संस्कृति मन्त्रालय
नमामि गङ्गे अभियान अन्तर्गत विशेष स्वच्छता उपायले महाकुम्भ 2025 मा स्वच्छताको नयाँ परिभाषा स्थापित गरिनेछ
पर्यावरण अनुकूल स्वच्छताको लागि 28,000 भन्दा अधिक शौचालय स्थापित गरिएका छन्, साथै श्रद्धालुहरूका लागि स्वच्छता तथा सुविधा बढ़ाउनका लागि 20,000 सामुदायिक मूत्रालय र 37.75 लाख लाइनर झोला पनि लगाइएको छ।
Posted On:
10 JAN 2025 4:41PM by PIB Gangtok
राष्ट्रिय स्वच्छ गङ्गा अभियान अन्तर्गत, महाकुम्भ 2025 को लागि 152.37 करोड रुपियाँको लागतमा विशेष स्वच्छता प्रबन्धन उपायलाई लागू गरिँदैछ। यी पहलहरूमा आधुनिक प्रविधिलाई परम्परागत अभ्याससँग जोड़ेर कार्यक्रमको लागि स्वच्छ र दिगो वातावरण सुनिश्चित गरिँदैछ।
गङ्गाको पवित्रता कायम राख्ने, प्रभावकारी फोहोर प्रबन्धन र प्लास्टिक मुक्त क्षेत्र बनाउन महाकुम्भ 2025 को आयोजनाका सर्वोच्च प्राथमिकताहरू हुन्। यो कार्यक्रमलाई पर्यावरणीय जिम्मेवारीको लागि एक बेञ्चमार्कको रूपमा प्रस्तुत गरिएको छ, जसमा सम्पूर्ण मेला क्षेत्रमा स्वच्छता कायम राख्ने कुरामा जोड दिइएको छ।
मेला परिसरमा 28,000 भन्दा अधिक शौचालय स्थापित गरिएका छन्, जसमा सेप्टिक ट्याङ्कले सुसज्जित 12,000 फाइबर प्रबलित प्लास्टिक (एफआरपी) शौचालय र सोक पिटसहित 16,100 पूर्वनिर्मित स्टील शौचालयसामेल छन्। यी शौचालयहरूको उद्देश्य स्वच्छता सुनिश्चित गर्दै पर्यावरण अनुकूल दृष्टिकोणलाई बढ़ावा दिनु हो। यस अतिरिक्त, पर्यावरण अनुकूल अभ्यासहरूलाई बढ़ावा दिँदै भक्तजनको लागि एक आरामदायी तथा स्वच्छ अनुभव सुनिश्चित गर्नका लागि 20,000 सामुदायिक मूत्रालय स्थापना गरिएका छन्।
कार्यक्रम क्षेत्रमा प्रभावकारी फोहोर प्रबन्धन सुनिश्चित गर्नका लागि स्रोतमा फोहोरलाई अलगत गर्ने काममा मद्दत गर्न 20,000 कूड़ादान लगाइएका छन्, साथै यसको पुन: प्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन दिइरहेका छन्। फोहोर सङ्कलन र विसर्जनलाई अझ सुव्यवस्थित गर्नका लागि 37.75 लाख लाइनर झोला प्रदान गरिएको छ। यो सुव्यवस्थित फोहोर प्रबन्धन प्रणालीले कार्यक्रम क्षेत्रलाई सफा र पर्यावरण अनुकूल बनाई राख्नेछ। महाकुम्भ 2025 को लागि अपनाइएका रणनीतिहरूले स्वच्छताको लागि उच्च मानक मात्र स्थापित गर्दैनन् तर पर्यावरणीय दिगोपनप्रति देशको प्रतिबद्धता पनि प्रदर्शित गर्नेछन्।
महाकुम्भ 2025 केवल धार्मिक कार्यक्रम मात्र नभई पर्यावरण संरक्षण र स्वच्छताको एक आदर्श उदाहरण हो। यसले गङ्गाको पवित्रता कायम राख्न, दिगो फोहोर प्रबन्धन गर्न र प्लास्टिक मुक्त क्षेत्र बनाउने दिशामा सरकारको प्रयासलाई प्रकाश पार्छ। यस पवित्र कार्यक्रमको माध्यमद्वारा समाजमा स्वच्छता र पर्यावरण संरक्षणको बारेमा जागरूकता पैदा गरिनेछ। महाकुम्भ 2025 को लागि यो स्वच्छताको यो पहलले वर्तमान पुस्तालाई मात्र नभई भविष्यका पुस्ताहरूलाई पनि प्रेरणा दिनेछ।
*******
(Release ID: 2092695)
Visitor Counter : 27