यस्तै बानी विद्यार्थीहरूले पनि पालन गर्न उनले प्रोत्साहित गरे।
पोषण अनि आरोग्यता
आरोग्यतामाथि चर्चा गर्दै प्रधानमन्त्रीले बिमार नहुनुको अर्थ स्वस्थ छु भन्ने मान्न नहुने र आरोग्यतामाथि बढी ध्यान दिन आवश्यक रहेको बताए। शरीरलाई आरोग्य अनि दुरूस्त राख्नका लागि सही मात्रामा सुत्न आवश्यक रहेको उनले बताए। मानवको आरोग्यतामा निद्राको महत्त्वबारे धेरैवटा अनुसन्धान चलिरहेको उनले उल्लेख गरे। यसका साथै शरीरका लागि घामको महत्त्व रेखाङ्कित गर्दै विद्यार्थीहरूलाई केही बेरका लागि बिहानको घाम ताप्न आवश्यक रहेको बताए। घाम उदाएपछि रुखको छायाँमुनि बसी लामो सास फेर्नुपर्ने उनले बताए। जीवनमा प्रगति गर्नका लागि के, कुन बेला, कसरी र किन पोषणको महत्त्व रहने प्रधानमन्त्रीले बताए।
चापमाथि नियन्त्रण
चापमाथि नियन्त्रण विषयमाथि बोल्दै, समाजले दसौं अनि बाह्रौं श्रेणीको परीक्षामा राम्रो अङ्क नल्याउनुलाई जीवन बर्बाद गरेको झैं मान्नु दुर्भाग्यपूर्ण रहेको प्रधानमन्त्री मोदीले बताए। यसले विद्यार्थीहरूमाथि चाप बढाउने गरेको उनले उल्लेख गरे। क्रिकेट म्याचमा ब्याट्सम्यानले बलमाथि ध्यान एकाग्र गर्ने उदाहरण दिँदै, ब्याट्सम्यानले जस्तै बाहिरको चाप अनि दबाउलाई अदेखा गर्दै आफ्नो पठन-पाठनमा ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्दै यसो गरे मात्र चाप वा दबाउबाट मुक्त हुनसकिने बताए।
आफैलाई चुनौती दिनु
विद्यार्थीहरूलाई पूर्णरूपले तयारी गर्नका साथै प्रत्येकपटक आफूलाई चुनौती दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले धेरै मानिसले आफ्नो आफू विरुद्धको युद्ध आफै नलड्ने गरेको बताए। आत्मचिन्तनको महत्त्वबारे उल्लेख गर्दै प्रधानमन्त्रीले आफू के बन्न चाहन्छ, के हासिल गर्न चाहन्छ र के गर्दा सन्तुष्टि प्राप्त हुन्छ भन्ने विषयमा बारम्बार आफूलाई प्रश्न सोध्न उनले आग्रह गरे। कसैको पनि ध्यान समाचार पत्र वा टिभी जस्ता बाहिरी प्रभावका कारण डगमगाउन नहुने तर समयसँगै स्थिरतापूर्वक विकास गर्दै लैजानुपर्ने बताए। प्रायः जस्ता मानिसले आफ्नो मनलाई कुनै दिशाबिना बहकिन दिने गरेको उनले बताए। आफ्नो निर्णयमा चञ्चल नबन्न सल्लाह दिँदै उनले केही विषयमा आफ्नो मनलाई स्थिर बनाउने कोशिश गर्नुपर्ने र यसैले चुनौतीहरूलाई सम्बोधित गर्न सघाउ पुऱ्याउने उनले बताए।
नेतृत्त्वको कला
विद्यार्थीहरूद्वारा प्रभावी नेतृत्त्वबारे सोधिएको प्रश्नमा बाहिरी स्वरूपले नेतृत्त्वलाई परिभाषित नगर्ने तर अरूका लागि उदाहरण प्रस्तुत गर्दै अगुवाई गर्नेहरू नेता बन्ने बताए। यसलाई हासिल गर्न, व्यक्तिले आफैलाई परिवर्तित गर्नका साथै उनको व्यवहारमा यो कुरा प्रतिबिम्बित हुनुपर्ने बताए। “नेतृत्त्व थोपिने कुरा होइन, तर आफू वरिपरीकाले स्वीकार गर्ने कुरा हो”, प्रधानमन्त्रीले बताए। अरूलाई प्रवचन दिनुले मात्र स्वीकार्यता बढाउँदैन, उसको व्यवहारलाई स्वीकार गरिन्छ। यस सन्दर्भमा उदाहरण पेश गर्दै उनले भने, यदि कसैले स्वच्छताको भाषण त दिन्छ, तर आफै गर्दैन भने उनी नेता हुनसक्दैनन्। यसका साथै सामूहिक कार्य र धैर्यता नेतृत्त्वका लागि अत्यावश्यक रहेको बताए। काम वितरण गर्दा टोलीका सदस्यहरूले सामना गर्नुपर्ने चुनौतीलाई बुझ्दै कठिन समयमा सहयोग गर्नाले नेतृत्त्वमाथि विश्वास र भरोसा बढ्ने उनले बताए। मेलातिर बालकले आफ्नो माता-पिताको हात समातेर हिँड्ने उदाहरणका साथ यस कुरालाई बुझाए। बालकले सुरक्षा र विश्वास सुनिश्चित गर्न आफ्नो माता-पिताको हात पक्रने उनले बताए। नेतृत्त्वमा पनि विश्वास नै महत्त्वपूर्ण शक्ति रहेको कुरामाथि उनले जोड दिए।
किताबदेखि ईतर - 360º विकास
रुचि र अध्ययनबीच सन्तुलनको विषयमाथि बोल्दै, सफलताका लागि शिक्षा महत्त्वपूर्ण रहेको सामान्य मान्यता रहेको भए तापनि विद्यार्थीहरू रोबोट होइनन् भन्दै सर्वाङ्गीण विकासको महत्त्व प्रधानमन्त्रीले रेखाङ्कित गरे। शिक्षा अर्को श्रेणीमा जानुको एक मात्र उद्देश्य नभेर विस्तृत व्यक्तिगत विकासका लागि रहेको बताए। विगतमाथि प्रकाश पार्दै, स्कूलको शुरुवाती दिनहरूदेखि नै बागवानी असान्दर्भिक जस्तो देखिए तापनि यसले समग्र विकासमा योगदान दिने बताए। विद्यार्थीहरूलाई कठोर शैक्षणिक वातावरणमा सीमित नगर्न माता-पिता अनि शिक्षकहरूलाई आग्रह गर्दै यसो गर्दा उनीहरूको विकास बाधित हुने प्रधानमन्त्रीले बताए। विद्यार्थीहरूलाई उनीहरूले मन पराउने खुल्ला वातावरण अनि गतिविधि आवश्यक पर्दछ, जसले उनीहरूको अध्ययन क्षमता बढाउँदछ। परीक्षा नै जीवनमा सबैथोक नरहेको उल्लेख गर्दै यस्तै मानसिकता अपनाइए परिवार अनि शिक्षकहरूलाई विश्वस्त बनाउन सकिने उनले विद्यार्थीहरूलाई बताए। यसका साथै पुस्तक पठनको विरोधमा नरहेको स्पष्ट पार्दै सक्दो धेरै ज्ञान आर्जन गर्नुपर्ने महत्त्व प्रधानमन्त्रीले रेखाङ्कित गरे। परीक्षा सबैथोक नरहेको र ज्ञान आर्जन अनि परीक्षा दुई अलग विषय रहेको पनि उनले बताए।
सकारात्मकताको खोज
मानिसहरूले प्रायः नै दिइएको सल्लाहका बारेमा प्रश्न गर्ने र त्यसो किन भनियो भनी आश्चर्य मान्ने र के त्यसले कुनै गल्ती दर्शाउँदछ कि भन्ने गरेको प्रधानमन्त्रीले उल्लेख गरे। यस्तो मानसिकताले अरूलाई सहयोग गर्ने क्षमतालाई बाधित गर्दछ, उनले भने। यसको साटो, अरूमा राम्रो गुण चिन्हित गर्नुपर्ने, जस्तै राम्ररी गाउने वा राम्ररी कपडा लगाउने, र ती सकारात्मक पक्षको चर्चा गर्न उनले सल्लाह दिए। यस्तो दृष्टिकोणले वास्तविक हित दर्शाउनका साथै राम्रो तालमेल विकास हुने बताए। यसका साथै अरूलाई पनि साथमा पढ्न आमन्त्रित गरी सहायता गर्न उनले सुझाउ दिए। यसै गरी लेख्ने बानी बसाल्नुको महत्त्वबारे पनि प्रधानमन्त्रीले रेखाङ्कित गरे। लेख्ने बानी विकास गर्नेले आफ्नो भाव प्रभावी रूपमा व्यक्त गर्नसक्ने उनले बताए।
आफ्नो विशिष्टताको खोज
स्कूलमा ध्यान नदिनुका कारण अहमदाबादमा एकजना विद्यार्थीलाई स्कूलबाट निकाल्न लागेको एउटा घटनाको स्मरण गर्दै, तर उक्त विद्यार्थीले टिङ्करिङ ल्याबमा उत्कृष्टता हासिल गर्दै रोबोटिक प्रतियोगितामा जीत हासिल गरी आफ्नो विशिष्ट शक्तिको प्रदर्शन गरेको प्रधानमन्त्रीले उल्लेख गरे। विद्यार्थीहरूको विशिष्ट प्रतिभा अनि शक्तिको पहिचान गरी त्यसलाई पोषित गर्ने भूमिका शिक्षकहरूले खेल्नुपर्ने कुरामाथि उनले बल दिए। आत्मचिन्तन अनि सम्बन्धको बुझाईबारे प्रयोग गर्न पनि उनले प्रस्तावित गरे। आफ्ना बाल्यकालका 25-30 जना मित्रहरूको स्मरण गर्दै उनीहरूका माता-पिताका नामसहित पूरा नाम लेख्न उनले सुझाउ दिए। यस अभ्यासले नजिकका मित्र मानिनेहरूबारे कति जानकारी छ भन्ने कुरा उजागर गर्ने उनले बताए। मानिसहरूमा सकारात्मक पक्षको पहिचान गरी अरूमा सकारात्मकता खोज्न प्रधानमन्त्रीले प्रोत्साहित गरे। यो अभ्यास व्यक्तिगत विकासको निम्ति लाभदायक साबित हुने उनले बताए।
आफ्नो समयमाथि नियन्त्रण, आफ्नो जीवनमाथि नियन्त्रण
समयको प्रबन्धनबारे एकजना विद्यार्थीद्वारा सोधिएको प्रश्नको उत्तर दिँदै सबैसँग 24 घण्टाको समय रहने भए तापनि कैयौंले यसै अवधिमा धेरै कुरा हासिल गर्ने भए तापनि कसैले केही हासिल गर्न नसकेको अनुभव गर्ने प्रधानमन्त्री मोदीले बताए। समय प्रबन्धनको महत्त्व रेखाङ्कित गर्दै धेरैसँग समयलाई प्रभावी रूपमा उपयोग गर्ने बुझाईको कमी रहने गरेको बताए। प्रधानमन्त्री मोदीले समयबारे ध्यान दिने, विशेष कार्य तय गर्ने र दैनिक कार्य प्रगतिको समीक्षा गर्ने सुझाउ दिए। यसका साथै चुनौतीपूर्ण रहेका विषयहरूबाट जोगिनुको साटो त्यसमाथि ध्यान केन्द्रित गर्नुको महत्त्वमाथि बल दिए। कठिन लाग्ने विषयलाई सबैभन्दा पहिले लिई त्यसलाई सल्टाउने काम गर्नुपर्ने उनले उदाहरण दिए। सङ्कल्पका साथ यस्ता चुनौतीहरूको सामना गरे व्यक्तिले बाधा पार गर्दै सफलता हासिल गर्नसक्ने उनले बताए। परीक्षाका समय विभिन्न विचार, सम्भावना अनि प्रश्नले ध्यान भड्काउने विषयलाई सम्बोधित गर्दै प्रधानमन्त्री मोदीले कैयौंपटक विद्यार्थीहरूले आफूलाई नजान्ने र साथीहरूसँग कुरामा भुलिने र नपढ्नुको बहाना बनाउने गरेको बताए। धेरै थाकेको वा पढ्ने मूड नभेको कुरा यस्ता आम बहानामा सामेल रहने गरेको उनले बताए। फोनसहित अन्य विचलित गर्ने वस्तुहरूले एकाग्रता अनि शैक्षणिक प्रदर्शनमा बाधा पुऱ्याउने गरेको कुरामाथि प्रधानमन्त्रीले जोड दिए।
वर्तमानमा जिउनु
सबैभन्दा मूल्यवान वस्तु वर्तमाण क्षण रहेको कुरामाथि प्रधानमन्त्रीले जोड दिए। एकपटक यो गुज्रेर गए, त्यो बितेर जानेछ, तर यदि यसलाई पूर्णरूपले जिउने कोशिश गरिए यो जीवनको अंश बन्नपुग्दछ, उनले भने। ध्यान दिने अनि पलको सराहना गर्ने महत्त्वमाथि प्रकाश पार्दै हल्का बतासको आभास गर्नुको उदाहरण दिए।
साझा गर्नुको शक्ति
आफ्नो पढाईका साथसाथै अवसाद अनि चिन्तालाई सम्बोधित गर्ने विषयमाथि बोल्दै प्रधानमन्त्री मोदीले परिवारसँग अलग हुनुको भावनाका साथ अवसाद शुरु हुने र बिस्तारै सामाजिक हिमखिमबाट टाढा लैजाने गरेको उनले बताए। भित्री दुविधालाई बढ्न नदिन त्यसलाई खुलेर व्यक्त गर्नुको महत्त्वमाथि उनले बल दिए। पारम्परिक परिवारको संरचनामा परिवारका सदस्यहरूसँग खुल्ला संवादले चाप मुक्त गर्ने आधारको रूपमा काम गर्नका साथै भावनात्मक उथुलपुथुलको रोकथाम गर्ने गरेको प्रधानमन्त्रीले बताए। यसै गरी उनको लेखाईमा सुधार ल्याउन शिक्षकहरूले काम गरेको कुराले उनलाई धेरै नै प्रभावित बनाएको उल्लेख गर्दै शिक्षकहरूबाट साँचो अर्थमा स्याहारको प्रभावमाथि बल दिए। यस प्रकारको स्याहार अनि ध्यानले विद्यार्थीको हितका साथै शैक्षिक प्रदर्शनीलाई धेरै नै प्रभावित पार्ने उनले बताए।
आफ्नो रुचिको अनुसरण गर्नु
आफ्नो सन्तानलाई विशेष करिअर रोज्न माता-पिताको दबाउको विषयलाई पनि प्रधानमन्त्री मोदीले सम्बोधित गरे। माता-पिताको अपेक्षा प्रायः नै अन्यसँग तुलनाबाट शुरु हुने उल्लेख गर्दै यसले उनीहरूको अहङ्कार अनि सामाजिक स्थितिलाई ठेस पुऱ्याउने बताए। माता-पिताले आफ्नो सन्तानलाई जतासुकै आदर्शका रूपमा पेश नगर्न सल्लाह दिँदै उनीहरूको शक्तिलाई मायाका साथ स्वीकार गर्नुपर्ने बताए। स्कूलबाट निकालिन लागेका विद्यार्थीले रोबोटिक्समा उत्कृष्टता हासिल गरेको उदाहरण दोहोऱ्याउँदै, प्रत्येक विद्यार्थीसँग विशिष्ट प्रतिभा हुने गरेको बताए। यसका साथै महान क्रिकेट खेलाडी सचिन तेण्डुल्करको उनले उदाहरण दिए। शैक्षणिक रूपमा चासो नदेखाए तापनि आफ्नो सन्तानको शक्तिको पहिचान गरी त्यसलाई पोषित गर्न उनले माता-पिताहरूलाई प्रोत्साहित गरे। कौशल विकासको महत्त्वमाथि जोड दिँदै आफू प्रधानमन्त्री नहुँदो हो त कौशल विकास विभाग रोज्ने उनले बताए। बालकहरूको क्षमतामाथि ध्यान केन्द्रित गरी माता-पिताले चाप कम्ति गर्नका साथै उनीहरूलाई अघि बढ्न सहयोग गर्नसक्ने उनले बताए।
थामिनु, आत्मचिन्तन गर्नु, पुनःसंयोजित गर्नु
विभिन्न प्रकारका ध्वनि चिन्हित गर्न ध्यान केन्द्रित गर्नाले एकाग्रता बढाउन सहयोग गर्नसक्ने कुरा प्रधानमन्त्रीले बताए। प्राणायाम जस्ता सास फेर्ने विधि अभ्यास गर्नाले विभिन्न प्रकारको ऊर्जा उत्पन्न गर्नका साथै चिन्ता नियन्त्रित गर्नसकिने उनले बताए। दुवै नाकको पोराबाट सासलाई नियन्त्रित गर्ने विधि सिकाउँदै यसलले शरीरलाई क्षणभरमै नियन्त्रित गर्नसक्ने बताए। यसका साथै ध्यान अनि सास नियन्त्रण गर्ने विधि सिके तनाउ समाप्त गर्दै एकाग्रता हासिल गर्न सहयोग गर्ने उनले उल्लेख गरे।
आफ्नो क्षमतालाई चिन्नु, लक्ष्य हासिल गर्नु
सकारात्मक रहँदै स-साना जीतमा पनि खुशी पाउने विषयमाथि बोल्दै प्रधानमन्त्री मोदीले केही मानिस आफ्नै विचार वा अरूको प्रभावमा नकारात्मक बन्ने कुरा उल्लेख गरे। दसौं श्रेणीमा 95% को लक्ष्य राखे तापनि 93% हासिल गर्नुका कारण निराश बनेका विद्यार्थीसँग संवाद गर्दै प्रधानमन्त्रीले यसलाई सफलता हो भन्दै उच्च लक्ष्य राखेकोमा बधाई दिए। उपलब्धिलाई सकारात्मक दृष्टिले हेर्न, आफ्नो शक्तिलाई बुझ्न र लक्ष्यको नजिक पुग्नका लागि लगाएको प्रयासको सराहना गर्न उनले प्रोत्साहित गरे।
प्रत्येक बालक विशिष्ट छन्
परीक्षाका समय राम्रो स्वास्थ्य कायम राख्ने विषयमा बोल्दै प्राथमिक विषय विद्यार्थी अनि यसभन्दा पनि देरै परिवारमाथि निर्भर रहने प्रधानमन्त्रीले बताए। धेरै माता-पिताले आफ्नो सन्तानको रुचि कलाप्रति भए तापनि अभियान्त्रिकी वा चिकित्सा जस्ता विशेष करिअर अपनाउन दबाउ दिने गरेको कुरा उनले रेखाङ्कित गरे। यस प्रकारको निरन्तर दबाउले सन्तानको जीवनमा तनाउ उत्पन्न गर्ने उनले उल्लेख गरे। आफ्नो सन्तानको क्षमता अनि रुचिलाई स्वीकार गर्दै त्यसको प्रगतिको निगरानी गरी सहयोग प्रदान गर्न उनले माता-पिताहरूलाई अनुरोध गरे। यदि सन्तालनले खेलकूदमा चासो देखाए, माता-पिताले त्यसैमाथि प्रोत्साहित गर्दै खेलकूदका कार्यक्रम हेर्न लैजानुपर्ने उनले बताए। यसका साथै शिक्षकहरूले उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूमाथि मात्र ध्यान दिने र अरूलाई अदेखा गर्ने प्रवृत्तिबाट जोगिनुपर्ने अपील गरे। विद्यार्थीहरूको तुलना नगरेर प्रत्येकको विशिष्ट क्षमतालाई प्रोत्साहित गर्नुको कुरामाथि उनले बल दिए। विद्यार्थीहरूलाई सुधारको कोशिश गर्नका साथै राम्रो प्रदर्शनी गर्नुपर्ने स्मरण गराउँदै, तर शिक्षा नै जीवनमा सबैथोक नरहेको उनले स्पष्ट पारे।
स्व-प्रेरणा
स्व-प्रेरणा विषयमाथि बोल्दै प्रधानमन्त्रीले आफूलाई अलग नपार्ने तर आफ्नो विचार साझा गरी परिवार वा आफूभन्दा ठूलाबाट प्रोत्साहन लिनुको महत्त्वमाथि उनले जोड दिए। स-साना लक्ष्यद्वारा आफूलाई नै चुनौती दिने, जस्तै 10 किलोमिटर साइकलिङ, आत्मविश्वास बढाउने अनि उपलब्धिको आनन्द उठाउने उनले सुझाउ दिए। यस्ता स-साना प्रयोगले आफ्नो व्यक्तिगत सीमाबाट पार पाउनका साथै वर्तमानमा जिउन र अतीतलाई अतीतमै रहन दिन सहयोग गर्ने बताए। प्रधानमन्त्री मोदीले 140 करोड देशवासीबाट प्रेरणा पाउने गरेको पनि उल्लेख गरे। आफूले “परीक्षा पे चर्चा”को तयारी गरिरहेको बेला गाउँतिर अजयले त्यसलाई कवितामा रूपान्तरित गरिरहेको बताए। यसले उनलाई निरन्तर काम गरिरहन प्रेरित गर्ने कारण आफ्नो वरिपरी प्रेरणाका यस्ता अनेकौं स्रोत रहेको उनले बताए। विषयको आन्तरिकीकरणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री मोदीले बिहान चाँडै उठ्नु जस्ता सल्लाह कार्यान्वयनबिना अपर्याप्त रहेको बताए। सिकिएको सिद्धान्तलाई व्यवहारमा लागू गर्न र व्यक्तिगत प्रयोगद्वारा त्यसलाई परिष्कृत गर्न आवश्यक रहेको उनले बताए। आफूलाई एउटा प्रयोगशाला बनाउँदै ती सिद्धान्तहरूको परीक्षण गरी कसैले पनि त्यसको लाभ प्राप्त गर्नसक्ने उनले रेखाङ्कित गरे। प्रायः मानिसले आफूसँग नभएर अरूसँग प्रतिस्पर्धा गर्ने गरेको, कम क्षमतावानसँग तुलना गर्ने गरेको हुँदा नै निराशा हात पर्ने उनले बताए। आफैसँगको प्रतिस्पर्धाले अथाह आत्मविश्वास विकास गर्ने तर अरूसँग तुलना गर्दा निराशा मात्र हात लाग्ने उनले बताए।
असफलता नै प्रेरणाशक्ति
विफलतालाई कसरी पार गर्ने भन्ने विषयमाथि बोल्दै दसौं र बाह्रौं श्रेणीमा 30-40% विद्यार्थी विफल बने तापनि जीवन अन्त्य नहुने मोदीले बताए। जीवनमा वा शिक्षामा मात्र सफल हुने विषयमा निर्णय लिनु महत्त्वपूर्ण रहेको उनले जनाए। विफलतालाई आफ्नो गुरु बनाउने सल्लाह दिँदै क्रिकेटको उदाहरण पेश गरे, जहाँ खेलाडीहरूले आफ्नो गल्तीको समीक्षा गरी सुधार ल्याउने कोशिश गर्दछन्। जीवनलाई परीक्षाको चश्माले नभएर सर्वाङ्गीण रूपमा हेर्न उनले आग्रह गरे। दिव्याङ्ग व्यक्तिहरूसँग असाधारण शक्ति हुने उल्लेख गर्दै सबैसँग विशिष्ट क्षमता रहने गरेको उनले बताए। केवल शैक्षिक उपलब्धिमाथि ध्यान केन्द्रित गर्नुको साटो ती शक्तिहरूमाथि काम गर्नुपर्ने महत्त्व उनले रेखाङ्कित गरे। दीर्घकालमा, शैक्षणिक अङ्क मात्र नभएर क्षमता नै जीवनको सफलताको कुञ्जी बन्ने उनले बताए।
प्रविधिमा पारङ्गतता हासिल गर्नु
प्रविधि व्यापक अनि प्रभावपूर्ण रहेको युगमा हुनु भाग्यको कुरा रहेको उल्लेख गर्दै प्रविधिसँग लाज मान्नुको साटो गैर उत्पादनशील गतिविधिमा समय खेर फ्याँक्नुको साटो आफ्नो रुचिलाई अझ गहिराईका साथ अघि बढाउने कुरा व्यक्तिले तय गर्नुपर्ने प्रधानमन्त्रीले बताए। यसो गरे प्रविधि विनाशकारी शक्तिको साटो हितकारी शक्ति बन्ने उनले बताए। अनुसन्धानकर्ता अनि प्रवर्तकहरूले समाजको हितका लागि प्रविधिको विकास गर्ने गरेको हुँदा त्यसलाई बुझ्दै इष्टतम रूपमा उपयोग गर्न उनले अपील गरे।
कुनै पनि काममा उत्कृष्टता कसरी हासिल गर्नुपर्ने भनी सोधिएको प्रश्नको उत्तर दिँदै निरन्तर सुधारको महत्त्वमाथि बल दिनका साथै यसको सबैभन्दा पहिलो शर्त हिजोभन्दा आज अझ राम्रो गर्ने प्रयास रहनुपर्ने प्रधानमन्त्री मोदीले बताए।
माता-पितालाई कसरी सम्झाउने?
परिवारको सल्लाह मान्ने वा व्यक्तिगत रुचिबीचको दुविधालाई सम्बोधित गर्दै परिवारको सुझाउ मान्नु र त्यसमा कसरी अघि बढ्नुपर्ने भन्ने विषयमा सहायता माग्नु महत्त्वपूर्ण रहेको बताए। वास्तविक रुचि देखाउनका साथै सम्मानपूर्वक वैकल्पिक विकल्पमाथि चर्चा गरे, परिवारले बिस्तारै कुनै पनि आकाङ्क्षा बुझ्दै समर्थन गर्नसक्नेछन्, उनले भने।
परीक्षाको दबाउको सम्बोधन
समयमा परीक्षापत्र पूरा नगर्ने विद्यार्थीहरूका समस्याबारे चर्चा गर्दै संक्षिप्त उत्तर लेख्न र प्रभावी तरिकाले समयको व्यवस्थापन पछिल्लो सालको परीक्षा पत्र लिएर राम्ररी अभ्यास गर्न प्रधानमन्त्रीले सुझाउ दिए। बढी प्रयास आवश्यक पर्ने प्रश्नहरूमाथि ध्यान केन्द्रित गर्दै कठिन वा अपरिचित प्रश्नहरूमाथि धेरै समय खेर नफाल्न उनले सुझाउ दिए। यसका साथै नियमित अभ्यासले परीक्षाका समय उचित रूपमा समय प्रबन्धन गर्न सहयोग गर्ने पनि उनले बताए।
प्रकृतिको हेरचाह
प्रधानमन्त्रीले जलवायु परिवर्तनमाथि कुरा गर्दै यस विषयमा चिन्ता व्यक्त गरेकोमा युवा पिँढीको सराहना गरे। विश्वमा अधिकांश विकासले शोषणको संस्कृतिलाई जन्म दिएको र मानिसहरूले पर्यावरण संरक्षणको साटो व्यक्तिगत लाभलाई प्राथमिकता दिने गरेको उनले बताए। मिशन लाइफले (पर्यावरणका लागि जीवनशैली) प्रकृतिको पोषण र संरक्षणल गर्ने जीवनशैली प्रोत्साहित गर्ने प्रधानमन्त्रीले उल्लेख गरे। धरती मातालाई क्षमा माग्ने अनि रुख-पातका साथमा नदीहरूको पूजा गर्ने भारतीय सांस्कृतिक परम्परा साझा गर्दै यसले प्रकृतिप्रतिको सम्मान दर्शाउने गरेको बताए। यसै गरी “एक पेड मा के नाम”ले मानिसहरूलाई आफ्नो आमाको नाममा रुखको बिरुवा रोप्न प्रोत्साहित गर्ने उनले बताए। यस पहलले संलग्नता अनि स्वामित्त्वको भावना विकसित गर्दै प्रकृतिको संरक्षण गर्ने उनले बताए।
आफ्नै हरियालीपूर्ण स्वर्गको विकास
प्रधानमन्त्री मोदीले विद्यार्थीहरूलाई आफ्नै रुखका बिरुवा रोप्नका साथै त्यसमा पानी हाल्ने तरिकाबारे अवगत गराए। बिरुवाका नजिकमा माटोको हाँडीमा पानी भरेर राख्ने र त्यसलाई महिनामा एकपटक भर्नुपर्ने सुझाउ उनले दिए। यसो गर्दा कम पानी प्रयोग गर्दै बिरुवा छिटै बढ्ने उनले बताए। प्रधानमन्त्रीले सबैलाई बधाई दिँदै सहभागिताका लागि आभार व्यक्त गरे।
*******
(Release ID: 2101438)
Visitor Counter : 13
Read this release in:
Odia
,
Telugu
,
Malayalam
,
Khasi
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Manipuri
,
Bengali-TR
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Kannada